
मेगा बैंकले कार्तिक १ गतेबाट लागू हुने गरी सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस कुन खातामा कति ? (विवरणसहित)


नेपाल अहिले कोरोना भाइरसको महामारीसंग लडिरहेको छ भन्दा फरक पर्दैन यहि मौका र अवसर पारी नेपालका २७ वटा वाणिज्य बैंक मध्ये ३ वटा बैंकले नेपाल राष्ट्र बैंकलाई चुनौती दिँदै डिपोजिटकर्ताहरुसंग पैसा उठाएका छन् भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरलाई २०७७ असार मसान्तसम्म कुल निषेपमा तोकिदिएको सीमा मात्रै कल डिपोजिट उठाउन निर्देशन नै दिएको थियो ।
तर, प्रभु ग्रुपको ठूलो लगानी रहेको प्रभु बैंक लिमिटेड, हिमालयन सम्शेर राणा र खेतान ग्रुपको हिमालयन बैंक लिमिटेड र नेपाली समूदायको लगानीमा स्थापित प्राइम कर्मशियल बैंक लिमिटेडले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरित कल डिपोजिट उठाएको तथ्य फेला परेको छ ।

भनिन्छ बैंकहरुले कल डिपोजिट लिँदा ठूला डिपोजिटकर्ताहरुसंग ब्याजदरमा मोलमलाई (दलाली) गरिन्छ । महंंगो ब्याज बैंहरुले दिएका हुन्छ्न । यसबाट शेयरधनी र प्रमोटरहरुले पाउने लाभाशंमा सिधै असर पुग्ने देखिन्छ । यसैलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंकले डिपोजिट सीमा भन्दा बढि नउठाउन निर्देशन नै जारी ग¥यो । तर, ५ वटा वाणिज्य बैंकहले नेपाल राष्ट्र बैंकलाई नै चुनौती दिँदै कल डिपोजिट नियम र निर्देशन विपरित उठाएको देखिन्छ । कहाँ छ नेपाल राष्ट्र बैंक ? किन कारवाही अगाडी बडाउँदैन ? नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलज्यू ? यसको उत्तर हामी जस्ता निरिह शेयरधनलिाई अब तपाईलेनै दिने पो हो कि ?
नेपाल बैंकर्स संघ २७ वाणिज्य बैकहरुका सीइओ साबहरुकै छाता संस्था हो । यसैकै तथ्याङ्क हेर्दा ३ वटा प्रभु बैंक, प्राइम कर्मशियल बैंक, हिमालयन बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन विपरित सीमा भन्दा अतिनै बढि कल डिपोजिट उठाएको देखिन्छ ।

भनिन्छ नेपाल राष्ट्र बैंकले कुल डिपोजिटको हिस्सा १० प्रतिशत मात्र कायम रहने गरि २७ वाणिज्य बैंकह्रुलाई कल डिपोजिट उठाउन भनेको देखिन्छ । तर, गत भाद्र मसान्तको ३ बैंकको तथ्याङ्क हेर्ने हो भने प्राइम, प्रमु, हिमालयन बैंकले कुल डिपोजिटको १० प्रतिशत हिस्सा भन्दा बढि कल डिपोजिट उठाएर नेपाल राष्ट्र बैंकलाई नै चुनौती दिएको देखिन्छ । अर्थमन्त्रीज्यू यो कस्तो बैंकिङ्ग हो ?
नेपाल राष्ट्र बैंककै तथ्याङ्क अनुसार भदौ मसान्तसम्म प्राइम कर्मशियल बैंकले १ खर्ब २५ अर्ब ६२ करोड रुपैया कल डिपोजिटबाट उठाएको भेटिएको छ । यो कल डिपोजिटको करिब १६ प्रतिशत हो । तर, नेपाल राष्ट्र बैंकले मात्रै १० प्रतिशत उठाउन सीमा नै तोकेको देखिन्छ । प्राइम बैंकले करिब २० अर्ब पैसा कल डिपोजिटबाटै उठाएको देखिन्छ ।

अर्को प्रभु ग्रुपको लगानी भएको प्रभु बैंक लिमिटेडले भाद्र मसान्तसम्म १ खर्ब ३४ अर्ब ९९ करोड कुल निक्षेपको पैसा उठाएको छ । त्यसका १८ अर्ब १५ करोड पैसा कल डिपोजिटबाट उठाएको भेटिएको छ । यो १४ प्रतिशत हाराहारी हो भन्दा फरक पर्दैन गर्भनर साब के यी दुई बैंकलाई तपाईले नेतृत्व गरेको नेपाल राष्ट्र बैकले जरिवाना र चेतावनीको कारवाही गर्दैन । यसको उत्तर हामी खोजी रहेने छौं । हेक्का होस्
अर्को हिमालयन सम्शेर राणा र खेतान ग्रुपको लगानीको बैंक हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकलाई चुनौती दिँदै १ खर्ब ३७ अर्ब रुपैया कुल निक्षेप उठाएको देखिन्छ । यस मध्ये १३ अर्ब ८२ करोड पैसा कल डिपोजिटबाटै जम्मा गरेको तथ्याङ्क फेला परेको छ । यो कुल डिपोजिटको ११ प्रतिशत भन्न सकिन्छ । गर्भनर साब यी ४ वटा चर्चित बैंकलाई कसले र कहिले जरिवाना र चेतावनी कारवाही गर्ने हो । यसको उत्तर अर्थमन्त्रीले दिने हो कि तपाईले हो ?
नेपाल राष्ट्र बैंक भनेको बैंक र वित्तिय संस्थाको पिता (बुबा) हो । हामीले बुझेको यहि हो । तर, बुबाले भनेको छोरोले कति मान्ने कति नमान्ने कुरा आ–आफ्ना होलान् । यसो भन्दैमा एउटालाई कारवाही अर्कोलाई छुट दिन मिल्दैन ।
यी चार बैंक जसले विगत लामो समयदेखि कल डिपोजिट सीमा विपरितमा पैसा उठाउँदै आएको तथ्य फेला परेको छ । तर, नेपाल राष्ट्र बैंक किन बोल्दैन । हामी यसको उत्तर खोजी रहने छौं ।
कलडिपोजिट भन्नाले के बुझिन्छ । त्यो पनि हेरौं । केही समयका लागि उठाउने पैसालाई कल डिपोजिट भनिन्छ । ठूलो समूह, घर घरानाहरुले बैंकहरुको आग्रहमा कल डिपोजिटका खाता खोलिन्छन् र तत्कालका लागि ठूलो डिपोजिट जम्मा गरिन्छ । ती डिपोजिटकर्ताहरुले ब्याज दरको मोलमोलाई गरि ठूलो ब्याज लिने गरिन्छ । यो बैंकिङ्ग नम्स भित्रको खराब परम्परा मानिन्छ ।
राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले टेलिफोनमा पंक्तिकारसंग भने एउटा महत्वपूर्ण कुरा के छ भने कल डिपोजिटरहरुलाई बैंक र वित्तिय संस्थाहरुले बढि महत्व दिनुका साथै बढि ब्याज समेत दिएको भेटिएको छ । यो गलत र नेपाल राष्ट्र बैंकको निर्देशन विपरित हो ।
निरिह र सर्वसाधारण निक्षेपकर्ताहरुलाई कल डिपोजिटका ठूला घरघराना र समूहका डिपोजिटकर्ताका कारण ठूलो मारमा पर्ने गरेको देखिन्छ । यो बैंकिङ्ग क्षेत्रको गलत र घिन लाग्दो कार्य हो भन्दा फरक पर्दैन । सचेत भया ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।
रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।

लामो प्रतिक्षालाई चिर्दै एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ ।
एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् ।
एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहेको छ । यसमा ए१४ बायोनिक प्रोसेसर रहेको छ । आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध छ ।
एप्पलले ल्याएको आइफोन १२ मिनी यस वर्षको सबैभन्दा सानो आकारको आइफोन हो । यसमा ५.४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन रहेको छ भने आइफोन १२ मिनीमा रहेको सिक्स कोर सिपियूले यो आइफोनलाई अन्य स्मार्टफोनभन्दा ५० प्रतिशत फास्ट बनाउने दाबी एप्पलले गरेको छ।
एप्पलले ल्याएको आइफोन १२ प्रो मा ६.१ इन्चको ओएलइडी डिस्प्ले रहेको छ भने आइफोन १२ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ । दुवै आइफोनमा ए१४ बायोनिक प्रोसेसर छ ।
आइफोन १२ र १२ मिनीमा जस्तै प्रो र प्रो म्याक्समा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ । साथै यी दुई आइफोनमा लिडार स्क्यानर रहेको छ । यसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर खिच्न सहयोग गर्नेछ ।
आइफोन १२ प्रो र प्रो म्याक्स १२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज गरी ३ वटा मोडेलमा उपलब्ध हुनेछन् । प्रो को सुरुवाती मूल्य ९९९ डलर र प्रो म्याक्सको सुरुआती मूल्य १०९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १२ को सूरुवाती मूल्य ७ सय ९९ डलर तथा आइफोन १२ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर तोकिएको छ ।
सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बधबारबाट औपचारिक रुपमा काउन्टर संचालनमा ल्याएको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्धघाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बआफ्नो मोबाइलबाट नै मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन् ।
हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ्ग सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो ।
ग्राहकलाई सकेसम्म बैंकमा नआइ बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यसबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना सञ्चालनमा ल्याएको छ ।
एनआईसी एशिया बैंकले (NICA) वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता क्यास ब्यासको लाभ लिन सक्नेछन् ।
यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सकिनेछ ।
देशव्यापी कोभिड १९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकहरूलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहकहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।
बैंकले ल्याएको यस ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुसीयाली थप्न सकिनेछ ।
बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
प्राप्ती प्रस्ताव पारित गर्न नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले असोज २८ गते विशेष साधारण सभा आव्हान गरेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्डको कार्यालय दरबारमार्ग, काठमाडौं र सिटी एक्सप्रेसले केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा सभा आव्हान गरेका हुन । सभा विहान १० बजेदेखि सुरु हुनेछ । सभामा भाग लिन चाहने लगानीकर्ताहरुलाई जुम मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने दुबै कम्पनीहरुले जानकारी दिएका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकले विशेष साधारण सभा मार्फत सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्न चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतको आधारमा निर्धारण गरिएको शेयर मूल्य पारित गरी अन्तिम स्वीकृति दिनेछ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच प्राप्ती सम्बन्धी सम्झौता भदौ १७ गते भएको थियो । दुवै कम्पनीको विशेष साधारण सभाले अन्तिम सम्झौतालाई समेत अनुमोदन गर्नेछ । प्राप्ती पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको जारी तथा चुक्तापूँजी बृद्धि हुने तथा शेयर स्वामित्व पनि फेरबदल हुने हुदाँ सोहि बमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्राप्ती प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । यस आधारमा पुस २७ गतेसम्म कारोबार भई नियमानुसार नामसारी भई शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरु मात्र सिटी एक्सप्रेसको विशेष साधारण सभामा भाग लिन पाउनेछन् । त्यस्तै नेपाल इनभेष्टमेण्ट बैंकले असोज १६ गतेदेखि सभा प्रयोजनका लागि बुक क्लोज गर्ने हुदाँ बुक क्लोज भन्दा अघिल्लो कारोबार दिन कारोबार भएका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघले उपभोक्ताको स्वास्थ्यमा असर पुग्नेगरी बस्तुहरु बिक्रि भईरहेको समाचार आएपछि ध्यानाकर्षण भएको जनाएको छ । महासंघले नियमित ‘प्रेस रिलिज’ सार्वजनिक गर्दै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्री वितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको जस्ता कानुन विपरितका काम भएको गुनासोतर्फ आफ्नो ध्यानाकषण भएको जनाएको छ ।
‘कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु¥याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ महासंघले भनेको छ ।
कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट नभएको भन्दै महासंघले गल्ती गर्नेहरु कारबाहीको भागिदार बन्नुपर्ने बताएको छ । महासंघले आफ्ना सबै सदस्य संघहरूलाई व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गरेको छ ।
केही दिन अघिदेखि काठमाडौ महानगरपालिका, वाणिज्य विभाग लगायतले गरेको बजार अनुगमनका क्रममा ‘विशाल ग्रुप’ को लोकल ‘एजेन्ट’ ले म्याद गुज्रिएका बस्तुहरुमा पुनः हातैले म्याद लेखेर राख्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि नियमित जस्तो रुपमा भईरहेको अनुगमनमा व्यवसायीबाट बदमाशी भएको भेट्न थालिएपछि महासंघले नै विज्ञप्ति जारी गरेर चाडवाड लक्षित मात्रै नभई वर्षैभरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
युनाइटेड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ ।
नबिल बैंकले आफ्ना ग्राहकलाइ केवाईसी विवरण अद्यावधिक आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अध्यावधिक गर्न आग्रह गरेको हो ।
बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन अगढ़ा गरेको हो । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने बैंकले जनाएको छ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा १६ करोड रुपैयाँ बराबरका म्याद नाघेका बटर (मख्खन) भेटिएको छ। काठमाडौं महानगरपालिकाको कृषि विभागले गरेको अनुगमनमा संस्थानको दुग्ध वितरण आयोजना बालाजुमा १ लाख ९४ हजार ९ सय ७५ केजी मख्खन म्याद नाघेको फेला परेको हो।
अनुगमन टोली संयोजक महानगरका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले चार लटमा आएका सबै एकै ठाउँमा पाइएको बताए। अनुगमन टोलीका अनुसार २५ केजी तौलको बटर कार्टुनमा राखिएको पाइएको हो। संस्थागत बिक्रीका लागि प्याकेजिङ गरिएका कार्टुनमा उत्पादकको नाम लेखिएको छ। केही कार्टुनमा मिति लेखिएकै छैन।
मिति भएकोमा हातैले २०१९ डिसेम्बरका विभिन्न तारिखहरु लेखिएका छन्। फ्याट कति प्रतिशत छ भन्ने पनि उल्लेख छैन। २५ केजी तौल र २० सेन्टिग्रेडमा भण्डारण गर्दा ८ महिनासम्म प्रयोग गर्न मिल्ने लेखिएको छ। मख्खनको उपभोग्य म्याद नाघेको २ महिना बितिसकेको पाइएका छन्। गत अगष्टसम्म ती सामाग्रीको उपभोग्य मिति थियो।
विभिन्न कम्पनीसँग म्याद नाघेका बटर किनेर घ्यु बनाएर डीडीसीले बजारमा बेच्ने गरेको पाइएको भण्डारीले बताए। ‘बुधबार डीडीसीका जिएमसहितको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ। यो करिब १६ करोड रुपैयाँ बराबरको मख्खन हो,’ उनले भने।
डीडीसी बालाजुका निमित्त आयोजना प्रमुख गोविन्दराज जोशीले मखनमा ८० प्रतिशत फ्याट हुनुपर्ने बताए। उनका अनुसार भण्डारण गरिएका ती मखनमा ७८ देखि ७९ प्रतिशत फ्याट छ। ‘हेर्दा एक प्रतिशतको कुरा हो तर ठूलो परिमाणमा यसले प्रभाव पनि ठुलै पार्छ,’ उनले भने, ‘हामीले प्रयोग गर्न नसकिने भनेर केन्द्रमा पत्राचार गरेका छौं। त्यसको जवाफ कुर्दैछौं । यही कारण ठूलो परिणाममा सामान फ्रिजमा भेटिएको हो।’
डीडीसीका उत्पादनका विषयमा उजुरी र गुनासाहरु आएपछि महानगरको टोली अनुगमनका लागि पुगेको थियो। काठमाडौंका बजारमा डीडीसीका उत्पादनको ठूलो हिस्सा रहेकोले गुणस्तरमा प्रश्न उठेपछि अनुगमन गरिएको टोलीले जनाएको छ।
उपभोक्ताको स्वास्थ्यमा असर पार्ने वस्तु यसरी बरामद हुँदा नष्ट तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरिएको टोलीले जनाएको छ। अनुगमन टोलीले डीडीसी बालाजुलाई घिउ उत्पादन हुने कक्षको पूर्वाधार सुधार र सरसफाइ गर्न पनि निर्देशन दिएको छ।