जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमक संघको नयाँ अध्यक्षमा सगरमाथ इन्स्योरेन्सका सिईओ क्षेत्री चयन

बीमक संघको नयाँ अध्यक्षमा सगरमाथ इन्स्योरेन्सका सिईओ क्षेत्री चयन

नेपाल बीमक संघ(एनआइए)मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको साधारण सभाबा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री नेपाल बीमक संघको अध्यक्ष चयन भएका हुन।

सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवार उपाध्यक्ष, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का महासचिव, कोषाध्यक्षमा आइएमइ जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठ चयन भएका छन्।

यस भन्दा अगाडीको कार्य समितिको अध्यक्षमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे ,उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुरप्रताप प्रधान, महासचिवमा चंकी क्षेत्री, कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ, कार्यसमिति सदस्यमा सुनिल बल्लव पन्त, सन्चित बर्जाचार्य, कुमार बहादुर खत्री, सुवोधलाल श्रेष्ठ थिए ।

5600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?