जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

गभर्नर नियुक्तीमा अन्यौलः सरकार ढल्ने संकेत !

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तीले यतिवेला सरकार बनाउन सहकार्य गरेमा एमाले र कांग्रेस बीच खटपट मात्रै शुरु भएको छैन । सरकार छोड्ने संकेत कांग्रेसले गरेको छ भन्दा अब फरक पर्दैन । गभर्नर नियुक्तको विषयलाई लिएर एक मन्त्रीको २० करोडको गोप्य टेप रेकर्ड बाहिर आएसंगै गभर्नर नियुक्ती अन्यौलमा पुगेको हो भन्दा अब चाहि फरक पर्दैन ।
सत्ताधारी दल कांगे्रस र एमाले बीचको गभर्नरको सहमती नहुँदै गभर्नर सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजिनामा दिएका छन् । उनीको राजिनामाले गभर्नर नियुक्ती अब थप पेचिलो मात्रै बनेको छैन सरकार नै धरापमा पुगेको देखिन्छ भन्दा फरक पर्दैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणकर भट्ट र नबिल बैंकका पूर्व सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना बीच एकलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेपनि प्रधानमन्त्री ओली राष्ट्र बैंककी डिपुटी गभर्नर निलम ढुंगाना (तिमल्सीना) वा प्रभु बैंकका सीइओ अशोक शेरचनलाई गभर्नर नियुक्ती गर्ने सोचमा पुगेसंगै यतिबेला कांग्रेस एमाले बीचको सत्ता समिकरण पलामको चिउरा जस्तै बनेको छ भन्दा फरक पर्दैन ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले गभर्नर नियुक्तीमा गडवड गरे सरकार परिवर्तन हुने संकेत गरेका छन् यति मात्रै होइन कांग्रेस महामन्त्री गगन थापाले ‘सरकारमा बसीरहनुको औचित्य समाप्त’ नै भएको बताएका छन् । उनीकै शब्द सापटी लिने हो भने गभर्नरकै पदले सरकार ढल्ने संकेत प्रस्ट देखिएको छ भन्दा फरक पर्दैन । डा. विजयनाथ भट्टराईबाहेक समितिमा अर्का सदस्य अर्थविद् डा. विश्व पौडेल छन् । तर एक सदस्य बाहिरिएकाले सरकारले पुनः सिफारिस समिति गठन गर्नुपर्ने बाध्यता देखिन्छ ।

अर्थमन्त्री पौडेलले पंक्तिकारसंग भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना सदस्य ल्याएर काम अगाडि बढ्छ । विभिन्न कारणले गर्दा समितिको बैठक नबसेको हो । अदालतमा मुद्दा लगायतका विषयहरु छन् । त्यसै कारणले गर्दा बैठक नबसेको हो नि ।

समिति गठन गरे पनि संयोजक रहेका अर्थमन्त्री पौडेलले २१ दिनदेखि बैठक नै नबोलाएको र अर्का सदस्य विश्व पौडेल पनि भागीभागी हिँडेको भन्दै डा. भट्टराई असन्तुष्ट थिए । उनी बाहिरिएपछि गभर्नर नियुक्ति प्रक्रिया थप अन्यौलमा फसेको देखिन्छ । यता समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेल डा.भट्टराईले राजीनामा दिएका र अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने दाबी गर्दै आएका छन् । अर्थमन्त्री पौडेलले पंक्तिकारसंग भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना सदस्य ल्याएर काम अगाडि बढ्छ । विभिन्न कारणले गर्दा समितिको बैठक नबसेको हो । अदालतमा मुद्दा लगायतका विषयहरु छन् । त्यसै कारणले गर्दा बैठक नबसेको हो नि ।’ प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्को प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी गभर्नरमा आफूनिकटलाई अगाडि सारेको छन् । भन्दा फरक पर्दैन ।

डा. भट्टले ५ गते दिएको राजीनामा र अर्का कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले गत फागुन १८ गते दिएको राजीनामा स्वीकृत भएको छैन । दुवैको राजीनामा गभर्नरले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

दुई दलबीच अन्ततः डा.गुणाकरलाई गभर्नर बनाउन सहमति भएको हल्ला बजारमा आए लगत्तै यो विषय सर्वोच्च अदालतमा प्रवेश गरेको छ भने यससम्बन्धी रिटमा सुनुवाइ भएको छैन । डा. भट्टले यही वैशाख ५ गते नै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर नियुक्तिमा डेपुटी गभर्नर मात्रै सिफारिसमा पर्ने व्यवस्था गरेको छ । सोही कारण कार्यकारी निर्देशकको हैसियतमा कार्यकालमै रहँदै गभर्नरमा सिफारिस हुन ऐनले रोकेपछि उनले राजीनामा दिएको देखिन्छ । भन्दा फरक पर्दैन । डा. भट्टले ५ गते दिएको राजीनामा र अर्का कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले गत फागुन १८ गते दिएको राजीनामा स्वीकृत भएको छैन । दुवैको राजीनामा गभर्नरले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । तर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल सकेर चैत २५ गते राष्ट्र बैंकबाट विदा भएकाले सो पद खाली छ । सरकारले गभर्नर नियुक्ति तत्काल गर्न नसकेपछि कामुको जिम्मा पहिलो वरीयताकी डेपुटी गभर्नर डा. ढुंगानालाई दिएको थियो । योसँगै राजीनामा स्वीकृत गर्ने अधिकार उनमा रहे पनि ढुंगानाले राजीनामा अड्काएर राखेकी छिन् । फागुनमै दिएको डा. श्रेष्ठको राजीनामा समेत स्वीकृत नगरी उल्टै विदाको पत्र थमाइदिएकी छिन् । भन्दा फरक पदैन । यसबारे डा.निलम ढुंगानाले पंक्तिकारसंग भनिन्, ‘पहिलो म कामु गभर्नर छु, दोस्रो भोलि सबै कार्यकारी निर्देशकले गभर्नर बन्ने भन्दै राजीनामा दिन थाले भने मैले के गर्ने ?, त्यही कारणले उहाँको राजीनामा स्वीकृत गर्ने विषयमा मैले खास्सै सोच्या छैन नि, भूपेन्द्रजी ।’

सरकारले केन्द्रीय बैंकको गभर्नर पदलाई हलुका बनाइरहेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा बहालवाला गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्त गरी सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंक एक स्वायत्त नियामक निकाय हो । राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद–२ को दफा ३ को उपदफा (३) मा राष्ट्र बैंक अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुने भनिएको छ । तर, सरकारले केन्द्रीय बैंकको गभर्नर पदलाई हलुका बनाइरहेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा बहालवाला गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्त गरी सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ । भन्दा फरक पर्दैन । तर, ऐनमा भएका व्यवस्थालाई बेवास्ता गर्दै १८ औँ गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको छ । कामु गभर्नरले केन्द्रीय बैंक चलाएको यो पहिलोपटक भने हैन । कि कसो । तत्कालीन गभर्नर विजयनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दाको अभियोगसँगै निलम्बनमा परेपछि केही समय डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरलाई कामु गभर्नरको जिम्मेवारी मिलेको थियो । त्यसपछि सरकारले दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाएको थियो । सर्वोच्च अदालतबाट सफाइ पाएपछि भट्टराई पुनः गभर्नर बने भने क्षेत्री स्वतः पदमुक्त भएका थिए । सचेत भया ।

चिनीयाँ ठेकेदारलाई देउवा र ओलीकै पालमा २ अर्ब २२ करोड कर छुटः पोखरा बिमानस्थल आयोजनामा घोटला भएको खुलासा !

पोखरा बिमानस्थल आयोजनाको चिनीयाँ ठेकेदारलाई देउवा र ओली प्रधानमन्त्री भएकै समय २ अर्ब २२ करोड ४० लाख भन्दा बढि कर दिएको खुलासा भएको छ । भन्दा अब चाहि फरक पर्दैन । पोखरा विमानस्थल निर्माणमा ‘अनियमित रूपमा’ कर छुटको निर्णय हुँदा ओली र देउवा प्रधानमन्त्री थिए । कतिपय निर्णय त उनीहरूले मन्त्रालय सम्हालेकै बेलामा भएको थियो ।१२ वैशाख, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार र अनियमितता भएको निष्कर्ष निकाल्यो । उसले ठेक्का सम्झौताविपरीत कर छुट दिएको भन्दै निर्णयकर्ताहरूमाथि प्रश्न उठाएको देखिन्छ । भन्दा फरक पर्दैन । चिनिया ठेकेदारसँग भएको ठेक्का सम्झौताको बुँदा १४(२) मा ‘नेपालभित्र र बाहिरको भए पनि लाग्ने कर शुल्क महसुल भुक्तानी गर्ने दायित्व निर्माण व्यवसायीको हुने’ उल्लेख छ । त्यसविपरीत २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिई आर्थिक अनियमितता भएको भनी प्रश्न उठाएको हो ।

ठेक्का सम्झौतामा उल्लेख नभएको अवस्थामा पोखरा विमानस्थल आयोजनाले मास्टर लिस्टमा राखेर भन्सार शुल्क तथा महसुल अनि भ्याटवापत २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिएको फाइल अघि बढाएको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनको मस्यौदामा निर्णयकर्ता को–को संलग्न थिए भन्ने खुलाएको छैन । अर्थ मन्त्रालयको अभिलेखअनुसार, २०७४ चैतदेखि २०७८ असोजसम्म सात पटक कर छुटको निर्णय भएको देखिन्छ । मन्त्रालयले पठाएको विवरणपत्रमा निर्णय प्रक्रियामा संलग्नहरूको नाम छैन । त्यो मितिमा पदमा रहेकाहरूको विवरण खोज्दा अर्थमन्त्री डा. युवराज खतिवडादेखि जनार्दन शर्मासम्मको संलग्नता देखिन्छ ।चैत, २०७४ देखि असोज, २०७८ सालसम्म सात पटक कर छुटको निर्णय हुँदा सुरुको पाँच पटकमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । छैटौं र सातौं पटकमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यो अवधिमा ओलीले अर्थ मन्त्रालय र देउवाले पर्यटन मन्त्रालय पनि सम्हालेका थिए । त्यतिबेला सचिवहरूले कर छुटसम्बन्धी निर्णयहरू अघि बढाएको अभिलेखबाट प्रस्टै देखिन्छ ।

अर्थ मन्त्रालयको अभिलेखअनुसार, २०७४ चैतदेखि २०७८ असोजसम्म सात पटक कर छुटको निर्णय भएको देखिन्छ । मन्त्रालयले पठाएको विवरणपत्रमा निर्णय प्रक्रियामा संलग्नहरूको नाम छैन ।

१६ चैत, २०७४ मा अर्थ मन्त्रालयले पहिलोपटक पोखरा विमानस्थल निर्माणमा संलग्न चिनियाँ ठेकेदारलाई कर छुट दिने निर्णय गरेको देखिन्छ । त्यो मितिमा कृष्णप्रसाद देवकोटा पर्यटन सचिव थिए । पर्यटन सचिवस्तरीय निर्णयबाट अघि बढेको फाइल अर्थ मन्त्रालयमा पुगेको देखिन्छ । रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला पहिलो कर छुटको फाइल अघि बढे पनि निर्णय प्रक्रियामा उनी संलग्न नदेखिएको लेखा उपसमितिका एक सदस्यले पंक्तिकारसंग बताए ।

पर्यटन मन्त्रालयबाट अघि बढेको फाइल अर्थसचिव शंकरप्रसाद अधिकारीले अनुमोदन गरी अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष पेस गरेका थिए । पहिलो कर छुट डा. खतिवडाको मन्त्रिस्तरीय निर्णयबाट भएको थियो२७ साउन, २०७५ मा दोस्रो पटक करछुटको निर्णय भएको थियो । त्यो फाइल पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले अघि बढाएको देखिन्छ । कर छुटको निर्णय शिशिरकुमार ढुंगाना राजस्व सचिव थिए । अर्थमन्त्री डा. खतिवडाले दोस्रो कर छुटको निर्णयमा हस्ताक्षर गरेको विवरण लेखा समितिमा पुगेको अभिलेखबाट देखिन्छ । भन्दा फरक पर्दैन । ११ वैशाख २०७६ मा तेस्रो कर छुटको निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पर्यटन मन्त्रालय सम्हालेका थिए । १४ फागुन, २०७५ मा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्रधानमन्त्री ओली स्वयंले पर्यटन मन्त्रालय सम्हालेका थिए भने सचिवको जिम्मेवारीमा मोहनकृष्ण सापकोटा आए ।

५ असार २०७७ मा चौथो पटक कर छुटको निर्णय भयो । त्यससम्बन्धी फाइल अघि बढ्दा योगेश भट्टराईले पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । तर सचिव केदारबहादुर अधिकारीले नै निर्णय गरेर कर छुटको फाइल अर्थ मन्त्रालयमा पुगेको देखिन्छ ।

पर्यटन सचिव सापकोटाले तेस्रो पटक करछुटको फाइल अर्थ मन्त्रालयमा अघि बढाएको देखिन्छ । केपी शर्मा ओलीले मन्त्रालयको नेतृत्व गरे पनि सचिवस्तरीय निर्णयबाट काम भएकाले तेस्रो कर छुटको फाइलमा उनको हस्ताक्षर छैन । राजस्व सचिव शिशिरकुमार ढुंगानाको निर्णयबाट पोखरा विमानस्थल निर्माणमा संलग्न ठेकेदारले तेस्रो चरणमा कर छुट पाएको थियो । सचिवस्तरीय निर्णयबाट तेस्रो कर छुट भएको थियो । ५ असार २०७७ मा चौथो पटक कर छुटको निर्णय भयो । त्यससम्बन्धी फाइल अघि बढ्दा योगेश भट्टराईले पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । तर सचिव केदारबहादुर अधिकारीले नै निर्णय गरेर कर छुटको फाइल अर्थ मन्त्रालयमा पुगेको देखिन्छ । हेक्का होस् । मन्त्रालयको नेतृत्व गरे पनि त्यो निर्णयमा तत्कालीन मन्त्री भट्टराई संलग्न थिएनन् । उनले आफ्नो कार्यकालमा सचिवले गरेको निर्णयको हदसम्म मात्रै जवाफदेही हुनुपर्ने देखिन्छ । उनी माथी किन कारवाही भएन । चौथो पटकको कर छुट दिँदा शिशिरकुमार ढुंगाना अर्थसचिव भइसकेका थिए भने डा. खतिवडा नै अर्थमन्त्रीको रूपमा कार्यरत थिए । तेस्रो पटकको करछुट दिँदा सचिवस्तरीय निर्णय भएकोमा चौथोमा भने अर्थमन्त्री खतिवडा आफैं निर्णय प्रक्रियामा संलग्न देखिन्छन् ।

सचिव केदारबहादुर अधिकारीले निर्णय गरेर फाइल अर्थ मन्त्रालयमा पठाइदिएका थिए । त्यो मितिमा निर्णय हुँदा शिशिरकुमार ढुंगाना अर्थसचिव अनि रामशरण पुडासैनी राजस्व सचिव थिए । थिए ।

२ असोज, २०७७ मा पोखरा विमानस्थलको चिनियाँ ठेकेदार कम्पनीले पाँचौ पटक कर छुट पायो । त्यो फाइल अघि बढ्दा योगेश भट्टराईले नै पर्यटन मन्त्रालय सम्हालेका थिए । सचिव केदारबहादुर अधिकारीले निर्णय गरेर फाइल अर्थ मन्त्रालयमा पठाइदिएका थिए । त्यो मितिमा निर्णय हुँदा शिशिरकुमार ढुंगाना अर्थसचिव अनि रामशरण पुडासैनी राजस्व सचिव थिए । थिए । डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएको ६ महिना पूरा भएर मन्त्री पद छाडेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय समेत सम्हालेका थिए । सचिवस्तरीय निर्णयबाट पाँचौ पटक करछुटको निर्णय भएको थियो । प्रधानमन्त्री ओली निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न नभए पनि उनी मातहतकै सचिवले उनको सम्मतिविना कसरी कर छुटको निर्णय गरे भन्ने प्रश्न उठ्ने देखिन्छ । २ भदौ २०७८ मा छैटौं पटक कर छुटको निर्णय भएको थियो । त्यतिबेला भर्खरै ओली सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको थियो । मन्त्रिमण्डलले पूर्णता नपाएकाले देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

सातौं पटकको कर छुटको निर्णयमा पनि पर्यटन र अर्थ मन्त्रालयमा उही टिम थियो । फरक यत्ति हो कि सातौ पटकको निर्णय हुँदा कृष्णहरि पुस्कर राजस्व सचिवको जिम्मेवारीमा पुगिसकेका थिए । भन्दा फरक पर्दैन । लेखा उपसमितिले नागरिक उड्डयन प्राधिकरण, पर्यटन र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड रुपैयाँ ‘आर्थिक अनियमितता गरेको देखिएको’ निष्कर्ष निकालेको छ ।

पर्यटनमन्त्री समेत रहेका देउवा मातहतका सचिव यादवप्रसाद कोइरालाले छैटौं पटकको कर छुटको प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेका थिए । त्यो फाइल अघि बढ्दा अर्थसचिव मधुकुमार मरासिनी थिए । अर्थमन्त्री जनार्दन शर्माले कर छुटको निर्णय गरे । सातौं पटकको कर छुटको निर्णयमा पनि पर्यटन र अर्थ मन्त्रालयमा उही टिम थियो । फरक यत्ति हो कि सातौ पटकको निर्णय हुँदा कृष्णहरि पुस्कर राजस्व सचिवको जिम्मेवारीमा पुगिसकेका थिए । भन्दा फरक पर्दैन । लेखा उपसमितिले नागरिक उड्डयन प्राधिकरण, पर्यटन र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड रुपैयाँ ‘आर्थिक अनियमितता गरेको देखिएको’ निष्कर्ष निकालेको छ । महालेखा परीक्षकको कार्यालयले समेत तत्काल असुल–उपर गर्नुपर्ने खालको बेरुजु देखाएको भन्दै उपसमितिले निर्णयमा संलग्नलाई कारबाही हुनुपर्ने भनेको हो । भन्दा अब फरक पर्दैन । अर्थ मन्त्रालयले कुन चरणमा कति रकमका दरले कर छुट भयो भन्ने विवरण गोप्य राखेको भन्दै लेखा उपसमितिले संलग्नहरूलाई कारबाही हुनुपर्ने सुझाव दिएको हो । कर छुट दिएर अर्बै घोटला गरिएको भएपनि कारवाही हुनेमा आशंका देखिन्छ । सचेत भया ।

२० वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोडः राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक ऋणात्मक !

नेपालका २० वाणिज्य बैंकहरुले ९ महिनामा ४१ अर्ब ३५ करोड मुनाफा कमाए पनि १० वाणिज्य बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक देखिन्छ । भन्दा फरक पर्दैन । ९ महिनामा ४१ अर्ब २५ करोड रुपैयाँ मुनाफा कमाए पनि वाणिज्य बैंकहरुको लाभांश वितरण क्षमता भने निक्कै कमजोर देखिएको छ । २० वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा जम्मा ४ अर्ब ६८ करोड रुपैयाँ मात्र छ । आधा दर्जन वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमास (चैत मसान्त)सम्म आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक भेटिएको छ । भन्दा फरक पर्दैन ।

राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, एनआइसी एसिया, कुमारी र प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको हो । गत वर्ष सोही अवधिमा १० वटा बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक थियो । गत आर्थिक वर्ष ९ महिनामा वितरणयोग्य मुनाफा ऋणात्मक रहेका माछापुच्छ्रे, लक्ष्मी सनराइज, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंक यसपालि धनात्मक अवस्थामा पुगेको भेटिएको छ । ९ महिनामा एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै छ । चैत मसान्तसम्म बैंकको यस्तो नाफा ३ अर्ब ६७ करोड रुपैयाँ छ । पोहोर ९ महिनामा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ थियो । एभरेष्ट बैंकको खराब कर्जा ०.६४ प्रतिशत छ । पोहोर पहिलो ९ महिनामा एभरेष्टको खराब कर्जा ०.७१ प्रतिशत थियो । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुले असल वर्गमा भएको कर्जाको नोक्सानी १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको थियो ।

वितरणयोग्य मुनाफा ग्लोबल आइएमई बैंकको ३ अर्ब ५४ करोड, नबिल बैंकको २ अर्ब ७८ करोड र सानिमा बैंकको २ अर्ब १९ करोड रुपैयाँ छ । राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थाको सीमा घटाइदिएका कारण पनि त्यसले सकारात्मक प्रभाव परेको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुले असल वर्गमा भएको कर्जाको नोक्सानी १.१० प्रतिशतबाट १ प्रतिशतमा झारेको थियो । यो व्यवस्थाका कारण यसअघि धेरै प्रोभिजनिङ गरेका बैंकहरुले नाफा राइट गरेर वितरणयोग्य नाफा बढाएको देखिन्छ । निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधाले समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधाले पनि वितरणयोग्य नाफा बढेको प्रस्टै देखिन्छ ।

विकास बैंकहरुको नाफा ३ अर्ब ५४ करोड पहिलो गरिमा, दोस्रो मुक्तिनाथ, सबैभन्दा कम लुम्बिनी विकास बैंकः राष्ट्र बैंक बेखबर

चालु वर्षको तेस्रो त्रैमासमा विकास बैंकहरुको खुद नाफा ३ अर्ब ५४ करोड ६ भन्दा अब फरक पर्दैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका विकास बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समग्र रूपमा बैंकहरूको खुद नाफा सामान्य रूपमा बढेको देखिएको छ । गत वर्षको तुलनामा यस अवधिमा बैंकहरूको नाफा ४.३५ प्रतिशतले बढेको हो । भन्दा फरक पर्दैन ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । यीमध्ये गरिमा विकास बैंक सबैभन्दा धेरै खुद नाफा कमाउने बैंक बनेको छ । बैंकले ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएर गत वर्षको तुलनामा ७.३२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ ।

गत वर्ष शीर्ष स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले भने चालु वर्षको सोही अवधिसम्ममा ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १६.८६ प्रतिशत कम हो । त्यस्तै, लुम्बिनी विकास बैंक ४ करोड ९७ लाख रुपैयाँ नाफासहित सबैभन्दा कम नाफा कमाउने विकास बैंक बनेको छ । विश्लेषणअनुसार ज्योति विकास बैंकले सबैभन्दा तीव्र नाफा वृद्धि हासिल गरेको छ । बैंकको नाफा १०१.१४ प्रतिशतले वृद्धि भई ३० करोड ६६ लाख रुपैयाँ पुगेको देखिन्छ । ८ विकास बैंकहरूमध्ये ३ बैंकको नाफा भने घटेको छ । तीमध्ये लुम्बिनी विकास बैंकको नाफा ८५.४५ प्रतिशतले घटेको देखिएको छ, जुन समग्र समीक्षामा सबैभन्दा बढी गिरावट हो । सचेत भया ।

फाइनान्स कम्पनीहरुको खराब कर्जा डरलाग्दोः समृद्धि, गोर्खाज, जानकी र रिलायन्स फाइनान्स ऋणात्मकः निश्कृय कर्जामा उच्च बृद्धि !

नेपालका फाइनान्स कम्पनीहरुको खराब कर्जा डरलाग्दोरुपमा बढेर र्गको भेटिएको छ भन्दा फरक पर्दैन । सञ्चालनमा रहेका ग वर्गका १५ वटै वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । भन्दा फरक पर्दैन । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म पाँच वटा फाइनान्स कम्पनी नोक्सानीमा छन् भने बाँकी १० वटा नाफामा छन् । गत वर्ष सोही अवधिमा ८ वटा फाइनान्स कम्पनी नोक्सानीमा थिए । समग्रमा फाइनान्स कम्पनीहरुको नाफा रकम पनि बढेको छ । १५ वटा फाइनान्स कम्पनीको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा ३७ करोड ऋणात्मक थियो ।

पहिले नोक्सानमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स अहिले नाफामा गएका छन् । पहिले नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स अहिले नोक्सानमा गएका छन् । साउनदेखि चैत मसान्तसम्म फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ । जानाकी फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७७ रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा पनि सो कम्पनीको भारी मात्रामा बढेको छ ।
प्रोग्रेसिभ फाइनान्सको वित्तीय विवरण सबैभन्दा धेरै सुधारोन्मुख देखिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ४ लाख नाफा कमाएको छ । उसले निष्क्रिय कर्जा समेत सुधारेको छ । पहिले ९.३४ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ७.१५ मा झारेको छ । फाइनान्स कम्पनीहरुको सबैभन्दा कमजोर पक्ष नै बढ्दो निष्क्रिय कर्जा हो । निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको छ । ७ कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि छ भने दुई कम्पनीको ३० प्रतिशतभन्दा माथि छ । नोक्सानमा रहेसँगै पाँच फाइनान्स कम्पनीहरुको प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । समृद्धि, गोर्खाज, बेस्ट, जानाकी र रिलायन्स फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक भएको हो । आईसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ । सचेत भया ।

सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव

जीवन बीमा क्षेत्रमा पहिलो सफल मर्जर अभ्यास गरेर उदाहरण बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। १६ वर्षको यात्रा पूरा गरी १७ वर्ष लागेको कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, सञ्चालकहरू, पूर्व सञ्चालक, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू र पूर्व कर्मचारीहरू उपस्थित थिए।

कम्पनीले वार्षिकोत्सवको अवसर पारेर १५ वर्षभन्दा बढी सेवा गरेर कम्पनीलाई अघि बढाउन मद्दत गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आर्थिक अवस्था, सेवा गुणस्तर र विश्वासनीयता उल्लेखनीय रुपमा उन्नति भएको जनाउँदै आधुनिक प्रविधि तथा ग्राहकमैत्री सेवाको निरन्तर प्रयोग गर्दै अझ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता जनाए।

उनले कर्मचारीहरूको हकहित, सीप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको र सूर्यज्योतिमा सबैले पारिवारिक वातावरणको अनुभव पाउने बताए। कम्पनीले यो आर्थिक वर्षको अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी पनि खत्रीले दिए।

त्यस अवसरमा अध्यक्ष भट्टराईले कम्पनीसँग विश्वास राख्ने ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमनकारी निकाय र साझेदारहरूप्रति आभार व्यक्त गरे। साथै संस्थागत सुशासन, पारदर्शिता र नीतिनियमको पालना गर्दै अगाडि बढ्ने अठोट पनि व्यक्त गरे।

सूर्यज्योतिले हालसालै ‘सूर्यज्योति ई–कर्जा’ (अनलाइनमार्फत सजिलै ऋण लिन सकिने सेवा) र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ जस्ता नयाँ सेवाहरू सञ्चालनमा ल्याएको छ।

बीमा क्षेत्रमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ ९००१–२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४,४०० करोड, बीमा कोष ३,९४० करोड, नेटवर्थ ६३० करोड रुपैयाँ रहेको छ। कम्पनीसँग ३२ लाख ७५ हजार ४७९ बीमालेख, १ लाख २ हजार २४० प्रशिक्षित अभिकर्ता र १७४ शाखाहरू छन्।

साथै ३५ वटा घातक रोगहरूमा ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा दिने जीवन बीमा कम्पनीका रूपमा सूर्यज्योति पहिलो बनेको छ।

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेतस्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । बैंकले बैशाख ११ गते बिहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक डा. ह्यु फर्नान्डिसले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।

कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत श्रीमती सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरेको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत श्रीमती सुजनी राणाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । सार्वजनीक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण-प्रकाशन गर्नेछ ।

माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १ सय ४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २ सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २सय ४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

देउवा स्वदेश फर्किएपछि गर्भनर नियुक्त गर्छौः प्रवक्ता गुरुङ

रकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश फर्किएपछि अघि बढाउने जनाएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्। उनले गभर्नर नियुक्तिबारे सरकारको ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै देउवा स्वदेश फर्किएपछि प्रक्रिया टुंग्याइने स्पष्ट पारे।

कांग्रेस सभापति देउवा परिवार सहित गत आइतबार एक साताका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन्। उनी आगामी केही दिनमै स्वदेश फर्किने बताइएको छ।

गभर्नर नियुक्तिमा २० करोड डिल गरेको प्रमाण फेला परेपछि तामाङ बर्खास्तः महेश बस्नेत

सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले गभर्नर नियुक्तिका लागि ‘२० करोड डिल गरेको प्रमाण फेला परेको’ दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई राज्यमन्त्री पदबाट हटाएको भोलिपल्ट बिहीबार पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले तामाङविरुद्ध त्यस्तो गम्भीर आरोप लगाएका हुन्।

‘ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ’, बस्नेतले सामाजिक सञ्जालमा दाबी गरेका छन्, ‘अझै खतरनाक कुरा त राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो।’

प्राइम कमर्सियल बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डामेस्टिक कार्ड स्किम(नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङर अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस–एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात प्राइम कर्र्मिर्सयल बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एकसेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ ।

मुक्तिनाथका भरतले राष्ट्र बैंकलाई गरे अटेरी

नेपाल राष्ट्र बैंकले ५ विकास बैंक तथा वित्त कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्सलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिका तत्कालीन अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको थियो । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप– समितिमा समावेश हुन नपाउने उल्लेख छ । सो व्यवस्था अटेर गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई २०७७ साउन २१ गते समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभत्र तोकिए बमोजिमको चुक्तापुँजी पुर्‍याउन, चुक्ता पुँजीको शतप्रतिशतमा नबढने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा भित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न शर्त तोकिएको थियो । तर, नारायणीलेसो अनुसार न्यूनतम चुक्ता पूँजी कायम गरेको छैन भने तोकिएको सीमा भन्दा बढी सर्वसाधारणबाट निक्षेप संकलन गरेको छ । यसैगरी एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमा भन्दा अधिक हुने गरी वित्तीय श्रोत संकलन गरेको लगायत विगत लामो समयदेखि पुँजीकोष अनुपात कायम गर्न सकेको छैन । तसर्थ, केन्द्रीय बैंकले बैंकको सञ्चालक समितिलाई न्यूततम चुक्ता पूँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तसम्म अनिवार्य रुपले कायम गर्न तथा दिइएका निर्देशनहरु बारम्बार उल्लंघन भएको हुँदा नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी गरेको छ ।

सालपालाई पनि राष्ट्र बैंकले “ख” वर्गको वित्तीय संस्थालाई तोकेको न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम गरेको छैन भने तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने सन्दर्भमा पटक– पटक दिइएका पूर्व निर्देशनहरुको कार्यान्वयन गरेको छेन । राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरु पालना गरेको भन्दै केन्द्रीय बैंकले सालपाको सञ्चालक समितिलाई नसिहत दिएको छ ।

पोखरा फाइनान्सले भने ३ प्रकारको सजाय पाएको छ । पोखराले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा विद्यामान व्यस्था बमोजिम रु.४६,७१८.२३ जरिबाना तिरेको छ । यसैगरी राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट औंल्याइएका कैफियतका सन्दर्भमा संस्थाको समग्र व्यवस्थापनको प्रमुख जिम्मेवारीमा रहेका संस्थाको प्रमुख कार्यकारी अधिकृतले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएको सन्दर्भमा स्पष्टिकरण सोधिएकोमा उनले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नरहेकोले रविचन्द्र गुरुङ ५ लाख जरिवाना गराएको छ । २०८१ पुस मसान्तमा पोरखाको निष्कृय कर्जा ३३.४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकाले संस्थाको वित्तीय परिसूचकहरु ६ महिना भित्र यस बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने शर्त सहित पोखरालाई शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको छ ।

जानकी फाइनान्सले २०८१ मंसिर मसान्तमा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले जानकीलाई पनि शिघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको छ ।

नोक्सानी व्यवस्था गर्न बैंकहरुले छुट्याए ३५ अर्ब: सबैभन्दा धेरै कुमारीको

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब ७ करोड ३० लाख रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँले कम हो । वाणिज्य बैंकहरुले गत वर्ष ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ । यो बैंकले चैतसम्ममा ५ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ ।

कुमारी बैंकले नोक्सानी व्यवस्थाको रकम गत वर्षको तुलनामा यो वर्ष १ अर्ब ६२ करोड रुपैयाँले बढेको छ । यो बैंकको नोक्सानी व्यवस्था गत वर्ष चैतसम्ममा ३ अर्ब ५४ करोड रुपैयाँ थियो ।

कुमारी बैंकको चालू आर्थिक वर्षको चैतसम्ममा कुल ऋण प्रवाह २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यस्तो ऋण लगानी यो बैंकले गत वर्षको चैतसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ प्रवाह गरेको थियो ।

कुमारी बैंकको निष्कृय कर्जा अनुपात ६.९८ प्रतिशत रहेको छ । यसको निष्कृय कर्जा गत वर्षको चैतसम्ममा ४.९५ प्रतिशत मात्रै रहेको थियो ।

चालू आर्थिक वर्षको चैतसम्ममा दोस्रो धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकले चैतसम्मममा ३ अर्ब १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि व्यवस्था गरेको छ । यस्तो रकम गत वर्षको चैतसम्ममा ४ अर्ब रुपैयाँ थियो ।
लक्ष्मीसनराइज बैंकको कुल कर्जा प्रवाह चैतसम्ममा २ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ ।

यो बैंकले गत वर्ष चैतसम्ममा २ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । यो बैंकले ऋण बढाएसँगै निष्कृय कर्जा अनुपात ५.४९ प्रतिशतबाट ५.८६ प्रतिशत पुगेको छ ।

नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेष्ट बैंक रहेको छ । यसले अरु वाणिज्य बैंकको तुलनामा २७ करोड रुपैयाँ मात्रै यस्तो रकमको व्यवस्था गरेको छ । एभरेष्टको यो रकम गत वर्ष ६३ करोड रुपैयाँ थियो ।