जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • खराब कर्जाको धितो लिलामी नहुँदा बैंक र वित्तिय संस्थाका सीइओसाबहरु तनाबमाः कोरोना भाइरसका कारण जग्गा किन्नेहरु भेटिन छाडे ?

खराब कर्जाको धितो लिलामी नहुँदा बैंक र वित्तिय संस्थाका सीइओसाबहरु तनाबमाः कोरोना भाइरसका कारण जग्गा किन्नेहरु भेटिन छाडे ?

विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट अदृश्यरुपमा आएको कोरोना भाइरस (कोभिड–१९)ले अहिले हाम्रो देशमा नेपाल कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै गएको छ भन्दा फरक पर्दैन ।

नेपालमा कोरोना भाइरसबाट १ लाख भन्दा बढि बिरामी परेका छन् भने ७ सय भन्दा बढिको दुखद निधन भएको छ । यस्तो विषम र विपतका बेला पनि जीवनलाई जोखिममा राखी सेवा दिइरहेका बंैक र वित्तिय संस्था भित्र पनि कोरोना भाइरसको उच्च जोखिम बढेको भेटिएको छ ।
भनिन्छ ३ हजार भन्दा बढि बैंकरहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

नेपालकै ठुलो नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई समेत कोरोना पुष्टी भएको भेटिएको छ । अर्को ठुलो विकास बैंक महालक्ष्मी विकास बैंकका सीइओ सागर शर्मालाई पनि कोरोना पुष्टी भएको छ । बैंक र वित्तिय क्षेत्रका उच्च कर्मचारीदेखि गार्ड सम्मलाई कोरोनाले घेरेको भेटिएको छ । भन्दा फरक पर्दैन ।

यस्तो अप्ठ्यारो र कठिन अवस्थामा पनि कर्जा दिने डिपोजिट लिने देखि खराब कर्जाका धितो लिलामी गर्ने काममा बैंक र वित्तिय संस्था लागि परेको देखिन्छ । नेपालका २७ वाणिज्य बैंक र दर्जनौ विकास बैंकहरुले दिनै पिच्छै खराब कर्जँका ऋणीहरुको तीन पुस्ते धितो लिलामीका सूचना प्रकाशन गरेको भेटिएको छ ।

तर, कोरोना कहरका कारण बैंक र वित्तिय संस्थाहरुले लिलामी गरेका सयौं घर जग्गा किन्ने व्यक्ति भेटिएका छैनन् भन्दा पत्याउन गाह्राँे होला तर, यो पनि सत्य हो ।

कोरोना कहरका कारण व्यापार र व्यवसाय ठप्प छ । आम्दानी छैन हुने खानेको चुलो बलेको छ । तर, हुँदा खानेहरुको चुलो अझै बलेको छैन ।
अधिकाशं बैंकहरुले कोरोना कहरबीच नै ऋणीहरुको ऋण असुली गर्न घर जग्गा धितो लिलामीका सूचना प्रकाशन गर्दैछन् । तर, कोरोना भाइरसको असरका कारण घरजग्गा व्यवसाय पनि ठप्प छ । बैंकहरुको धितो लिलामीका घर जग्गा विक्री हुन छाडेका छन् ।

पछिल्लो समय विभिन्न पत्र पत्रिकामा देखिने प्रायः सुचनाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई ताकेता गर्दै ऋण तिर्ने भाका दिएका सुचना हुन् । साथै यी सुचनाहरुमा कतिपय सुचना गैर बैंकिङ सम्पत्ति अर्थात् ऋण दिएको समयावाधि सकिएछि लिलामी गरिएका धितो बिक्री हुन्छन् भन्दा फरक पर्दैन ।

बैंक तथा वित्तीय सस्थाले कर्जा डिफल्ट भएको न्यूनतम १ वर्षदेखि २÷३ वर्षमा धितो लिलामी गरी त्यसको गोप्य शिलबन्दी बोलपत्र आह्वान गर्ने गर्दछ । विगत लामो समय लकडाउन र निषेधाज्ञा पछि भने प्रायः बैंक तथा वित्तीय संस्थाले यस्ता ऋण असुलीका प्रक्रिया तीब्र पारेका छन् । साथै यसबीच धेरै ऋणीका धितो लिलामी समेत गरी बैंक वित्तीय सस्थाले गोप्य शिल्बन्दी बोलप्रत्र आह्वन गरेको देखिन्छ ।

बैंकहरुले ऋण असुलीको प्रक्रिया तीब्र पारेपनि लिलामी गरिएको धितो बिक्री गरी ऋण असुल गर्न अहिले बैंकहरुलाई दबाब परेको देखिन्छ ।
कोरोना भाइरसका कारण घर जग्गाको मूल्य घटेको समयमा बैंकहरुले लिलामी गरको धितोको मुल्यांकन अनुसारको मुल्यमा बिक्री नभएको हुँदा पटक पटक बोलपत्र सुचना प्रकाशित भएको भन्न सकिन्छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले डिफल्ट भएका कर्जाको वर्गिकरण गरी सोही अनुसार प्रोभिजन गर्नु पर्ने बाध्यताकै कारण धितो लिलामीमा राख्ने प्रचलन देखिन्छ । ऋणको साँवा र ब्याज तिर्न भाखा नाघेका ३ महिनापछिसम्म सुष्म निगरानी (वाच लिस्ट) सुचीमा राखी त्यसमा ५ प्रतिशत प्रोभिजन गर्नु पर्ने हुन्छ ।

यस्तै, तीन महिनादेखि ६ महिनासम्म साँवा र ब्याज तिर्न भाखा नाघेका कर्जालाई कमसल वर्गमा राखी त्यसमा २५ प्रतिशत प्रोभिजन गर्नु पर्छ । साथै, ६ महिनादेखि एक बर्षसम्म सावाँ ब्याज भुक्तानी नभएको कर्जालाई शंकास्पद वर्गमा राखी ५० ५० प्रतिशत प्रोभिजन गर्नु पर्छ ।

एक बर्षभन्दा बढी अवधिमा साँवा ब्याज नउठेमा त्यस्तो कर्जालाई खराब कर्जाको वर्गमा राखी कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको देखिन्छ ।

खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकले ३५ दिने, १५ दिने र ७ दिने गरी ऋण तिर्न आउने सुचना प्रकाशित गर्न पाउँछन् । सो भन्दा अगावै पनि बैंकहरुले ऋणीलाई आन्तरिक रुपमा नै ऋण तिर्न आउने ताकेताको पत्र पठाउने गर्दछ । यी सबै प्रक्रिया पुरा गरि धितो लिलामीका सूचना दिन दुई गुना रात चौगुना बैंकहरुले प्रकशन गरेपनि घर जग्गा किन्ने ग्राहक नपाएपछि बैंकहरुका सीइओसावहरु तनावमा परेको छन् । भन्दा फरक पर्दैन । ऋणीको धितो विक्री नभए कर्जा प्रोभिजन हुन्छ र बैंकहरुको नाफा मात्रै घट्दैन खराब कर्जा बढ्ने र बैंकका सूचकहरु विग्रीन गर्दछन् । यसकारण बैंकहरु आत्तिएको देखिन्छ । सचेत भया ।

8970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका