जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • करिब ५२ करोड जरिवाना माग दाबीसहित १० जनालाई मुद्दा दायर

करिब ५२ करोड जरिवाना माग दाबीसहित १० जनालाई मुद्दा दायर

राजस्व अनुसन्धान विभागले करिब ५२ करोड जरिवानामाग दाबीसहित १० जनालाई मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धि कार्यमा संलग्न १० जना व्यक्तिलाई अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले बिहीबार ७ जना व्यक्ति र शुक्रबार ३ जना व्यक्ति गरी १० जनालाई ५१ करोड ८४ लाख ४२ हजार २५४ रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

विभागले बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ४ मा बस्ने लार्ज ट्रेड लिङ्क प्रालिका सञ्चालक अर्जुन प्रसाद पटेल, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल ललितपुर बसोबास गर्ने जग किशोर साह, सिराहा जिल्लाका रामपुर पिपरा बस्ने सूर्यजि प्रसाद साह र सर्लाही जिल्ला स्थायी घर भई हाल कागेश्वरी नगरपालिका वडा नम्बर १३ काँडाघारीमा बस्दै आएका तोयनाथ अधिकारी गरी ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरी ३६ करोड ७० लाख ४४ हजार ५७२ जरिवानको माग दाबी गरेको छ ।

उक्त व्यक्तिहरूले सेवा तथा वस्तु खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावटमा संलग्न भएकाले मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागकाअनुसार कसुर गरेको पुष्टि बमोजिममा मूल्य अभिवृद्धि करबापत ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, १ करोड ५४ लाख ५६७ रुपैयाँ लाभांस कर र १० करोड ६५ अर्ब २४ हजार ७१२ रुपैयाँ आयकर गरी १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ माग दाबीसहित मुद्धा दायर गरेको छ ।

उक्त रकम बराबरको मागदाबीसहित जरिवाना हुने बिगो गरी ४ जना व्यक्तिलाई ३६ करोड ७० लाख ४४ हजार रुपैयाँ जरिवानाको मागदाबी गरेको छ ।

विभागले पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका ७ बस्ने तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरी नारायण साह तुराह, सिराहा विष्णुपुर गाउँपालिका २ स्थायी ठेगाना भएका हाल महालक्ष्मी नगरपालिका १ इमाडोलमा बस्ने किशो साह र सिराहा रामपुरका ९ मा बस्ने सुर्यजित प्रसाद साहलाई ४ करोड ३७ हजार ९६ हजार २४८ जरिवानाको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको जनाएको छ ।

विभागले राजस्व चुहावटमा संलग्न भएकाले ९६ लाख ४५ हजार ६ सय मूल्य अभिवृद्धि कर, १५ लाख ४६ हजार ३१० रुपैयाँ लाभांस कर र १५ लाख ४६ हजार ३१० रुपैयाँ आयकर रकम गरी २ करोड १८ हजार ९८ लाख १२४ रुपैयाँ बिगो गरेको छ । साथै, सोही रकम बराबरको हुने बिगोसहित ४ करोड ३७ लाख ९६ हजार मागदाबी गरेको छ ।
त्यसैगरी, विभागले शिवालय चोक पोखरा बस्ने छिरिङ ढुन्डु गुरुङले सम्पूर्ण बरामदित अमेरिकी डलर अवैध रुपमा सञ्जय तथा ओसारपसार गरेको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गुरुङबाट बरामद भएको अमेरिकी डलर १ लाख ९४ हजार २ सय (नेपाली रुपैयाँ २ करोड ३२ लाख ७४ हजार १८०) मागदाबीसहित अदालतमा मुद्धा दायर भएको हो ।
जसमा गुरुङमाथि बिगो २ करोड ३२ लाख ७४ हजार १ सय ८० रुपैयाँ र सोही रकम बराबरको जरिवाना हुने बिगो गरी ६ करोड ९८ लाख २२ हजार ५४० रुपैयाँ जरिवानाको मागदाबी गरेको छ ।

साथै, विभागले शुक्रबार मात्रै नेपालगञ्ज–४ सेतुबिक चोक बस्ने आले भन्ने सैदापिया मिया र भारतको रुपैडिहा स्थायी ठेगाना भएका अमन मित्तललाई भन्सार चोरी पैठारी गरेका कपडाजन्य मालवस्तुहरू अर्काको फर्मको नक्कली बिजक छपाएर बिक्री वितरण गरेको कसुरमा नेपालगञ्ज तुल्सीपुरको उच्च अदालतमा मुद्धा दायर गरेको छ ।

विभागले सो २ व्यक्तिलाई १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँ बिगो र सोही रकम बराबरको जरिवाना हुने बिगो गरी ३ करोड ७९ लाख ७८ हजार ८९४ रुपैयाँको जरिवानाको माग दाबीसहित मुद्धा दायर भएको जनाएको छ ।

2180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका