एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।
अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी होटलसँग सहकार्य गरेको हो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउण्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रका लागि ३० प्रतिशत कर लगाउनु कारबाही गरे सरह भएको बताएका छन् ।
उनले २९ हजार मानिसले काम गर्ने क्षेत्रलाई ३० प्रतिशत कर लगाउनु उचित नभएको टिप्पणी गरे ।
‘कर बढी आउँछ भनेर बढी कर लगाएको जस्तो भएको छ, कर घटाउनुपर्छ,’ उनले भने, ‘यो त हामीहरुलाई कारबाही गरेजस्तो लागेको छ ।’
बैक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतिहरु र सम्बोधनका लागि सुझाव प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गोल्यानले कस्ता बैंक चाहिने हो यस विषयमा राष्ट्र बैकको प्रष्ट नीति ल्याउनु पर्ने बताए ।
उनले ख र ग वर्गलाई बन्द गर्नु भन्दा पनि जोगाउन आवश्यक रहेको तर्क गरे ।
कार्यक्रममा उनले ब्यालेन्स अफ पेमेन्ट घटेकाले अहिले ठूलो क्राइसिस देखिन लागेको बताए ।
हरेक आयातमा क्यास मार्जिन लगाउन आवश्यक रहेको रहेको उनको भनाइ छ । उनले कृषि उपज आयातलाई महंगो बनाउन आवश्यक रहेको समेत बताए ।
उनले स्प्रेडदर ३ प्रतिशतमा सीमित हुनुपर्ने भन्दै भनेर उद्योगीले भन्ने तर गाली बैंकले खाने गरेको भन्दै कृषि र अन्य क्षेत्र, उद्योगमा जाने कर्जा समान हुन नहुने बताए ।
आयात प्रतिस्थापन कर १५ प्रतिशत र कृषि उपजमा कर बढाउन उनले आग्रह समेत गरेका छन् । विदेशी सामान महंगो भए नेपाली उत्पादन बढने बताए । आयात कम हुँदा तरलताको समस्या समाधान हुने उनको भनाइ छ ।
अध्ययन कार्यदलका सदस्य बीएन घर्तीले सहकारीको अनुगमन गर्न सयन्त्रको आवश्यक रहेको बताए । राष्ट्र बैंकमा विभाग खोलेर र प्राधिकरण गठन गरेर मनिटरिङ गर्न आवश्यक रहेको घर्तीको भनाइ छ । सहकारीले अर्थतन्त्र निर्माणमा सहयोग गरेको भएपनि मनिटरिङ आवश्यक रहेको उनको भनाइ छ ।
सहकारीले करिब ५ खर्ब बराबरको बचत तथा करिब ४ खर्ब ५० अर्ब जति ऋण परिचालन गरेको तथा करिब ७२ लाख सदस्य आबद्ध भएको र ३० हजार बचत तथा ऋण सहकारी सञ्चालनमा छन् ।
‘केही ठूला सहकारीले बैंकहरुले जस्तो ठूलो कारोबार गरेका छन् । तर,बैंकहरुमा जस्तो नीति कार्यविधि छैनन् त्यस्तै गरी अनुभव भएका कर्मचारी कम छन् । जसले जोखिम बढाएको छ । यसमा नियमन हुन आवश्यक छ,’घर्तीले भने ।
उनले सहकारीको राष्ट्रिय अर्थतन्त्रमा योगदान भने निकै ठूलो भएको बताए ।
उनले बैंकले पैसा छापे भन्ने मनस्थिति रहेको भन्दै यो मनस्थिति त्याग्न समेत आग्रह गरे ।
शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. एक सय अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो ।
आवश्यक प्रत्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र उक्त हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब २८ करोड ६० लाख पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराईसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कानस गर्ने हकप्रद शेयरलाई इक्राएनपि ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष सबल भएको देखाउँछ ।
कम्पनीले चालू आवको पहिलो त्रैमासम्ममा रू. १३ करोड ३६ लाख ५२ हजार नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ९ दशमलव २७ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू.१२ करोड २३ लाख २ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. २० करोड १० लाख ३१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २१ करोड ९३ लाख ४१ हजार पुगेको हो ।
त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा जगेडामा रू. ६३ करोड ८८ लाख ७१ हजार र बीमा कोषमा रू. १ अर्ब ३६ करोड २० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले पुनर्र्बीमा गरेबापत रू. १५ करोड ९५ लाख ४६ हजार आम्दानी गरेको हो । यो आम्दानी गत आवको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ६६ लाख ६९ हजार थियो । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा कुल रू.१ अर्ब ३२ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बीमाशुल्क चालू आवको सोही अवधिमा १० दशलमव ९३ प्रतिशत वृद्धि भएको हो ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ३ हजार ६१४ जनालाई रू. ४७ करोड २७ लाख १२ हजार कुल दाबी भुक्तानी गरेको छ भने १३ हजार ३८७ जनालाई रू. २ अर्ब १४ करोड ९७ लाख ४२ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ४० ,मूल्य आम्दानी अनुपात ५६ दशलमव ९१ र प्रतिशेयर नेटवर्थ रू. २२६ दशलमव ७६ रहेको छ ।
नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ । भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा सम्मान गरेको हो ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्व बिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयांको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्वबिद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिने गरेको बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता बबिता ग्वाछालाई बधाई दिँदै सम्मान गरेका थिए ।
पुर्नबीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु संशोधन गरिएको भनिएपनि संशोधित व्यवस्थामै नीजि क्षेत्रका २ ठूला संगठनले असन्तुष्टि जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले असन्तुष्टि जनाएका हुन् । संयुक्त विज्ञप्ति निकाल्दै महासंघ र ईप्पानले पुष ९ को ज्ञापन–पत्रमार्फत उठाएका मागहरुका बारेमा बीमा समितिको पुष १३ को पत्रमा कुनै पनि संशोधन नगरी भ्रम सृजना गर्ने कार्य मात्र गरेको जनाएका छन् ।
‘हाम्रो तर्फबाट ज्ञापन–पत्रमा उल्लेख गरिएको माग सम्बोधन भएको भनी बीमा समितिबाट भ्रम फैलाएको प्रति समेत हामी कडा रुपमा खेद प्रकट गर्दै घोर भत्र्सना गर्दछौं’ महासंघका अध्यक्ष रवि सिंह र ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुई संस्थाले संयुक्त निर्धारण गरिएका संघर्षका कार्यक्रमहरु समेत यथावत रुपमा हुने विज्ञप्तिमा जनाइएको छ ।
बीमा समितिले बीमाको दररेट संशोधन गरेको भनिए पनि निर्माण आयोजनाहरूको सम्झौता गर्दाको समयमा बीमा गर्दा बीमा कम्पनीहरूले अत्याधिक रुपमा वृद्धि गरेको बीमा शुल्क यथावत् नै रहेको विज्ञप्तिमा उल्लेख छ । खरिद सम्झौता गर्दा बीमा गर्नुपर्ने प्रावधान बमोजिम साबिकमा बीमाको प्रिमियम शुल्क खुल्ला बजार नीति अनुसार बीमा कम्पनीहरूले प्रतिस्पर्धा गर्दै आएकोमा हाल बीमा समितिको समेत संलग्नतामा बीमा कम्पनीहरूले कार्टेलिङ गरी विगतको दररेट भन्दा ५ देखि ८ गुणा वृद्धि गरी बढी शुल्क तिर्न बाध्य पारिएको निर्देशिकाको प्रावधानमा संशोधन नभएको महासंघ र ईप्पानको निचोड छ ।
यसबाट निर्माण लागत बढ्न गई ठूलो आर्थिकभार पर्ने तथ्यलाई बीमा समितिद्वारा अनदेखा गरिएको र बिमा समितिले बिमा शुल्कको लागि न्युनतम तोकेको दररेटलाई खारेज गरी स्वच्छ प्रतिस्पर्धा हुने गरी अधिकतम दररेट कायम गरी बिमा शुल्क लिने मापदण्ड कायम गर्न महासंघ र ईप्पानले माग गर्दै आएका छन् ।
यसैगरी एक्सेस भ्यालु पनि अव्यवहारिक र विमितलाई मात्र मर्का पर्ने गरी अधिकांश बीमा दावी भुक्तानी नै गर्न नपर्ने गरी तोकिएको र पुष १३ को संशोधनमा पनि केही औपचारिकतामात्र पुरा गरी भ्रम फैलाउने काम भएको भन्दै दुवै संस्थाले असन्तुष्टि जनाएका छन् । न्यूनतम एक्सेस भ्यालु खुल्ला राखी अधिकतम एक्सेस भ्यालु मात्र तोकी खुल्ला बजार नीतिअनुरुप संशोधन गरी बीमा कम्पनीहरुलाई पुनःनिर्देशन जारी गर्न विज्ञप्तिमा मार्फत् माग गरिएको छ ।
मागहरू यही पुष १७ सम्म सम्बोधन नभएमा सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासंघ र ईप्पानले दिएका छन् ।
गत आर्थिक वर्षको लाभांश पारित गर्नै सनराइज बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बैंककोे चुक्तापुँजीको ६.६५% का दरले हुन आउने रकम रु.६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.३५% दरले हुन आउने रकम रु. ३ करोड ३२ लाख ७ हजार ८०५.७५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बैंकको २०६४ साल असोज २५ मा स्थापना भएको हो । बैंकको हाल चुक्तापुँजी रु. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९ रहेकोमा यस साधारणसभाबाट पारित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजीमा वृद्धि गरी रु. १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८.६० कायम हुन गएको छ।
यसका साथै सनराइज बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्नेसम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार–व्यवसायमा संलग्न व्यापरिक घरानासमेतलाई बैंकको सेवामा आबद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिँदै बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएममार्फत आफ्ना ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्र्दै आइरहेको छ।
मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।
पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो। कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ।
जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो। कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो। जुन अभियान (क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ।
जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो। कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन सकिएको जानकारी दिए।
हरेक सूचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ। जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रस्ट पार्दछ।
चालु २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, रु ७.१९ अर्बको सर्वाधिक चुक्तापुँजी रहेको छ। यसका साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ।
नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा प्रक्रिया अघि बढेको छ । यसका लागि दुबै बैंकले अनौपचारिक रुपमा सहमति गरेर आ–आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेका छन् । जसअनुसार दुबै बैंकले मर्जर समिति गठन गरिसकेका छन् ।
स्रोतका अनुसार नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबार मर्जर समिति गठन गरेका हुन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ । ‘हामी अहिले मर्जरको पक्षमा नभएर एक्विजिसनका लागि अघि बढेका हौं,’ नबिल बैंक स्रोतले भन्यो, ‘हेर्दै जाउ प्रक्रिया कहाँसम्म पुग्छ ।’
यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको हो । यद्यपि सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा कुरा मिलिसकेको थिएन । अहिले ती विषयमा कुरा मिलिसकेकाले औपचारिक रुपमा दुबै संस्थाले प्रक्रिया अघि बढाएका हुन् । स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ । आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको स्रोतले बताएको छ । ‘आजसम्मको समझदारी अनुसार एक साताभित्रै सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गर्ने योजना छ,’ स्रोतले भन्यो, ‘स्वाप रेसियोबारेमा एक हदसम्म सहमति भएको छ । तर, अन्तिम टुङ्गो समग्र सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र लाग्ला ।’
यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको हो ।
यी बैंकको मर्जरको हल्लाले सेयर बजार पनि पटक पटक प्रभावित हँुदै आएको छ । सोही क्रममा बुधबार बंगलादेश बैंकको सेयरमूल्य ९ प्रतिशतले बढेको छ । हाल नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ तथा नबिलको १४५० रुपैयाँ छ । नबिलले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३३.६ प्रतिशत सेयर बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गर्न बाँकी नै छ । भोलिका लागि कम्पनीको बुक क्लोज मिति तय भएको छ । तर नेपाल बंगलादेश बैंकले गत आवको नाफाबाट १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्नको लागि पुनः अर्को सूचना निकालेको छ । अर्थ मन्त्रालयले यसअघि निकालेको सूचनालाई रद्द गर्दै नयाँ सूचना निकालेको हो ।
बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले १५ दिने सूचना निकालेको छ । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिन भित्र आवेदन दिन भनेको छ । योग्य आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन भनेको छ ।
आवेदन दिन धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधि भित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ ।
बोर्डमा अध्यक्ष नियुक्तीको लागि भन्दै मन्त्रालयले यसअघि पनि आवेदन माग गरेको थियो । त्यो बेला १२ जनाले आवेदन दिएका थिए । अब त्यो आवेदन रद्ध हुन्छ वा कायमै रहन्छ त्यो भने खुलाइएका छैन ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ । बैँकले
ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन । हालै एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
हाल सम्म एनसीसी बैंकको कार्ड नभएका गा्रहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना आदरणीय ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने छ ।
यसका साथै, वार्षिकोत्सवकै अवसर ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उदेश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा रु. ३०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पौष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
भनिन्छ जे हुन्छ राम्रैको लागि हुन्छ यस्तै एउटा घटना कुमारी बैंक लिमिटेडमा भएको थियो भन्दा फरक पर्दैन । कुमारी बैंक लिमिटेडका दुरगामी सोच राखेका कामु सीइओ अनुजमणी तिमिल्सना र डिपुटी सीइओ मनिष तिमिल्सनाका कारण जनताको १९ करोड निक्षेप सुरक्षित भएको छ भन्दा अब चाहिँ फरक पर्दैन । राम्रो सोच, उच्च विचार राखेर दिएका कर्जा खराब कर्जामा परिणत हुदैनन भन्ने कुराको एउटा उदाहरण कुमारी बैंक लिमिटेडको १९ करोड कर्जा हो भन्दा अब चाहि फरक पर्दैन ।
केही घर जग्गा माफियाहरुको चलाखीपूर्ण कर्जा प्रकरणमा कुमारी बैंकका कामू सीइओ डिपुटी सीइओ र उच्च कर्मचारीहरुको जति बदमान गर्ने र गराउने कोशिस भए यो पत्रकारिताको धर्म र मर्म विपरितको पितपत्रकारिताको पराकाष्ट हो भन्दा अब चाहि फरक पर्दैन हेक्का होस् । सबै कर्जाका प्रक्रिया पु¥याएर कुमारी बैंकले दिएको १९ करोड कर्जामा नक्कली धितो भन्ने कुरा थाहा पाएपछि बैंक नेतृत्वले विवेकपूर्ण निर्णय गर्दै तत्कालै कर्जा लिएका ग्राहकबाटै १९ करोड कर्जा उठाएको घटनाले अरु बैंकहरुलाई पनि पाठ सिकाएको छ भन्दा अन्यथा नहोला । कुमारी बैंक लिमिटेडको १९ करोड जनताको निक्षेपलाई बैंकको कुशल नेतृत्वले समयमै डुब्नबाट बचाएर बैकिङ्ग कसुर हुनबाट कर्मचारी जोगिएको देखिन्छ, हेक्का होस् ।
कामू सीइओ डिपुटी सीइओ र बैंकका उच्च कर्मचारीहरुले नक्कली धितो भनि जान्दा जान्दै यति ठूलो कर्जा दिँदैनन भन्ने कुराको पुष्टी यस घटनाबाट भएको छ भन्दा फरक पर्दैन । पद, प्रतिष्ठा र जागिरलाई चुनौती दिएको कुमारी बैंकको १९ करोड कर्जा प्रकरणले आखिर दुरगामी सोच राखेका बैंकरहरुकै कारणले उक्त जनताको निक्षेप उठेको छ भन्दा फरक पर्दैन ।
यति मात्र होइन जुनदिन कुमारी बैंकको १९ करोड कर्जा प्रकरण छानवीन शुरु भयो त्यसदिनबाटै कामु सीइओ अनुजमणी तिमिल्सना र डिपुटी सीइओ मनिष तिमिल्सनाले करिब १ महिना बिदा लिएर बसेर नेपाल प्रहरीको (सीआईबी) र राष्ट्र बैंकको स्थलगत निरिक्षण टोलीले छानवीन ग¥यो यो अर्को बैकिङ्ग इतिहासको महत्वपूर्ण पक्ष मानिन्छ ।
भनिन्छ कामू सीइओ डिपुटी सीइओ र बैंकका उच्च कर्मचारीहरुले नक्कली धितो भनि जान्दा जान्दै यति ठूलो कर्जा दिँदैनन भन्ने कुराको पुष्टी यस घटनाबाट भएको छ भन्दा फरक पर्दैन । पद, प्रतिष्ठा र जागिरलाई चुनौती दिएको कुमारी बैंकको १९ करोड कर्जा प्रकरणले आखिर दुरगामी सोच राखेका बैंकरहरुकै कारणले उक्त जनताको निक्षेप उठेको छ भन्दा फरक पर्दैन । भनिन्छ कुमारी बैंक लिमिटेडको १९ करोड कर्जा प्रकरणमा निक्षेप सुरक्षित रहेको छ भने बैंकका कर्मचारीहरुसमेत बैंकिङ कसुर मुद्दा चल्नबाट जोगिएका छन् भन्दा अब चाहि फरक पर्दैन ।
सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकर्षित हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नु भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनि राय दिएको छ भन्दा फरक पर्दैन ।
उक्त कर्जा प्रकरणमा बैंकबाट प्रवाह भईसकेको कर्जा रकमसमेत सुरक्षित गरेको देखिन्छ । गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएका थिए । पछि लगातार छानवीन भएको सो घटनाले ठुलै चर्चा पाएको थियो ।
सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकर्षित हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नु भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनि राय दिएको छ भन्दा फरक पर्दैन ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाको दुरगामी सोचले गर्दा उक्त कर्जा प्रकरणमा सम्लग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्ने भरमग्दुर प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महसुस भएको एक उच्च कर्मचारीले पंक्तिकारलाई बताए
गायक अमात्यको नाममा रहेको कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षण स्वरुप रहेको धितो किर्ते रहेको जानकारी प्राप्त गर्नासाथ कुमारी बैंकको कुशल र दक्ष नेतृत्वले ऋणीबाट कर्जा असुल उपर गराएको थियो । यसले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कातिर आफ्ना कर्मचारीहरु उपर बैंकिङ कसुर मुद्दा चल्नबाट जोगाएको देखिन्छ भन्दा फरक पर्दैन ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाको दुरगामी सोचले गर्दा उक्त कर्जा प्रकरणमा सम्लग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्ने भरमग्दुर प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महसुस भएको एक उच्च कर्मचारीले पंक्तिकारलाई बताए ।
नेपाल राष्ट्र बैंकले भने यसअघि नै कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा बैंक उच्च नेतृत्वको खराब नियत नदेखिएको बताउँदै आएको थियो । जे भएपनि सत्य सत्य नै हुन्छ । झुट झुट नै हुन्छ भन्ने पूरानो ‘बा’हरुको भनाईलाई कुमारी बैंक नेतृत्वले प्रमाणित गरिदिएको छ भन्दा फरक नपर्ला । सचेत भया ।