जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा भक्तपुर सिसि टिभि जडान समितिलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा भक्तपुर सिसि टिभि जडान समितिलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले भक्तपुर सि.सि.टि.भि.जडान समितिलाई आर्थिक सहयोग गरेको छ । पौराणिक कला संस्कृति तथा पौराणिक महत्वले भरिपूर्ण जिल्ला भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सि.सि.टि.भि. जडान समितिको उद्देश्य प्रतिको सहयोगार्थ तथा भित्री सडकखण्डमा सि.सि.टि.भि. जडान कार्यमा सहयोगका लागि एभरेष्ट बैंक लिमिटेडले एक लाख सहयोग गरेको हो ।

बैंकका संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सि.सि.टि.भि. जडान समितिका सचिव पदम लाल सिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्याक्रमका बीच हस्तान्तरण गरे । साथै सो कार्यक्रममा बैंकका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्प राज उप्रेति र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

4460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका