जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • फाइनान्स कम्पनीहरुको खराब कर्जा डरलाग्दोः समृद्धि, गोर्खाज, जानकी र रिलायन्स फाइनान्स ऋणात्मकः निश्कृय कर्जामा उच्च बृद्धि !

फाइनान्स कम्पनीहरुको खराब कर्जा डरलाग्दोः समृद्धि, गोर्खाज, जानकी र रिलायन्स फाइनान्स ऋणात्मकः निश्कृय कर्जामा उच्च बृद्धि !

नेपालका फाइनान्स कम्पनीहरुको खराब कर्जा डरलाग्दोरुपमा बढेर र्गको भेटिएको छ भन्दा फरक पर्दैन । सञ्चालनमा रहेका ग वर्गका १५ वटै वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । भन्दा फरक पर्दैन । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म पाँच वटा फाइनान्स कम्पनी नोक्सानीमा छन् भने बाँकी १० वटा नाफामा छन् । गत वर्ष सोही अवधिमा ८ वटा फाइनान्स कम्पनी नोक्सानीमा थिए । समग्रमा फाइनान्स कम्पनीहरुको नाफा रकम पनि बढेको छ । १५ वटा फाइनान्स कम्पनीको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा ३७ करोड ऋणात्मक थियो ।

पहिले नोक्सानमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स अहिले नाफामा गएका छन् । पहिले नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स अहिले नोक्सानमा गएका छन् । साउनदेखि चैत मसान्तसम्म फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ । जानाकी फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७७ रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा पनि सो कम्पनीको भारी मात्रामा बढेको छ ।
प्रोग्रेसिभ फाइनान्सको वित्तीय विवरण सबैभन्दा धेरै सुधारोन्मुख देखिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ४ लाख नाफा कमाएको छ । उसले निष्क्रिय कर्जा समेत सुधारेको छ । पहिले ९.३४ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ७.१५ मा झारेको छ । फाइनान्स कम्पनीहरुको सबैभन्दा कमजोर पक्ष नै बढ्दो निष्क्रिय कर्जा हो । निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको छ । ७ कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि छ भने दुई कम्पनीको ३० प्रतिशतभन्दा माथि छ । नोक्सानमा रहेसँगै पाँच फाइनान्स कम्पनीहरुको प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । समृद्धि, गोर्खाज, बेस्ट, जानाकी र रिलायन्स फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक भएको हो । आईसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ । सचेत भया ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका