जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कोरोना बीमाको भुक्तानी हुन्छ, अफवाह फैलाउने काम भयो: बीमा गरेपछि नपाउने कुरा संसारमा कही पनि हुँदैन

नेपाल अहिले कोरोना महामारीको चर्को चपेटामा पुगेको सबैलाई सर्वविदितै छ । यस्तो विपत र विषम अवस्थामा बैंक बीमा कम्पनी यसका नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बीमा समितिले कोरोना महामारी बीच पनि काम गरिरहेको देखिन्छ । यस्तो बेला कोरोना बीमा बीमा समितिले नदिएको अफवाद फैलाउने काम भएको भन्दै बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले दुख व्यक्त गरेका छन् ।

के हो कोरोना बीमा नपाएकै हो त भनी पंक्तिकारसंग टेलिफोनमा कुराकानी गर्दा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको तर्क थियो । हामीले आम नेपाली जनतालाई दुःख पर्दा केही राहत होस् भन्ने र ल्याएको कोरोना बीमालाई नकारात्मक प्रसार गरियो । यो राम्रो पक्ष पक्कै होइन । दर्जनौ बीमा कम्पनीहरुमा कोरोना बीमाका दाबी भुक्तानी परेका छन् । हामीले चाडो दिन निर्देशन नै दिएको अवस्था छ । कागज–पत्र त पुग्नु प¥यो । यथार्थ के हो बुझ्नु प¥यो नि ।
सरकारी कर्मचारीहरुको निशुल्क कोरोना बीमा राज्यबाटै भएको देखिन्छ ।

उनीहरुले समेत कोरोना बीमाको दाबी भुक्तानी नपाएको गुनासो बढेको छ । यसबारेमा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको तर्क थियो । राज्यकोषबाट रकम बीमा कम्पनीहरुमा नआईपुगेको भएकोले कही ढिलाई पक्कै भएको छ । तर, नपाउने कुरा प्रचार चाहि झुट हो । बीमा गरेपछि नपाउने कुरा संसारमा कही पनि हुँदैन । ढिलो चाडो पाइन्छ ।

कोरोना बीमाको पोलिसी परिवर्तन भए पछि बीमा प्रति आम मानिसमा नकारात्मक सन्देश गएको चर्चा वाहिर आएको देखिन्छ । यस बारेमा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई भन्दछन् । हामीले कोरोना बीमाको पोलिसी ल्याउँदा नै परिमार्जन गर्ने भनेका थियौ । सहि पीडितले पैसा पाउने हो । पछिल्लो समय कोरोना बीमा पोलिसी लिनेहरुबाट गलत तरिकारले दाबी भुक्तानी माग भए त्यसकारण पनि कोरोना बीमालाई केही परिमार्जन गरिएको हो । पीडितले जसरी पनि कोरोना बीमाको पैसा पाउने छन् । यसमा ढुक्क रहन म आग्रह गर्दुछ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको ८३ औँ शाखा महेन्द्रनगरमा

नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरे ।

महेन्द्रनगर शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १२५ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको

बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

कुमारी बैंकद्धारा निःशुल्क पीसीआर परीक्षण

कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण क्याम्प आयोजना गरेको छ । बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पीसीआर परीक्षण क्याम्प” आयोजना गरेको हो ।

सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

कोरोना भाइरसको संक्रमण नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी श्री सुरेन्द्र भण्डारीले भने, “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।”

कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्दै

कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्ने भएका छन् ।

कुमारी बैंकको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागेको २२ मे.वा.विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता अनुसार कुमारी बैंकबाट २ अर्ब र इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपैंयाँ बराबरको कर्जा सिमा स्वीकृत भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य दु्रत गतीमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन मिति (RCOD) भित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे  ।

यस्तै, कुमारी बैंकका नायव महाप्रबन्धक खनालले हालसम्म बैंकले ४९ वटा विभिन्न परियोजनामा जम्मा २२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी दिए । साथै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको नायव कार्यकारी अधिकृत पाण्डेले इन्फ्रास्ट्रक्चर जानकारी दिए ।

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्झौता

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आइएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

स्ट्याण्डर्ड चार्टर्डले पायो बैंक कन्जुमर डिजिटल अवार्ड

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार छैटौं पटक प्रतिष्ठित पुरस्कार ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’अवार्ड प्राप्त गरेको छ ।

ग्लोबल फाइनान्स न्यूयोर्कले उक्त अवार्ड दिएको हो। यो पुरस्कार स्ट्याण्डर्ड चार्टर्डले एशिया प्यासिफिक समूह अन्तर्गत प्राप्त गरेको हो।

बैंकले यो अवार्ड डिजिटल ग्राहकहरुलाई प्रदान गर्ने सेवा र आकर्षण गर्न अपनाएको रणनीतिक शक्ति, डिजिटल सेवाहरु प्रयोग गर्नमा ग्राहकहरुमा पाएको सफलता, डिजिटल ग्राहक संख्यामा वृद्धि, बैंकिङ सुविधाहरुको व्यापक उपलब्धता, डिजिटल पहल र वेबसाइट/मोबाइल डिजाइनबाट पाएको जिकिर गरेको छ।

बैंकले शुरु गरेको मोबाइल २.० एप र बैंकको अनलाइन च्यानलहरुमार्फत् गरिएका अन्य धेरै सेवा कारण डिजिटल सेवालाई आक्रामक रूपमा वृद्धि गरेको जनाएको छ। ग्राहकहरुलाई डिजिटल माध्यमहरु प्रयोग गरेर उनीहरुको बैंकिङ्गआवश्यकताहरु पूरा गर्नमा सक्षम बनाउन सेवाहरुको क्रम थपेको छ।

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आजदेखि खुला

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर आजबाट निष्कासन सुरु गरेको छ।

कम्पनीको सेयर असोज २५ गतेसम्म बिक्रीका लागि खुला रहने छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले सेयर निष्कासन गर्न लागेको हो। सेयर जारीपछि पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको सेयरमा १० कित्ताबाटै आवेदन दिन सकिन्छ। अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले ३० लाख कित्तामध्ये एक लाख २० हजार कित्ता कर्मचारी र अर्को एक लाख ५० हजार सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। बाँकी २७ लाख ३० हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउँछन्।

कम्पनीको संस्थापक सेयरधनीमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने छन्। उनको समूहको बहुसंख्यक सेयर छ। यसपछि दुगड समूहको सेयर छ। मोतिलाल दुगड, मालचन्द दुगड र विवेक दुगडको सेयर छ।

बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र जुगल भुर्तेललगायतको पनि लगानी छ।

हाइड्रोपावरमा प्रयोग हुने पातामा अब भ्याट नलाग्ने

सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई ऊर्जा उद्यमीले स्वागत गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेपछि जलविद्युत् आयोजना निर्माण गरिरहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले समेत स्वागत गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) सँग आवद्ध रहेका र नरहेका ऊर्जा उद्यमीले हाल झण्डै ३ हजार मेगावाट बढीका आयोजना निर्माण गरिरहेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर निर्माणमा जाने तयारीमा रहेका आयोजनाको क्षमता झण्डै ६ हजार मेगावाट रहेको छ ।

यस्तै सरकारी स्वामित्वका कम्पनीलेसमेत झण्डै १ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेका छन् । ती मध्ये केही आयोजना चालु आवमा निर्माण सकिँदैछ । सुरुङ निर्माण हुने आयोजनामा कमै मात्रामा उक्त पाता प्रयोग हुने भए पनि केही आयोजनामा भने बाँधस्थलबाट विद्युत् गृहमा पानी ल्याउनका लागि फलाम तथा स्टिलको पाताबाट निर्माण गरिएको पाइप प्रयोग गर्ने गरिएको छ ।

इपानका अध्यक्ष कृष्ण आचार्यले सरकारको पछिल्लो निर्णयको स्वागत गरे । उनले भने ‘हामीले बजेटको तयारीको क्रमदेखि नै जलविद्युत् आयोजनामा प्रयोग हुने सिटल पातामा कुनै शुल्क नलगाउन र  ५० लाख छुटलगायतको माग गरेका थियौं । बजेटमा ती विषय नसमेटिएको भए पनि सरकारले केही दिन अघिको मन्त्रिपरिषद्को बैठकले हाम्रो मागको सुनुवाइ गरेको छ ।’

उनले सरकारको पछिल्लो निर्णयले ऊर्जा उद्यमीलाई केही मात्रामा भए पनि राहत दिएको र सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्टिल पातामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको थियो । यस्तै एक प्रतिशत रहेको भन्सार शुल्कलाई ४ प्रतिशतले बढाएर ५ प्रतिशत बनाएको थियो । सरकारको उक्त निर्णयले आफूहरु मारमा परेको भन्दै ऊर्जा उद्यमीले गुनासो गर्दै आएका थिए ।

ऊर्जा उद्यमीले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र अर्थ मन्त्रालयका पदाधिकारीलाई भेटगरी सरकारको उक्त निर्णयमा पुनःविचार गरिदिन आग्रह गर्दै आएका थिए । इपानका अध्यक्ष आचार्यले आफूहरुको मागमा सरकारले सुनुवाइ गरेको भन्दै प्रशन्नता व्यक्त गरे ।

उनले केही वर्ष पहिले नै निर्णय भएको प्रतिमेगावाट र ५० लाख छुटलगायतको मागसमेत सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले विद्युत् खपत बढाउनका लागि सरकार, प्राधिकरणले तत्काल विशेष प्याकेज ल्याउनुपर्ने, विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्ने बताए ।

वातावरण संरक्षण र ऊर्जा खपतका लागि समेत तत्काल नयाँ कार्यक्रम जरुरी रहेको र त्यसमा सरकारलाई निजी क्षेत्रको तर्फबाटसमेत साथ र सहयोग रहने उनको भनाइ छ ।

सरकारले पछिल्लो पटक विद्युतीय सवारीमा बढेको करसमेत घटाएको छ । त्यसले विद्युतीय सवारी प्रयोग गर्न चाहनेलाई थप प्रोत्साहन गरेको छ । चालु आवको बजेटमा उल्लेख गरिएको विद्युतीय सवारीको अन्तःशुल्क दर यही असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले घटाएको हो ।

विद्युतीय सवारीको कर बढेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए । अन्तःशुल्क बढेपछि विद्युतीय सवारीको मूल्य दोब्बरसम्म बढेको बढी कर लागेका कारण भन्सार बिन्दुमा झण्डै ५०० भन्दा बढी विद्युतीय गाडी रोकिएको व्यवसायीको भनाइ छ ।

सरकारले काठमाडौँ उपत्यकामा झण्डै ३०० विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस्तै, वाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्र विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति अगाडि सारेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विनियोजन विधेयकमाथिको छलफलको क्रममा नै गत जेठ २७ गते नै जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने फलामे पाताको भन्सार संशोधन हुने बताएका थिए ।

उनले त्यतिबेला नै विनियोजन विधेयकमाथि जवाफ दिने क्रममा पेनस्टक पाइपमा १ प्रतिशतनै भन्सार कायम भए पनि पातामा भन्सार केही बढेको र यो आवश्यकता अनुसार संशोधन हुने उल्लेख गरेका थिए ।
जलविद्युत् आयोजनाको निर्माणका क्रममा नेपालमा उत्पादन नहुने विभिन्न निर्माण सामग्री तथा विद्युतीय उपकरणमा मूल्य अभिवृृद्धि कर छुट तथा १ प्रतिशत भन्सार लाग्दै आएको थियो ।

सरकारको पछिल्लो निर्णय आफूले विगतमा नै जनाएको प्रतिबद्धता अनुसार भएको मन्त्री पुनको भनाइ छ । ऊर्जा उद्यमीको माग तथा सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने ध्येयका साथ उक्त निर्णय भएको उनले जानकारी दिए ।

सरकारको पछिल्लो निर्णय सोची विचारी नै गरिएको र त्यसले ऊर्जा क्षेत्रमा थप लगानीमैत्री वातावरण बनाएको मन्त्री पुनको भनाइ छ ।

सरकारले चालु आवका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सङ्घीय कार्यक्रमका लागि कूल ९९ अर्ब २९ करोड ४८ लाख बजेट विनियोजन गरेको छ । त्यसमा ऊर्जातर्फ ७२ अर्ब ६० करोड ३ लाख र जलस्रोत तथा सिँचाइ तर्फ २६ अर्ब ६९ करोड ४५ लाख विनियोजन भएको छ ।  रमेश लम्साल/रासस 

विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्वमा एन आई सी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको अवस्थामा आफ्नो एन आई सी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्य महानुभावहरुले पनि लाभ उठाउन सक्नुहुनेछ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १०,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ । २०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्पबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल, ललितपुर स्थित मुख्य कार्यालय रहेको सि जि मोटो कर्प प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री रजित मास्के र सि जि मोटो कर्प प्रा.लि.का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक श्री सिराज पन्तले हस्ताक्षर गर्नुुभएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सुजुकि ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सि जि मोटो कर्प प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ ।

यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष

नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आउनुभएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आºनो बैंकिङ करिअर सुरु गर्नुभएका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएको थियो ।

अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याउनुभएको योगदान सम्मानयोग्य छ । उहा“को नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उहा“ सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहनुभयो । उहा“ पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त हुनुभएको थियो । त्यसपछि, उहा“ सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हु“दै आउनुभएको थियो । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उहा“को पनि महत्वपूर्ण भूमिका छ ।

आºनो कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नया“ उचाईमा पुर्याउन सफल हुनुभएकोमा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवालप्रति बैंक आभार व्यक्त गर्दछ । साथै, उहा“हरूको आगामी दिन सुखमय रहोस् ।

अध्यक्षको पदावधि सकिए सगै बैंकले नया“ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उहा“लाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि उहा“ सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उहा“ पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उहा“ सफल बैंकरस“गै समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उहा“ यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो । जहा“ उहा“को संलग्नता स्थापनाकालदेखि नै थियो ।

सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उह“ँ बैंकिङ करिअर सुरु गर्नुभएको थियो । त्यहा“ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उह“ँ एनएमबी फाइनान्समा पुग्नुभएको थियो । एनएमबीमा उहा“ले १७ वर्ष अनवरत सेवा गर्नुभयो ।

१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उहा“ले ३४ वर्षको बैंकिङ अनुभव बटुल्नुभएको छ । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उहा“को योगदानको उच्च कदर हुने गर्छ ।

होटलबाट आºनो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गर्नुभयो । त्यही अनुभवका आधारमँ उहा“ हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहा“ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उह“ँको अनुभव रहेको छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हु“दै आउनुभएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष हुनुहुन्थ्यो । दशकौंको बैंकिङ अनुभव र दक्षताले उहा“लाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ ।

साधारणसभा र लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकको कार्यविधि: पाँच वर्षपछि गरियो संशोधन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशित गर्न सहमति तथा लाभांश स्वीकृति गर्ने कार्यविधि संशोधन गरेको छ। २०७२ सालको कार्यविधिलाई मंगलबार संशोधन गरिएको हो।

राष्ट्र बैंकले साधारणसभा र लाभांशका बारेमा बैंक तथा वित्तीय संस्थाहरुलाई दिँदै आएको निर्देशनहरुलाई यसमा समेटिएको छ। ‘निर्देशनमै भएका कुराहरु हुन् यसमा, निर्देशनलाई कार्यविधिले ओभररुल गर्न सक्दैन’ बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले भने, ‘भएकै ब्यवस्थाहरुलाई अद्यावधिक गरिएको मात्र हो।’

यसअघिको कार्यविधिमा भूकम्पका कुराहरु समेटिएका थिए। यसपाली त्यसलाई हटाएर अद्यावधिक गरिएको छ। खासमा यो राष्ट्र बैंकको आन्तरिक प्रयोजनका लागि जारी गरिएको हो।

पाँच पृष्ठ लामो कार्यविधिमा कस्तो अवस्थामा साधारणसभा गर्न दिने वा नदिने, लाभांश वितरणमा के कस्ता सीमा लगाउने बारे उल्लेख गरिएको छ।