जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु बैंकको वार्षिक साधारणसभा पुस १८ गते

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १८ गते

प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस १८ गते आइबार हुने भएको छ । बैंकले सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।सभामा बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ ।अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले स ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन र सभामा भाग लिन पाउनेछन् ।

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका