जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सनराइज बैंक र आई एम ई मोटर्सबिच सम्झौता

सनराइज बैंक र आई एम ई समूहद्वारा संचालित नेपालका लागि Ashok Leyland Brand का विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेड बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आई एम ई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गर्नुभएको थियो ।

यस सहमतिपत्र अनुरुप, आई एम ई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ई.एम.आई.को आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

बैंकहरुमा कोरोना संक्रमण संख्या २५ सय ९१ ..?

कर्मचारी र तिनीहरुको परिवारमा कोरोना संक्रमण फैलिन थालेपछि बैंकका शाखा कार्यालयहरुबाट दिने सेवा अवरुद्ध हुन थालेको छ। कुनै शाखाका एक कर्मचारीलाई मात्र संक्रमण देखिँदा पनि ग्राहक र बाँकी कर्मचारीलाई नफैलियोस् भनेर शाखा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

पछिल्लो दुई सातायता कर्मचारी र उनीहरुको परिवारमा कोभिड-१९ को संक्रमण फैलिने क्रम बढी देखिएको बैंकर्स संघले जनाएको छ।

बैंकर्स संघका अनुसार, बैंकहरुमा कुल संक्रमित संख्या २५ सय ९१ पुगेको छ। यसमध्ये ७२६ जना कर्मचारीका संक्रमित परिवारका सदस्यहरु हुन्।  कुल संक्रमितमध्ये सक्रिय संक्रमित १४८१ जना छन्। ७९८ जना संक्रमणमुक्त भइसकेका छन्। तर, हरेक दिनजस्तो ८०/९० कर्मचारी संक्रमित भइरहेका छन्।

संक्रमण फैलिएर मूख्य सेवा अवरुद्ध नहोस् भन्दै बैंकहरुले अपरेशन, ट्रेजरी, जोखिम, ट्रेजरीजस्ता विभागहरु छुट्टाछुट्टै भवनमा राखेर सञ्चालन गरिरहेका छन्। यी विभागको काम पनि फरक फरक ठाउँमा बाँडेर गर्न थालिएको छ। तर शाखामा यो सम्भव हुँदैन। त्यसैले एक जना कसैलाई संक्रमण देखियो वा त्यो शाखाको कर्मचारीको परिवारलाई देखियो भने पनि शाखाको सेवा बन्द गर्नुपर्ने अवस्था आएको बैंकरहरु बताउँछन्।

लकडाउन खुलेको र निषेधाज्ञा पनि नाम मात्रको रहेकाले बैंकहरुमा निकै भिडभाड देखिन्छ। त्यसो हुँदा एक दिन विराएर शाखा खोल्न पनि समस्या भइरहेको छ।

पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन नेपालमा मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ …?

लामो प्रतीक्षा पछि सामसुङ्ग ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग शुरु भएको छ । कम्पनीले जेड फोल्ड २
मार्टडोकोमा २ लाख ४९हजार ९ सय ९९ रुपैयाँमा प्रि–बुकिङ्ग शुरु गरेको हो ।
उक्त स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन हात वेभ गर्दा शुट हुन्छ ।
प्रि– किङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँको ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुको साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउनेछन् ।

सामसुङ्ग ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुक गर्न https://cms-prd=https://cms-prd.mygalaxy-nbs.com/NP-ZFold2-Preorder/mygalaxy-nbs=com/NP-ZFold2-Preorder/ वेभसाइटमा गइ गर्न सकिनेछ । साथै, 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

आईएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने,  अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिँदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको कम्पिनले जनाएको छ ।

दीगोे स्वर्ण उत्सव– हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार

दीगोेले दीगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् ।

यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने छन् । दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुनेछ ।

दीगोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ ।

डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ ।

त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ ।

चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दीगोे कम्पनीका सिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर रहेको कम्पनीले दाबी गरेको छ ।

 

कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।

सामलिङ्ग पावरको आईपीओ विक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई बैकिङ्ग नियुक्त

सामलिङ्ग पावर कम्पनीकाे आइपिओ विक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग कम्पनि नियुक्त भएकाे छ । कम्पनिकाे प्रति शेयर अंकित मूल्य एक सय दरको १२ लाख ३० हजार कित्ता (बाह्र करोड तिस लाख) आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई बैकिङ्ग कम्पनि नियुक्त भएको हाे ।

यसका साथै कम्पनिले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई उक्त कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ ।

सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनी लिमिटेडको कम्पनीे अध्यक्ष विजय बहादुर राजभण्डारी तथा संचालक मोहनदास मानन्धर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख वित्तीय अधिकृत कृष्ण सिग्देलको उपस्थिती रहेको थियो ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाए १० कित्ता शेयर

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे भएको बाँडफाँटमा २ लाख ७३ हजार जना आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । यी आवेदकहरुले गोलाप्रथाद्धारा १० कित्ताका दरले शेयर पाएका हुन ।

यस कम्पनीको आईपीओमा ७ लाख ९६  हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयर खरिदको माग परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । यी मध्य २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्ध भएको छ । यो आईपीओ खरिदका लागि आवेदन दिने ५ लाख २४ हजार ५४ जनाको हात खाली भएको छ ।

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार कित्ता शेयर विक्री प्रबन्धकले बाँडफाँट गरेकोे हो । कुल कित्तामध्य जनरल इन्स्योरेन्सले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

माछापुच्छ्रे बैंकको २०–२० स्मार्ट योजना

स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ«े बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो ।

उक्त अफर योजना अन्तर्गत ग्राहकहरुले माछापुच्छ«े बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पिओएस मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

मुक्तिनाथ विकास बैंकद्धारा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो ।

धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा तीन नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।

पाल्पाका रैनादवी छहरा गाउँपालिका ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छवि सरा सिंजाली, रौतहटको कटहरीया नगरपालिका ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय महमद जलालुदीन हक र गुल्मी जिल्लाको मालिका गाउँपालिका ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि  मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

बैंकको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टलका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले ह्युन्डाई ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट यस किसिमको कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गर्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दुधौली नगरपालिका (सिन्धुली जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन ।

सम्झौता पछि नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । नगर प्रमुख घनश्याम राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।