जोडिनुहोस
बुधबार, असार ४, २०८२
बुधबार, असार ४, २०८२

हालको खबर

  • होमपेज
  • स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन

स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन

रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा सुन बरामद गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो ।

रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् । तर, अनलाइनखबरसँग कुरा गर्दै थप जाँच भइरहेको भन्दै परिमाण खुलाएनन् ।

यद्यपि, नेपाल प्रहरी उच्च स्रोतले भने रसुवामा ७ किलो ६५३ ग्राम सुन बरामद भएको पुष्टि गरेको छ । स्रोतका अनुसार, सुनसहित एक जना व्यक्ति समेत पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको छैन ।

‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीका आधारमा जाँच गर्दा सुन भेटिएको हो ।’

रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । सुनका विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका