जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् ।

नेपाल यातायातमा मुक्तिनाथ बैंकको QR सेवा

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि QR मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाण्डौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य सुचारु गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गर्नुभएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहक वर्गहरुको उपस्थिती रहेको थियो ।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात

कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट POS मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, Internet Baking, C-ASBA, Social Media Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद् बैठकले सिलवाललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि पुस १४ देखि समितिको अध्यक्ष पद रिक्त थियो । उक्त पदका लागि करिव एक दर्जन दौडमा रहे पनि सिलवालले बाजी मार्न सफल भएका हुन् ।

समितिको अध्यक्ष पद रिक्त हुँदा बीमा क्षेत्रका थुप्रै काम अडकिएको थियो । अध्यक्ष नहुँदा बीमा कम्पनीका अध्यक्ष पदभाग ग्रहण गर्ने कुरादेखि वित्तीय विवरण स्वीकृतसम्मका काम अडकिएका थिए । सोही कारण कम्पनीहरुको साधारण सभा प्रभावित भई लगानीकर्ताले पाउने लाभांश वितरणसमेत ढिलो भएको थियो । कतिपय बीमा कम्पनीले जारी गरेका बीमा पोलिसिसमेत अध्यक्ष नभएकाले समितिमा अडकिएका थिए ।

समितिको अध्यक्ष हुन निवर्तमान अध्यक्ष चापागाईंसहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, राष्ट्र बैंकका पूर्वनिर्देशक कल्याणबन्धु अर्याल, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईं,, आइक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्य, टंक पनेरु, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, समितिकै पूर्वकार्यकारी निर्देशक श्रीमान कार्की, नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर साहलगायत व्यक्ति दौडधुपमा लागेका थिए ।

एनएमबिको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारी हरुलाई सुविधा पु¥याउने उद्धेश्यले १३६ औं एटिएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै गर्दा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त Modern Exchange Co LLC र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । ओमानमा रहनुभएका नेपालीहरुले Modern Exchange Co LLC को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र  Modern Exchange Co LLC  को तर्फबाट प्रबन्ध निर्देशक Hormuzda B Davar ले हस्ताक्षर गर्नु भएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

‘भाइकिङ २२२ मोडलका बसहरु हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा भाइकिङ २२२, १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एक ग्राहकको भनाई उदरित गर्दै, यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा भाइकिङ बसहरु छन् जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले भाइकिङ २२२ लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्ड तिर नजान पनि सलाह दिन्छु भनेका छन् ।

भाइकिङ २२२ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । भाइकिङ २२२ मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताउनु भयो ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडिहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्ग हरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा

नेपालभर ११ लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ १०० स्थानीय शाखा संजाल, ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१ औं नयाँ शाखा खोलेको छ ।
एभरेष्ट बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । यसै सन्र्दभमा धादिङको धुनिबेसि नगरपालिका धार्केमा १०१ औं शाखा मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो । हाइवेसंगै रहेको यस शाखामा एटिएम सेवा २४ घन्टा खुल्ला रहनेछ जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकले बिस्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्रीनलाइफ हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२,५१,६५२ कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ । उक्त शेयर निष्काशन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण शेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले “CARE-NP B+ (Is)” रेटिङ्ग प्रदान गरेको छ । यस साधारण शेयरको बिक्रीको लागि मिति २०७७÷१०÷२३ देखी मिति २०७७÷१०÷२७ सम्म खुल्ला रहेनेछ ।

यस साधारण शेयर निष्काशन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्य सहित २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ । साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७०% सम्पन्न भईसकेको छ ।

उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण शेयर बाडँफाड भईसकेको छ । रु. २ अर्ब ५० करोड अधिकृत पूँजि रहेको उक्त कम्पनीको यस निष्काशन पश्चात् चुक्ता पूँजी रु. १ अर्ब ८० करोड रहनेछ ।

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक शेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले CASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकीएको शाखा कार्यालयहरु तथा Mero Share मार्फत आबेदन दिन सक्नुहुनेछ ।

कृषि विकास बैंकको नयाँ शाख पोखराको चिप्लेढुँगामा

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय चिप्लेढुँगा (नयाँ वजार) पोखरा महानगर पालिका वडा नं.९ नयाँ वजार स्थित आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुक्त रुपमा उदघाटन गरेका थिए । उक्त कार्यक्रममा सञ्चालक सदस्यहरु झक्क प्रसाद आचार्य, डा.हरि वहादुर के.सी, ईन्दिरा श्रेष्ठ मास्के , सन्जिव पौडेल , हरि प्रसाद पराजुली, विनोद गुरागाई विशिष्ठ अतिथिको रुपमा  भएका थिए ।

साथै कम्पनी सचिव हिमलाल पौडेल, केन्द्रिय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कणेल ,गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने , मुख्य शाखा प्रबन्धक माधव रिजाल ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य वावुराम गिरीको पनि सहभागीता रहेको थियो ।

उ्रक्त कार्यक्रम फेवा सिटी हस्पिटल पोखराका आर्थिक विभाग प्रमुख डा.ध्रुव अधिकारी , बैकमा क्रियाशिल यूनियन नेपाल वित्तिय संस्था कर्मचारी सघका  प्रदेश अध्यक्ष वद्री नारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन  प्रदेश अध्यक्ष भेषराज घिमिरे, बैकका पूर्व निर्देशक चेत नारायण सापकोटा, होटल पिनाकिनीका प्रबन्ध निर्दैशक शुसिला के.सीको पनि उपस्थिति रहेको थियो ।

उक्त स्थानमा एटिएम सेवाको उदघाटन  बैकका संचालक समितिका सदस्यद्वय झक्क प्रसाद आचार्य र हरि प्रसाद पराजुलीबाट सयुक्त  रुपमा  गरेका थिए ।  बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी वढन तयार रहेको तथा यस बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भईरहेको जानकारी दिएका थिए ।

I can see that you are an expert at your field. I am launching a website soon, and your information will be very useful for me. cialispascherfr24 Thanks for all your help and wishing you all the success.

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको दोश्रो त्रैमासको आर्थिक सार्वजनिक

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले २०७७÷७८ को दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन गरेको छ । यस संस्थाले आ.व. २०७७÷७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ८ अर्ब ५५ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब ४ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ ।

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ % र प्रतिशेयर आम्दानी रु २१.५९ रहेको छ । त्यसैगरि संस्थाले दोश्रो त्रमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ ।

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौतापत्रमा मिति २०७७÷०९÷१० मा हस्ताक्षर गरिसकेको छ । गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुबिधा

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा रु १०० बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउनुहुनेछ ।
ग्राहक महानुभावहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सक्नुहुनेछ । यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ता महानुभावहरुले मात्र सहभागी हुन सक्नुहुनेछ ।