जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् ।

रिजाललाई सरकारले मंसिर १६ गते समितिको सञ्चालक पदमा नियुक्त गरेको समितिले जानकारी दिएको छ ।

समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले राजिनामा दिए पछि रिक्त रहेको सञ्चालक पदमा सरकारले रिजाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।

रिजाल बीमितहरुको तर्फबाट समितिको सञ्चालक पदमा नियुक्त भएका हुन् । उनले समितिको सञ्चालक पदमा नियुक्त भएको पत्र समेत बुझिसकेका छन् ।

सरकारले रिजाललाई समितिको सञ्चालक समितिमा नियुक्त गरेसँगै बीमा समितिको बोर्डले पूर्णता पाएको छ ।

बीमा समितिको सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली र आन्तरिक राजश्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल रहेका छन् ।

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आÏनो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन्।

खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, Ïलाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी जस्ता ६०,००० भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ । आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसंगै ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार रहेको बनकले जनाएको छ ।

आयातमा थप कडाइ गरेर भएपनि ब्याजदर एकल अंकमा झार्न राष्ट्र बैंकलाई सुझाव

आयातमा अझैं कडाई गरेर भएपनि ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिईएको छ। नेपालमै पहिलो पटक ‘बैंक अफ दि इयर एशिया २०२१’ पाएको उपलक्ष्यमा आयोजित कार्यक्रममा सम्बोधन क्रममा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले यस्तो सुझाव दिएका हुन्।

नेपाल राष्ट्र बैंकले अहिले आयातमा कडाई गरेको बस्तुको सङ्ख्या थप्दै लैजानुपर्ने सुझाब दिएका गोल्यानले देशमा उद्यम व्यवसायको माहोल बनाउनका लागि पनि ब्याजदर एकल अंकमा राख्नु पर्ने बताएका हुन्।

बैंक वित्तीय संस्थाहरुको संचालकहरुको सँस्था ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ का अध्यक्ष समेत रहेका पवन गोल्यानले १८ बस्तुको आयातमा कडाई गरेकोमा नेपाल राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारिलाई बधाई दिंदै कडाई गरिने बस्तुको सुची थप बढाउनु पर्ने सुझाव दिए।

बिदेशी मुद्रा संचितिमा परेको दबाब हटाउन तथा ब्यालेन्स अफ पेमेन्ट अर्थात भुक्तानी प्रणालीमा सन्तुलन ल्याउन राष्ट्र बैंकको यो कदमले ठुलो मद्दत मिल्ने गोल्यानले बताए।

त्यस्तै एकल अंकमा ब्याजदर राख्ने गरि राष्ट्र बैंकले नीति लिनलाई समेत उनले सुझाव दिए। एकल अंकमा ब्याजदर भएमा मात्रै कृषि तथा उद्यम क्षेत्रमा काम गर्ने उद्योगीहरुलाई राहत मिल्ने बताउदै उनले आयातमा अझैं कडाई गरेर भएपनि ब्याजदर एकल अंकमा राख्नलाई राष्ट्र बैंकलाई सुझाव दिएका हुन्।

नेपाल राष्ट्र बैंककाअनुसार पुष ६ गतेसम्म नेपालको बैंकिंङ प्रणालीमा औषत ब्याजदर ९-१० प्रतिशतको बीचमा रहेको छ भने सिडी रेसियो ९१ प्रतिशत रहेको छ।

सिटिजन्स बैंकद्वारा Kiosk सेवाको सुरुवात

सिटिजन्स बैंक सेवाको सुरुवात गरेको छ । बिहिबार सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको बताए ।

उनका अनुसार निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने छ । Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

कामना सेवा फुटसल कपमा २४ टिम सहभागी हुने

“स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको पहिलो फुटसल कपमा २४ वटा टिम सहभागी हुने भएका छन् । पौष ९ र १० गते आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको हो।

बैंकले आज पत्रकार सम्मलेन गरेर टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी दिएको हो । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ ।कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।

बैंकका अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको उद्घाटन गर्ने छन् भने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समापन गर्ने छन्। पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुने छ।

यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य सुदीप आचार्यले बताए ।

सिटिजन लाइफका सिइओ पोषकराज पौडेलको कार्यकाल थप गरिने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको कार्यकाल थप गर्ने निर्णय गरेको छ । पौडेलको कार्यकाल यहि पुस मसान्तबाट सकिदैछ । उनको कार्यकाल सकिनु एक महिना अगाडी नै सञ्चालक समितिले ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । पछिल्लो समय बीमा समितिमा कार्यकाल थपका लागि गएका प्रस्तावहरु कुनै पनि अस्वीकृत भएको पाइदैन । बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवी बनाएका पौडेल जीवन बीमक संघको उपाध्यक्ष समेत हुन् । उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ ।

सिटिजनले पौडेललाई २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनले बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका छन् । सिटिजनमा आउनु अगाडी पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुखको रुपमा थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् ।

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश पारीत गर्दै

मञ्जुश्री फाइनान्स लिमिटेडले चौधौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो ।

सभाले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्ने तथा बैदेशिक रणनितीक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

त्यसैगरी आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

अब बैंक तथा वित्तीय संस्थाले नयाँ सेवा सञ्चालनको सूचना सात दिनभित्र राष्ट्र बैंकलाई दिनुपर्ने

नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरूले आफूले सञ्चालन गरेको नयाँ सेवाको सूचना सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने जनाएको छ । राष्ट्र बैंकले बिहिबार अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो ।

राष्ट्र बैंकले संशोधन गरेको व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन मितिले सात दिन भित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ ।

उक्त व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले भनेको छ– यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई मिति २०७८/०५/२९ मा जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन–२०७८, अ.प्रा. निर्देशन नं. १०/०७८ कको अनुसूची १०.१ मा देहाय बमोजिम संशोधन गरिएको हुँदा सोही बमोजिम गर्नु/गराउन हुन भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरि यो निर्देशन जारी गरिएको छ ।

त्यस्तै, संशोधन गरिएको व्यवस्था अनुसार अब विभिन्न विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको सफल वा असफल कारोबार, ग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।

नाडाको महासचिवमा सुरेन्द्रकुमार उप्रेती चयन मिलनबाबु श्रेष्ठ कोषाध्यक्षमा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले पदाधिकारी चयन गरेको छ ।

नाडाको विधान अनुसार कार्यसमितिले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्ने व्यवस्था छ । बुधबार बसेको नाडाको कार्यसमिति बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेतीलाई चयन गरेको हो । यस्तै कोषाध्यक्षमा मिलनबाबु श्रेष्ठ चयन भएका छन् ।

उपाध्यक्ष पदमा राजनबाबु श्रेष्ठ निर्वाचित भए । अर्को उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको समान मत आएपछि दुवैले एक वर्ष उपाध्यक्ष रहने गरेर कार्यकाल बाड्ने सहमति गरे ।

त्यस्तै प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । सचिव पदमा भने विक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएको नाडाले जनाएको छ ।

साथै बैठकले आज ३ नयाँ सदस्य मनोनित समेत गरेको छ । मनोनित हुने नयाँ सदस्यहरुमा टीभिएस बाइकका वितरक जगदम्बा मोर्टसका उपाध्यक्ष दिपक अग्रवाल, बजाज बाइकका वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रवन्धक सोहन श्रेष्ठ रहेका छन् ।

नाडा अध्यक्ष ध्रुव थापाले सबैको साथ र सहयोगबाट अगाडि बढ्ने जानकारी दिए ।

सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको १ करोडभन्दा बढी हिनामिना

पूर्वको सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना भएपछि एक कर्मचारी पक्राउ परेका छन् । बैंक स्रोतका अनुसार बैंकको रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन् ।
भट्टराईले आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको अभियोग लगाइएको छ । बैंकका सिइओ नवीन सुवेदीले कर्मचारी भट्टराई पक्राउ परेको पुष्टि गरे ।

सिइओ सुवेदीले यस प्रकरणलाई नेपाल प्रहरीको सिआइबी र नेपाल राष्ट्र बैंकले अनुसन्धान गरिरहेकाले तत्काल थप केही भन्न नमिल्ने बताए । बैंक स्रोतले उनलाई पक्राउ गर्न र घटनाको छानबिन गर्न सिआईबी र राष्ट्र बैंकको टोली आएर फर्किसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सप्तकोशीको केसलाई सिआइबीले हेरिरहेको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले अभियुक्तलाई कुन कसुरअन्तर्गत मुद्दा चलाउने भन्ने विषयमा छलफल नटुङ्गिएकाले अहिले नै सूचना दिन नमिल्ने बताए। अभियुक्त भट्टराईलाई देवानी वा फौजदारी कुन प्रकृतिको मुद्दा लगाउने भन्ने बारेमा सिआइबी निक्र्यौलमा पुगिनसकेकाले मुद्दा दर्ता गर्न ढिलो भएको बताइएको छ ।

डिएसपी श्रेष्ठले कुन प्रकृतिको मुद्दा लगाउने भन्ने विषयमा राष्ट्र बैंक र कानुनविज्ञसित समन्वय भइरहेको जानकारी दिए ।उनले हिनामिना भएको रकम कति हो भन्ने विषयमा मुद्दा दर्ता गर्नुपूर्व अहिले बोल्न नमिल्ने स्पष्ट पारे । उनले भने, ‘मुद्दा दर्ता भएपछि हामी पत्रकार सम्मेलन गरेरै सबै जानकारी दिन्छौं।’ बैंकको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा छ । तर केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गरिन्छ । सप्तकोशी पूर्वकै ठूलो विकास बैंक मानिन्छ । यो बैंक प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम गरी ७ जिल्लामा विस्तारित छ ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनलाई चुनौती दिने अधिकार, नेपाल चाटर्ड एकाउण्टेण्ट्स संघ र आन्तरिक राजश्व विभागलाई छैन !

नेपालका ठूला भनिएका नेपाल इन्भेष्टमेण्ट बैंक देखि शिखर इन्स्योरेन्स कम्पनी लगायत दर्जनौ बैंक र वित्तिय संस्थाहरुले राज्यलाई अर्बौ कर छली गरेको सरकारी निकाय महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा नै देखाउँदा पनि निरिह आन्तरिक राजश्व विभाग कर उठाउन नसक्ने भन्दै हिड्नु राज्यलाई नै चुनौती दिनु हो कि होइन ? सत्ता र शक्तिको आडमा आन्तरिक राजश्व विभागका कर महानिर्देशक शोभाकान्त पौडेल बैंक र वित्तिय संस्थाहरुले छली गरेको कर उठाउनु भन्दा मिलिभगत गरि दान दक्षिणा लिने काममा लिप्त भएको भेटिएको छ । अर्थमन्त्रीज्यू, छानवीन तत्कालै होस् र राज्यलाई तिर्नु पर्ने कर उठाउन निर्देशन होस् भन्ने हाम्रो चाहना हो ।

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक मर्जर गर्ने निर्णय भएसंगै नेपाल इन्भेष्टमेण्ट बैंकका सदावहार अध्यक्ष पृथ्वी बहादुर पाँडेले कर नतिर्न विभिन्न निकायहरुलाई आफु अनुकुलका प्रतिवेदन देखाउन लागि परेको भेटिएको छ । यसको पछिल्लो उदाहरण हो नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ भन्दा अब चाहि फरक नपर्ला ।

हालै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले एउटा प्रतिवेदन नै सार्वजनिक गदै भनेको छ एफपिओको कर छली करको विषय नै होइन भनेर । यदि यो करको विषय नभएको भए राज्यकै निकाय महालेखा परिक्षकको कार्यालयले किन पत्र लेख्दै आन्तरिक राजश्व विभागलाई कर उठाउन भन्यो । यस विषयमा संघले सो प्रतिवेदनमा केही उल्लेख नगर्नुको भित्री अर्थ के हो ? यस विषयमा हामीले खोजी शुरु गरेका छौं ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले दिएको प्रतिवेदन ठीक होला नहोला त्यो त हामीलाई थाहा छैन तर यति चाहि थाह छ कि कानून नवनी कुनै नीति लागू हुन्दैन । हेक्का होस् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले दिएको प्रतिवेदनको कुनै अर्थ नै छैन उ सरकारी निकाय नै होइन कर सम्बन्धी काम गर्ने ठूला करदाता कार्यालय, आन्तरिक राजश्व विभाग हुन् । उनीहरुले नै प्रस्ट धारण सहित पत्र लेख्नु पर्दछ । यी कर उठाउने राज्यका निकायले नै कर लाग्दैन भन्दछद् भने मान्न सकिएला तर व्यक्तिगत, संघ संस्थाले दिएको प्रतिवेदनको कुनै तुक र तर्क छैन हेक्का होस् ।
स्मरणीय रहोस् महालेखा परिक्षक कार्यालयको निर्देशन उलल्घंन गर्ने अधिकार कुनै पनि कर उठाउने सरकारी कार्यालयहरुलाई छैन । सचेत भया ।

नबिल बैंकद्वारा दराज तथा आइमार्कसंग नबिल स्मार्टपोसको निम्ती साझेदारी

नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ ।

आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ ।

यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुनेछन । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ ।

त्यस्तै, आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्नेछ ।

नबिल बैंक पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दछ । आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ ।