ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन १७.६९ प्रतिशत बृद्धि गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने १८.६२ प्रतिशत बढाएको छ ।
कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ६४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै कुल बीमा शुल्क आर्जन भने एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको मुनाफा पनि २४.२२ प्रतिशतले बृद्धि भएको छ । पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ७८ लाख रुपैयाँ थियो । उक्त नाफामा जीवन बीमा कोष मार्फत आर्जन भएको आम्दानीलाई उल्लेख नगरिने भएकाले जीवन बीमा कम्पनीको नाफा कम देखिने गरेको छ । जीवन बीमा कोष मार्फत आर्जन भएको मुनाफा एक्चुअरी प्रतिवेदन पछि मात्रै छुट्टाइन्छ । यहि नाफाका आधारमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७२ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष ७६.३० प्रतिशतले बढाउन सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा २ अर्ब ९१ करोड रुपैयाँ थियो ।
आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।
ग्राहकहरुले सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट भुक्तानी गर्न सकिन्छ।
फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनि ट्रान्सफरको सेवा लिन सकिने बताइएको छ।
यस्तै, आइएमएस सफ्टवेयरले विभिन्न क्षेत्रको सफ्टवेयरहरु बनाउँदै आएको छ। सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रेडिटर्सहरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।
सेलपे भुक्तानी सेवा आइएमएस सफ्टवेयरका पीओएस सफ्टवेयर, हस्पिटालिटी म्यानेजमेन्ट सफ्टवेयर, रेष्टुरेन्ट म्यानेजमेन्ट सफ्टवेयर, डिस्ट्रिब्यूसन म्यानेजमेन्ट सफ्टवेयर र वेब पीओएस सफ्टवेयरहरु प्रयोग गर्न सकिने आइएमएसले जनाएको छ।
सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो पे प्रा. लि.) बीच सहकार्यको सहमति भएको छ। सोमबार फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खडकाले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै अब खल्ती फोन पे नेटवर्कमा आवद्द भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्ने छन्। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा गारएको छ ।
सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकाटाले भने ‘ पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौ, हामी दुवै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उदेश्यमा हाम्रो सहकार्यले थप मद्धत पुग्नेछ।’
यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खडकाले भने, ‘यस सहकार्यबाट खल्ती-फोनपेको मात्र नभई २० लाख भन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन्। यो सहकार्यले इकोसिस्टनलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ । हामी दुबैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दै छौं।’
मुक्तिनाथ विकास बैंकका ग्राहकले अनलाइन सपिङ्ग बजेट पसल डट कममा छुट पाउने भएका छन् ।
बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले बजेट पसल डट कममा छुट पाउने भएका हुन् ।
बजेट पसल डट कम द्घारा केही किल्कबाटनै सजिलै विभिन्न सामाग्रीहरु जस्तै खाद्य वस्तुहरु, मोबाइल , ल्यापटप तथा अन्य विद्युतीय सामाग्री , घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट ३ हजारभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउने छन् ।
सानिमा बैंकले कावासोती, बर्दिबास र अत्तरियामा शाखा सञ्चालनमा ल्याएको छ ।
कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरिन् । बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले गरे । त्यस्तै गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरे ।
सानिमा बंैकले हाल १२२ शाखा र १०२ ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।
प्रभु क्यापिटल लिमिटेडले गत वर्ष सञ्चालन गरेको विन्टर अफरलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । जस अनुसार क्यापिटलले यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि मेरोशेयर र डिम्याट निशुल्क गरिने जनाएको छ ।
प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्नेलाई यो अफर लागु हुने क्यापिटलले उल्लेख गरेको छ । यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ ।
क्यापिटलका अनुसार यस योजनामा देश वा विदेशमा रहने नेपालीहरुले मोबाइल एपबाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने छन्। यसका साथै वेवसाइटबाट समेत भिडियो केवाइसि सहितको डिम्याट सेवा प्राप्त गर्न सक्ने छन्।
आइएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १०००० लाइक पुगेको उपलक्षमा कम्पनीले मास्कट सार्वजनिक गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् ।
अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत् गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।
डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा अन्य सर्वसाधारणहरुसँग आइएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधिको रुपमा सम्वाद गर्नेछ ।
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाबारे नयाँ निर्देशन जारी गरेको छ । दिने कम्पनीलाई ब्याजदरमा लगाम लगाएको छ । राष्ट्र बैंकले आइतबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (तेस्रो संशोधन २०७८)’ जारी गर्दै ब्याज दरमा केही कडाइ गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा भनिएको छ, ‘कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ ।’ साथै यस्तो कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ । कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समूहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रैमासको खुद सम्पत्ति (नेटवर्थ)को बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।
राष्ट्र बैंकले यस्ता कम्पनीको चुक्ता पुँजी भने ३० करोड रुपैयाँ यथावत राखेको छ । यी कम्पनीहरूले अब अर्धवार्षिक नभई त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेस गर्नुपर्नेछ । साथै नयाँ निर्देशन अनुसार हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम छ महिना भन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताएका छन् । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन् । ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’
यसैगरी उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताएका छन । सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।’
मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरे । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइ नसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव रहेको थियो । यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत विज्ञहरूले दिए ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो ।
१५ दिनमा ६९९ वटा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको माघ महिनाको १५ दिनमा ६९९ कम्पनीहरु कालो सूचीमा परेका हुन् ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्सदेखी सहकारीसम्म रहेका छन् । यस महिनामा अमिरा इन्टरप्राइजेज, अनुसाग हार्डवयर एण्ड सप्लायर्स, नविन सप्लायर्स एण्ड ट्रेडर्स, राज लक्ष्मी मोटर्स, आर्या निर्माण सेवा, एतबाल सहानी, सूर्य आयुर्वेद प्रालि, त्रिनेत्र साकार कन्ट्रक्सन प्रालि, आरवि ट्रेडर्स कम्पनी कालोसूचीमा परेका हुन् ।
तथ्याङक अनुसार बगैचाँ नेपाल नेपाल एग्रिकल्चर प्रालि, आइसा ट्रेडर्स, ग्लोबल कि टेक्नोलोजी, रोज रिसोर्ट प्रालि, धिताल निर्माण सेवा, रापिडेक्स मेडिसिन डिष्ट्रिब्युटर, पल भुसाइता उद्योग, फर्स्र्ट इन्भेष्टर म्यानेजमेन्ट कम्पनी प्रालि जस्ता कम्पनीहरु पनि कालो सूचीमा परेका छन् ।
त्यस्तै, रिसाब ट्रेडर्स एण्ड कन्सर्न, जीत सप्लायर्स प्रालि, कालिका इन्टरप्राइजेज, शिव एण्ड सन्स इन्टरप्राइजेज, हिमालयन इन्टरप्राइजेज, बिरु भाइ ट्रेडर्स एण्डकन्ट्रक्सन प्रालि, सिमेन्ट श्री नेपाल प्रालि,जय दुर्गे इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रालि, राकेश सप्लायर्स, नेवा पन्त इन्टरप्राइजेज, इम्पल्स माकेटिङ एण्ड सोलुसन हाउस जस्ता कम्पनीहरु पनि यस अवधिमा नै कालोसूचीमा परेका तथ्याङमा उल्लेख छ ।
कालेसूचीमा परेका अरु कम्पनीहरुमा राजेन्द्र ट्रेडर्स, घिमिरे गाई तथा भैँसी पालन, भुमिराज कन्ट्रक्सन, न्यु बालाजु इन्टनेशनल, एपि कन्ट्रक्सन, जोशी ट्रेडर्स, आर डि लिक्वयर्स, यु जि ग्लास सप्लायर्स, बेलाल निर्माण सेवा, ओम शाही हाउजिङ प्रालि, बारा इन्टरप्राइजेज रहेका छन् ।
त्यसैगरी, गायत्री नेशनल हस्पिटल प्रालि, अनुस्का ट्रेडर्स एण्डसप्लायर्स, नोटीवान मल्टि ग्रुप प्रालि, दिरा मल्टिबिजनेश, इशान मोटर्स, कान्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, सितादेवी जनरलसप्लायर्स प्रालि, बालाजु पोल्ट्रि इक्वुपमेन्ट सप्लायर्स रहेका छन् । त्यस्तै, उन्नत कृषि कम्पनी, मा सकम्बरी सप्लायर्स, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रालि, बि फेशन, इ.जि ग्याजेट प्रालि, बि. जि कन्ट्रक्सन प्रालि, सचि ट्रेडिङ कन्सर्न, श्री दिप सप्लायर्स आदि कम्पनी कालोसूचीमा परेको तथ्याङकमा उल्लेख छ ।
केन्द्रका अनुसार बिराट इन्टरनेशनल ग्रुप प्रालि, नाती कन्ट्रक्सन, नविन कन्ट्रक्सन, आचार्य एण्ड ब्रदर्स कन्ट्रक्सन प्रालि, कामधेनु निर्माण सप्लायर्स, पी एल कन्ट्रक्सन, संगम गार्मेन्ट उद्योग, अमिर निर्माण सेवा, अस्मिता खाद्य स्टोर, छहरा स मिल एण्ड फर्निचर उद्योग पनि यस अवधिमा कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा परेका अन्य कम्पनीहरुमा एजिएस मल्टिपर्पोस कन्ट्रक्सन एण्ड सप्लायर्स, दि कल्चर रिसोर्ट, पिबि इम्प्लेक्स, त्रिनेत्र साकार कन्ट्रक्सन प्रालि, क्रियटिभ निर्माण सेवा, आर फुयाल कन्ट्रक्सन छन् । ग्लोबल निर्माण सेवा, राधास्वामी सप्लायर्स, इभोलुसन सोलुसन, सुमुखा क्रसर उद्योग, मनकामना कृषि फार्म, होटल माउन्ट हिलटोन रहेका छन् ।
त्यस्तै सोही अवधिमा कालोसूचीमा पर्ने कम्पनीहरुमा जानुका ट्रेडर्स, महाकाली प्रतिक सप्लायर्स, ज्ञान ट्रेडर्स, पुथ्वी निर्माण सेवा प्रालि, एस हार ट्रेड एण्ड सप्लायर्स प्रालि, मैनापोखरी कन्ट्रक्सन,सरोजानी इन्टरप्राइजेज परेका छन् ।
त्यस्तै, बि. डि कन्ट्रक्सन एण्ड मल्टिसप्लायर्स प्रालि, जीत सप्लायर्स प्रालि, सबसा कन्ट्रक्सन प्रालि, न्यु पर्वत इलेक्ट्रिकल्स, पशुपति सप्लायर्स, उमानन्द किराण् स्टोर, साथी म इन्टरप्राइजेज, गौतम हार्डवयेर, सीबीटी कन्ट्रक्सन, हाइटेक भिजन प्रालि, जय रिद्धि सिद्धि हार्डवयेर एण्ड सप्लायर्स जस्ता कम्पनीहरु समेत रहेका छन् ।
केन्द्रको तथ्याङ अनुसार माघ महिनामै कालो सूचीमा परेका अरु कम्पनीहरुमा म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, नयाँ जोश खबर बारा प्रालि, रेजन मार्केटिङ, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रालि, गाउँमुखी फिड इन्डष्ट्रिज एण्ड ट्रेड लिकं प्रालि, बिरु भाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रालि, माछापुच्छ«े आयल स्टोर, हिरण्य ब्रदर्श एण्ड इन्टरप्राइजेज रहेका छन् ।
त्यस्तै सोही अवधिमा कालोसुचीमा परेका बाँकी कम्पनीहरुमा कुम्भ ट्रेडर्स, आयुश निर्माण सेवा, धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, इन्डो नेपाल सप्लायर्स, रेड एग्रो टुरिजम प्रालि, सागर ज्वेलर्स, शिवम् जनरल स्टोर रहेका छन् ।
त्यस्तै, प्रशोधा इन्टरप्राइजेज, रावाबेशी कन्ट्रक्सन एण्ड सप्लायर्स, श्रीकृष्ण डिष्ट्रिब्युटर, आदर्श प्रेस हाउस सप्लायर्स, शेर्पाकन्ट्रक्सन, भ्याली साइट एग्रो सेवा प्रालि, निरौला कृषि फार्म, सिद्धेश्वर निर्माण सेवा, गगन लक्ष्मी निर्माण सेवा, गणेश ट्रेडर्स र पीपी सप्लायर्स आदि कम्पनीहरु रहेको तथ्याङकमा उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् ।
उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।
त्यस्तै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका हुन् ।
यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् ।
यस्तै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् । अब राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई बीमाङक रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२ हजार ९ सय गरी जम्मा १ लाख १२ हजार ९ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
निजले सन नेपाल लाइफ गुल्मी शाखामा दुई वर्ष अघि १ लाख बीमांकको नवीन आजीवन बीमा पोलिसी खरिद गरेका थिए । कृषि कर्म गर्दै आइरहेका वि.क.को घरमै अचानक मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक बीमित स्व. लोक बहादुर विकको श्रीमती सावित्रा वि.क.लाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।
बीमितलाई सहज तरिकाले सेवा दिनको लागि कम्पनीले आफ्नो शुरुवाती दिनदेखि नै प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना बीमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा वडा सदस्य भविश्वर गौतमले सहज तरिकाले बीमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन कम्पनीलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रमा गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५/२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने बताए ।
कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाइफ इन्स्योरेन्सले २०७४/०४/१८ गते आश्विन ६ गते सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षक, सन नेपाल लाईफ गुल्मीका अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।