जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विजुलीका गाडीमा १० लाख देखि २० लाख बढि लिएर लुट मच्चाएको खुलासा ?

विजुलीका गाडीमा १० लाख देखि २० लाख बढि लिएर लुट मच्चाएको खुलासा ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा पनि जीउ नै सिरिङ्ग हुने काम हुण्डाई गाडीको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रा.लि.ले गर्दै आएको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । राज्यलाई नै चुनौती दिँदै हुण्डाईको नेपालको विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले गत बजेटमा विजुली गाडीको भन्सार दर बढे अगाडी नै नेपाल भित्र्याएका करिब २०० गाडी अहिले चाडवार्डको अफर भन्दै १० लाख देखि २० लाख मुल्य बढाएर विक्री गरि ग्राहक ठगी गर्दै आएको उसकै कम्पनीका एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए ।

यति मात्रै होइन पुरानै हुण्डाईको क्रेटा (CRETA) गाडी नयाँ भनेर लञ्च गरि १२ देखि १५ लाख बढाएर बिक्री गरेको देखिन्छ । यस बारेमा यातायात विभागमा उजुरी समेत परेको भेटिएको छ । २० प्रतिशत भन्दा बढि नाफा लिएर गाडी बेच्न नेपालमा पाइदैन । तर, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ३०÷४० प्रतिशत नाफा लिएर गाडी विक्री गरेकोदेखिन्छ । स्टाफ खर्च, अफिसको भाडा देखि सबै खर्च गाडीमै जोडेर चर्को मुल्यमा गाडी बिक्री गरेको देखिन्छ । राज्य कहाँ छ ? लक्ष्मी इन्टरकन्टिनेन्टलाई कसले कारबाही गर्ने हो, प्रधानमन्त्रीज्यू ?

नेपालमा विगत लामो समयदेखि विश्व बजारमा उत्कृष्ट ठहरिएको हुण्डाई गाडी विक्री वितरण गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्ट प्रा.लि.हुण्डाई अटो मोबाइल नेपालले आफ्ना ग्राहकहरुलाई गाडी विक्री गरेपछि दिइने सेवा र सुविधामा समेत ठगी गर्दै आएको फेला परेको छ ।

पोखराका व्यवसायी आजाद श्रेष्ठका भतिजद्वय अञ्जन श्रेष्ठ र निराकर श्रेष्ठले समाल्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी विक्री गरेको ४÷५ महिना पछि गाडीमा चर्को आवाज आउने इन्जिनबाट कालो धुवा आउने समस्या देखिएको हुण्डाई गाडी खरिदकर्ता एक पूर्व डिआईजीले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने । मेरो गाडीमा समस्या आएपछि नयाँ गाडी दिइएको थियो । त्यसकारण हुण्डाईका गाडी नकिन्न पनि उनीले आम नेपालीलाई आग्रह गरेका छन् ।

नयाँ गाडीमै समस्या देखिएपछि ग्यारेन्टी र वारेन्टी भएपनि समयमै सेवा नदिने फोन नउठाउने र ग्राहकलाई उल्टै धम्की दिनेकाम कम्पनीका प्रमुख अञ्जन श्रेष्ठले गर्दै आएको उनीले पंक्तिकारलाई बताए । अञ्जन श्रेष्ठ नाडाका पूर्व सभापति पनि हुन् । यस अगाडी हुण्डाईका गाडीमा लागत मुल्य भन्दा १०÷१२ लाख बढिमा गाडी विक्री गरेको आरोप उनी माथी लागेको थियो ।

आइन्दा यस्तो नगर्ने शर्तमा यातायात व्यवस्था विभागले उनीलाई माफी दिएको थियो । फेरि हुण्डाईले यस्तै व्यवहार गर्दै आएपछि यातायत व्यवस्था विभागमा उजुरी परेको फेला परेको छ ।

नेपालीहरुको महान चार्ड दशैं तिहार अफरको नाममा मंहगोमा गाडी विक्री गरि केही छुट दिएको देखाउदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल माथी कर छली गरेको उजुरी समेत कर कार्यालयमा पुगेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्ष उम्मेदवार समेत रहेका अञ्जन श्रेष्ठको ठगी धन्दाका कारण उनीले चुनाव जित्ने कुरामा आशंका देखिन्छ । विजुलीका गाडीमा चर्को कर लगाएको भन्दै सरकारको चर्को विरोध गर्दै आएका नाडाका पूर्व अध्यक्ष श्रेष्ठ माथी राज्यले कर छलीमा अब छानवीन गर्नुपर्ने आवज उठेको छ ।

हुण्डाई गाडी विक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले गाडी बिक्री भएपछि समस्या आए फोन नउठाउने देखि ग्राहकलाई धम्की दिने काम समेत गर्दै आएको कारण हुण्डाई गाडी देखि होसियार । उद्योग वाणिज्य महासंघको आगामी चुनावमा उपाध्यक्ष उम्मेदवार बनेका हुण्डाई गाडीका नेपालका प्रमुख अञ्जन श्रेष्ठको ठगी धन्दा र दादागिरीले उनीलाई अधिकाशं मतदाताले मन नपराएको उनी निकट केही सदस्यले पंक्तिकारसंग बताए ।

अर्को कुरा के छ भने गाडीको पुरस्कार राख्ने अनि आफ्नै नजिकको ग्राहकलाई पुरस्कार दिने गरेकोले पुरस्कार र छुट दिएको हुण्डाई गाडी नकिन्न आम ग्राहकलाई भुक्तभोगीहरुले आग्रह गर्दै आएका छन् ।

यति सम्मकी लक्ष्मी इन्टरकन्टिनेन्टलको अफिसमा गुनासो लिएर गए भेट नदिने गुनासो भए तल कुरा गर्ने भन्दै महंगोमा गाडी किनेका ग्राककलाई त्रसित बनाउने काम गरेको समेत खुलेको छ । सचेत भया ।

9890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका