जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

डिजिटल दक्षिणा दिँदा उल्टै गिफ्ट भौचर पाइने

दशैंको चाड नगद रहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेन्ट आइपीएस  सँगै“भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ  । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कनेन्ट आइपीएसमा रजिष्टर गरेका बैंककाग्राहकहरुले यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ  । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

वायसको मोबाईल एप्समा रहेको “Transfer Digital Dakshinaयस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ  । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

“माक्लिकगरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिकविजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

नागरिक लगानी कोषले  १२ अर्ब ५६ करोड तीन लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेप बैंकमा राख्ने भएको छ । कोषले शुक्रबार एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।

एफएनसीसीआईको चुनाव तीन स्थानबाट हुने

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन काठमाडौंका तीन स्थानमा हुने भएको छ । मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुने महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालयसँग उपत्यकाभित्र चुनाव गराउने स्थिान माग गरेका थियौं त्यसैले जिल्ला प्रशासन कार्यालयले भने केहि किलोमिटरको दुरीमा तीन स्थान भनेर स्थान भनेको छ उनले भने । उनका अनुसार काठमाडौं जिल्लाका तीन स्थान महासंघका केन्द्रीय कार्याल टेकु, प्रज्ञाप्रष्ठिान कमलादी र ३ सयभन्दा बढी मानिस अट्ने कुनै पनि ब्याङ्केटमा हुने उनले बताए ।

उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि अनलाइनबाट शुरू हुने उनले बताए ।  उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने महासंघका उपाध्यक्ष श्रेष्ठले बताए । यस्तै १२ गते बन्द सत्र हुने आज जारी गरेको सूचनामा जनाइएको छ । १३ गते निर्वाचन हुने महासंघले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुने सूचनामा उल्लेख गरेको  छ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको उक्त दिन हुने छ । कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ ।

महासंघमा ११ सदस्यहरु छन् । महासंघका केन्द्रीय कार्यसमितिको निर्वाचनम भाग लिन ४५० जना प्रतिनिधि काठमाडौं आउने छन् । महासंघको निर्वाचनका लागि बस्तुगत संघबाट १०१ जना भोटर रहेका छन भने जिल्ला प्रतिनिधिहरु १०६ जना भोटर रहेका छन् । सबैभन्दा बढी भोटर एसोसिएट्स तर्फ रहेका छन् । करिब २५०को हाराहारीमा एसोसिएट्स तर्फबाट भोटर रहेका छन् ।

२५ मेगावाटको सेती नदी जलविद्युतको वित्तीय व्यवस्थापन, एनएमबि बैंकको अगुवाइमा लगानी

२५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजनामा एनएमबि बैंकको अगुवाइमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन्।

आयोजनालाई कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको छ। यो आयोजनाको लागत पाँच अर्ब रुपैयाँ छ।

आयोजनामा बैंकहरुले साढे तीन अर्ब लगानी गर्नेछन्। यो आयोजनासँगै एनएमबि बैंकले ४३ वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गरे १५ प्रतिशतसम्म छुट

राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गर्ने भएको छ।

बैंकले दसैं एवं तिहार लगायतका पर्वलाई लक्षित गर्दै शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पीओएस माध्यमबाट भुक्तानी सेवा शुरु गर्न थालेको विज्ञप्तिमा उल्लेख छ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ।

महामारीबाट जोगिन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। बैंकको ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ इकाइ छ ।

बलिउड चलचित्र “का पे रनसिंगम” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै, डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९ मा हेर्न सकिने ।

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगमर्” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र “का पे रनसिंगमर्” सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सक्नुहुनेछ । भने

असोज १६ गते रिलिज भएको चलचित्र “खाली पीलीर्” हेर्न चाहनुहुने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नुहुनेछ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगमर्” अथवा “खाली पीलीर्” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा  MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा सामान किन्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउने

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले  डिल आयो डट कममा सामान किन्दा २५ प्रतिशत सम्म क्यासब्याक पाउने भएका छन्।

बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा १ हजार भन्दा माथिको कारोबारमा २५ प्रतिशतसम्म वा २५ सयसम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ।

यूनियन लाईफले व्यतित बीमालेख नवीकरणमा पुरै ब्याज छुट दिने

यूनियन लाईफ इन्स्योरेन्सले व्यतित भएको बीमालेखको ब्याज छुट दिने भएको छ । यससंगै भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएकोहरुले ब्याज छुट पाउने भएका हुन् ।

ब्याज छुट पाउन असोज २८ गते देखि कार्तिक ३ गतेसम्म नवीकरण गराउनु पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी नवीकरण गराएमा शत प्रतिशत ब्याज छुट हुने छ ।

नवीकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जनाइएको छ

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

नबिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले २६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकले जानकारी दिएको छ ।

यसर्थ यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सुचना प्रकाशन गरेको ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५९९ कित्ता सस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका दुई संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्यमान संस्थापकहरुले निवेदन दिन बैंकले अनुरोध गरेको छ । शेयर खरिद गर्न चाहनेहरुले बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र कुनैपनि निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने बैकले जानकारी गराएको छ ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण, विश्व बैंकसँग ऋण स्वीकार्ने निर्णय

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।

मन्त्री पौडेलको स्वागतमा अर्थसचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीलगायत उपस्थित थिए। कोरोना भाइरस संक्रमणको सतर्कताका कारण मन्त्रीको स्वागतार्थ थोरै कर्मचारीको मात्रै उपस्थिति थियो। मन्त्रालयका सचिव ढुंगाना र राजस्व सचिव पुडासैनीले पुष्प गुच्छाले स्वागत गरेका थिए।

पदभार ग्रहणपछि मन्त्री पौडेलले कर्मचारीहरुसँग छलफल गरिरहेका छन्।

पौडेलले कर्मचारीसँग अर्थतन्त्रका बारेमा ब्रिफिङ लिएका छन्। उनले विश्व बैंकसँग ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्।

कोभिडका कारणले मन्त्रीलाई अन्य कर्मचारी कसैले पनि पुष्प गुच्छा दिएनन्। टिका, माला र खादा पनि लगाइदिएनन्।

मेगा बैंकले सुरु गर्यो मोबाइलबाटै रेमिटेन्स पठाउने सेवा, एक पटकमा एक लाख, ‘हातैमा रेमिट्यान्स’

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ।

स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी  सेवा प्रारम्भ गरेको विज्ञप्तिमा जनाएको छ। रेमिट केन्द्रहरुमा नपुगी आफैले मोबाइलबाट सिधै रकम रेमीट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ।

‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट शुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने मेगा बैंकले जनाएको छ।

एकपटकमा बढीमा १ लाख रुपैयाँसम्म रेमिट गर्न सकिने छ। प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ। तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।