जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतले बुझे एक वर्षमा ३ करोड ५३ लाख रुपैयाँ तलब भत्ता

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतले बुझे एक वर्षमा ३ करोड ५३ लाख रुपैयाँ तलब भत्ता

प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्ष ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन्। उनले तलब बापत २ करोड ७४ लाख रुपैयाँ बुझेका छन्। नाफाबाट कर्मचारी बोनसबापत ४१ लाख ६५ हरा रुपैयाँ बुझेका छन् भने दसैं तथा बिदा बापतको भत्ता ३७ लाख ३६ हजार रुपैयाँ पाएका छन्।

बैंकले वार्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार, बैंकका उच्च पदाधिकारीहरुले एक वर्षमा ४ करोड ८ लाख ९५ हजार रुपैयाँ बुझेका छन्। बैंकले तलब भत्ता बापत ३ करोड २४ लाख र कर्मचारी बोनस बापत ४८ लाख २९ हजार र दसैंलगायत भत्ता बापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले साधारणसभाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव लगेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ छ। बोनस सेयर पारितपछि पुँजी एक अर्ब ३६ करोड रुपैयाँले बढ्ने छ। बैंकको कर्मचारी खर्च (बोनससहित) २ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन खर्च एक अर्ब ६० करोड ६० लाख रुपैयाँ पुगेको छ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?