जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टलका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले ह्युन्डाई ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट यस किसिमको कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

9670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका