जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

१४ निजीवन बीमा कम्पनीहरुको बक्यौता करिब ३६ अर्बः सबैभन्दा बढि सगरमाथा लुम्बिनी, दोस्रो सिद्धार्थ प्रिमियर, तेस्रो शिखर इन्स्योरेन्स चौथो सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी !

नेपालका १४ निजीवन बीमा कम्पनीहरुको बीमा दाबी बक्यौता यति डरलाग्दो छ कि लेख्ने शब्द नै छैन भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बक्यौता बीमा दावी रकम ३५ अर्ब ७९ करोेड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीहरुले बीमा दावी परेका बीमितहरुले दिनुपर्ने रकम गत आवको तुलनामा सामान्य अंकले बृद्धि भएको भेटिएको छ । नेपालमा सञ्चालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको बक्यौता बीमा दावी रकम गत आवको तुलनामा ४१.५४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुको गत आवको चैत मसान्तसम्मको अवधिमा ३५ अर्ब २८ करोड ८९ लाख रुपैयाँ रहेको देखिन्छ । भन्दा फरक पर्दैन ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा दावी बक्यौता रकम सबैभन्दा बढी रहेको छ । यस अवधिमा कम्पनीको बीमा दावी बक्यौता रकम नौ प्रतिशतले बढेर पाँच अर्ब २० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको यस्तो रकम चार अर्ब ७३ करोड ८९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको बीमा दावी बक्यौता रकम चार अर्ब ८५ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा दावी बक्यौता रकम ४१ प्रतिशतले बृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा शिखर इन्स्योरेन्सको तीन अर्ब ३३ करोड २३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको तीन अर्ब २६ करोड ७८ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको दुई अर्ब ३८ करोड ९३ लाख रुपैयाँ बीमा दावी बक्यौता रकम रहेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको यस्तो रकम चार अर्ब ७३ करोड ८९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको बीमा दावी बक्यौता रकम चार अर्ब ८५ करोड ४० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको दुई अर्ब ३६ करोड ७८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको दुई अर्ब ३६ करोड ४७ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सको दुई अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमा दावी बक्यौता रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको बीमा दावी बक्यौता रकम दुई अर्ब ३० करोड ४२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको दुई अर्ब दुई करोड ८५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको एक अर्ब ४० करोड ५७ लाख रुपैयाँ बीमा दावी बक्यौता रहेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको बक्यौता बीमा दावी रकम सबैभन्दा कम रहेको छ । समीक्षा अवधिमा हिमालयन एभरेष्टको एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको एक अर्ब पाँच करोड ८ लाख रुपैयाँको बीमा दावी बक्यौता रहेको छ । सचेत भया ।

२० वाणिज्य बैंकहरुको गैर बैकिङ्ग सम्पत्ति डरलाग्दो पहिलो ग्लोबल आईएमई, दोस्रो हिमालयन तेस्रो एनआईसी एशिया, शून्य स्ट्याण्डर्ड चार्टर्ड !

नेपालमा सञ्चालित २० वाणिजय बैंकहरुको गैर बैकिङ्ग सम्पत्ती यति डरलाग्दोरुपमा बढेर गएको छ त्यो लेख्ने शब्द नै छैन भन्दा अब चाहि फरक पर्दैन । सबैभन्दा बढि गैर बैकिङ्ग सम्पत्ती नेपालबै सबैभन्दा बढि चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंकको छ भन्दा अब फरक पर्दैन । दोस्रोमा विगत ३ दर्शक देखि सदाबहार सिइओ अशोक राणा रहेको हिमालयन बैंकको गैर बैकिङ्ग सम्पत्ती रहेको भेटिएको छ भने तेस्रोमा सधैं विवाद र चर्चामा रहेको रोशन कुमार न्यौपाने सिइओ रहेको एनआईसी एशिया बैंकको गैर सम्पत्ती छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको रहेको तथ्याङ्गबाटै प्रस्ट देखिन्छ ।

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पति ३८ अर्ब ४१ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । चैत महिनासम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पति ग्लोबल आइएमई बैंकमा रहेको छ । ग्लोबलमा ५ अर्ब ९९ करोड बराबरको यस्तो सम्पति छ । दोस्रोमा हिमालयन बैंकको ५ अर्ब १४ रुपैयाँ र तेस्रोमा एनआइसी एसिया बैंकको ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पति रहेको छ । सबैभन्दा कम नेपाल बैंकमा २० करोड बराबरको यस्तो सम्पत्ति रहेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको यस्तो सम्पत्ति शून्य देखिन्छ ।

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय स्वरुप नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जाने उनले बताए ।

गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।

अनप्रेडिक्टेवल नीति ल्याउँदिनँ: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए । पदभार ग्रहण गरेलगत्तै राष्ट्र बैंकका कर्मचारीको ब्रिफिङ लिनुभन्दा अगाडि निजी क्षेत्र भेटेर पौडेलले निजी क्षेत्रप्रति आफू हदैसम्मको उदार भएको प्रष्ट संकेत दिएका छन् ।

‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो, अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ, निर्णयहरु पूर्वानूमानयोग्य हुनुपर्छ’ उनले भने, ‘बैकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालाहरुसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो । म यसैगरी अघि बढ्छु ।’ नवनियुक्त गर्भनरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्र ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । ढकालले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए ।

‘चालु आर्थिक वर्षमा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैह्रमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका नीतिहरु पनि स्थीर हुन आवश्यक छ ।’ उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामिण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन रहेको हँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने बताए ।

महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आवमा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकाशं सूचक सकारात्मक हुँदागभर्नर पौडेलसँग भेटेर फर्किएपछि व्यवसायीहरु निकै उत्साहित देखिन्थे । ‘नवनियुक्त गभर्नरले हामीलाई उच्च सम्मानका साथै मनोवल दिनुभएको छ, हामी हर्सित छौं,’ प्रतिनिधिमण्डलका एक सदस्यले भने, ‘कर्मचारीको ब्रिफिङभन्दा पहिला निजी क्षेत्रलाई भेटेर छलफलकै आधारमा नीति ल्याउँछु भनेर हाम्रो मनोवल बढाइदिनु भएको छ ।’ पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाए । सो अवसरमा महासंघका उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरु बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाए । यस्तै महासंघको प्रतिनिधीमण्डलले गभर्नर पैडेलललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

दुई डेपुटी गभर्नरलाई दायाँवायाँ राखेर नवनियुक्त गभर्नरले भने- सबैको अपेक्षा हामीसँग छ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले अर्थतन्त्रमा सुधार ल्याउनका लागि वित्तीय स्रोतको सही परिचालन हुनु पर्ने बताएका छन्। दुई जना डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रलाई दायाँबायाँ राखेर पदभार ग्रहण गरेपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकप्रति सबै वर्ग र समुहको अपेक्षा रहेको बताए। यसपाली गभर्नरको औपचारिक स्वागत कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन। यसअघिका सबै औपचारिक कार्यक्रमहरुमा सञ्चारकर्मीहरुको अनिवार्य उपस्थिति हुन्थ्यो। राष्ट्र बैंकका कर्मचारीदेखि सुरक्षाकर्मीहरुसम्मले ‘प्रेस’ लाई निम्तो नभएको भन्दै फर्काएका थिए।

गभर्नर पौडेलले राष्ट्र बैंक सबैले विश्वास गर्ने संस्था भएको भन्दै निक्षेपकर्ता, ऋणी, सरकारलगायत आमसर्वसाधारणको ठूलो अपेक्षा रहेको बताए। सुरुमा तीन वटा युनियनका अध्यक्षहरुले मन्तब्य राखेका थिए। त्यसपछि कर्मचारीका तर्फबाट बरिष्ठ कार्यकारी निर्देशक डा. ऋषिकेश भट्टले बोलेका थिए। उनले नवनियुक्त गभर्नरसँग आफूले काम गर्ने समय ३/४ महिनाभन्दा ज्यादा नभएको उल्लेख गर्दै सफलताको सुभकामना दिएका थिए।

‘गभर्नर’साबले कम नियम र ज्यादा सुपरिवेक्षण गर्छु भन्नु भएको छ’ उनले भने, ‘त्यसो हुँदा सुक्ष्म निगरानी घट्छ भन्नेमा मैले विश्वास लिएको छु।’ त्यसपछि डेपुटी गभर्नर बमबहादुर मिश्रले बोलेका थिए। ‘अब मेरो पनि कार्यकाल ८/१० महिना छ। त्यतिन्जेलसम्म गभर्नरसँग हातमा हात र पाइलामा पाइला मिलाएर सहयोग गर्ने छु’ उनले भने।

सबैभन्दा कम बोलेकी डेपुटी डा.निलमले ‘ऐनमा भएको उद्देश्य प्राप्तिका लागि सफलता मिलोस्’ भन्ने शुभकामना दिइन्। कार्यक्रम ४५ मिनेटमा सकिएको थियो।

अर्थ समितिको बैठकमा ज्ञानेन्द्र शाहीले भने– गभर्नर कानुन विपरितको व्यक्ति नियुक्त गरियो

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत गरेको बताएका छन्।

बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गभर्नर विश्व पौडेलको गभर्नर बन्न अयोग्य रहेको बताए। उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था गरेको बताए। गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत नभएको बताए। उनले गभर्नरको पढाई कृषिमा रहेको समेत बताए।

कम रेगुलेसन, बढी सुपरिवेक्षणको नीतिअनुसार अघि बढ्छौं : नवनियुक्त गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पद वहाली गर्दै गभर्नर पौडेलले नीति–नियम बढी बनाउनतिरभन्दा सुपरिवेक्षणमा बढी ध्यान केन्द्रित गर्ने बताए। पौडेलले भने, ‘कम रेगुलेसन, बढी सुपरिवेक्षण’को नीतिअनुसार अघि बढ्छौं।’

मौद्रिक नीतिले सरकारले बनाएको बजेटमा आएका नीतिलाई सफल बनाउने गरी आवश्यक नीति नियम निर्माण गरी काम अगाडि बढाइने उनले जानकारी दिए।

धेरै नियम बनाएर बैंकहलाई कस्ने मात्र नभई उनीहरुको सुरक्षाका लागि आवश्यक कदम चालिने उनको भनाइ छ। बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको ठूलो रकम भएकाले ती संस्थाको सुरक्षाका लागि राम्रो ल्यान्डिङ पोलिसी ल्याउनेतर्फ ध्यान जाने गभर्नर पौडेलले बताए।

आरबिबीले सुरु गर्‍यो क्यूआर स्क्यानमार्फत नगद झिक्ने सेवा

राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो – सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर क्यूआर ट्रान्जेक्सन सेवा’ सुरु गरेको हो ।

यस नयाँ सेवाबाट अब फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकका ग्राहकले आरबिबीको देशभरिका शाखाबाट आफ्नै मोबाइल बैंकिङ एप प्रयोग गरेर काउन्टरमै नगद झिक्न सक्नेछन् । यसका लागि चेक वा एटीएम कार्ड आवश्यक पर्दैन । ग्राहकले शाखाको काउन्टरमा रहेको क्यूआर स्क्यान गरेर मोबाइल एपबाट रकम भुक्तानी गरी तुरुन्त नगद प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

सेवा कसरी प्रयोग गर्ने ?
आरबिबीको कुनै पनि शाखा जानुहोस्,
आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् (फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकको),
काउन्टरमा राखिएको क्यूआर स्क्यान गर्नुहोस्,
झिक्न चाहेको रकम राख्नुहोस्,
ट्रान्जेक्सन स्वीकृत गर्नुहोस्,
तुरुन्तै नगद प्राप्त गर्नुहोस् ।

आरबिबीका अनुसार यो सेवा विशेषगरी टाढा रहेका शाखा तथा सीमित एटीएम पहुँच भएका स्थानहरूमा प्रभावकारी हुनेछ । बैंकले डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्दै नेपालभर ग्राहकमैत्री र नवप्रवर्तनमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

नवनियुक्त गभर्नरले के गरे पहिलो निर्णय ?

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले नयाँ नोट डिजाइन सम्बन्धित निर्णय गरेका छन् । नयाँ मुद्रा छपाइका लागि आवश्यक पर्ने डिजाइन अगाडि बढाउने निर्णय गरेका हुन् ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले १ हजार र ५० रुपैयाँ दरका नोटको डिजाइन बनाउने तथा डिजाइन समितिमा पेस गर्ने निर्णय भएको जानकारी दिए ।

गभर्नरलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन महासंघ अध्यक्षको सुझाव

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानूमानयोग्य हुने बताए ।

‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानूमानयोग्य हुनु पर्दछ । बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,’ उनले भने ।

गभर्नर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए ।उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए ।

‘चालु आवमा कर्जाको ब्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थीरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका निितहरु प्नि स्थीर हुन आवश्यक छ,’ अध्यक्ष ढकालले भने ।

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पूँजी कर्जा सम्बन्धि मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्नेमा जोड दिए ।

महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गभर्नरलाई दिएको छ ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरी केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताए ।

यस्तै, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिए ।

सो अवसरमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरू बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिए ।

यस्तै, महासंघको प्रतिनिधीमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

प्रधानन्यायाधीशबाट शपथ लिएर डा. पौडेलले सम्हाले गभर्नरको जिम्मेवारी

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

एनएमबि बैंक र एक्यानबीच सम्झौता, चार्टर्ड एकाउन्टेन्टले पाउनेछन् विशेष वित्तीय सेवा

 एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)मा आवद्ध सदस्यहरुलाई विशेष वित्तीय सेवा प्रदान गर्ने भएको छ।

यसका लागि बैंकले मंगलबार एक्यानसँग सम्झौता गरेको छ। समावेशी र मूल्यमा आधारित बैंकिङ सेवाप्रतिको प्रतिबद्धता अनुसार पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यसहित एक्यानसँग सम्झौता गरेको बैंकले जनाएको छ।

एक्यानका सदस्यले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट पाउनेछन्। यस्तै कागजात प्रक्रिया सरल हुनेछ। एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवा उपभोग गर्न सक्नेछन्