जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एन.सी.सी बैंकले गर्याे १७ शाखामा रक्तदान कार्यक्रम

एन.सी.सी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम  आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गर्नु भएका काठमाडौं, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गरेका छन् ।

साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्घती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्घती खाता”  जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभ साहितमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शिलान्यास सुसम्पन्न भयो ।

उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।

शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गर्नुभयो । उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै यस सुखद समराहोमा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनु भएकोमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्नुभयो ।

सनराइज बैंकको Sunrise Care सुबिधा

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म Sunrise Care सार्वजनिक गरेको छ । यस Sunrise Care प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्नु हुनेछ ।

Sunrise Care बिभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवाहरुसगँ सम्बन्धी आवेदनहरु अनलाइन मार्फतनै दिन सक्नुहुनेछ । यसको लागी क्गलचष्कभ ऋबचभ को पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो । आगामी दिनहरुमा यस Sunrise Care मा अन्य बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बंैकको उद्देश्य रहेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल (POS) मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राईज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो । यस अनलाइन प्लाटफर्म Sunrise Care ले आफ्ना सम्पूण ग्राहक महानुभावहरु लाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्घ रहेको छ ।

राष्ट्र बैंकले २० अर्ब बजारमा पठाउने

नेपाल राष्ट्र बैंकले बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले किनेको ट्रेजरी बिल्स खरिद गरेर नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउन लागेको हो ।

नेपाल सरकारले आन्तरिक ऋण अन्तर्गत उठाएको ट्रेजरी बिल्स बैंक तथा वित्तीय संस्थाले खरिद गरेका हुन्छन् । बैंक तथा वित्तीय संस्थामा पैसाको अभाव भएको बेला राष्ट्र बैंकले यस्तो ट्रेजरी बिल्स खरिद गरेर बजारमा पैसा पठाउने गर्छ । 

नेपाल राष्ट्र बैंककाक प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकले ट्रेजरी बिल्स खरिद गरेर बैंक तथा वित्तीय संस्थामा २० अर्ब तरलता पठाउन लागेको जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्स बिक्रीको लागि बिहीबार २ बजेसम्म आवेदन गर्नुपर्ने थियो । 

बोलकबोल प्रक्रियाबाट राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने छ ।

इसेवा मनि ट्रान्स्फरको उपहार योजनामा पूर्णप्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । 

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौ मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषित भए ।

शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए ।

उपहार चाहिँ, विजेता स्वयम् स्विडेन मै रहेको हुँदा उनका प्रतिनिधिले लिएका थिए ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशकअजेस कोइरालाले गरे ।

असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापनभएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी’ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो।

हाल इसेवामनी ट्रान्सफरको सेवा, २६ अन्तराष्ट्रिय पार्टनरको माध्यमबाट संसारका २०० बढी मुलुकमा पुगिसकेको हुनाले योजनामा उल्लेखनिय सहभागिता देखिएको थियो ।

नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर बिजयी भए ध्रुब थापा

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन्। थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाएका थिए।

नाडाको यो पटकको चुनावमा थापा र चौधरीले प्यानल नै बनाएर मत मागेका थिए। चौधरी हारेपनि उनको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका छन्।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन्।

थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन्। यो पटक दुवै समूहले प्यानल बनाएर १७/१७ पदमा उम्मेदवारी दिएका थिए।

संघीय संरचना अनुसार नाडाको संरचना विस्तार गर्दा यो पटक २२ सय नयाँ सदस्य थपिएका थिए। कतिपयले नाडाको यो पटकको चुनावलाई एफएनसीसीआईको ‘मिनी इलेक्सन’को रूपमा समेत टिप्पणी गरेका थिए।

निर्वाचनमा ठूला व्यवसायिक घराना (जसका कम्पनी नेपालमा सवारी साधन आयातको अधिकृत बिक्रेता छन्) समेत विभाजित भएका थिए।

चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन थियो। थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन थियो ।

सिभिल बैंकले आजबाट जारी गर्‍यो ऋणपत्र, वार्षिक ब्याज दर १०.२५%

सिभिल बैंक लिमिटेडडले आजबाट ऋणपत्र जारी गरेको छ। बैंकले कम्तिमा २८ गतेसम्म जारी गर्ने ऋणपत्रको वार्षिक ब्याज दर १०.२५ प्रतिशत छ।

बैंकहरुले अहिले मुद्दतीमा दिएकोभन्दा यो ब्याज बढी हो। बैंकहरुले अहिले अधिकत १०.०५ प्रतिशतसम्म मुद्दतीमा ब्याज दिँदै आएका छन्। अझ संस्थागतलाई त ९.०५ प्रतिशत मात्र ब्याज छ।

बैंकको ऋणपत्र बिक्री नभएमा पुस ९ गतेसम्म खुला राखिने छ। बैंकको ऋणपत्र खरीद गर्न कम्तिमा २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ। ऋणपत्रको अंकित मूल्य प्रति कित्ता २५ रुपैयाँ छ।

बैंकको ऋणपत्र १० वर्षको अवधिको छ। बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँको सर्वसाधारणलाई बिक्री गर्न छुट्याएको छ। यसमा ५ प्रतिशत सामूहिक लगानी कोषको पनि दाबी हुने छ।

यसबाहेक उब्रिएको एक अर्ब ८० करोड अर्थात १८ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिीजटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।

हिमालयन रिको नाफा ४ करोड ७६ लाख

हिमालयन रि इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले यस अवधिमा ८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

तीन महिनाको अवधिमा हिमालयन रिले लगानी, कर्जा तथा अन्य आयबाट १० लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले एक करोड ७ लाख १३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले व्यवस्थापन शिर्षकमा ३ करोड २२ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन खर्च शिर्षकमा एक करोड ५२ लाख रुपेयाँ, सेवा शुल्क शीर्षकमा ८ लाख ८ हजार रुपैयाँ खर्चेको छ ।
चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ ।

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो । नियामक निकाय बीमा समितिले हिमालयन रिलाई गत जेठ महिनामा लाइसेन्स दिएको थियो ।

राजस्व छल्ने सत्यम शिवम कन्सट्रक्सनका सञ्चालक विरुद्ध १ करोड दाबी गर्दै मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले कर छली गर्ने सत्यम शिवम कन्सट्रक्सनका २ जना सञ्चालकलाई मुद्दा दायर गरेको छ ।

विभागले १ करोड १ लाख ५२ हजार ३८६ रुपैयाँ माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिका-७ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सत्यम शिवम कन्सट्रक्सनका का संचालकद्वय रामकुमार प्याकुरेल र संगीता कुमारी झा विरुद्ध मुद्दा दर्ता गरेको जानकारी गराएको छ ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।

प्रभु र मेगा बैंकले उजुरी दिए

लगानी योग्य पुँजीको चरम अभाव भएपछि बैंकहरुले अक्षयकोषभन्दा बढी ब्याज दिएर अर्को बैंकको निक्षेप खोसाखोस गर्न थालेका छन् ।

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि रहेका बैंकहरुले निक्षेप तान्न साम-दाम, दण्ड-भेदको नीति अबलम्बन गरेको पाइएको छ ।

अहिले बैंकहरुको औषत सीडी रेसियो ९१ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ ।

केही दिनअघि मेगा र प्रभु बैंकले आफूसँग भएको निक्षेप अर्को बैंकले बढी ब्याजदर दिएर खोसेको आरोप लगाउँदै नेपाल बैंकर्स संघमा उजुरी दिएका छन् । उपाध्यक्ष सुनिल केसीको संयोजकत्वमा संघमा गुनासो इकाई छ ।

मेगा बैंकले नेपाल टेलिकमले आफ्नो बैंकबाट ५० करोड रुपैयाँ निकालेर अरु बैंकमा महंगो ब्याजदरमा राखेको भन्दै उजुरी दिएको छ । तर, आफ्नोबाट निष्किएको निक्षेप कुन बैंकमा गयो भनेर मेगाले खुलाउन सकेको छैन ।

बैंकरहरुले सोधखोज गर्दा टेलिकमले बढी ब्याज पाएर मेगाबाट निक्षेप निकालेको नभइ आफ्नै खर्चका लागि निकालेको हुनसक्ने आँकलन गरेका छन् ।

‘मेगाबाट निष्किएको टेलिकमको पैसा अरु बैंकमा डिपोजिट भएको देखिँदैन,’ स्रोतले भन्यो, ‘टेलिकमले आफ्नो खर्चका लागि निकालेको देखिन्छ ।’

उता प्रभु बैंकले भने बैंकको नामै तोकेर संघमा उजुरी दिएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड रुपैयाँ निक्षेप कुमारी बैंकले चर्को ब्याजदर दिएर लगेको प्रभु बैंकले आरोप लगाएको छ ।

‘प्रभु बैंकले ३ दिनअघि मात्रै कुमारी बैंकले आफ्नोमा भएको ५० करोड रुपैयाँ निक्षेप चर्को ब्याज दिएर खोसेको आरोप लगाउँदै उजुरी दिएको छ,’ स्रोतले भन्यो ।

एमजि हेक्टर नेपाली बजारमा, यस्तो छ मुल्य र विशेषता

नेपालमा एसजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा बहुप्रतिक्षित हेक्टर सार्वजनिक गरेको छ । कम्पनीले बिहिबार एक कार्यक्रमको आयोजना गरेर एमजि हेक्टरको सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुका साथै ग्राहकहरुलाई गाडी डेलिभरि पनि गरिएको थियो । १.५ लिटरको टर्बोचार्जड इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटी दुबै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९.९९ लाख र हेक्टर सिभिटिको मूल्य ६४.९९ लाख रुपैयाँ रहेको छ । 

एसयुभि क्याटेगरिमै पहिलोपल्ट बोलड फ्रन्ट क्रोम ग्रिल, प्राजेक्टर हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर इलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटम स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडि टच स्क्रिन सिस्टम र अन्य विशेषताहरु रहेका छन् । 

सामाजिक उतरदायित्व अन्तर्गत प्यारामाउन्टले जोन्टक्लव अफ काठमाडौंलाई १० लाख आर्थिक सहयोग समेत उक्त कार्यक्रममा प्रदान गरिएको थियो ।