जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभाबाट सिटी एक्प्रेसका सञ्चालक चन्द्र टण्डन अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नयाँ नेतृत्व चयनका लागि  होटल एलफ्ट ठमेल काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा टण्डन अध्यक्षमा निर्वाचत भएका हुन ।

 संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए । संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताएका थिए । 

नेपाल लाइफको २१३१०० कित्ता शेयर विक्रीमा

नेपाल लाईफ इन्स्योरेन्सका संस्थापकले शेयर बेच्ने भएका छन् । कम्पनीका सस्थापकको २ लाख १३ हजार १ सय कित्ता शेयरहरू बिक्री गर्ने भएका हुन । कम्पनीका संस्थापक शेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको शेयर बिक्री गर्नका लागि सोमबार सूचना प्रकाशित गरेको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीका संस्थापक शेयरधनी अशोककुमार अग्रवालको १३ हजार १ सय कित्ता र प्रुडेन्सियल क्यापिटलको दुई लाख कित्ता शेशेयर विक्रि गर्ने सूचनामा जनाएको छ । 

उक्त शेयर खरिद गर्नका लागि संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुले खरिद गर्न पर्ने हुन्छ । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय, कमलादी काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ । संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमात्र सर्वसाधारणले उक्त शेयर खरिद गर्न पाउने छन् । 

गुडवील फाइनान्सद्वारा १३ प्रतिशत लाभांश प्रस्ताव

 गुडवील फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष 2०७७/७८ को मुनाफाबाट कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । 

 हाल कायम चुक्तापूँजी रू. ८६ करोड ७२ लाखको आधारमा ९ दशमलव १ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बीच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक  लि. सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने बैंकले जनाएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरे ।  

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका  ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

बैंक अफ काठमाण्डुका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा १५ प्रतिशत सम्म छुट

बैंक अफ काठमाण्डु लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रालि बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५% र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १०% छुट पाइने बैंकले जनाएकाे छ । ग्राहक महानुभावहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 
     
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकि प्रदान गरेको छ ।

वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रम बीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्यांकिहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए । “सबल बंैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा जनाएको छ । 

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड इकमर्स कार्ड,र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड इकमर्स कार्ड,र डलर कार्ड  जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको बैंकले जनाएको छ । 

डिजिटल वालेट खल्तीमा वर्ल्ड लिंकको लगानी

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहने कम्पनीले जनाएको छ ।

नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पु¥याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो । खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ । वल्र्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पु¥याउनको लागि सहयोग पुग्ने विश्वास छ । २५ वर्षअघि स्थापना भएको वल्र्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ । 

‘वर्ल्डलिंकले नेपालको शहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा ईन्टरनेटको सेवा विस्तार गरिरहेको छ,’ वल्र्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, ‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा साबित हुनेछ ।’  खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पु¥याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पु¥याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

 स्वदेशी लगानीकर्ताले स्वदेशी स्टार्टअपमा लगानी गरेको यो उदाहरण आगामी दिनमा अन्य लगानीकर्ता र उदाउँदा स्टार्टअपको लागि आशाको संकेत भएको अग्रवालको टिप्पणी छ । ‘यसले नवीन सोचसहित नवीन काम गरिरहेका स्टार्टअपहरुको लागि स्वदेशमै लगानी जुटाउन सकिने विश्वास बढाउँनेछ,’ अग्रवालले भन्नुभयो,‘डिजिटल नेपालको लक्ष्य साकार पार्न सहयोग पु¥याउने नवीन सोचहरुलाई सघाउन वल्र्डलिंक सधैं तत्पर रहनेछ ।’

५ वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले प्रयोगकर्तामाझ् छुट्टै पहिचान बनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति प्राप्त खल्ती डिजिटल वालेट सन् २०१७ देखि सेवा प्रदान गर्दै आईरहेको छ ।  

लाखौं प्रयोगकर्ताले फोन रिचार्ज गर्न, ईन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको लागि खल्तीको उपयोग गरिरहेका छन् ।

वर्ल्डलिंकको लगानीले सबैको लागि वित्तीय पहुँच पु¥याउने खल्तीको योजना साकार पार्नको लागि सहयोग पुग्ने खल्तीका सहसंस्थापक अमित अग्रवालले बताउनु भयो । वर्ल्डलिंकबाट लगानी भित्रिएसँगै वित्तीय पहुँचमा सबैको सुनिश्चितताको लागि खल्तीले काम गर्ने उनले बताए । खल्तीमा हाल दुई सय बढी कर्मचारी आवद्ध छन् । देशभर खल्तीका २० लाख बढी नियमित प्रयोगकर्ता छन् । हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन् ।

ब्राण्ड एम्बेसेडर पल शाहको उपस्थितिमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकको ब्राण्ड एम्बेसेडर रहेका लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहको विषेश उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे । सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख श्री उत्सव घिमिरेले बताए  ।

शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो । जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन त्यसरीनै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको बताइएको छ ।

एनएमबि बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबिलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ । यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल शाखा रहित बैंकिङ्ग सेवा महोत्तरी जिल्लामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिका, पडौलमा यहि मंसिर २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सरोज कुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु समेत उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ८० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सानिमा बैंक अब काठमाडौंको बलम्बुमा

सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष  तुक प्रसाद पौडेल  र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ  र  हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन् समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिवि श्वसनीय बंैकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए  ।

त्यसैगरी सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए  । सानिमा बंैकको देशकासातै प्रदेशमा ११८कार्यालयर ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

मुक्तिनाथ विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंक लि. ले पोखरामा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८÷०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७७÷०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांस मध्ये १७.५७५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुनेछ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

सिभिल बैंक लिमिटेडको ऋणपत्र सर्वसाधारणको लागि विक्री खुल्ला

सिभिल बैंक लिमिटेडले आजबाट ‘सिभिल बैंक डिबेञ्चर २०८८’ बिक्री खुला गरेको छ।

बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई किनबेच समेत गर्न सकिनेछ। सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ९ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। बैंकले निष्काशन गरेको डिबेन्चरको ब्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत डिबेन्चरहरुको औसत ब्याजदरभन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको छ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।