जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बङ्गलादेश बैंकको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बङ्गलादेश बैंक लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा पौष २६ गते आइतबार नेपाल बङ्गलादेश बैंक लिमिटेडको सभा कक्ष, कमलादी, काठमाण्डौँबाट बिहान ११ः३० बजेदेखि ZOOM Webinar मार्फत भिडियो कन्फेरिन्सङद्धारा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले ZOOM Webinar मार्फत नै अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका अतिथिहरूको उपस्थिति रहेको थियो ।

बैंकका कम्पनी सचिव विश्व प्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५% भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना मात्र शेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जना भन्दा बढी शेयरधनीहरू ZOOM Webinar मार्फत जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि शेयरधनीहरू सो कार्यक्रममा जोडिएका थिए । उक्त साधारण सभाले आ.ब. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीयविवरण पारित गरेको थियो । बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिर कुमार शर्मा, S&S Associates, Chartered Accountants लाई पुन : नियुक्ति गरेको छ । आ.ब. २०७६/०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो । साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पु-याउने र जारी तथा चुक्तापुँजीमा बोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । शेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा अध्यक्षको अनुमतिले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जवाफ दिनुभएको थियो ।

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका