जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अपहरण प्रकरणमा मुछिएका अमर टण्डन जोगाउन खोज्ने १५ प्रहरीलाई स्पष्टीकरण

अपहरण प्रकरणमा मुछिएका अमर टण्डन जोगाउन खोज्ने १५ प्रहरीलाई स्पष्टीकरण

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी अमर टण्डनमाथि अनुसन्धान पुरा नगरी म्याद गुजार्ने अनुसन्धान अधिकृतलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । रुपन्देहीको वुटवल–११ स्थित मिलन चोकमा२०६४ माघ २९ मा भएको अपहरणको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले लापरवाहीपूर्वक म्याद गुजारेका थिए । सो घटनामा हाल बहालमा रहेका डिएसपीहरु माधव बुढाथोकी, भिमलाल भट्टराई इन्सपेक्टर ऋषिराम घर्तिमगर र राजु कार्कीसहित १५ जनालाई स्पष्टीकरण सोधिएको हो ।

रुपन्देही अमुवाका अमर टण्डनमाथिको अनुसन्धान पूरा नगरी म्याद गुजारेको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

छानविन समितिको रिपोर्टका आधारमा १५ जना प्रहरी अधिकारीलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए ।

रुपन्देही अमुवा घर भएका टण्डनको समूहले मिलनचोकबाट ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेका थिए । तर, सो अभियोगमा टण्डन बिरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरुले म्याद गुजारेका थिए ।

अपहरण हुँदा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख थिए तत्कालीन डिएपी जगतमान श्रेष्ठ । श्रेष्ठले प्रहरी उपरिक्षक (एसपी) दर्जाबाट अवकाश पाएका छन् । अनुसन्धानमा संलग्न तत्कालिन इन्सपेक्टर नविन कार्कीले पनि अवकाश पाएका छन् ।

छानविन प्रतिवेदनका आधारमा पहिलो चरणमा अनुसन्धानमा संलग्न तत्कालिन प्रहरी निरीक्षकहरुलाई स्पष्टीकरण सोधिएको छ । शुरुमा जतमान श्रेष्ठ र पछिल्लो समय डिएसपी प्रतिक सिंह राठौर इप्रका वुटवलको इन्चार्ज हुँदा सो घटनामा लापरवाही भएको छानविन समितीको ठहर छ ।

4365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका