जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बैंक अफ काठमाण्डू लिमिटेडको साधारण सभा सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । सभाले २०७७÷७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । मंसिर महिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ ।

बैंकले गो.न.पा –०१ दुङ्गासाँघु, ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि रु १७,००० को आर्थिक सहयोग गरेको छ ।

यस सँगै, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई , सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निशूल्क टेबल टेनिसको तालिम दिन बैंकले रु ४०,००० को आर्थिक सहयोग हस्ताणतरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक गर्यो चार ठाउँमा प्रीभिलेज काउन्टर विस्तार

 सिटिजन्स बैंकले आफ्ना  ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले  लुम्बिनी प्रदेशको कालिकानगर शाखामा , प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को  राजविराज शाखामा थप प्रीभिलेज काउन्टर विस्तार गरेको छ ।
यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी ,काठमाण्डौंमा रहेको प्रीभिलेज काउन्टर बाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ८० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्यान र वीड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

लुम्विनी प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान

नेपाल बैंक लिमिटेडल बुधबार लुम्विनी प्रदेशका सवै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराइ डिजिटल बैकिङका प्रविधिहरुमा बिद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै  वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका  सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरिएको थियो । 

एकै साथ संचालित उपरोक्त कार्यक्रममा तीन हजार भन्दा बढी बिद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी, नेपाल बंैकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । 

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो ।

अनवरत विश्वासको ८५ औँ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा पु¥याईरहेको छ । 

आइसिटी अवार्डको २०२१’ को Powered by Sponsor मा डिशहोम फाईबरनेट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदैछ । छैटौं संस्करणको आइसिटी अवार्डको Powered by Sponsor मा डिशहोम फाईबरनेटले सहकार्यगरेको छ ।
आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमविपिएस ईन्टरनेट प्रदान गर्ने छ ।

आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।

एनएलजी इन्स्योरेन्सद्धारा घुम्ती बीमा तथा सचेतना कार्यक्रम सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनीले पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

स्थानीयबासीको बाक्लो उपस्थिती तथा किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको सम्बन्धमा जिज्ञाशा राख्नुका साथै बीमा गर्ने प्रक्रियाबारे जानकारी लिएका थिए । सो छलफल कार्यक्रम पश्चात् घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त घुम्ती बीमा सेवा कार्यक्रममा दर्जनौं किसानहरुले बीमा सेवा लिएको कम्पनीले जानकारी दिएको छ ।

गरिमा विकास बैंकको नयाँ शाखा भुरिगाउँ, बर्दियामा

‘Access to All’ मुल नारा सहित नेपाल भर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा संचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११६ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

विविध कार्यक्रम गरी मनायो प्रभु लाइफले पाँचौ वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।

कम्पनीले उल्लेखित उदेश्य अन्तर्गत नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ ।

कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो । गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट बितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु बितरण गरेका थिए ।

प्रभु लाइफ चार वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश, यस्तो रह्यो अहिलेसम्मको उपलब्धी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथौ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । वितेका चार वर्षको अवधिमा उत्साहजनक जनविश्वास र माया प्राप्त गरेको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समस्त नेपालीहरु माझ सुरक्षित भविष्यका लागि जीवन बीमा वारे सचेत गराउँदै र ग्राहक सेवालाई अझ विस्तार गर्ने प्रण गरेको छ । यस अवधिमा कम्पनी प्रति अगाध माया, विश्वास र सहकार्य गर्दै साथ दिनुहुने समस्त ग्राहक सेवाग्राहीहरु, बीमा अभिकर्ता, कर्मचारी एवम् सरोकारवाला सबै प्रति कृतज्ञता ज्ञापत गरेको छ । कम्पनीले आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरताको अपिल सहित अझ सरल, सुलभ, गुणस्तरीय एवं आधुनिक सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यहरु गर्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिए । यसै अवसरमा कम्पनीले समता स्कुललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रभु समुहबाट संस्थापित यस कम्पनीमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल लगायत १२ वटा संस्थागत शेयरधनी रहेका छन् । कम्पनीमा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायीको समुहको लगानी रहेको छ । कम्पनीमा १७४ जना संस्थापक शेयरधनीहरु छन् । गत वर्ष प्राथमिक शेयर निष्काशन भए सँगै सर्वसाधारण लगानीकर्ताको पनि प्रवेश भएको छ ।

कम्पनीले स्थापनाकालदेखि हालसम्म तीन अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा २ लाख ७० हजार भन्दा धेरै बीमा पोलिसी बिक्री समेत गरिसकेको छ । कम्पनीले चार वर्षको दौरानमा बीमितहरुलाई १५ करोड ८३ लाख रुपैयाँको दाबी भुक्तानी समेत दिइसकेको छ । कम्पनीले बीमितलाई प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनशदर दिएको छ ।

जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण सूचकका रुपमा रहेको जीवन बीमा कोषमा २ अर्ब ३० करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याएको प्रभुको जगेडा कोषमा ४२ करोड ४४ लाख रुपैयाँ भन्दा धेरै छ । 

लक्ष्मी बैंक पीक्याफमा समावेश

लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’ मा सामेल भएको छ ।

पीक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुर्याउने विश्वभरका वित्तीय संस्थाहरू बीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटीभले पनि पीक्याफको विधिलाई वित्तीय उत्पादनहरूको हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्व्यापी विधिको मान्यता दिएको छ ।

पीक्याफमा सामेल भई नेट–शुन्य भविष्यतर्फ अग्रसर हुँदा कोप–२६ मा नेपालको राष्ट्रिय प्रतिबद्धतालाई समेत सहयोग पुग्ने र जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालन माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्न सघाउ पुर्याउने बैंकले दाबी गरेको छ ।

‘हाम्रो व्यवसायबाट हुने वित्तीय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पीक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ओरेन्ज लभ्सग्रीन पहलसँगसमेत जोडिएको छ । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवद्र्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं ।’

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा कडेल नियुक्त

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक संचालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो ।

योसँगै सीईओ कडेलले अब २०७८ मंसिर २७ गतेदेखि चार वर्ष बैंकको नेतृत्व सम्हाल्नेछन् । यसअघि उनी सोही बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (डपुटी सीईओ) रहेका थिए । गत साउन, २०७८ मा कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।

गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै उक्त पद खाली रहँदै आएको थियो । करिब चार महिनापछि बैंकले नयाँ सीईओ पाएको हो ।

मेगा बैंकको ११ औं बार्षिक साधारणसभा सम्पन्न : १२.०७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँया ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैँया ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । ‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग÷व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक÷वित्तीय संस्थाहरुको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौं । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भन्नुभयो – ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताउनुभयो । यसैगरी, काठमाडौंको विशालनगरमा आगामी तीन वर्ष भित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उहाँले बताउनुभयो ।

अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवद्र्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई सम्वृद्ध बनाउँदै आएको स्मरण गर्नुभयो । जस अन्तर्गत यस आर्थिक बर्ष २०७७÷०७८ मा एक अर्ब एक करोड सत्र लाख पच्चीस हजार पाँच सय त्रिहत्तर रुपैया राजश्व दाखिला गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१% बढी राजश्व दाखिला गरेको छ ।

आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघिय÷प्रादेशिक वा पालिका स्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार÷उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडा÷पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको बताउनुभयो । ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग÷व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवद्र्धनलाई त्यतातर्फ मोडेका छौं । जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ ।’– सिइओ खुञ्जेलीले भन्नुभयो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले बृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैँया पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रुपैंया सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सिइओ खुञ्जेलीले बताउनुभयो । बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सिइओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।