जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ ।

कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको खुद बीमाशुल्क ९.१५ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुनर्बीमा कमिशन आयबाट ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन शिर्षकमा १ करोड ९१ लाख रुपैयाँ खर्चेको छ ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?