जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सहकारीका ग्राहकका लागि डेविट कार्ड जारी गर्न सनराइज बैंकको सहकार्य

सनराइज बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरुका ग्राहकको लागि को-व्राण्डेड डेविट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर), आइ मार्क प्रा. लि. तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिसंग सहकार्य गरेको छ ।

कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै नेपाल सरकारको उद्देश्य अनुरुप तथा नेपाल राष्ट्र बैंकको प्राथमिकता बमोजिम डिजिटल भुक्तानीको क्षेत्रमा थप सेवा बिस्तार गरी डिजिटल बैंकिङ्गमा बढी भन्दा बढी सर्वसाधारणको पहुँच पु¥याउने उद्देश्य अनुसार बैंकले सहकार्य गरेको जनाएको छ ।

को-व्राण्डेड कार्ड जारी गर्ने बारे भिसा इन्टरनेसनलबाट समेत सहमती प्राप्त गरिसकेको र पहिलो चरणमा कार्ड जारी गर्नको लागी बिभिन्न चार सहकारी संस्थासंग सम्झौता गरिसकिएको छ भने प्राबिधिक सेवा प्रदायकहरुको सहकार्यमा सिस्टम तयार गरी परिक्षण युजर असेप्टेन्स टेस्टिंग समेत भइसकेको बैंकले जनाएको छ ।

बिद्यमान परिस्थीतीमा बिद्युतिय भुक्तानीलाई जोड दिंदै सहकारी संस्थाहरुलाई समेत लक्षित गरि नेपाल राष्ट्र बैंकले चालु आ.ब.मा जारी मौद्रिक निती मार्फत गरेको घोषणा “सहकारीका ग्राहक समक्ष समेत बिद्युतिय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिनेछ” लाई समेत यस परियोजनाले केही हदसम्म मुर्त रुप दिने बैंकले अपेक्षा राखेको छ । यस कार्यक्रमबाट बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेका सिमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तिय समाबेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शीतामा समेत बृद्घी भई सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।
भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशिया मा नै पहिलो अभ्यास भएको बैंकको दाबी छ । भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एशियाकै मार्गदर्शन गर्ने बैंकको विश्वास छ ।

यस परियोजनाका प्रमुख बिशेषताहरु निम्न बमोजिम रहेका छन्

क. यस परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागी सन्राइज बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भुमिका निर्वाह गर्नेछ । यसका अतिरिक्त कार्ड जारी गर्नको लागी सम्बन्धित कार्ड स्किम (भिसा इन्टरनेशलन) सँग आवश्यक पहल गरि बैंक आइडेन्टिफिकेसन नम्बर उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने कार्य समेत सन्राइज बैंकले गर्नेछ ।

ख. यस परियोजना अन्तर्गत जारी हुने कार्डको लागी स्वीचिङ्ग सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लि. नेप्सले गर्नेछ ।

ग. आइ मार्क प्रा. लि. तथा पायोनियर एसोसिएट्स प्रा. लि. (कोसिस सहकारी सफ्टवेयर) ले सम्बद्घ सहकारी सँस्थाको कोर बैकिङ्ग सिस्टम, बैंकको कोर बैकिङ्ग सिस्टम र स्वीचिङ्ग सिस्टम बिच आवश्यक सञ्चार समन्वय गर्ने संरचना तयार गर्ने तथा कारोबार रुटिन ,कार्ड जारी गर्नु पूर्व गरिने ग्राहक पहिचानका गतिबिधि, इ के वाइसी लगायतका कार्यहरुको लागी आवश्यक प्राबिधिक सेवा प्रदान गर्नेछन् ।

घ. यस परियोजना अन्तर्गत जारी हुने कार्डहरु सन्राइज बैंकको स्वामित्वमा रहेको बैंक आइडेन्टिफिकेसन नम्बर अन्तर्गत जारी हुनेछन् भने सो कार्डहरु सम्बन्धित सहकारी संस्थामा रहेको कार्डबाहकको खातामा सोझै लिंक्ड हुनेछन् ।

ङ. आफ्ना ग्राहकहरुलाई डेबिट कार्ड जारी गर्ने सन्दर्भमा आबश्यक अन्य प्रकृया सम्बद्घ सहकारीले नै गर्नेछ भने कुनै पनि सहकारीलाई यस परियोजनामा सामेल गराउनुपूर्व सन्राइज बैंकले भरपर्दो तेस्रो पक्ष मार्फत सो सहकारीको ड्यु डेलिजेन्स गर्नेछ ।

च. यस परियोजना अन्तर्गत जारी हुने कार्डहरुको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भैरहेका डेबिट कार्डहरु भन्दा फरक नहुने गरी अन्तराष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरु अनिवार्य रुपमा राखिएको छ भने संचालन जोखिम न्यूनिकरणका लागी विस्तृत संचालन बिधि तथा जोखिम न्यूनिकरणका उपाय तयार गरी लागु गरिसकिएको छ ।

यस परियोजना अन्र्तगत कार्ड जारी गर्न इच्छुक सहकारी संस्थाहरुले प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर) वा सन्राइज बैंकमा सम्पर्क राखि सेवा प्राप्त गर्न सक्नेछन् ।

