जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एशियन लाइफद्धारा ७ लाख २२ हजार मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमितको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

६१ वर्षिया लक्षिमा सापकोटाले सात वर्षे अवधिको लागि २०७७ असार २२ गते ७ लाखको बीमा गराएकोमा २०७७ फागुन १६ गते कालगतीले निधन भएको हो । दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा अभिकर्ता सीता सापकोटाको समेत उपस्थिति रहेको थियो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाः कर्जा अवधिभर बैंकले व्याजदर परिवर्तन गर्न नपाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा अवधिभर कर्जाको व्याजदर पुनरावलोकन नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने व्यवस्था गरेको हो । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मुल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने पनि निर्देशनमा उल्लेख गरेको छ ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ,‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्याङ्कन गरेको यकीन गर्नुपर्ने छ ।’

यस्तै, कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्ने पनि राष्ट्र बैंकको निर्देशन छ । यसका लागि तोकिएको कर्जा-निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने छ ।

२०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नु पर्ने निर्देशनमा उल्लेख छ ।

हिमालयन बैंकद्धारा २४ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

हिमालयन बैंक लिमिटेड कावासोती शाखाद्वारा स्थानीय श्री शिव नमुना माबिमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित एक समारोहका बीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकले ऐना युनिसेक्स सैलूनमा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ऐना युनिसेक्स सैलून त्रिपुरेश्वर काठमाडौं बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ऐना युनिसेक्स सैलूनको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेप्सको सञ्चालक समितिको अध्यक्षमा रविनकुमार नेपाल चयन

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को सञ्चालक सिमिति अध्यक्षमा निर्वाचित भएका रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनासँग सपथ लिएका हुन्। नेप्सको सञ्चालक चयन भएका नेपाल सर्वसम्मतिले अध्यक्ष भएका हुन्। नेप्समा ६ जना सञ्चालक हुन्छन्।

बैंक तथा वित्तीय संस्थाहरुले नेप्सको स्थापना तथा सञ्चालन गरेका हुन्। कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ।

नेप्स पीसीआइडीएसएस र पीसीआइपीआइएन प्रमाणित कम्पनी हो। इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा रहेको कम्पनीले झण्डै २ हजार एटीएम तथा देशभर २० हजार पीओएसमार्फत ३५ लाख ग्राहकलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

राष्ट्र बैंकका प्रवक्ता फेरिए, डा. भट्टलाई जिम्मेवारी

नेपाल राष्ट्र बैंकका प्रवक्ता फेरिएका छन् । नेपाल राष्ट्र बैंकले आज पुस १ गतेदेखि लागु हुने गरि बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. गुणाकर भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

यस अघि बैंकको प्रवक्तामा नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल रहेका थिए । ढकाल भन्दा अघि भने डा. भट्ट नै प्रवक्ता थिए । राष्ट्र बैंकको सूचना अधिकारी तथा सहायक प्रवक्ताको रुपमा भने नारायण प्रसाद पोखरेल यथावत छन् ।

विश्वप्रकाश शर्मा पनि गगनसँगै कांग्रेसको महामन्त्रीमा विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा भएको मतगणनामा प्रकाशमान श्रेष्ठ प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका उनले शेबहादुर देउवाको प्‍यानलबाट उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेललाई पछि पार्दै महामन्त्रीमा निर्वाचित भएका हुन्।
महामन्त्री पदका लागि विश्वप्रकाशको पहिलो प्रयासमै सफलता हासिल गरेका हुन्। देउवाले अवसर नदिएपछि शेखर कोइरालाको टिममा पुग्दा पनि विश्वप्रकाशले महामन्त्रीमा टिकट पाएका थिएनन्। त्यसपछि एक्लै उम्मेदवारी दिन गएका उनलाई प्रकाशमानले साथ दिएका थिए।

यस्तै, शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका गगन थापा पनि पपुलर मतसहित विजय भएका छन्। गगनको विश्वप्रकाशको जितसँगै कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्य संकटमा परेको छ। सिटौला समूहबाट उम्मेदवार बनेका प्रदीप पौडेल महामन्त्रीको प्रतिस्पर्धामा चौथो भएका छन्।

महामन्त्रीमा निर्वाचित भएसँगै विश्वप्रकाशले प्रतिक्रिया दिँदै भने, ‘व्यक्तिको विजय पनि हैन। गुटको विजय पनि हैन। पार्टीको जित हो।’-

लाभांश पारीत गर्न ज्योति विकास बैंकले बोलायो साधारण सभा

ज्योति विकास बैंकले चौधौ वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । सभा बिहान ११ बजे लिसरा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा गर्ने जानकारी गराएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले कम्पनीको अधिकृत पूँजी रू. ५ अर्बबाट वृद्धि गरी रू. ८ अर्ब पुर्याउने प्रस्ताव पनि पारीत गर्नेछ । त्यसैगरी यस बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ९ गते देखि २३ गते सम्म बन्द रहने जानकारी गराएको छ । यस आधारमा पुस ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

साना तथा मझौला व्यवसायी र कार्यलयहरुले अब विषेश रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको छ ।

यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ ।
बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रबार (पुष २) बाट लागु हुने गरि यो योजना ल्याइएको हो । ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यलयका साथीहरुसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहित मात्र रु १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु १.३० मा पाउँछन् ।

ग्राहकले एकपटक मात्र कर सहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भए पछि ग्राहकले रु ३५ मेन ब्यालेन्स सहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिन सम्ममा जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन् ।

यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी÷४ जीबी÷६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी÷५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् ।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरि बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन् ।

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट रु.३ अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हँुदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमती पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदानप्रदान गर्नुभएको छ ।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरु जस्तै जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ । साथै यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्नेछ ।

सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रिनि नागाराजनले नेपाल सधंै सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको प्रष्ट भएको समेत बताउनुभएको छ ।

“विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने र ठूला विदेशी लगानी भित्र्याउँदै मुलुकको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,” नागाराजनले भन्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको बताउँदै सीडीसीले नेपालको वित्तीय संस्थालाई गरेको यो सहयोग बेलायत सरकारको साना तथा मझौला उद्यमलाई जलवायु परिवर्तनका असर न्यूनीकरणमा गरिएको सहयोगहरु प्राप्त गर्न उनीहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।

उहाँले ग्लोबल आइएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरुको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताउनुभएको छ ।

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । अब प्रदेस १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने कुरामा मिदास टेक्नोलोजी विश्वत छ । यो सेवा पूर्वाञ्ञल स्वास्थ्य छेत्र अन्र्तगतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरू गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको साधारण सभा सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । सभाले २०७७÷७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।