जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल लाइफ इन्स्योरेन्सको नेपालकै नं. १ अभियान सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै न.ं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाईँ सम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष÷परोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए ।

“हामी समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो”, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, “स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाइहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ ।”
कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुष ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस “नेपालकै नं. १” अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ । साथै योजना मार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला हो: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई नियोजित हल्लाको संज्ञा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए ।

‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर अन्य सूचकहरु संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ उनले भने ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ ।’

मन्त्री शर्माले पुँजीगत खर्चको गति बढाउन वन तथा वातावरणसँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । वन क्षेत्रमा पर्ने पूर्वाधार निर्माणको लागि वन मन्त्रालयबाट सम्पादन गरिनुपर्ने कामहरु मौजुदा ऐन नियमको कारण चाँडो हुन नसक्ने र त्यसबाट पुँजीगत खर्च प्रभावित हुने गरेको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत पुर्याउन विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभयो । पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वयलगायतका कार्यहरू समयमै गर्ने प्रतिवद्धता जनाए ।

पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहको ठाँउमा पठाइदिने तयारी भइरहेको जानकारीसमेत मन्त्री शर्माले दिए । ‘जसले खर्च गर्नसक्छ उसैलाई बजेट थपिन्छ, खर्च गर्न नसक्ने मन्त्रालयको बजेट कटौति हुन्छ । रकमान्तर गरेर पठाइन्छ ।’ उनले भने ।

वनसँग सम्बन्धित समस्याहरुको चर्चा गर्ने क्रममा अर्थमन्त्री शर्माले निजी जग्गामा भएको काठसमेत जनताले उपयोग गर्न नमिल्ने खालको नीति नियम बनाउनुपर्नेमा जोड दिए । ‘निजी जग्गामा भएको काठ काटेर उपयोग गर्दासमेत कार्वाही गर्ने गरिएको छ । यो ठीक भएन । नियम परिवर्तन गरौं ।’ उनले भने ‘नेपालको जंगलमा बहुमूल्य काठ कुहिएर खेर जाने स्थितिको अन्त्य गरौं । नेपालकै काठ सदुपयोग गर्नमिल्ने खालको नियम, कानुन बनाऔं ।’

यस्तै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा दिइने गरेको दैनिक ज्याला ५१७रुपैयाँ ज्यादै कम भएकोले त्यसलाई बढाएर एक हजार रुपैयाँको आसपास पुर्याउने गरी कार्यविधि बनाउन श्रम मन्त्रालयलाई आग्रह गरे ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिए । यसो गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने उनले बताए । त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालय तयार रहेको मन्त्री खाँणको भनाइ छ । कृषिमन्त्री महिन्द्र राय यादवले सरकारले धानको समर्थन मूल्य तोकेर मात्र नहुने भन्दै कृषकबाट धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । ठेक्का प्रक्रियाबाट समयमा रासायनिक मल उपलब्ध गराउन नसकिने भन्दै उहाँले तत्काल जीटुजी प्रक्रियाबाट खरिद गर्न सुझाव दिए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कुल दरबन्दीको ४० प्रतिशत कर्मचारी खाली रहेको र प्राविधिक क्षेत्रका थप ५० प्रतिशत कर्मचारी भर्ती गर्नुपर्ने अवस्था रहेको जानकारी गराए । कर्मचारीको अभावमा पनि पुँजीगत खर्च प्रभावित भएको उनको तर्क छ ।
वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले पुँजीगत खर्च वृद्धिको लागि वनसँग सम्बन्धित समस्याहरु समाधान गर्नेगरी नियमावली परिवर्तन गर्न लागिएको जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा स्वरोजगार कोषबाट प्रदान गरिने ऋणको व्याजदर चलन चल्तीको भन्दा कम बनाउनुपर्ने आवश्यकता औंल्याउदै त्यसको लागि सहजीकरण गरिदिन अर्थमन्त्रालयलाई आग्रह गरे ।

सिटिजन्स बैंकले खोल्यो नुवाकोटको मदानपुरमा शाखारहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका मदानपुरमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुब्बा लाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त

कृषि बिकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त भएका छन् । उनी बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियूक्ति भएक हुन् । नवनियूक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हांसिल गरेका छन् ।

निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष रमेशकुमार के.सी.लाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर श्री महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य संजिव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेत को उपस्थिती थियो ।

सांग्रिला डेभलपमेण्ट बैंकको २७ लाख कित्ता बोनस शेयर नेप्सेमा सू्चीकृत

सोमबार नेप्सेमा सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

होटल रेष्टुरेन्टहरुलाई २४सैं घण्टा खोल्न गृहमन्त्रीको प्रस्ताव: ब्यवसाय फस्टाएर राजस्व बढ्छ

गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिएका छन्।
सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले होटल रेष्टुरेन्टलाई २४सै घण्टा खुला गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने बताए।

‘त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालय तयार रहेको छ,’ उनले भने।

अहिले सरकारले नै स्थानीय प्रशाषन प्रयोग गरेर होटल रेष्टुरेन्ट रातभरी खोल्न दिँदैन। पर्यटकीय स्थलमा होटलहरु पनि मध्यरातसम्म पनि खोल्न पाइँदैन।

यता कृषिमन्त्री महिन्द्र राय यादवले सरकारले धानको समर्थन मूल्य तोकेर मात्र नहुने भन्दै कृषकबाट धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

आइसीएफसी फाइनान्सको सभाले पारित गर्यो १४ प्रतिशत लाभांश

आइसीएफसी फाइनान्सको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । पुस ५ गते सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

संस्थाको उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा भएको थियो । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

एक अर्ब २ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता एक अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ । फाइनान्सले हाल २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा एटिएम मार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको छ ।

साथै, संस्थाले चालु आर्थिक वर्षसम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

प्रभु क्यापिटल बन्यो पोखरा फाइनान्सको सेयर रजिष्ट्रार

पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।

सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्गज्यले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

२०७८ पुस ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

नेपाल बङ्गलादेश बैंकको अनलाइन मुद्दती खाता

नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइन फिक्स डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

अपहरण प्रकरणमा मुछिएका अमर टण्डन जोगाउन खोज्ने १५ प्रहरीलाई स्पष्टीकरण

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी अमर टण्डनमाथि अनुसन्धान पुरा नगरी म्याद गुजार्ने अनुसन्धान अधिकृतलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । रुपन्देहीको वुटवल–११ स्थित मिलन चोकमा२०६४ माघ २९ मा भएको अपहरणको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले लापरवाहीपूर्वक म्याद गुजारेका थिए । सो घटनामा हाल बहालमा रहेका डिएसपीहरु माधव बुढाथोकी, भिमलाल भट्टराई इन्सपेक्टर ऋषिराम घर्तिमगर र राजु कार्कीसहित १५ जनालाई स्पष्टीकरण सोधिएको हो ।

रुपन्देही अमुवाका अमर टण्डनमाथिको अनुसन्धान पूरा नगरी म्याद गुजारेको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

छानविन समितिको रिपोर्टका आधारमा १५ जना प्रहरी अधिकारीलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए ।

रुपन्देही अमुवा घर भएका टण्डनको समूहले मिलनचोकबाट ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेका थिए । तर, सो अभियोगमा टण्डन बिरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरुले म्याद गुजारेका थिए ।

अपहरण हुँदा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख थिए तत्कालीन डिएपी जगतमान श्रेष्ठ । श्रेष्ठले प्रहरी उपरिक्षक (एसपी) दर्जाबाट अवकाश पाएका छन् । अनुसन्धानमा संलग्न तत्कालिन इन्सपेक्टर नविन कार्कीले पनि अवकाश पाएका छन् ।

छानविन प्रतिवेदनका आधारमा पहिलो चरणमा अनुसन्धानमा संलग्न तत्कालिन प्रहरी निरीक्षकहरुलाई स्पष्टीकरण सोधिएको छ । शुरुमा जतमान श्रेष्ठ र पछिल्लो समय डिएसपी प्रतिक सिंह राठौर इप्रका वुटवलको इन्चार्ज हुँदा सो घटनामा लापरवाही भएको छानविन समितीको ठहर छ ।

हिमालयन बैंकमा थापा, शर्मा, श्रेष्ठको दादागिरी पराकाष्ठः कर्मचारी सञ्चय कोषको छानवीन प्रतिवेदन नआउँदै मर्जरको निर्णय पाकिस्थानी शेयर बेचर भाग्ने दाउमाः राष्ट्र बैंक बेखबर

विवाद नै विवादमा फस्दै गएको हिमालयन बैंक र नेपाल इन्भेष्मेण्ट बैंकको मर्जर फेरि विवादमा फस्दै गएको छ भन्दा फरक पर्दैन । यी दुबै बैंक बिच मर्जर गर्ने सम्झौता भएपछि हिमालयन बैंकको मुख्य प्रमोटर शेयरधनी कर्मचारी सञ्चय कोषले मर्जर गर्ने कि नगर्ने भन्ने बारे छानवीन समिति नै बनाएर काम गरि रहेको बेला आईतबार (विदा)को दिन हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेण्ट बैंकसंग मर्जर गर्ने निर्णयल गरेको भेटिएको छ । जबकी कर्मचारी सञ्चय कोषले मर्जरमा जाने कि नजाने भन्ने बारेमा समिति नै बनाएर छानवीन नै गरिरहेको देखिन्छ ।
हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापा, आषिश शर्मा, वियज बहादुर श्रेष्ठ र पाकिस्तानी गु्रपका सञ्चालक FAISAL N. LALANI को चर्को दबाब पछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जर गर्ने निर्णय गरेको भेटिएको छ ।

खेतान समूहको शेयरबाट सञ्चालक बनेका पूर्व भारतीय नेपाली राजदूत दिप कुमार उपाध्यायका छोरा आषिश शर्मा र राणा परिवारको शेयरबाट सञ्चालक बनेका सुनिल बहादुर थापालाई कांग्रेसको चुनावमा करोडौ पैसा मर्जर गर्नुपर्ने शर्तमा दिएपछि जबरजस्ती मर्जरको निर्णय गरिएको देखिन्छ ।

साधारण शेयरधनीको प्रतिनिधित्व गरेका विजय बहादुर श्रेष्ठले सर्वसाधारण जनताको शेयर माथी हेक्का नगर्दै मर्जर हुनुपर्ने अडान राखेको देखिन्छ । जबकी उनी माथी आन्तरिक राजश्व विभागले कर छलीमा छानवीन गरिरहेको छ । बुटवल पावर कम्पनीमा उनीले करोडौं कर छली गरेको भेटिएको छ । हेक्का होस् ।

अर्को पाकिस्तानी समूहका प्रतिनिधी FAISAL N. LALANI ले मर्जर गरेर शेयर विक्री गरेर भाग्ने दौडमा रहेको भेटिएको छ । शेयरको मुल्य घटेका बेला पनि मर्जर गर्ने अडान राख्नुले यसको पुष्टी गरेको देखिन्छ ।

मर्जरमा शेयर विक्री गरेपछि लाग्ने करमा छुट हुने भएकाले पाकिस्तानी समहू यो मौका छोपी बसेको देखिन्छ । नेपाल इन्भेष्टमेण्ट बैंकले करोडौं कर छली गरेको र विवाद परेको अर्वौका सम्पत्ति डिडिए गरेको भेटिए पनि हिमालयन बैंक संचालक समितिले मर्जरको निर्णय गर्नुको कारण के हो ? यसको खोजी जारी छ । भनिन्छ हिमालयन बैंकले मर्जरको निर्णय गर्दैमा मर्जर हुने देखिदैन । संचय कोषको छानवीन पनि बाँकी नै छ हेक्का होस् ।

महालक्ष्मी विकास बैंकको साधारण सभा पुष २५ गते, इतिहासमै पहिलो पटक बम्पर लाभाशं

बैंकिङ्ग क्षेत्रमा २ दर्शक भन्दा बढि कार्य सम्पादन गरेका सिटिजन्स बैंकका तत्कालीन डेपुटी सीइओ बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको सीइओ भएपछि बैंकले छलाङ्ग नै मारेको छ भन्दा फरक पर्दैन । लगानी बढाउँदै खराब कर्जाहरुको उच्च ब्यवस्थापन गर्दैन, कर्मचारीको उच्च व्यवस्थापन गर्दै बैंकको इतिहासमै पहिलो पटक २० प्रतिशत बोनस शेयर दिएको भेटिएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे बीसाैँ वार्षिक साधारण सभा पाैष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण समूहबाट ३ जना र संस्थापक शेयरधनीकाे तर्फबाट ३ जना गरी कूल ६ जना सञ्चालककाे निर्वाचन गर्ने, सञ्चालक समितिकाे बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने जस्ता प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १३ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ

61becd730a2b8.jpg