जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

बिमा समितिको सञ्चालकमा अर्थमन्त्रीका नातेदार

सरकारले नियमनकारी निकाय बिमा समितिको दुई सञ्चालक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले शोभाकान्त पौडेल र सन्तोष रिजाललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका रिजाल अर्थमन्त्री जनार्दन शर्माका आफ्नै सालो हुन् ।

जोसुकै बिमितलाई नियुक्त गर्न पाउने व्यवस्था भएकाले बिमा गरेका व्यक्तिको तर्फबाटअर्थमन्त्रीले नातेदार लगेका हुन् । रिजाल अध्यापन पेशामा रहेका छन् ।

बिमा समिति बिमा क्षेत्रको सर्वोच्च निकाय हो । बिमा कम्पनीहरुको नियमन तथा सुपरीवेक्षणको अधिकार भएकाले बिमा समिति सरकारी नियुक्तिका लागि आकर्षक निकाय मानिन्छ ।

सिद्धार्थ बैंकको बिसौं वार्षिक साधारण सभा पुस ३० मा

सिद्धार्थ बैंक लिमिटेडले बीसौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।सभा सिल्भर ओक ब्याक्वेट गैह्रिधारा काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको छ ।

सभाले १४ दशलमव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी यस सिद्धार्थ बैंक र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा उपयुक्त संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १८ गते एक दिन बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

लुम्बिनी विकास बैंकको लाभांश पारित

लुम्बिनी विकास बैंकको लाभांश पारित भएको छ । बैंकको १४ औं वार्षिक साधारण सभाले ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४ औँ वार्षिक साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागीता गराएको थियो । 

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७/७८ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

लुम्बिनी विकास बैंकले हाल ७७ शाखाहरु र १७ वटा एटिएमबाट सेवा दिँदै आएको छ ।       

कामना सेवा फुटसल कप सुरु, २४ टिमलाई ६ समूहमा विभाजन गरेर खेलाइँदै

पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ को उद्घाटन सम्पन्न भई लिग चरणका खेलहरु शुरु भएका छन् ।

“स्वस्थ शरीर स्वस्थ मस्तिष्क” भन्ने मर्मका साथ कामना सेवा विकास बैंकले पौष ९ र १० गते आयोजना भएको प्रतियोगीता काठमाडौं महानगरपालिका ४ हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका हुन् ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि लगायत उपस्थित थिए ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका छन । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा कामना सेवा विकास बैंक (हरियो), राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे. बैंक र कुमारी बैंक, समूह बि मा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह सि मा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह डि बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा डे. बैंक, समूह इ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन भने समूह एफ मा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्र्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गरेको छ ।

सेन्चुरी कमर्शियल बैंकको साधारणसभा आह्वान

सेन्चुरी कमर्शियल बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस ३० गते शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको हो ।

सभामा लाबहंश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद गरि कुल ६.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव :

क. साधारण प्रस्तावहरु:

१. आ.व. २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने वार्षिक प्रतिवेदन छलफल गरी
पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७/०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको आ.व. २०७७/०७८ आ.व. को वित्तीय विवरणसहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. यस बैंकको २०७८ आषाढ मसान्तसम्म तथा हाल कायम चुक्ता पूँजी रु. ९,०३,४४,२९,५०२.५० मा कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३०% ले हुन आउने रकम रु.२,७३,४१,०३६.६५ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

ख. विशेष प्रस्तावहरु :

(१) यस बैंकको २०७८ आषाढ मसान्तसम्म तथा हाल कायम चुक्ता पूँजी रु. ९,०३,४४,२९,५०२.५० मा ५.७५% ले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ बराबरको बोनस शेयर वितरण गर्ने । बोनस शेयर जारी पश्चात् कायम हुने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत् राख्ने ।

(२) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीमा रु. ५१,९४,७९,६९६.३९ बराबरको बोनस शेयर जारी गरे पश्चात् बैंकको जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुन जाने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्रका सम्बन्धित दफाहरु संशोधन गर्ने ।

(३) बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

(४) सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने बैंकको संचालक समितिको मिति २०७८/०२/२४ गते बसेको ३४० औं बैंठकको निर्णयलाई अनुमोदन गर्ने ।

(५) सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न / हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका कामहरू गर्न/गराउन सक्ने सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको लाभांश घोषणा

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले भनेको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७८ पौष महिना ०८ गते बिहिवार तदअनुसार २३ डिसेम्बर २०२१,अपरान्ह ४:०० बजे बसेको संचालक समितिको ११४ औं बैठकले यस कम्पनीको आ.व. २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल सम्म कायम रहेको चुक्ता पूँजी रू २,२१,१०,००,०००/- को २१.०५२६३१५६९ % (प्रतिशत) ले हुन आउने लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त लाभांशमध्ये २०.०० % बोनस शेयर र १.०५२६३१५६९ % नगद लाभांश (कर प्रयोजन को लागि) हुनेछ । (साथै वासलात मितिमा कायम रहेको चुक्ता पुजी रु.२,०१,००,००,०००/को आधारमा प्रस्तावित लाभांश २३.१५७८९४७२६ % हुने र सो मध्ये २२ % बोनस शेयर र १.१५७८९४७२६ % नगद लाभांश हुनेछ)। उक्त निर्णय श्री बीमा समितिको स्वीकृति र बीमकको आगामी १९ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने व्यहोरा सवैलाई जानकारी गराउन चाहन्छौं।’

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङको १७५ वटा साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङको विषयमा १७५ वटा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको छ ।

बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । उक्त अभियान आगामि हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गरिनेछ ।

यस्ता साक्षारता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभीयानको रुपमा चलाएको हो ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि
बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ ।

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकद्धारा अमेरिकी डलरको बिक्री सुरु

सिटिजन्स बैंकले अमेरिकी डलरको बिक्री सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने गा्रहक महानुभावहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

सिटिजन्स बैंकले अहिले १७४ शाखा मार्फत बैंकिङ सेवा दिएको छ ।

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङमा नयाँ सुविधा

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब https://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।

डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोवाइल क्यास, रकम जम्मा गर्न मोवाइल भौचरलगायतका सुबिधासमेत थप गरेको छ । साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नति गरेको छ ।

मोवाइल भौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, मोवाइल क्यासको माध्यमबाट प्रयोगकर्ताहरुले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्यूआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरु रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए ।

मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवाहरु सम्बन्धि जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत् भुक्तानी गर्न, अनलाईन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेबको माध्यमबाट उठाउन सक्नेछन् ।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले आफैं रजिष्टर गरी अनलाइनबाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् । ‘डिजिटलाइज्ड बैंक’ का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङजस्ता सेवा संचालनमा ल्याइसकेको छ ।

पुराना प्रयोगकर्ताहरुले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एपस्टोर वा प्लेस्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन् ।

बैंकको यस स्तरोन्नत्तिसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

करिब ५२ करोड जरिवाना माग दाबीसहित १० जनालाई मुद्दा दायर

राजस्व अनुसन्धान विभागले करिब ५२ करोड जरिवानामाग दाबीसहित १० जनालाई मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धि कार्यमा संलग्न १० जना व्यक्तिलाई अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले बिहीबार ७ जना व्यक्ति र शुक्रबार ३ जना व्यक्ति गरी १० जनालाई ५१ करोड ८४ लाख ४२ हजार २५४ रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

विभागले बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ४ मा बस्ने लार्ज ट्रेड लिङ्क प्रालिका सञ्चालक अर्जुन प्रसाद पटेल, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल ललितपुर बसोबास गर्ने जग किशोर साह, सिराहा जिल्लाका रामपुर पिपरा बस्ने सूर्यजि प्रसाद साह र सर्लाही जिल्ला स्थायी घर भई हाल कागेश्वरी नगरपालिका वडा नम्बर १३ काँडाघारीमा बस्दै आएका तोयनाथ अधिकारी गरी ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरी ३६ करोड ७० लाख ४४ हजार ५७२ जरिवानको माग दाबी गरेको छ ।

उक्त व्यक्तिहरूले सेवा तथा वस्तु खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावटमा संलग्न भएकाले मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागकाअनुसार कसुर गरेको पुष्टि बमोजिममा मूल्य अभिवृद्धि करबापत ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, १ करोड ५४ लाख ५६७ रुपैयाँ लाभांस कर र १० करोड ६५ अर्ब २४ हजार ७१२ रुपैयाँ आयकर गरी १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ माग दाबीसहित मुद्धा दायर गरेको छ ।

उक्त रकम बराबरको मागदाबीसहित जरिवाना हुने बिगो गरी ४ जना व्यक्तिलाई ३६ करोड ७० लाख ४४ हजार रुपैयाँ जरिवानाको मागदाबी गरेको छ ।

विभागले पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका ७ बस्ने तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरी नारायण साह तुराह, सिराहा विष्णुपुर गाउँपालिका २ स्थायी ठेगाना भएका हाल महालक्ष्मी नगरपालिका १ इमाडोलमा बस्ने किशो साह र सिराहा रामपुरका ९ मा बस्ने सुर्यजित प्रसाद साहलाई ४ करोड ३७ हजार ९६ हजार २४८ जरिवानाको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको जनाएको छ ।

विभागले राजस्व चुहावटमा संलग्न भएकाले ९६ लाख ४५ हजार ६ सय मूल्य अभिवृद्धि कर, १५ लाख ४६ हजार ३१० रुपैयाँ लाभांस कर र १५ लाख ४६ हजार ३१० रुपैयाँ आयकर रकम गरी २ करोड १८ हजार ९८ लाख १२४ रुपैयाँ बिगो गरेको छ । साथै, सोही रकम बराबरको हुने बिगोसहित ४ करोड ३७ लाख ९६ हजार मागदाबी गरेको छ ।
त्यसैगरी, विभागले शिवालय चोक पोखरा बस्ने छिरिङ ढुन्डु गुरुङले सम्पूर्ण बरामदित अमेरिकी डलर अवैध रुपमा सञ्जय तथा ओसारपसार गरेको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गुरुङबाट बरामद भएको अमेरिकी डलर १ लाख ९४ हजार २ सय (नेपाली रुपैयाँ २ करोड ३२ लाख ७४ हजार १८०) मागदाबीसहित अदालतमा मुद्धा दायर भएको हो ।
जसमा गुरुङमाथि बिगो २ करोड ३२ लाख ७४ हजार १ सय ८० रुपैयाँ र सोही रकम बराबरको जरिवाना हुने बिगो गरी ६ करोड ९८ लाख २२ हजार ५४० रुपैयाँ जरिवानाको मागदाबी गरेको छ ।

साथै, विभागले शुक्रबार मात्रै नेपालगञ्ज–४ सेतुबिक चोक बस्ने आले भन्ने सैदापिया मिया र भारतको रुपैडिहा स्थायी ठेगाना भएका अमन मित्तललाई भन्सार चोरी पैठारी गरेका कपडाजन्य मालवस्तुहरू अर्काको फर्मको नक्कली बिजक छपाएर बिक्री वितरण गरेको कसुरमा नेपालगञ्ज तुल्सीपुरको उच्च अदालतमा मुद्धा दायर गरेको छ ।

विभागले सो २ व्यक्तिलाई १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँ बिगो र सोही रकम बराबरको जरिवाना हुने बिगो गरी ३ करोड ७९ लाख ७८ हजार ८९४ रुपैयाँको जरिवानाको माग दाबीसहित मुद्धा दायर भएको जनाएको छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जर अन्यौलमा

नेपालका ठूला दुई बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जर हुन्छ हुँदैन त्यो समयले नै बताउने छ । तर हिमालयन बैंकमा करिब करिब १४ प्रतिशत प्रमोटर शेयर रहेको कर्मचारी सञ्चय कोषको असहमती बीच नै मर्जरको निर्णय गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको चर्को दबाब पछि हिमालयन बैंकको सञ्चालक समितिले यी दुई बैंक मर्जर गर्ने निणय गरेको एक सञ्चालकले पंक्तिकारलाई बताए ।

उनीले थपेः– गर्भनर अधिकारीकै दबाबमा हाम्रो बैंकको वित्तिय विवरणलाई नै स्वीकृत नगरेपछि हामीले बाध्य भएर मर्जरको निर्णय ग¥यो ।
एक अर्को प्रश्नमा उनीले नाम नलेख्ने शर्तमा भने निर्णय भयो तर अब हुने विषेश साधारण सभाले मर्जर गर्ने कि नगर्ने निर्णय पनि गर्नु पर्दछ नि । जे सभावाट निर्णय हुन्छ त्यहि अनुसार हामी हिड्ने हो नि ।

अर्को प्रश्नमा उनीले थपेः– हाम्रो मेजर शेयरधनी कर्मचारी सञ्चय कोषको पनि कुरा प्रस्ट छैन । उसले पनि त छानवीन गरिरहेको छ भनिएका छौं नि प्रस्ट भएर नआए कसरी मर्जर सम्भव छ त ? उनीकै शब्द सापटी लिने हो भने हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच हुने भनिएको बीग मर्जर हुने नहुने अझै निश्चित देखिदैन । भन्दा फरक पर्दैन ।

भनिन्छ कर्मचारी सञ्चयकोषले त छानवीन नै गरिरहेको छ । उसले पत्र लेख्दै मर्जर गर्न आफू तयार नरहेको बताएको छ भन्दा फरक पर्दैन ।
नेपाल राष्ट्र बैंकको लगातारको चर्को दवावकै कारण हिमालयन बैंकले मर्जर गर्ने बोर्डबाट निर्णय गरेको भएपनि अझै पनि विशेष साधारण सभा र कर्मचारी सञ्चयकोषको निर्णयले मर्जर हुने नहुने टुंगो लाग्ने देखिन्छ भन्दा फरक पर्दैन ।

मर्जरमा कर छुट पाउने भएपछि हिमालयन बैंकको पाकिस्तानी लगानीकर्ता छिटो मर्जर गरेर शेयर विक्री गरि बाहिरिने उपाय खोजी रहेको छ भने राणा र पाँडे परिवार मर्जर पछि आफूहरुको मेजर प्रमोटर शेयर हुने र बैंक पारिवारिक तरिकाले चलाउने दाउमा देखिन्छ । तर, साना लगानीकर्ताहरु मारमा पर्ने प्रस्टै भएको एक सञ्चालकले दाबी गरे । तरपनि चर्को राष्ट्र बैंकको दबाब आएपछि वित्तिय विवरण रोकेर राष्ट्र बैंक नेतृत्वले धम्की दिएपछि हिमालयन बैंक बोर्डले मर्जर गर्ने निर्णय गरेको खुलेका छ । भन्दा फरक पर्दैन ।

थापा सञ्चालक की राज्यलाई चुनौती दिने कांग्रेसी नेता ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं हिमालयन बैंकका राणा परिवारको शेयरबाट सञ्चालक बनेका सुनिल बहादुर थापले नेपाल इन्भेष्टमेण्ट बैंक लगायत दर्जनौ बैंक र वित्तिय संस्थाहरुले शेयरमा लाग्ने कर तिर्नु नपर्ने भन्दै हिड्नुले के सन्देश दिन्छ ? नेताले देशलाई घाटा हुने कुरा गर्नु कति उचित होला ? राज्यलाई ठगी गरेको कर तिर्नु पर्दैन भन्दै विभिन्न सञ्चार माध्याममा प्रतिक्रिया दिने थापा सञ्चालक की कांग्रेसी नेता यसको उत्तर आगामी विशेष साधारण सभामा शेयरधनीले खोज्ने प्रस्टै भएको छ भन्दा अब फरक पर्दैन । हेक्का होस् ।

अब नेपाल इन्भेष्टमेण्ट बैंकका कर्मचारीको तलब बढ्ने ?
हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर लगत्तै नेपाल इन्भेष्टमेण्ट बैंकका कर्मचारीहरुको तलब हिमालयन बैंकका कर्मचारी सरह गराउने भित्री सहमती भएको एक सञ्चालकले दाबी गरे । यदि उनीकै शब्द सापटी लिने हो भने ४ वर्ष हिमालयन बैंकका कर्मचारीहरुको अब तलब बढ्ने छैन । तर, २० देखि २५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंकका कर्मचारीहरुको तलब बढ्ने छ भन्दा फरक पर्दैन । किन बोल्दैनन् हिमालयन बैंकको कर्मचारी यूनियन ? के मर्जर गर्दा जे पनि गर्न छुट ? यसको उत्तर अब नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले दिनु पर्दछ कि पर्दैन ।

कर्मचारी सञ्चय कोषको असहमती ?
कर्मचारी सञ्चयकोषले नेपाल इन्भेष्टमेण्ट बैंकसंग मर्जर गर्न नसकिने भन्दै असहमती राख्दै आएको छ । कर्मचारी सञ्चय कोषले राष्ट्र बैंकलाई पत्र नै पठाएर यस्तो असहमती जनाएको उच्च स्रोतको दाबी छ । मर्जर बारे छानवीन समिति नै बनाएको कर्मचारी सञ्चय कोषले मर्जर भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डर रहेको एक उच्च कर्मचारीले दाबी गरे ।

जे भएपनि मर्जर भाँड्ने हाम्रो तर्क होइन । तर विधि र प्रक्रिया पूरा गरेर मर्जर हुनुपर्दछ भन्ने हाम्रो चाहाना हो । जबरजस्ती राष्ट्र बैंकको निर्देशन विधी विधान विपरित मर्जर हुँदैन । विवाह गर्न दुवै परिवारको सहमती चाहिन्छ गर्भनर साब । हेक्का होस् ।

लक्ष्मी बैंक २१औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २१औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

सन् २००२ मा स्थापना भएको बैंकका ५० जिल्लामा १४० शाखा सञ्चालनमा छन् । त्यस्तै, १७० वटा एटीएम, २५ सय रेमिट्यान्स एजेन्ट र ६३ वटा शाखारहित बैंकिङ एजेन्ट छन् ।