जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेगा बैंकले सुरु गर्यो मोबाइलबाटै रेमिटेन्स पठाउने सेवा, एक पटकमा एक लाख, ‘हातैमा रेमिट्यान्स’

मेगा बैंकले सुरु गर्यो मोबाइलबाटै रेमिटेन्स पठाउने सेवा, एक पटकमा एक लाख, ‘हातैमा रेमिट्यान्स’

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ।

स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी  सेवा प्रारम्भ गरेको विज्ञप्तिमा जनाएको छ। रेमिट केन्द्रहरुमा नपुगी आफैले मोबाइलबाट सिधै रकम रेमीट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ।

‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट शुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने मेगा बैंकले जनाएको छ।

एकपटकमा बढीमा १ लाख रुपैयाँसम्म रेमिट गर्न सकिने छ। प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ। तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

12185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका