जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट अब ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने

हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र नबिल बैंकबीच प्रयोगकर्ताहरूलाई थप सुविधा दिन सहकार्य भएको छ। सहकार्यअनुसार नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने भएको हो।

यो सुविधाअन्तर्गत नबिलका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ‘हाम्रो पे’ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन्। यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास कम्पनीले लिएको छ।

हाम्रो पेमा नबिल बैंक लिंक गर्ने सुविधा पनि छिट्टै सुरु हुँदैछ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबीचको सम्बन्धलाई अझ सहज बनाउने बताइएको छ।

त्यसबाहेक नबिल बैंकका ग्राहकका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गरिने भएको छ। यसले प्रयोगकर्तालाई फिजिकल कार्डबिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ।

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधाअन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए। बैंकले डिजिटल इनोभेसन र संचालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो।

यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन-इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट संचालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको छ।

‘लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुँदा ग्लोबल आइएमई बैंकको इनोभेसनप्रतिको समर्पण, डिजिटल सामर्थ्यको विकास र बैंकिङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ संकल्पलाई उजागर गरेको छ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।

यसअघि, बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई-कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो।

त्यसैगरी, सन् २०२३ मा ग्राहक अनुभव र संचालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो।

प्रविधिको विकास, रणनीतिक सहकार्य र ग्राहक केन्द्रित सेवाको एकीकृत र समय सापेक्ष समाधानमा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा अगाडि रहेको बैंकको दाबी छ। बैंकले नवीन प्लेटफर्महरूको उपयोग गर्दै विश्वव्यापी रुपमा संजाल र साझेदारी निर्माण गरेर समावेशिता, पहुँच र सेवा उत्कृष्टतामा आफ्नो ध्यान केन्द्रित गर्दै आएको जनाएको छ।

महालक्ष्मी विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढिगैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपालपेको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ ।

शिखर इन्स्योरेन्सले पायो प्रतिष्ठित डबल ए माइनस रेटिङ

शिखर इन्स्योरेन्स इक्रा नेपालबाट AA-(डबल ए माइनस) को रेटिङ प्राप्त गरी नेपालको सबैभन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा उभिन सफल भएको छ ।
नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरुबाहेकका कम्पनीहरुमध्ये AA- रेटिङ वा सोभन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने शिखर इन्स्योरेन्स एक्लो कम्पनी समेत बनेको छ ।

नेपालमा सरकारको स्वमित्व रहेको दुईवटा निकाय र बैदेशिक लगानी रहेको तीनवटा बैंकहरुले मात्र AA- वा सोभन्दा उच्चस्तरको रेटिङ प्राप्त गरेका छन् । सो रेटिङका लागि शिखर इन्स्योरेन्स योग्य बन्नुको कारणको विषयमा समेत इक्रा नेपालले विभिन्न पक्षहरुको विश्लेषण गरेको छ ।

महाविपत्ति पुनर्बीमा तथा उत्कृष्ट पुनर्बीमा तथा जोखिम व्यवस्थापन

शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबैभन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको छ । Hanover Re तथा Swiss Re जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुनर्बीमा कम्पनीहरुको साथ पाएको शिखर इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भूकम्प तथा बाढीलगायतका बीमा दाबीको भुक्तानी द्रुत गतिमा गर्न सफल हुँदै आएको छ ।

विगतमा समेत भूकम्प, बाढी तथा पहिरो तथा हुलदंगाको दाबी दु्रत गतिमा भुक्तानी गरी नेपालको निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीको रुपमा आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसका साथै, शिखर इन्स्योेरेन्स ISO 27001 Information Security Management System को अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ ।

उत्कृष्ट सोल्भेन्सी अनुपात

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पुँजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसँगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको रु.२५० करोडको न्युनतम चुक्तापुँजी कायम भइसकेको अवस्थामा समेत नगद लाभांशको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।

बजार हिस्सा

शिखर इन्स्योरेन्सले विगत १० वर्षदेखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबैभन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एकआपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो अग्रणी बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ ।

अनुभवी व्यवस्थापन

कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ सँगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई छैटौं पटक लगातार AAA रेटिङ

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCBNL) लाई क्रेडिट रेटिङ एजेन्सी ICRA नेपाल ले छैटौं पटक लगातार [ICRANP-IR] AAA रेटिङ प्रदान गरेको छ। यो रेटिङ समयमै वित्तीय दायित्व पूरा गर्ने उच्चतम सुरक्षा स्तर भएको मानिन्छ, जसले गर्दा यस्तो रेटिङ पाएका निकायहरूमा न्यूनतम क्रेडिट जोखिम रहन्छ।

ICRA नेपालद्वारा जारी गरिएको औपचारिक विवरणमा बैंकको दिगो पूँजी संरचना, सुदृढ जोखिम व्यवस्थापन, र उत्कृष्ट सम्पत्ति गुणस्तर यस रेटिङको प्रमुख आधार भएको उल्लेख गरिएको छ। २०८२ सालको मध्य-अप्रिलसम्म बैंकको पूँजी जोखिम भारित सम्पत्तिको अनुपात (CRAR) १७.४४% र टियर-१ पूँजी १५.१५% रहेको छ, जुन नियामकीय आवश्यकताभन्दा (क्रमशः ११% र ८.५%) धेरै माथि छ।

बैंकको ग्रोस नन–परफर्मिङ लोन (NPL) दर १.४४% मात्र रहेको छ, जुन ‘ए’ वर्गका वाणिज्य बैंकहरूको औसत ५.०५% को तुलनामा निकै कम हो।

ICRA नेपालले भनेको छ, “SCBNL को सुदृढ अन्डरराइटिङ मापदण्ड, उन्नत जोखिम व्यवस्थापन अभ्यास र उत्कृष्ट ऋण दर दिने क्षमता का कारणले गर्दा बैंकको सम्पत्ति गुणस्तर सुदृढ रहने अपेक्षा गरिएको छ, यद्यपि सम्पूर्ण बैंकिङ क्षेत्रमा सम्पत्ति गुणस्तरमा केही दबाब देखिएको छ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल सन् १९८७ देखि सञ्चालनमा रहेको दीर्घकालीन बैंक हो र यो Standard Chartered Group को करिब ७०% स्वामित्वमा रहेको छ। समूहको विश्वस्तरको ब्रान्ड प्रतिष्ठा, मूल्य अभिमुख सेवा, र सस्तो लागतमा निक्षेप संकलन गर्ने क्षमताका कारण बैंकलाई वित्तीय लागत सबैभन्दा कम रहेको बताइएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका CEO एवं हेड अफ कभरेज गोरख राणाले भने, “हामीलाई छैटौं वर्ष लगातार AAA रेटिङ पुनः प्राप्त हुनु हाम्रो स्थायी प्रतिबद्धता, उच्च सेवा मूल्य, र ग्राहकप्रतिको विश्वासको प्रतिविम्ब हो। यो उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण टिम, ग्राहक र सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”

नेपाल एसबिआई बैंकद्धारा स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण

नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २५ स्थित श्री बालकल्याण अधारभूत विद्यालय, हेमजामा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले बालकल्याण अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिनासम्मलाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।

संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले एकल महिला र बालबालिकाको अधिकारकोे हेरचाहको लागि समाजमा उदाहरण बसाइ रहेको बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

रिलायबल लाइफद्वारा घातक रोगवापत रु.२० लाख बीमा दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँंको घातक रोगवापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबन बीमालेख खरिद गरेका भरतपुर–घ, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८० वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजोसम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाण्डौ लगिएको र डाक्टरको सल्लाहबमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।

नेपालमा अत्यन्तै महंगो उपचार पद्धतीमध्येको एक मानिने कलेजो प्रत्यारोपणका लागी झण्डै ४० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अघि बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीद्वारा जेठ ७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम रु.२० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए । ‘

१५ दिनभित्र ७३ कम्पनीले बक्यौता नतिरे दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने

दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषवापतको बक्यौता रकम १५ दिनभित्र तिर्न अल्टिमेटम दिएको छ । प्राधिकरणले ती कम्पनीहरूले राज्यमा बुझाउनु पर्ने राजस्व, लेखापरीक्षण प्रतिवेदन, रोयल्टी र कोषवापतको रकम वर्षौंदेखि नबुझाएको भन्दै स्पष्ट सूचना जारी गर्दै चेतावनी दिएको हो ।

प्राधिकरणले १५ दिनभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता दाखिल गर्न सूचना प्रकाशित गरेको छ । तोकिएको समयभित्र आवश्यक कागजात र रकम नबुझाए दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी प्राधिकरणको छ ।

प्राधिकरणले प्रकाशित गरेको सूचनामा बक्यौता तिर्न बाँकी इन्टरनेट सेवा प्रदायक क्लासिक टेक, डिस मिडिया नेटवर्क, वेबसर्फर, वाईफाई नेपाल, टेकमाइन्ड्स नेटवर्क, एरोनेट, मर्कन्टाइल कम्युनिकेसन्स, ब्रोडब्यान्ड नेपाल, एभरेष्ट लिंक, इस्ट लिंक, जानकी नेट, ब्रोडलिंक नेटवर्क, कालिका नेटलगायत प्रमुख ७३ कम्पनीहरू छन्।

यी सेवा प्रदायकले केही वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषको रकम समयमा नबुझाएको सूचनामा उल्लेख छ । पटक(पटक पत्राचार, इमेल तथा सूचना प्रकाशन मार्फत जानकारी दिँदा पनि ती सेवा प्रदायकले विवरण र बाँकी बक्यौता रकम दाखिला नगरेको प्राधिकरणको भनाइ छ ।

बक्यौता बाँकी रहेका सेवा प्रदायकहरु

विद्यमान चुनौतीको समाधानका लागि सबै एकजुट हुन आवश्यक: गभर्नर पौडेल

नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन् ।
सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।

नवनियूक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।

सिटिजन्स बैंकको सहयोगमा कोहलपुरमा शव दाह गृह निर्माण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर नगरपालिका–११ मा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

कोहलपुरको दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ, सुरक्षित र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य लिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक औपचारिक समारोहका बीच सहयोग हस्तान्तरण गरे । समारोहमा सम्बोधन गर्दै पोखरेलले सामाजिक हितका कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै, यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक रूपान्तरणमा योगदान पुर्याउने यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।

चितवनबाट चुनाव हारेका डा.पौडेल मुलुकको १८ औं गभर्नरः अब राष्ट्रको बन्नेकी कांग्रेसको ?

अन्तत नेपाल राष्ट्र बैंकले १८ औं गभर्नरमा डा. विश्व नाथ पौडेललाई पाएको छ भन्दा अब चाहि फरक पर्दैन । डा. विश्व नाथ पौडेल चितवन क्षेत्र नम्बर १ बाट कांग्रेस पार्टीको टिकट लिएर चुनाव हारेका व्यक्ति हुन भन्दा अन्यथा नहोला । यति मात्रै होइन उनी कांग्रेस पार्टीको महासमिति सदस्य समेत रहेका व्यक्ति हुन् । यि माथीका शब्दबाटै प्रस्ट हुन्छ कि नयाँ गभर्नर नियुक्त भएका डा.पौडेल अब राष्ट्र बैंकको बन्नेकी कांग्रेस पाटीको ? यो भविष्यले नै बताउला । गभर्नर डा. पौडेलको क्षमता र दक्ष माथी प्रश्न उठाउने ठाँउ छैन । तर, पाटीको सदस्य त्याग्नु पर्दछ कि पर्दैन यो गम्भीर प्रश्न उनीमाथी उठ्नेछ र उठेको पनि छ । हेक्का होस् ।
अर्थशास्त्री डा विश्व नाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो । देशको अर्थतन्त्र हाँक्ने जिम्मेवारी पाउनु डा. पौडेलका लागि ठूलै अवसर हो, अवसरसँगै उनीसामू चुनौती पनि छन् भन्दा फरक पर्दैन । खुला बजार अर्थनीतिका पक्षपाति पौडेलको नियुक्तिले निजी क्षेत्र खुसी छ । किनभने, वामपन्थी पृष्ठभूमिका यसअघिका गभर्नर महाप्रसाद अधिकारीले राजनीति गरेको र निजी क्षेत्रलाई कस्ने काम मात्रै गरेको आरोप लगाउँदै आएको छ । यस अर्थमा, नियमन कम गरी बजारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने मान्यता राख्ने गभर्नर पाउँदा निजी क्षेत्र खुसी हुनु स्वाभाविक पनि हो ।तर नवनियुक्त गभर्नर पौडेलसँग प्रशासकीय अनुभव निकै कम छ । राष्ट्र बैंकभित्रको अनुभव त उनीसँग छँदै छैन । त्यसैले पौडेलसामू राष्ट्र बैंकको आन्तरिक संरचना बुझ्नु र कुशल व्यवस्थापकीय क्षमताको विकास गर्नु पहिलो चुनौती हुनेछ । राष्ट्र बैंकको आन्तरिक संरचना र बैंकिङ टर्मिनोलोजी बुझ्दाबुझ्दै गभर्नर डा.पौडेललाई केही समय लाग्ने निश्चित देखिन्छ ।

गभर्नर पौडेलको कांग्रेससँगको प्रत्यक्ष निकटताले राष्ट्र बैंक र मौद्रिक नीति राजनीतिक पूर्वाग्रहबाट मुक्त हुने सम्भावना निकै कम देखिन्छ । ५ वर्ष लगातार एमालेनिकट कर्मचारीको पेलाइमा परेका राष्ट्र बैंकका कांग्रेसनिकट कर्मचारीहरुले पौडेलको नियुक्तिसँगै पेलाइको पैँचो तिर्ने पालो कुरेर बसिरहेको देखिन्छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकभित्र र बाहिर व्यापक राजनीतिक रङ देखाएको आरोप लाग्यो । त्यसैले सरोकारवालाहरु राजनीतिक प्रभावबाट मुक्त व्यावसायिक गभर्नर चाहन्छन् । गभर्नर पौडेलको कांग्रेससँगको प्रत्यक्ष निकटताले राष्ट्र बैंक र मौद्रिक नीति राजनीतिक पूर्वाग्रहबाट मुक्त हुने सम्भावना निकै कम देखिन्छ । ५ वर्ष लगातार एमालेनिकट कर्मचारीको पेलाइमा परेका राष्ट्र बैंकका कांग्रेसनिकट कर्मचारीहरुले पौडेलको नियुक्तिसँगै पेलाइको पैँचो तिर्ने पालो कुरेर बसिरहेको देखिन्छ । हेक्का होस् । २०७९ मंसिरमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं १ बाट सांसदको उम्मेद्वार थिए डा.पौडेल । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालसँग चुनाव हारेका पौडेल त्यसयता काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउनुका साथै पार्टी कार्यकर्ता प्रशिक्षणमा सक्रिय रहँदै आएका व्यक्ति पनि हुन् । सचेत भया । कांग्रेस सभापति शेरबहादुर देउवासँग अत्यन्तै निकट रहेका पौडेललाई देउवाले नै महत्वपूर्ण जिम्मेवारीमा पु¥याए । देउवाकै जोडबलमा पौडेललाई केपी शर्मा ओली प्रधानमन्त्री रहेको मन्त्रिपरिषदले गभर्नरमा नियुक्त गरेका हुन् भन्दा फरक पर्दैन । एमाले निकट कर्मचारीलाई पैंचो तिर्ने कांग्रेसनिकट कर्मचारीको सपना र अन्य दलनिकट कर्मचारीको त्रास दुबैलाई सन्तुलनमा मिलाएर अघिबढ्न सकेमात्रै डा. पौडेल सफल गभर्नरका हुनेछन् । यसका लागि उनले गभर्नरको पदभार सम्हालेपछि कांग्रेसको नभई राष्ट्रको बन्न सक्नुपर्छ ।

भनिन्छ कांग्रेसको सक्रिय राजनीति गरेका पौडेल राजनीतिक पूर्वाग्रहबाट मुक्त हुनु पहिलो शर्त हो । नेपाल राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनीतिक दलको सदस्य वा पदाधिकारीकारुपमा नियुक्त हुन नहुने व्यवस्था छ । हेक्का होस् । राजनीतिमा सक्रिय भनेर डा. विश्व नाथ पौडेललाई गभर्नर बनाउन नहुने स्वरहरु पनि सुनिन थालेका छन् । यद्यपि उनीमात्रै राजनीतिमा सक्रिय भएका व्यक्ति होइनन् । त्यसो त राष्ट्र बैंकका गभर्नरको पदमा आसिन महाप्रसाद अधिकारी नै एमालेको अर्थ विभागमा रहेको ‘एम अधिकारी’ का नाममा एमालेको राजनीतिमा सक्रिय थिए । डेपुटी गभर्नर रहेकै अवस्थामा २०७३ मा महाप्रसाद अधिकारी खोटाङ भनेर विभागको सदस्य रहेकोमा ६ वर्षपछि २०७९ मा नाम परिवर्तन गरेर ‘एम अधिकारी’ खोटाङ नाममा सक्रिय राजनीतिमा थिए । तर अधिकारी डा. पौडेलको जस्तो चुनाबै लडेका भने थिएनन् । हेक्का होस् । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व नाथ पौडेल नियुक्त भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले सिफारिस गरेको ३ नाममध्ये मन्त्रिपरिषदले पौडललाई राष्ट्र बैंकको जिम्मेवारी सुम्पिएको हो । सरकारले पौडेल सम्मिलित गभर्नर सिफारिसको लागि गठित सिफारिस समितिको सदस्य बनाएको थियो । गभर्नरको नाममा कांग्रेस र एमालेबीच लामो रस्साकस्सीपछि पौडेललाई गभर्नर बनाउने सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिए ।

Screenshot

यता मन्त्रिपरिषदले पुरानो सिफारिस समिति विघटन गर्दै डा. पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ सिफारिस समिति गठन गरेको थियो । गभर्नर छान्ने जिम्मा पाएका पौडेल अन्तिममा आफैं गभर्नर बनेका छन् । यसअघि कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा अघि बढाउने गरी राजीनामा दिन लगाएको थिए । तर, कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले समितिको सदस्य रहेका पौडेललाई नै गभर्नर बनाउने प्रस्ताव गरेको थियो । २०८१ २४ चैत मा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पुरा भएसँगै गभर्नर रिक्त थियो ।

को हुन् नयाँ गभर्नर पौडेल ?
२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको थियो । उनले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएका समेत काम गरेका थिए । इतिहास साक्षी छ । हेक्का होस् । त्यस्तै, कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गरेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए । पौडेलले नेपालको आर्थिक नीति निर्माण र योजना विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री देउवा रहँदा पौडेल २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्र इतिहासका ज्ञाता पनि हुन् ।

डा. पौडेलका करिब दुई दर्जन अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । डा. स्वर्णीम वाग्ले राष्टिय योजना आयोगको उपाध्यक्ष हुँदा उनी विज्ञ सल्लाहकार थिए । पछि डा. प्रकाशशरण महत अर्थमन्त्री बन्दा पौडेल वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा काम पनि गरे । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बक्र्ले) बाट कृषि तथा संशाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा प्राध्यापक हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ ।

Screenshot

डा. पौडेलले सानिमा बैंकको सञ्चालक समिति सदस्य, विश्वबैंकको लागि अल्पकालीन परामर्शदाता, सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकको भूमिका निर्वाण गरिसकेका छन् । उनले सानिमा बैंक लिमिटेडको निर्देशक, मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्री, र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको आर्थिक सल्लाहकारको रूपमा पनि कार्य गरेका छन् । सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताका रूपमा कार्यरत थिए । यसैगरी, इसिमोड बोर्ड अफ गभर्नरका अध्यक्ष, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार रहेका थिए । सचेत भया ।