जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एनएमबी बैंकले BO2 र बकस रिन्युएबलको सहकार्यमा वायोमास पेलेट परियोजनामा लगानी

एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड वरावरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।

बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशनद्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेडले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा रु.५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरहरुद्धारा रु.५ करोड वरावरको लगानी रहेको छ । एनएमबी बैंकले प्रदान गर्ने रु १६ करोड वरावरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने कार्यमा र चालु पुँजीमा उपयोग गर्ने छ ।

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडिको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ । बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ ।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९,८२४ मेट्रिक टन वरावरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडिहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ ।

वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडि जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्बन्धी संझौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।

यस कार्यक्रमवारे जानकारी प्रदान गर्न आयोजना गरिएको भर्चुअल प्रेस बैठकमा बोल्दै विजनेश अक्सीजनका प्रमुख कार्यकारी अधिकृत सिद्धांतराज पाण्डेले भने “यो हाम्रा लागि अत्यन्त उत्साहजनक लगानी हो । यसवाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुुक भित्र नै कोईलाको विकल्प तयार हुने छ ।

सो अवसरमा बकस रिन्युएवल ईनर्जी प्रा. लि. का अध्यक्ष सन्तोषमणि नेपालले भने “यो परियोजना नेपालको लागि अत्यन्त्य सान्दर्भिक छ । यसले वन डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष ईन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरुलाई रोजगारी प्रदान गर्न यस प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने छ। ”

बकस रिन्युएवल ईनर्जी प्रा. लि. का कार्यकारी निर्देशक श्री कुवेरमणि नेपालले “ईन्धनमा परनिर्भरता भएको हाम्रो देशले विगतमा भएका नाकाबन्दीका कारण नेपालीले जुन दुःख सहनु पर्यो त्यो अत्यन्तै दुःखदायि सम्झना छ र सोबाट पाठ सिक्दै नेपालले आप्mना देशमा खेर गईरहेको वायोमास उपयोग गरी नविनतम प्रविधिको प्रयोगबाट वैकल्पिक ऊर्जा उत्पादन गर्नु आजको आवश्यकता भएको वताए । ”

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले एनएमबी बैंकले उक्त सहकार्यसँगको विषयमा आफ्नो धारणा अघि सार्दै भने “कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन गर्ने लक्ष्य भएको द्यइद्द को लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाऊँदा अत्यन्त गौरवान्वित छौं ।

एनएमवि वैक पार्टनरसिप फर कार्वन अकाउन्टीङ्ग फाईनान्सियलकोएशियाबाट प्रतिनिधित्व गर्दैनिर्देशक समितिको सदस्य रहेको, गुणस्तरीय वैकिंग सम्वन्धी ग्लोवल एलायन्स फर बैंकिङ अन भ्याल्लूजको सदस्य समेत भएको नाताले हाम्रो व्यवसायिक अवधारणामा नवीकरणीय ऊर्जाका परियोजनाहरू, साना तथा मझौला उद्योगहरु, कृषि व्यवसाय र पर्यावरणीय सुरक्षामा केन्द्रित परियोजनाहरू प्राथमिकता भित्र पर्ने गर्दछन् ।

यस्ता परियोजनाहरूले वास्तविक रुपमा समाजको तल्लो तहसम्म पुगि विपन्न वर्गको जिवन रुपान्तरण गर्ने छन भन्ने अपेक्षाका साथ भविष्यमा पनि हामी यस्ता थुप्रै परियोजनाहरूमा लगानी गर्ने छौ भन्ने समेत विश्वास लिएका छौं ।”

एसबिआई बैंकको गैडाकोटमा ब्रान्चलेस बैंकिङको भर्चूअल माध्यमबाट उद्घाटन

नेपाल एसबिआई बैंकले गैडाकोट स्थित ब्रान्चलेस बैंकिङ आउटलेटको भर्चूअल माध्यमबाट उद्घाटन गरेको छ । भारतीय राजदुताबासका डिफेन्स अट्याची कर्णेल अवनीश चाम्बियाल तथा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे द्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत तथा नायब प्रमूख कार्यकारी अधिकृत शूभकान्त कानूनगो, प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत (डेजिग्नेट) यादभेंद्र कांत तथा प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त का साथै भारतीय राजदुताबासका सहायक मिलिटरी अट्याची मेजर पंकज सिंहको उपस्थिति थियो ।

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ । मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् । सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले बताउनुभयो ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सवारीसाधनले सिट क्षमताअनुसार यात्रु राख्न पाउने हुँदा बढी भाडा लिन नपाउने भएका हुन् । सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो । सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ । अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प नभएको सूचना अधिकारी डा भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डको पालना भए÷नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ ।”

काउन्सिलका अनलाइन उजुरीबाहेक सबै सेवा बन्द

प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह आजदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को सङ्क्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले काउन्सिलका चार जना कर्मचारीलाई सङ्क्रमण देखिएकाले अन्य कर्मचारीमा समेत सङ्क्रमणको भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै दशैँ अगाडि सबै सेवा स्थागित गरिएको जानकारी दिनुभयो । “दशैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड– १९ को सङ्क्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट अनलाइन उजरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ”, जारी सूचनामा भनिएको छ । काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकलाई सङ्क्रमण देखिएको छ ।

खराब कर्जाको धितो लिलामी नहुँदा बैंक र वित्तिय संस्थाका सीइओसाबहरु तनाबमाः कोरोना भाइरसका कारण जग्गा किन्नेहरु भेटिन छाडे ?

विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट अदृश्यरुपमा आएको कोरोना भाइरस (कोभिड–१९)ले अहिले हाम्रो देशमा नेपाल कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै गएको छ भन्दा फरक पर्दैन ।

नेपालमा कोरोना भाइरसबाट १ लाख भन्दा बढि बिरामी परेका छन् भने ७ सय भन्दा बढिको दुखद निधन भएको छ । यस्तो विषम र विपतका बेला पनि जीवनलाई जोखिममा राखी सेवा दिइरहेका बंैक र वित्तिय संस्था भित्र पनि कोरोना भाइरसको उच्च जोखिम बढेको भेटिएको छ ।
भनिन्छ ३ हजार भन्दा बढि बैंकरहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

नेपालकै ठुलो नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई समेत कोरोना पुष्टी भएको भेटिएको छ । अर्को ठुलो विकास बैंक महालक्ष्मी विकास बैंकका सीइओ सागर शर्मालाई पनि कोरोना पुष्टी भएको छ । बैंक र वित्तिय क्षेत्रका उच्च कर्मचारीदेखि गार्ड सम्मलाई कोरोनाले घेरेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

यस्तो अप्ठ्यारो र कठिन अवस्थामा पनि कर्जा दिने डिपोजिट लिने देखि खराब कर्जाका धितो लिलामी गर्ने काममा बैंक र वित्तिय संस्था लागि परेको देखिन्छ । नेपालका २७ वाणिज्य बैंक र दर्जनौ विकास बैंकहरुले दिनै पिच्छै खराब कर्जँका ऋणीहरुको तीन पुस्ते धितो लिलामीका सूचना प्रकाशन गरेको भेटिएको छ ।

तर, कोरोना कहरका कारण बैंक र वित्तिय संस्थाहरुले लिलामी गरेका सयौं घर जग्गा किन्ने व्यक्ति भेटिएका छैनन् भन्दा पत्याउन गाह्राँे होला तर, यो पनि सत्य हो ।

कोरोना कहरका कारण व्यापार र व्यवसाय ठप्प छ । आम्दानी छैन हुने खानेको चुलो बलेको छ । तर, हुँदा खानेहरुको चुलो अझै बलेको छैन ।
अधिकाशं बैंकहरुले कोरोना कहरबीच नै ऋणीहरुको ऋण असुली गर्न घर जग्गा धितो लिलामीका सूचना प्रकाशन गर्दैछन् । तर, कोरोना भाइरसको असरका कारण घरजग्गा व्यवसाय पनि ठप्प छ । बैंकहरुको धितो लिलामीका घर जग्गा विक्री हुन छाडेका छन् ।

पछिल्लो समय विभिन्न पत्र पत्रिकामा देखिने प्रायः सुचनाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई ताकेता गर्दै ऋण तिर्ने भाका दिएका सुचना हुन् । साथै यी सुचनाहरुमा कतिपय सुचना गैर बैंकिङ सम्पत्ति अर्थात् ऋण दिएको समयावाधि सकिएछि लिलामी गरिएका धितो बिक्री हुन्छन् भन्दा फरक पर्दैन ।

बैंक तथा वित्तीय सस्थाले कर्जा डिफल्ट भएको न्यूनतम १ वर्षदेखि २÷३ वर्षमा धितो लिलामी गरी त्यसको गोप्य शिलबन्दी बोलपत्र आह्वान गर्ने गर्दछ । विगत लामो समय लकडाउन र निषेधाज्ञा पछि भने प्रायः बैंक तथा वित्तीय संस्थाले यस्ता ऋण असुलीका प्रक्रिया तीब्र पारेका छन् । साथै यसबीच धेरै ऋणीका धितो लिलामी समेत गरी बैंक वित्तीय सस्थाले गोप्य शिल्बन्दी बोलप्रत्र आह्वन गरेको देखिन्छ ।

बैंकहरुले ऋण असुलीको प्रक्रिया तीब्र पारेपनि लिलामी गरिएको धितो बिक्री गरी ऋण असुल गर्न अहिले बैंकहरुलाई दबाब परेको देखिन्छ ।
कोरोना भाइरसका कारण घर जग्गाको मूल्य घटेको समयमा बैंकहरुले लिलामी गरको धितोको मुल्यांकन अनुसारको मुल्यमा बिक्री नभएको हुँदा पटक पटक बोलपत्र सुचना प्रकाशित भएको भन्न सकिन्छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले डिफल्ट भएका कर्जाको वर्गिकरण गरी सोही अनुसार प्रोभिजन गर्नु पर्ने बाध्यताकै कारण धितो लिलामीमा राख्ने प्रचलन देखिन्छ । ऋणको साँवा र ब्याज तिर्न भाखा नाघेका ३ महिनापछिसम्म सुष्म निगरानी (वाच लिस्ट) सुचीमा राखी त्यसमा ५ प्रतिशत प्रोभिजन गर्नु पर्ने हुन्छ ।

यस्तै, तीन महिनादेखि ६ महिनासम्म साँवा र ब्याज तिर्न भाखा नाघेका कर्जालाई कमसल वर्गमा राखी त्यसमा २५ प्रतिशत प्रोभिजन गर्नु पर्छ । साथै, ६ महिनादेखि एक बर्षसम्म सावाँ ब्याज भुक्तानी नभएको कर्जालाई शंकास्पद वर्गमा राखी ५० ५० प्रतिशत प्रोभिजन गर्नु पर्छ ।

एक बर्षभन्दा बढी अवधिमा साँवा ब्याज नउठेमा त्यस्तो कर्जालाई खराब कर्जाको वर्गमा राखी कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको देखिन्छ ।

खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकले ३५ दिने, १५ दिने र ७ दिने गरी ऋण तिर्न आउने सुचना प्रकाशित गर्न पाउँछन् । सो भन्दा अगावै पनि बैंकहरुले ऋणीलाई आन्तरिक रुपमा नै ऋण तिर्न आउने ताकेताको पत्र पठाउने गर्दछ । यी सबै प्रक्रिया पुरा गरि धितो लिलामीका सूचना दिन दुई गुना रात चौगुना बैंकहरुले प्रकशन गरेपनि घर जग्गा किन्ने ग्राहक नपाएपछि बैंकहरुका सीइओसावहरु तनावमा परेको छन् । भन्दा फरक पर्दैन । ऋणीको धितो विक्री नभए कर्जा प्रोभिजन हुन्छ र बैंकहरुको नाफा मात्रै घट्दैन खराब कर्जा बढ्ने र बैंकका सूचकहरु विग्रीन गर्दछन् । यसकारण बैंकहरु आत्तिएको देखिन्छ । सचेत भया ।

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण ऋण दिने

एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण दिने भएको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई सो सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्तान्तरण गरेका छन् ।
बैंकले हाल ७ ओटै प्रदेशमा गरी ९८ शाखा कार्यालय , ३० राजश्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा एटीएम काउन्टर मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्युआर कोड मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरेकाे क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेकाे छ । बैंकले देशभरकाे ९१ शाखामा याे सेवा सुरु गरेकाे हाे ।

यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाखसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।

खसी, बोका, भेंडा, च्याङ्ग्राः रातो हैन हरिया

काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशँैका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।
कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए÷नआएको, नाकबाट सिँगान बगे÷नबगेको, झोक्राएको÷नझोक्राएको, पातलो दिसा भए÷नभएको, चोटपटक भए÷नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।

चौपाया खरीदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडाँैंमा ६० हजार खसीबोकाको माग भयो भने पूरा गराउन सकिन्छ । चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । काठमाडौंँको ठूलो खसी बजार भनेको कलङ्की हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे ।
कामपाका कलङ्की र टुकुचामा खसी बजार छ ।

यसै गरी बडादशैँका बेला काठमाडाँैंकै आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । स्वच्छ मासुका लागि काठमाडाँैं भित्रिने नाका नागढुङ्गा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ । काठमाडौंँ ल्याइने च्याङ्ग्राहरुको सङ्कलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौंँ चौपाया खरीदबिक्री प्रालिले यसपटक दशँैमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।

न्यादीफिदी जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा चार वटा बैंकले लगानी गर्ने भएका छन् ।

नर्थ समिट हाइड्रो प्रालिले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो ।

लगानी सम्झौतापछि आयोजनामा बैंकहरुको तर्फबाट हुने ऋण लगानी ७५ प्रतिशत पुगेको आयोजनाका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले जानकारी दिए । यस्तै शेयरधनीहरुको तर्फबाट २५ प्रतिशतले हुन आउने रकम भने शेयर लगानी हुने कम्पनीले जनाएको छ । लगानी सम्झौतापछि बैंक र सर्वसाधारणको शेयरसमेत गरेर आयोजनाको कुल लगानी ४ अर्ब ११ करोड पुगेको छ ।

आयोजनाको लागि पहँुच मार्ग निर्माणको काम गत वर्षदेखि नै जारी छ । तीन वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको तादीकुना (खुदी) सबस्टेसनवाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको चौथो वर्षमा प्रवेश

सिटिजन लाइफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।
इन्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’ योजना ल्याएको छ ।

सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

साथै नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् ।

विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।

ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउनुहुन्छ । “विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन्”, उहाँ भन्नुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नै घर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउनुहुन्छ । “विगत एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ”, उहाँ भन्नुहुन्छ । विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यकरूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादा पोशाकमा आठवटा टोली प्रहरी खटाएको छ । यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवसायीहरु बन्दाबन्दीका कारण छ महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउनुहुन्छ । “अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नै घर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दशैँ मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान छ”, उहाँ भन्नुहुन्छ । सरकारी तथ्याङ्कअनुसार बन्दाबन्दी पहिले नै झण्डै सात लाख यात्रुले उपत्यका छोडिसकेका छन् ।

यस्तै पर्यटक बसमा पनि कोभिड–१९ र बन्दाबन्दीको असर परेको छ । दशैँको समयमा दैनिक दुईदेखि तीन हजार यात्रु बोकेर पोखरा, चितवन, लुम्बिनी र जनकपुर जाने गरेको पर्यटक बसमा यतिबेला यात्रु छैनन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव दीपेन्द्र अधिकारी दशैँको समयमा समेत यात्रु नभएको गुनासो गर्नुहुन्छ । “विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म दैनिक दुई÷तीन हजार पर्यटक बसमा उपत्यका बाहिरिने गरे पनि यो वर्ष दैनिक २० देखि ५० यात्रुमात्र बाहिरिएका छन्”, उहाँ भन्नुहुन्छ ।

सिटिजन्स बैंकले तिनाउ डेभलपमेन्ट बैंक प्राप्ति गर्ने

सिटिजन्स इन्टरनेशनल बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । शनिबार भएको सम्झौता अनुसार सिटिजन्स इन्टरनेशनल बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो ।

शनिबार भएको प्ररम्भिक सम्झौतामा मर्जर तथा प्राप्तिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट संयोजक राजेन्द्रप्रसाद ओझाले संयसक्त रुपमा हस्ताक्षर गरेका छन् ।

हाल तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स इन्टरनेशनलको चुक्तापँुजी ९ अर्ब ८ करोड रहेको छ । दुई बैंकको एक आपसमा गाभिएपछि निक्षेप १ खर्ब १५ अर्ब र ऋण लगानी ९८ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ ।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (Due Diligence Audit) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।