जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गभर्नर नियुक्तिमा २० करोड डिल गरेको प्रमाण फेला परेपछि तामाङ बर्खास्तः महेश बस्नेत

गभर्नर नियुक्तिमा २० करोड डिल गरेको प्रमाण फेला परेपछि तामाङ बर्खास्तः महेश बस्नेत

सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले गभर्नर नियुक्तिका लागि ‘२० करोड डिल गरेको प्रमाण फेला परेको’ दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई राज्यमन्त्री पदबाट हटाएको भोलिपल्ट बिहीबार पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले तामाङविरुद्ध त्यस्तो गम्भीर आरोप लगाएका हुन्।

‘ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ’, बस्नेतले सामाजिक सञ्जालमा दाबी गरेका छन्, ‘अझै खतरनाक कुरा त राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो।’

2030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका