जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकका गौतमले बुझे एक करोड ५४ लाख पारिश्रमिक

सेञ्चुरी कमर्सियल बैंकका गौतमले बुझे एक करोड ५४ लाख पारिश्रमिक

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमले एक बर्षमा एक करोड ५४ लाख ५६ हजार रुपैयाँ तलब सुविधा बुझेका छन्।

बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, उनले एक करोड २६ लाख रुपैयाँ तलब मात्र बुझेका छन्।

दसैं खर्च बापत १० लाख ५० हजार, संचय कोष योगदान बापयत ७ लाख ५६ हजार र अन्य सुविधा बापत १० लाख ५० हजार रुपैयाँ बुझेका छन्। यद्यपी उनले यसबाट ३६ प्रतिशत कर पनि बुझाएका छन्।

बैंकले माथिल्लो ब्यवस्थापनका कर्मचारीहरुलाई एक बर्षमा १५ करोड ३६ लाख ९१ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ।

बैंकले गत बर्ष सम्पूर्ण कर्मचारीका लागि ७६ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसमा नाफाबाट बाँडिने बोनस जोडिएको छैन। बैंक सञ्चालन खर्चसमेत गर्दा कुल ब्यवस्थापन खर्च एक अर्ब ३९ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

बैंकले पुस २९ गते साधारणसभा डाकेको छ। सभाले ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस प्रस्ताव अनुमोदन गर्ने छ।

संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जनाको निर्वाचन पनि हुने छ। सभाले मर्जर तथा प्राप्तिको एजेण्डा पारित गर्ने छ

6075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका