जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने

एनएमबि बैंकका ग्राहकले सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ। बैंकको भिसा डेबिट र क्रेडिट कार्डबाट सामान किन्दा यो छुट पाउनेछन्।

बैंक र सिजीबीच भएको सहमति अनुसार यो छुट पाइने भएको हो। बैंकले दसै किनमेलमा सहज बनाउन यो सम्झौंता गरेको जनाएको छ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

एनसेलले महिलाका लागि ल्यायो गो सिम, ९९ रुपैयाँको सिममा बण्डल, बोनस, आपतकालीन सुविधासम्म

एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाका साथ ‘गो सिम’ ल्याएको छ।

आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधा भएको यो सिम महिलाहरुका लागि ल्याइएको हो ।

यो सिम ग्राहकले कार्तिक १ देखि नजिकैको एनसेल सेन्टर वा खुद्रा बिक्रेताबाट ९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ।

गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स,  सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्म निःशुल्क सुचारु गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १०० रुपैयाँ वा त्यसभन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। यसरी प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

महिलाहरुका लागि विषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं, एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने। उनले बन्डल सेवादेखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थामा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाह रहेको समेत जानकारी दिए।

यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो। यसले महिला वर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास हामीले लिएका छौ,  श्रीवास्तवले भने।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

सिम लिने ग्राहकका लागि आपतकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ। यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्समा ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस सेवा लिन सक्ने पनि कम्पनीले जानकारी दिएको छ। ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको करसहित १० रुपैयाँ मात्रै मेन ब्यालेन्सबाट काटिने छ।

त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विषेश सुविधा पनि रहेको छ। जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफुले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन्।

गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स१७१८०ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प। प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ।

ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्ने पनि एनसेलले जानकारी दिएको छ। यो सेवा ग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

गो सिम प्रयोगगर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा समेत छ। यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् कम्पनीको विश्वास छ।

मृतकको परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्स कम्पनी तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत रु १४ लाख प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगार (म्यादी) बीमाअन्तर्गत रकम राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य तथा व्यास –१ का वडाध्यक्ष खरसिं दरैले पीडित परिवारलाई शनिबार हस्तान्तरण गरेका थिए । गत वैशाखमा वैदेशिक रोजगारका क्रममा बीमित पन्थको कतारमा निधन भएको थियो ।

चेक रकम हस्तान्तरण गर्दै सांसद पन्थले बीमा गर्दा  सजिलो भए जस्तै दावी भुक्तानी गर्दा पनि विनाझण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिएका थिए ।

वडाध्यक्ष दरैले बीमितको निधनपछि परिवारमा हुने अर्थाभाव कम गर्न पनि जीवन बीमा आवश्यक रहेको बताए । कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले  जीवन बीमा अहिलेको पस्थितिमा अपरिहार्य भएको बताउँदै कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै व्यावसायिक सफलता प्राप्त गरेको जानकारी गराएका थिए ।

बीमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा रु एक लाख, किरिया खर्चबापत रु एक लाख, आय नोक्सानीबापत रु दुई लाख र बीमाङ्क रु दश लाख गरी कूल रु १४ लाख बराबरको चेक मृतकका बुबा भोलानाथ र श्रीमती निर्मलालाई हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ । सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि रासससँग कुरा गर्दै उपाध्यक्ष डा कँडेलले द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताउनुभयो । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उहाँको भनाइ थियो ।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताउनुभयो । उहाँले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत विभिन्न सडकखण्डलाई फाराकिलो बनाउने, मोड घटाउन सुरुङ खन्ने र दूरी कम गर्न द्रुतमार्गसँग पहुँच स्थापना गर्ने कामका लागि थालेको पहल विकास निर्माणको आवश्यक प्रक्रिया भएकाले नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताउनुभयो । “प्रदेशले हेटौँडा–काठमाडौँको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ”, विज्ञ थपलियाले भन्नुभयो ।

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ । हाल पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाडौँ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उहाँको भनाइ छ । ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उहाँ बताउनुहुन्छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउनुहुन्छ । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रको काम शुरु हुने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको र भैँसे–भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो ।

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

उक्त सभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५÷७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

दशैंका लागि खाद्य व्यवस्था कम्पनीले कात्तिक ३ गतेदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री शुरु गर्ने भएको छ ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।

त्यस्तै २ हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस वर्ष दाङको तुल्सिपुर, हेटौंडाबाट १ हजार वटा खसीबोका ल्याइएको उनले बताए ।

कम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको हो । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई विक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए ।

मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने पनि उनको भनाइ छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण शुरु गरेको थियो ।

उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दशैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँगाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६०० आर आर

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६ सय आर आर लाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

यस बाइकमा ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६ सय आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४,५०,००० निधारण गरिएको छ ।

सनराईज बैंक लिमिटेडमा फेरि लफडा अध्यक्ष दुगडका दर्जनौ प्रस्ताव बैंक सञ्चालक समितिद्वारा अस्वीकृतः सीइओ पौड्यालको पद फेरि धरापमा ?

नेपालका २७ वाणिज्य बैंक मध्ये एउटा बैंक जो सधैं चर्को विवादमा फस्दै आएको छ । त्यो बैंक हो सनराईज बैंक भन्दा फरक पर्दैन ।
विवादै विवाद बीच सनराईज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बन्न पुगेका जनक शर्मा पौड्यालको पद फेरि धरापमा पुगेको देखिन्छ । गत साता सनराईज बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडले १ दर्जन प्रस्ताव राखे तर, एउटा पनि उनीका प्रस्ताव बैंकको सञ्चालक समितिले पारित गरेन ।


पूर्व अर्गमन्त्री डा.युवराज खतिवडाको चर्को दवाव पछि राष्ट्र बैंकको नयाँ नेतृत्वले सीइओ पौड्याल र बैंक सञ्चालक समिति बीचको विवाद साम्य गरिदिएपछि सनराईज बैंकका सीइओ पौड्यालले काम गर्ने वातावरण बन्ने आशा राखेका बैंक उच्च कर्मचारीहरुमा फेरि तनाब शुरु भएको छ । भन्दा अब चाहि फरक पर्दैन ।
सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले गत साता भएको सञ्चालक समितिको बैठकमा तीनवटा महत्वपूर्ण प्रस्ताव तत्कालै पास गर्नु पर्ने भन्र्दै प्रस्तुत गरे ।

प्रस्ताव नम्बर १
प्रस्ताव नम्बर १ मा थियो सीइओ जनक शर्मा पौड्यालको कर्जा लिमिट १० करोड पु¥याई दिने । तर, यो प्रस्तावलाई पारित भएन अध्यक्ष मोतिलाल दुगड बाहेक अन्य ५ जना सञ्चालकले आपत्ती जनाउदै अधिकार सीइओलाई दिनु नहुने भन्दै छलफल नै अगाडी बढाउन नसकिने धारणा प्रस्तुत गरेको भेटिएको छ ।

प्रस्ताव नम्बर २
बैंक अध्यक्ष मोतीलाल दुगडले बैंकका ४ जना डिजिएम आरती राणा, अपच यादव र रविन शर्मा, सर्वेन्द्र मिश्र मध्येबाट ग्लोबल आईएमई बैंकबाट सीइओ जनक शर्मा पौड्यालले ल्याएकी आरती राणालाई डिपुटी सीइओको प्रस्ताव राखेपछि अन्य ५ जना सञ्चालकले आरती राणालाई डिपुटी सीइओ दिन नसकिने र उनीभन्दा अन्य सिनियरलाई प्रस्ताव गर्न भन्दै आपत्ती जनाएको एक सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए ।

प्रस्ताव नम्बर ३
सनराईज बैंकमा दक्ष र अनुभवी अन्य बैंकका कर्मचारी उच्च पदमा ल्याउने बारे बैंक अध्यक्ष दुगडले राखेको प्रस्ताव पेश गरेपछि चर्को विवाद शुरु भएका कारण अध्यक्ष दुगडले बैंठक स्थगित गर्दै वाहिरिएको ती सञ्चालकले पंक्तिकारलाई बताए ।

जब पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको अर्थमन्त्रीको पद गयो । त्यसपछि फेरि सनराईज बैंकमा लफडा शुरु भएको भन्दा फरक पर्दैन । विगतमा भएको विवादपछि सनराईज बैंकमा एक सञ्चालकको पद खाली छ । ६ जनाको बोर्डमा अध्यक्ष एकतीर र ५ जना सञ्चालक अर्कोतीर भए पछि सीइओ जनक शर्मा पौड्यालको जागिर फेरि धरापमा परेको देखिन्छ ।

एक सञ्चालकले भनेः– काम भन्दा बढि सञ्चार माध्याममा अन्र्तवार्ता दिने र आफ्ना नजिकका पूर्ववर्ती ग्लोबल आईएमई बैंकका कर्मचारी बैंकमा भित्र्याउने पूराना र दक्ष सनराईज बैंकका कर्मचारीहरुलाई विश्वासमा नलिने सीइओ पौड्यालकै कारण बैंकमा सधैं विवाद बढेको उनीले दाबी गरे ।

उनीले दाबी गर्दै भने अध्यक्ष दुगड र सीइओ पौड्याल बीच मात्रै सर सल्लाह गरि बैंक एकलौटी तरिकाले फेरि चलाउन थालिएकोले अब अध्यक्ष दुगडले नै राजिनामा दिएर बाटो खुल्ला गर्न आफूहरुले आग्रह गरेको उनीले दाबी गरे ।
ती सञ्चालकको भनाई सापटी लिने हो भने अब बैंक अध्यक्ष मोतीलाल दुगडले राजीनामा गर्दैछ र सीइओ पौड्यालको पद संकटमा फस्ने छ भन्न सकिन्छ ।

ती सञ्चालले भने अहिले सनराईज बैंकका सीइओ पौड्याललाई सीइओ पद नखाउ भने दिनभरीको शिकार खाउ भने बाबुको अनुहार भने जस्तै भएको छ । ५ जना सञ्चालकहरुले केही पूर्व बैंकरहरुलाई सीइओ बनाउन प्रस्ताव समेत गरेको स्रोतको दाबी छ ।
सीइओ नियुक्ती देखि पटक÷पटक विवाद भएपनि महंगो जागिर नछोडेका बैंकका सीइओ जनक शर्मा पौड्यालकै कारण ५ जना सञ्चालक एकातीर अध्यक्ष दुगड एक्लै भएपनि अब अध्यक्षले नै आफ्नो पद बचाउन सीइओलाई राजीनामा गराउने सम्भावना समेत बढेको बैंक उच्च स्रोतको दाबी छ ।

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको पावर लगाएर सनराईज बैंक पुगेका सीइओ जनक शर्मा पौड्यालले खराब कर्जा घटाउन नसकेको मनपरी तरिकाले जुनियर कर्मचारीहरुलाई सनराईज बैंकमा २ पद माथी ल्याएको, पुराना दक्ष र अनुभवी कर्मचारीहरुलाई विश्वास नगरेको, ३÷४ जनाको कोरटिम बनाएर बैंकका महत्वपूर्ण निर्णय गर्ने गरेको, बैंकका अध्यक्ष मोतीलाल दुगड बाहेक अन्य ५ जना सञ्चालकहरुलाई मतलब नदिएको जस्ता आरोप लाग्दै आएका छन् ।

यस्ता गम्भीर र संघिन आरोप लागेपनि सीइओ पौड्यालले महंगो जागिर छोड्न भने सकेका छैनन् । कारण हो आफूले ल्याएका ३ जनाको जागिर पनि संकटमा पर्ने कारण । कहिले रातारात लकडाउनमा बैंकको सवारी पास र कार्ड दुरुपयोग गर्दै गर्भनरलाई राती ११ः३० बजे बधाई दिने काम होस् वा तत्कालीन अर्थमन्त्री डा. खतिवडाको छोरा तिलक खतिवडाालाई तत्कालीन जनता बैंकबाट २ तह बढुवा गरि सनराईज बैंक भित्र्याउँदा होस् । सीइओ पौड्याल सधै विवादमै परेका व्यक्ति हुन् भन्दा फरक पर्दैन । सचेत भया ।

महान चाड बडादशैं शुरु, आज घटस्थापना

आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।

घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित

माछापुच्छ्रे बैंकको असोज ३० मा बसेको संचालक समितिको बैठकले बैंकको २२ औं बार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । कोभिड कहरको संक्रमणमा भईरहेको बृद्धि तथा आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा हाललाई स्थगित गर्ने निर्णय गरिएको हो । बैंकको २२ औं साधारण सभा मिति २०७७ कार्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो ।

साथै, उक्त बार्षिक साधारण सभा स्थगित हुँदा कोभिड कहरको कारण आम सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी पछि वस्ने बैंकको बाईसौं बार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई रु. २४,१०,८०,६६०.२५ (अर्थात चुक्ता पूँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको जनाएको छ ।

बैंकले शेयरधनीलाई आर्थिक बर्ष २०७६÷७७ को मुनाफाबाट रु.२८,५०,६४,७४४.०० (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र रु.५९,४६,१६,९३१.०० (अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सनराइज बैंकले F1 soft सँंग सहकार्यगरी चाडपर्व बिशेष योजना ल्यायो

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले  F1 soft संग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग Sunrsie Smart Appमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५गते सम्मको लागी यो योजना ल्याएको हो ।

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू.१ का दरले सामाजिक उत्तदायित्वका लागि प्रदान गरिने

एन आई सी एशिया बैंकले एक उत्तरदायी कर्पोरेट नागरिकको कर्तव्य निर्वाह गर्दै देशका विभिन्न सामाजिक क्षेत्रमा अमुल्य योगदान गरिरहेको सन्दर्भमा नजिकिदै गरेको वडादशैंको अवसरमा Celebrate for Cause सामाजिक उत्तरदायित्व योजना ल्याएको छ । यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) बाट QR, Utility, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिनेछ ।

ग्राहक महानुभावहरूको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन ‘Celebrate for Cause योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो ।

करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्नुहुने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ । COVID-19 को महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्नेछ ।

मोबाइल बैंकिङ्गबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै ठूलो जनमानसलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यस योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले ल्याएको यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ ।

हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा त्तच् भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहक महानुभावहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नुहुनेछ । साथै अनलाइन किनमेललाई प्रोत्साहन गर्न Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोज देखि १ कार्तिक २०७७ सम्म समेत बैंकले सञ्चालन गरिरहेको छ । बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पु¥याउने लक्ष्य लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।