प्राइम कमर्सियल बैंकको लाभांश पारित

प्राइम कमर्सिलय बैंक सञ्चालक समितिको सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने  २५७.३२ करोड रुपैयाँ बराबरको बोनस शेयर र  चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजना) दिने निर्णय पारित गरेको छ । आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा  गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । 

थारुतर्फको खुल्ला केन्द्रीय सदस्यमा रामजनम र योगेन्द्र विजयी

नेपाली काँग्रेसको थारुतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षकै चार जना निर्वाचित भएको छन् । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा समाहित भएका उनीहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका उनीहरु १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिबाट अनुमोदन भएका छन् ।

रामजनमले २४२२ मत ल्याउँदा योगेन्द्रले २१६० मत ल्याएका छन् । यस्तै थारु महिलातर्फ २ सिटमा पनि देउवा पक्षकै कल्पना चौधरी र जीवन राना विजयी भएका छन् ।

अख्तियारले डामेका आन्तरिक राजश्व विभागका महानिर्देशक पौडेलको अर्को चर्तिकलाः महालेखा परिक्षकको कार्यालय चिन्दिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पटक पटक कारवाही गरिएका आन्तरिक राजश्व विभागका भ्रष्ट महानिर्देशक शोभाकान्त पौडेलले राज्यले उठाउनु पर्ने अर्बो राजश्व नउठाउने भन्दै ठूला करदाता कार्यालयलाई पत्र लेख्ने भएका छन् भन्दा अब चाहि फरक पर्दैन ।
आन्तरिक राजश्व विभागका महानिर्देशक पौडेलले नेपाल इन्भेष्टमेण्ट बैंक देखि शिखर इन्योरेन्स कम्पनीसम्मले एफपिओमा छली गरेको अर्बौ कर नउठाउने धम्की दिँदै हिँडेका छन् भन्दा अब चाहि फरक पर्दैन ।

ठूला करदाता कार्यालयले महालेखा परिक्षकको कार्यालयले औल्याएको अर्बौ कर उठाउन पत्र पठाएपनि आन्तरिक राजश्व विभागले अटेर गर्दै आए पनि अर्थमन्त्री जर्नादन शर्मा बेखबर बन्नुले वेतिथीको पराकाष्ट हो भन्दा अब चाहि फरक पर्दैन ।
आन्तरिक राजश्व विभागका भ्रष्ट महानिर्देशक पौडेलले आफूले महालेखा परिक्षकको कार्यालयलाई नचिन्ने भन्दै आर्थिक बजार सम्वाददातालाई धम्काएका छन् । राज्यको महत्वपूर्ण अंग महालेखा परिक्षकको कार्यालयले बेरुजु देखाएको अबौं कर उठाउने दायित्व महानिर्देक पौडेल को हो कि होइन ?

ठूला नेपाल इन्भेष्टमेण्ट बैंक देखि शिखर इन्स्योरेन्स कम्पनी लगायत १ दर्जन बैैंक र वित्तिय कम्पनीहरुले तिर्नुपर्ने राजश्व आन्तरिक राजश्व विभागले नउठाउने हो भने हामी जस्ता साना करदाताले कर तिर्नु पर्दछ भने अब छैन अर्थमन्त्री जनार्दन शर्माज्यू हेक्का होस् ।

किन ठूला बैंक र बीमा कम्पनीहरुले तिर्नुपर्ने कर नतिरे पनि महानिर्देक पौडेल उठाउन चाहदैनन् यसको अर्थ हो उनीले दान दक्षिणा लिइसके भन्दा अब फरक पर्दैन अर्थमन्त्रीज्यू हेक्का होला खुवाउन र खान खपिस मानिएका महानिर्देशक बिरुद्ध फेरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भेटिएको छ ।

ठूला करदाताहरुको पूरानो बक्यौता मिलान गर्दा आफ्नो पीए मार्फत करोडौं उठाउने गरेको, लाग्ने कर र करछली गरेको मान्छेहरुसंग मिलाइदिन्छु भन्दै उठाउने गरेको जस्ता दर्जनौ कुरा राखी अख्तियारमा फेरि पनि उजुरी परेको भेटिएको छ । यस अगाडी पनि महानिर्देशक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामी सकेका कर्मचारी हुन् । यस बारेमा हामी खोजी शुरु गरेका छौं । राज्यले लिनुपर्ने कर उठाउदिन भन्ने अधिकार महानिर्देशक पौडेललाई छैन हेक्का होस् ।

राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखा खोटाङको रावावेशीमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।

बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावावेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौला, दुधकोशी जलाशय युक्त जलविद्युतका प्रमुख बसन्त श्रेष्ठ, रावावेशी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, शाखा प्रबन्धक राजकुमार घिमिरे, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

१८ वस्तुको आयातमा राष्ट्र बैंकको कडाइ

बढ्दो आयातको कारण विदेशी सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको छ । केही वस्तु आयात गर्दा बैंकमा शतप्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ । कात्तिक महिनासम्म उच्च आयातले गर्दा १ खर्ब ५० अर्ब शोधानान्तर घाटा भएको छ । यस्तै ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्ने विदेशी सन्चिती रहेको छ ।

लुम्बिनी विकास बैंक नेपाल पेमेन्ट सोलुसन्समा आवद्ध

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स्को तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ, विजनेश डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकको तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी, आईटी र कार्ड प्रमुख विशाल जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यससँगैं अब लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।

नेपाल पेमेन्ट सोलुसन भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।

सिभिल बैंकले ५% बोनस सेयर दिने

 सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सिभिल बैंकले कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

८ अर्ब ६४ करोड चुक्ता पुँजी रहेको सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर वितरणपछि ९ अर्ब ७ करोड हुने छ ।

बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेप देखाउन पाउने

बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपको रुपमा देखाउन पाउने भएका छन् । तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न बैंकहरुले साविकको ५० प्रतिशतमा थप ३० प्रतिशत बढी रकम निक्षेप परिचालन गर्न पाउने भएका हुन् ।

अर्थमन्त्रालयका अर्थसचिव मधुकुमार मरासनीले अब बैंकहरुले २०७९ असार मसान्तसम्मको लागि स्थानीय तहको कोषको रकम निक्षेपको रूपमा परिचालन गर्न पाउने जानकारी दिएका हुन् ।

हाल बैंकहरुले स्थानीय तहको ५० प्रतिशत मात्रै निक्षेप परिचालन गरिरहेका थिए । तर बैंकिंग प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्न हालको स्थानीय तहको निक्षेप परिचालन सीमा ५० प्रतिशतलाई थप ३० प्रतिशत बढाएर ८० प्रतिशत कायम गरिएको अर्थसचिव मरासनीले जनाए ।

हालको तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न यो व्यवस्था गरिएको हो । यसबाट बैंकिंग प्रणालीमा तत्काल ५० अर्ब रुपैयाँ थप तरलता उपलब्ध हुने अर्थसचिव मरासनीले जनाएका छन् ।

आइएमई लाइफ इन्श्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

आइएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ ।

कार्यक्रममा देशभरी रहेका २४,५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आइएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडिआरटि मा योग्य अभिकर्ता, अभिकर्ता , विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो । आइएमई ग्रुपका म्यानेजिंग डाइरेक्टर हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थिती थियो ।

कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो ।

आइएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताए ।

व्यवसाय विस्तारमा नेपाल लाइफ आक्रामक, अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टाग्रेट दिएको छ ।

कम्पनीले पौष महिनाभरिका लागि अभिकर्तालाई टाग्रेट दिएको हो । कम्पनीले पौष १ गतेदेखि पौष ३० गतेसम्म टाग्रेट पुरा गर्ने अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ दिने जनाएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा इन्सेन्टिभ दिने भएको हो ।

१० हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले नेपाल लाइफ अभिकर्ता व्याच, ४५ हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले एक थान भ्याकुम फ्ल्याक्स पाउनेछन् ।

७५ हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले २ हजार २५० रुपैयाँ नगद, एक लाख १० हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले ३ हजार ३ सय रुपैयाँ र एक लाख ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले ४ हजार ५ सय रुपैयाँसम्म नगद पाउने कम्पनीले जानकारी दिएको छ ।

एक लाख ५० हजार रुपैयाँभन्दा माथि प्रत्येक थप एक लाख रुपैयाँ प्रथम बीमाशुल्कमा थप ३ हजार रुपैयाँ नगद इन्सेन्टिभ दिइने कम्पनीको भनाइ छ । कम्पनीले ५ लाख रुपैयाँ वा सोभन्दा बढी प्रथम बीमाशुल्क दिने अभिकर्ताहरुलाई एक थान लेदर ब्याग दिने छ ।

१० लाख रुपैयाँ वा सो भन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताहरुलाई लोटरी समावेश गरी १ जना विजेता अभिकर्तालाई एक थान हिरो स्प्लेण्डर मोटरसाइकल उपलब्ध गराउने छ ।

पौष महिनामा हुने अभिकर्ता तालिममा ५ जना नयाँ अधिकर्ता सहभागिता गराई कम्तिमा ३ जना अभिकर्ताहरुर्ला सक्रिय गराई ती अभिकर्ताहरुबाट ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गराउने व्यवसाय संयोजकहरुलाई एक थान भ्याकुम फ्लेक्स दिने कम्पनीले बताएको छ ।

एजेन्सी म्यानेजरका लागि समेत कम्पनीले टाग्रेट दिएको छ । पौष महिनाभरि नियुक्त भएका अथवा नविकरण भएका एजेन्सी म्यानेजरलाई समेत कम्पनीले इन्सेन्टिभ दिने भएको छ ।

अर्बपति विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

अर्बपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्ययमा निर्वाचित भएका छन् । मधेशी कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उठेका चौधरी विजयी भएका हुन् । 

चौधरिले नेपाली कांग्रसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई विशेष आभार समेत प्रकट गरेका छन् ।