जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कोरोना भाइरसका कारण दर्जनौ वाणिज्य बैंकहरुको साधारण सभा अन्यौलमाः डिपुटी गर्भनर श्रेष्ठलाई कोरोना पुष्टी भएपछि गर्भनर अधिकारी सहित दर्जनौ उच्च कर्मचारी आइसोलेसनमा ?

कोरोना भाइरसका कारण दर्जनौ वाणिज्य बैंकहरुको साधारण सभा अन्यौलमाः डिपुटी गर्भनर श्रेष्ठलाई कोरोना पुष्टी भएपछि गर्भनर अधिकारी सहित दर्जनौ उच्च कर्मचारी आइसोलेसनमा ?

नेपालका २७ वाणिज्य बैंक मध्ये अधिकाशं बैंकहरुले केही महिना भित्र साधारण सभा गर्न राष्ट्र बैंकमा आ–आफ्नो प्रतिवेदन पठाए पनि राष्ट्र बैंक स्वीकृत नदिएको खुलेको छ ।

दशैं अगाडी नै साधारण सभा गर्ने मनस्थिति राखेका माछापुच्छ्रे बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनआईसी एशिया बैंक, एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेडले आफ्नो वित्तिय विवरण राष्ट्र बैंक पु¥याएको खुलेको छ । तर, राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको छैन । राष्ट्र बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठलाई कोरोना पुष्टी भएपछि गर्भनर महाप्रसाद अधिकारी अर्का डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी लगायत बिभागीय प्रमुख अहिले आइसोलेसनमा बसेका छन् ।
अधिकाशं बैंकहरुले दशैं तिहार अगाडी नै साधारण सभा गरि शेयरधनीहरुलाई लाभाशं दिने मनस्थिति बनाएपनि अब यो सफल नहुने निश्चित देखिन्छ ।

अनुमति दिने राष्ट्र बैंककै कर्मचारीहरुलाई कोरोना देखिए पछि बैंकहरुको साधारण सभा पछाडी धकेलिएको भन्न सकिन्छ ।
दशैं तिहार खर्चकै लागि भएपनि वाणिज्य बैंकहरुले केही बोनस शेयर र नगद लाभाशं शेयरधनीलाई दिएर चित्त बुझाउने परम्परा थियो । अब यस पटक कोरोना भाइरसका कारण यो परम्परा टुट्ने पक्क पक्की जस्तै देखिन्छ ।

कोरोना भाइरस महामारी बीच अर्ब होइन खर्ब डिपोजिट लिएर बसेका बैकहरु कर्जा लगानी नभएपछि चिन्तित मात्रै छैनन् । डिपोजिटकर्ताहरुको ब्याज कसरी दिने भन्ने अन्यौलमा छन् ।

भनिन्छ एनआईसी एशिया बैंकमा मात्रै ४० अर्ब भन्दा बढि फिक्स डिपोजिट कारोना महामारी बीच जम्मा भएको छ । यसको ब्याज मासिक ४० करोड तिर्नु पर्दछ । तर, कर्जा लगानी छैन । यो त उदाहरण मात्रै हो । अरु २६ वाणिज्य बैंकहरुमा पनि अर्बका अर्ब पैसा थुप्रिएको छ । तर, कर्जा लगानी छैन । त्यसकारण बैंक र त्यसका सीइओ सावहरुलाई रातमा निन्द्र न दिनमा भाक जताजतै चिन्ता नै चिन्ता बढेको एक सीइओले पंक्तिकारसंग बताए ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुमा कोरोना संक्रमण देखिएको असर बैंक तथा वित्तीय संस्थाहरुको साधारणसभामा पर्ने निश्चित छ ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी, अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी लगायतका कतिपय विभागीय प्रमुखहरु घरैमा ’आइसोलेसन’ मा छन्, भन्दा फरक पर्दैन ।


अलि बढी संक्रमण बैंक सुपरिवेक्षण विभागका कर्मचारीलाई देखिएकाले त्यहाँको काम प्रभावित भएको छ । साधारणसभाका लागि स्वीकृति दिनुअघि बैंकहरुको प्रतिवेदन अध्ययन गर्नुपर्ने हुन्छ । संक्रमितहरुसँग सम्पर्कमा आएकाहरु आइसोलेसनमा बसेका छन् । तैपनि कतिपयले घरैबाट राष्ट्र बैंकको कामहरु गरिरहेको स्रोतको दाबी छ ।

बैंकहरुको साधारण सभा (एजिएम) स्वीकृति दिनुअघि गम्भीर ढंगबाट बैंकहरुको वित्तीय अवस्था अध्ययन गर्नुपर्ने दायित्व राष्ट्र बैंकको छ ।
राष्ट्र बैंंक उच्च स्रोतका अनुसार, माछापुच्छ्रे बैंकले साधारणसभाको ’प्री(एप्रुभल’ पाइसकेको छ । अब अन्तिम स्वीकृति लिन मात्र बाँकी देखिन्छ ।
यी बैंकहरुको प्री(एप्रुभलको कामहरु भइरहेको देखिन्छ । तर, कोरोना संक्रमणका कारण स्वभाविक गतिमा काम हुन सकिरहेको छैन । सामान्य अवस्थामा यतिबेलासम्म लगभग एक दर्जन बैंकको साधारण सभा हुन्थ्यो ।
नेपालका २७ वाणिज्य बैंकहरुले नेपालीहरुको महानचाड दशैं तीहार र छठमा शेयरधनीलाई केही दिन साधारण सभा गर्न लागे पनि कोरोना भाइरसकै कारण थप अन्यौल थपिएको भन्न अब फरक पर्दैन ।

 

5780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका