जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बैंकहरुमा कोरोना संक्रमण संख्या २५ सय ९१ ..?

बैंकहरुमा कोरोना संक्रमण संख्या २५ सय ९१ ..?

कर्मचारी र तिनीहरुको परिवारमा कोरोना संक्रमण फैलिन थालेपछि बैंकका शाखा कार्यालयहरुबाट दिने सेवा अवरुद्ध हुन थालेको छ। कुनै शाखाका एक कर्मचारीलाई मात्र संक्रमण देखिँदा पनि ग्राहक र बाँकी कर्मचारीलाई नफैलियोस् भनेर शाखा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

पछिल्लो दुई सातायता कर्मचारी र उनीहरुको परिवारमा कोभिड-१९ को संक्रमण फैलिने क्रम बढी देखिएको बैंकर्स संघले जनाएको छ।

बैंकर्स संघका अनुसार, बैंकहरुमा कुल संक्रमित संख्या २५ सय ९१ पुगेको छ। यसमध्ये ७२६ जना कर्मचारीका संक्रमित परिवारका सदस्यहरु हुन्।  कुल संक्रमितमध्ये सक्रिय संक्रमित १४८१ जना छन्। ७९८ जना संक्रमणमुक्त भइसकेका छन्। तर, हरेक दिनजस्तो ८०/९० कर्मचारी संक्रमित भइरहेका छन्।

संक्रमण फैलिएर मूख्य सेवा अवरुद्ध नहोस् भन्दै बैंकहरुले अपरेशन, ट्रेजरी, जोखिम, ट्रेजरीजस्ता विभागहरु छुट्टाछुट्टै भवनमा राखेर सञ्चालन गरिरहेका छन्। यी विभागको काम पनि फरक फरक ठाउँमा बाँडेर गर्न थालिएको छ। तर शाखामा यो सम्भव हुँदैन। त्यसैले एक जना कसैलाई संक्रमण देखियो वा त्यो शाखाको कर्मचारीको परिवारलाई देखियो भने पनि शाखाको सेवा बन्द गर्नुपर्ने अवस्था आएको बैंकरहरु बताउँछन्।

लकडाउन खुलेको र निषेधाज्ञा पनि नाम मात्रको रहेकाले बैंकहरुमा निकै भिडभाड देखिन्छ। त्यसो हुँदा एक दिन विराएर शाखा खोल्न पनि समस्या भइरहेको छ।

4560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका