जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

अनुदानको मलमा कालोबजारीको आशंका

रासायनिक मलको हाहाकार रहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अनुदानमा वितरण गरिरहेको मलमा कालोबजारीको आशंका गर्दै यसप्रति सम्बद्ध सहकारीहरूलाई सजग गराएको छ ।

साल्ट ट्रेडिङले २५ हजार मेट्रिक टन रासायनिक मल ल्याएको थियो। किसानलाई अनुदानमा वितरण गरिरहेको उक्त मलमा कालोबजारी हुन थालेको भन्दै साल्ट ट्रेडिङले यसमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्रभु बैंकसँग सरकारी डाक्टर्स एसोशोएसन आबद्ध

प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशन (गोडान) बिच बैंकिङ्ग कारोबार गर्ने सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गोडानका अध्यक्ष डा. रबिन खड्काले हस्ताक्षर गरेका छन्।

बैंकको ववरमहलस्थित केन्द्रिय कार्यालयमा भएको सम्झौता सम्बन्धि कार्यक्रममा बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र गोडानका बरिष्ठ उपाध्यक्ष डा. बिजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ति बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ्ग लामाको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार प्रभु बैंक अब गोडानको आधिकारिक बैंकको रुपमा रहने छ। सरकारी डक्टर्स एशोसियसनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमा गर्ने छ। गोडानको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट विना झण्झट विभिन्न खाता खोली बैंकिङ्ग कारोबार गर्न सक्नेछन्।

खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन्। यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्। यो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ।

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर निष्कासन गर्ने

जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आइपीओ निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

७० प्रतिशत सस्थापक सेयर रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्पनीले आइपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दिएको थियो।

कम्पनीको चुक्ता पुँजी हाल ७० करोड छ। आईपीओ जारी भएपछि चुक्ता पुँजी एक अर्ब पुग्नेछ ।

बैंक र वित्तिय संस्थामा कोरोनाः एकको मृत्यु, सयौं विरामीः हामी कहाँ र कसरी चुक्यो ?

अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा ३१२ जनाले ज्यान गुमाएका छन्, भने ४९  हजार भन्दा बढि बिरामी परेका छन् । लामो लकडाउनपछि खुलेको नेपालमा अहिले फेरि निषेधाज्ञा जारी नै छ । तर, हामी बीच कोरोना भाइरस समुदायस्तरमै फैलिएको संकेत देखा पर्न थालेको छ ।

विगतमा ४ महिना लकडाउन हुँदा ३/४ जनामा देखिएको कोरोना भाइरस  दिनैमै ६/७ जनाको मृत्यु हुने अवस्था कसरी आयो हामी कहाँ चुक्यौ ? कसरी चुक्यो ? यो सबेलाई थाहा नै छ । जब लकडाउन खुल्यो तब सबै जस्तो जिल्लाबाट व्यापार गर्न वा अन्य कुनै उद्देश्यले हामी राजधानीमा जम्मा भए र हामीले नै कोरोना भित्र्यायौ भन्दा अब चाहि फरक पर्दैन ।

जब राजधानीमा भीडभाड बढ्यो । त्यसको असर सबैतिर फैलियो र यससंगै समुदाय भित्रै कोरोना पस्यो भन्दा अब फरक नपर्ला । लकडाउन खुल्यो कर बुझाउने, बैंकको किस्ता, इन्स्योरेन्स पोलिसीको किस्ता तिर्ने देखि पेन्सीन पट्टा लिनेहरुको भिड बन्यो बैंक र यसका शाखा कार्यालयहरुमा ।

हामीले बैंक पस्दा र बाहिर निस्कदा सचेतना अपनायौ कि अपनाएनौ ? करिब १÷२ घण्टा लाइन बस्दा कति पटक माक्स र सेनिटाइजर लगायौ ? यसको उत्तर हामीसंग छैन । बैंकका सीसीक्यामरा भित्र नै होला । यसैको फलस्वरुप आज अत्यावश्यक सेवा भित्र पर्ने बैंक र बैंकका कर्मचारीलाई कोरोना भाइरसले घेरेको छ भन्दा पनि फरक पर्दैन ।

बैंकका एक कर्मचारीको कोरोनाबाटै मृत्यु भएको दुखद खबर हामीले पायौ । सयौ बैंकका कर्मचारी आइसुलेसन र होम क्वारेनटाइनमा बसेको समाचार पढ्न र लेख्न पाएका छौं । नेपाल राष्ट्र बैंकले समयमै निर्देशन जारी गर्दै भनेको थियो । कोरोना रोकथामका सुरक्षाका सबै उपाय अबलम्बन गर्नु । तर, हामीले कति ग¥यौ निर्देशनको पालना ? यसको पनि खोजी गर्ने समय आएको जस्तो छ ।

 

शनिवार दिउँसो सम्म बैंकका कर्मचारीमा कोरोना भाइरस र यसबाट भएको मृत्युको कथा डरालाग्दो देखिन्छ ।
पोखरामा कोरोना संक्रमणबाट एकजा बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षागार्डको मृत्यु भएको पुष्टि भइसकेको छ । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् ।

पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको मात्रै छैन, डरलाग्दो पनि देखिन्छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव दुईसय बढी बेंकवित्तमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ ।

त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय दुइदर्जन बैंकवित्तमा गरी थप ३७ जनामा कोरोना पुष्टि भैसकेको देखिन्छ ।

यसअघि विभिन्न बैंकवित्तमा गरी करिव २ सयजनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय सुदुरपश्चिमका विभिन्न बेंकका शाखामा गरी १६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका विभिन्न शाखामा पनि कोरोना देखिएको छ । न्यूरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटका बैंकिङ शाखा र मुख्य कार्यालयमा कोरोना संक्रमण देखिएको छ ।

केही बैंकको एउटै शाखामा धेरै जनामा कोरोना देखिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका धेरै कर्मचारीमा कोरोना देखिएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाश बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलीएको छ । काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका छन् ।

नेपालगञ्ज, बीरगञ्ज, बीराटनगर, धनगढी, धादीङ, भैरहवा, हेटौडा, लाहान सहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । हाल केहीदिन यता काठमाडौं उपत्यका भित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरु र मुख्य कार्यालयमै कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्रमा सन्त्रास बढेको मात्रै छैन । उच्च जोखिमका साथ बैंकहरुले सेवा सानो फोरमबाट भएपनि दिइरहेका छन् । यो राम्रो पक्ष हो ।

पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड त दिएका छन् । तरपनि कोरोना बैंकमा बढेको देखिन्छ । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । देशका विभिन्न जिल्लामा निशेधाज्ञा भएसँगै बैंकवित्तले भेटघाटलाई रोक लगाएका छन् ।

कतिपय बैंकले केन्द्रीय कार्यालय खोले पनि अधिकाश कर्मचारीलाई विदा दिएका छन् । केही बीमा क्षेत्रका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ भने वित्तीय क्षेत्रमा परिक्षण भएमध्यमा २ सय बढीमा संक्रमण देखिएको छ ।
कोरोना भाइरसको प्रभावका कारण देशमा निषेधाज्ञा जारी भएसँगै पोखरा क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुमा रकम लिनेहरुको भिड बढेको देखिन्छ ।

जुन महिनाको पहिलो तारिख भारतिय तथा बेलायती भूतपूर्व सैनिकहरुको समेत पेन्सन बुझ्ने समय भएकोले गर्दा पोखरा क्षेत्रका एसबीआइ र एभरेष्ट बैंकहरुमा प्रायः अत्याधिक भिड भएको थियो ।

बैंकका सुरक्षा गार्ड र नेपाल प्रहरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्दै लाइनमा बसाल्न हम्मेहम्मे हुने गरेको थियो ।
उपत्यकाका बैंक तथा वित्तीय संस्थामा जाँदा कतिपय शाखा कार्यालयका सुरक्षा गार्डको हातमा भएका थर्मलगन बिग्रिएको कतिपयमा शाखा र एटीएम बुथमा समेत सेनिटाइजरको व्यवस्था अझै गरिएको छैन । यी र यस्त गल्तीले नै कोरोना निम्ताएको हो भन्न अब पछि पर्नु हुँदैन ।

विगतमा सरकारले राजस्व बुझाउने समय तोकिदिएको कारण जरिवाना तिर्नुपर्छ भनेर सेवाग्राही कर बुझाउन जाँदा बैंकको राजस्व काउन्टरमा भिड लागेका दृश्यले स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा नभएको कारण बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको देखिन्छ ।

बैंक उच्च व्यवस्थापनको चरम लापरबाहीले गर्दा बैंकका कर्मचारीलाई कोरोना संक्रमण बढेको स्वमय् कर्मचारीको गुनासो हामीलाई आएको छ । दैनिक हजारौँ व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउने बैंकका तल्लो तहका कर्मचारीको स्वास्थ्य सुरक्षामा बैंक व्यवस्थापनले यति धेरै चिन्ता नलिएको देखिन्छ ।

अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाले सेवा दिँदा न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि जरुरी रहेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम् स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र कार्यालय सञ्चालन गर्न आधा दर्जन बढी निर्देशन जारी गरिसकेको थियो । तर, यो कति पालना भए यसको उत्तर कसले दिने ?

केन्द्रीय बैंकले बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष रहने कर्मचारी तथा सेवाग्राहीको सुरक्षा र संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय सेनिटाइजर, माक्स, किटनाशक निर्मलीकरण पञ्जालगायतको प्रयोग गर्न निर्देशन पटक/पटक दिएको थियो ।

कार्यालयमा प्रवेश गर्ने प्रत्येक कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम अनिवार्य परीक्षण गर्न समेत सुझाव दिएको छ । सामाजिक दुरी कायम गर्दै ग्राहकको चाप नहुने गरी सेवा प्रवाह गर्ने र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने सुझाव राष्ट्र बैंकको थियो । तर, हामी कहाँ चुक्यौ सीइओ साबहरु ?

विगतमा लकडाउन खुलेसँगै बजारमा भिड अत्यधिक देखिएको थियो । त्यसमाथि बैंक तथा वित्तीय क्षेत्रको त झनै बढी यहि कारण आज बैंकर माथि कोरोना पस्यो की ?

अधिकाश बैंक तथा वित्तीय संस्थामा सेनिटाइजर र थर्मल गनको व्यवस्था गरिएपनि लामो लाइनको कुनै व्यवस्थित व्यवस्थापनमा संस्था चुकेको देखिएको छ । पुरातन शैलीमै काम गरिरहेको देखियो ।

कोरोनाले अक्रान्त पारिरहेको यो परिवेशमा अत्यधिक भिड हुने स्थानमा योजनाबद्ध काम कारबाही अपरिहार्य रहेको र कुनैपनि हेलचेक्राइँ गरिनुहुन्न । भिडले नै कोरोना फैलनसक्ने कुरालाई गम्भीरताका साथ लिनुपर्नेमा दुइमत थिएन । समस्यलाई समाधानको बाटोतर्फ बैंक तथा वित्तीय संस्थाले लैजानु पर्दछ नत्र भोलीको अवस्था के हुन्छ भन्न सकिदैन ।
सावधान ! सानोमात्र हेलचेक्राइँले दुर्घटना घट्न समय लाग्दैन, यो अवस्था आउनु संस्थाको जिम्मेवारी मानिन्छ । वा अरु केही यो खोजीको पाटो होला । बैंकका कर्र्मचारीहरुको उच्च मनोबल बढाउने काम बैंक नेतृत्व कै होला त्यस कारण अझै समय छ सचेत बनौ सावधानी अपनाऔं । सचेत भया ।

उपत्यकामा खुकुलो भयो निषेधाज्ञा : यातायात र पसलसँगै के खुल्यो ? के खुलेन ?

काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि भने पसल व्यवसाय खुल्ने भएको छ भने सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन हप्तासम्म लामो जारी निषेधाज्ञा खुकुलो बनाउँदै नयाँ आदेश जारी गरेका हुन् ।

कोरोना संक्रमण बढेसँगै उपत्यकामा ४ भदौबाट निषेधाज्ञा जारी गरिएको थियो । सुरुको दुई साता कडा गरिएको निषेधाज्ञाको तेस्रो साता भने निश्चित समय तोकेर निर्माण सामाग्री ढुवानी तथा बिक्री वितरण खुला गरिएको थियो ।

बिहीबारदेखि थप सहज हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थिति मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको अनलाइनखबरलाई बताए । उनले भने ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

सवारीमा जोर विजोर

उपत्यकामा बिहीबारदेखि जोर विजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा आउने भएको छ । अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी  साधन सञ्चालन गर्न पाइनेछ ।

निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । तर मोटरसाइकल तथा स्कुटरमा पनि भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।

सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । सवारी साधनको ढोकामा स्यानिटाइजर हुनुपर्छ भने दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्छ ।

यस्तै भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर चलाउन पाइनेछ ।

मालबाहक सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

अत्यावश्यक वस्तुको पसल साँझ पनि

उपत्यकामा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु अब साँझको समयमा पनि खुल्ने भएको छ । सुरुमा विहान ९ बजेसम्म खेल्न दिइएको यस्ता पसललाई भदौ १७ गतेदेखि ११ बजेसम्म खुल्‍न दिइएको थियो । अब बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ ।

यो निर्णयअनुसार अब खाद्यवस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल तरकारी माछा मासु पसल विहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछन् ।

फुटपाथ र ठेलाको व्यापार पनि खुला गरेको छ । योसँगै स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खुला हुनेछन् ।

सवारी साधन मर्मत गर्ने वर्कसपहरु हरेक दिन विहान ८ देखि बेलुका ८ बजेसम्म खुल्नेछ ।

अरुका लागि बार तोकियो

उपत्यकामा अरु व्यापार व्यवसाय सञ्चालनका लागि भने बार तोकिएको छ । अब सपिङ मल, फेन्सी र कपडा पसल, जुत्ता, कस्मेटिक पसल सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाँडा र भान्साका सामान बेच्ने पसल आइतबार, मंगलबार र शुक्रबार खुल्नेछन् भने फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्र खुल्नेछ ।

यस्तै निर्माण सामग्रीका पसल हरेक दिन दिउँसो २ बजेदेखि ७ बजेसम्म खुला रहनेछ । टेक अवे र होम डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म खुल्नेछन् । बै‌कहरु भने यसअघिदेखि नियमित खुल्दै आएका छन् ।

उपत्यकामा उद्योग कलकारखाना खुला गर्न पनि दिइएको छ । तर कामदारलाई खाने बस्ने व्यवस्था गरेर उद्योगमै क्याम्पमा राख्नुपर्नेछ र जनस्वास्थ्यका मापदण्डको पालना गराउनुपर्नेछ । पीपीई सेट र स्वास्थ्य सामग्री उद्योगले व्यवस्था गर्नुपर्नेछ ।

के–के खोल्न पाइँदैन ?

प्रशासन कार्यालयका अनुसार उपत्यकमा अझै खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न प्रतिबन्ध गरेको छ ।

त्यस्तै धार्मिक, साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अरु गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रंस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि सञ्चालन गर्न पाइँदैन ।

उद्योग, ब्यापार, निर्माण कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत कामदार ओसार पसार गर्न प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञाको श्रृङ्खला

भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई थप फैलिनबाट रोक्न भन्दै प्रमुख जिल्ला अधिकारीहरुले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएका थिए । तर निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको दिन भदौ २४ गते काठमाडौं उपत्यकामा ४६४ जना संक्रमित भेटिएका छन्, जसमा काठमाडौं जिल्लामा मात्र ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना छन् ।

रोगबाट जोगाउन भन्दै सरकारले मानिसलाई काम गर्नसमेत जान नदिई घरभित्रै सीमित गर्दा कमाइ खाने वर्ग भोकभोकै पर्ने स्थिति आएको भन्दै विरोध हुँदै आएको थियो ।

उद्योगी व्यापारीले पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय खोल्न नदिए अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै निषेधाज्ञामा पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए ।

एनआईसी बैंकको ‘भाइबर कम्युनिटी’मा जोडिएर जित्नुहोस् आकर्षक उपहार

एनआईसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एन आइसीएसीया क्वीज’ योजना सार्वजनिक गरेको छ ।

यस बैंकका ग्राहक तथा अन्य व्यक्तिहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्ने योजना बैंकले सार्वजनिक गरेको छ । यस मार्फत २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिइन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जजरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी प्याल्सोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुडाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिने बैंकले बताएको छ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

कसरी सहभागी हुने ? 
भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइवर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआइसी एसिया क्वीज योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।

हाल यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल हुन सफल भएको बैंकले जनाएको छ । त्यस्तै हाल बैंकका २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र ललितपुर महानगरपालिका वडा न ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ् सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जा अन्तर्गत कर्जावालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ । बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको जीवन दिप बीमा योजना सार्वजनिक

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ ।

ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नबिनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ । न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका बर्गका मानिसहरुले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधी सम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको छ ।

ब्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ । उक्त बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

जीवन दिप बीमा योजना नबिन बिशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र ब्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गर्नु भएको छ । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको उनको भनाई छ ।

आर्थिक बजार न्यूजडटकमको समाचार प्रति प्रभु बैंकको गम्भीर ध्यानाकर्षणः बैंकले पठाएको खण्डन जस्ताको तस्तै !

आर्थिक बजार न्यूजडटकममा छुट्टा छुट्टै मितिमा प्रकाशित दुई समाचार प्रति प्रभु बैंक लिमिटेडको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रभु बैंकका नायक प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले इमेल मार्फत पठाएको खण्डन हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौं । पत्रकारको दायित्व जनताको सम्पत्ती माथी खबरदारी गर्ने हो । हाम्रो उद्देश्य कसैको ‘चरित्र हत्या’ गर्ने होइन । मिडिया भनेको सार्वजनिक सम्पत्ती हो । जहाँ जनताको लगानी भएको छ । त्यहाँ मिडियाले खबरदारी गर्नु मिडियाको पहिलो धर्म हो ।

मिति २०७७/०५/२० गते प्रभु बैंकद्वारा नक्कली भौचरको आधारमा जानकी मेडिकल कलेजलाई करोडौ कर्जा प्रवाह, कर्मचारीद्वय अधिकारी र कोइरलालाई निलम्बन गरी घटना लुकाएको खुलासाः राष्ट्र बैंक बेखबर शीर्षकको समाचार सम्बन्धमा टेलिफोनमा प्रतिक्रिया दिँदै प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले भनेः– यो पुरानो कुरा हो । राष्ट्र बैंकले छानवीन गरिसकेको छ भाई । यसबाटै पुष्टि हुन्छ समाचार गलत हो कि सहि हो भनेर ।

अर्को मिति २०७७/०५/२१ गते प्रभु बैंकमा ९ सय भन्दा बढि पत्रकारहरुको खाता नै असुरक्षीतः कहिले रकम होल्ड त कहिले खाता नम्बर नै परिवर्तन कहिले रकम नै गायब शीर्षकको समाचार बारे मेरो आफ्नै राजतिलक साप्ताहिकको मलाई थाहा नै नदिई खाता नम्बर परिवर्तन गरिएको प्रमाण मसंग छ । अर्को मेरो १ हजारमा खोलीएको मुनाल मिडिया प्रा.लि.को खातामा १ महिनासम्म प्रभु बैंक बैंकले १० हजार होल्ड गरेको प्रमाण कमलादी शाखा प्रभु बैंकको कम्प्युटरमै होला । हेर्न सकिन्छ । अर्को कुरा बैंकका उच्च कर्मचारीले जागिर छाडेको कुरा प्रभु बैंकका तत्कालीन डिपुटी सीइओ तारा मानन्धरको राजीनामाबाटै पुष्टी हुन्छ । अर्को कुरा प्रभु बैंकको चाइनिज–पे भीषा कार्डको छ । त्यो बैंक कर्मचारीकै कार्ड नबिल र इन्भेष्टमेण्ट बैंकका एटिएममा अहिले राख्नु होस पैसा आउदैन । के यो झुट हो ? सुचना दिनु राम्रो पक्ष हो । केही आधार नभई समाचार बन्दैन ।

त्यसकारण समाचार स्रोत र प्रमाण सहित हामीले समाचार दिएका हौं । तर, पनि जनताको सम्पत्ती मात्रै होइन । मेरो पनि शेयर भएको बैंकले समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खण्डन पठाएकोले बैंकले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशन गर्ने दायित्व हाम्रो हो । यहि दायित्वका कारण हामीले बैंकले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशन गरिदिएका छौं । हेनुहोस्ः–

 

नौलो परिवेश सहकारीका प्रबन्धक पक्राउ

पछिल्लो समय सहकारी संस्थाहरुमा भएको ठगी डरलाग्दो छ । हालै नौलो परिवेश वचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार रहेको ब्याक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले ठगी गरेको अभियोगमा का.म.न.पा वडा नं ३१ घर भई ललितपुरको धापाखेल बस्ने ४४ बर्षिय राजकाजीश्र खड्गीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडमा का.म.न.पा वडा नं ३१ बस्ने राजकाजी खड्गी प्रबन्धक पदमा २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई पाँच करोड ६७ लाख नगद ठगी गरी फरार भएका थिए ।

सो पश्चात लुकीछिपी बसेको अवश्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह एक बजे ललितपुर म.न.पा वडा नं २३ धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत वाट यही भदौ २२ गते वाट लागु हुने गरी दिन ५ म्याद थप अनुमति भएको प्रहरीले जनाएको छ ।

अब स्थानीय तहले अस्पताल बनाउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका सबैजसो स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन जारी गरेको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आर्थिक बजार न्यूजडटकमलाई बताए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको उनीले दाबी गरे ।

अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गरेका थिए । ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् ।

मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु. ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको बुझिएको छ । यसबाट कोरोनाबाट पीडितहरुले थप राहत पाउने देखिन्छ ।

प्रभु बैंकको जानकी मेडिकल कलेज कर्जा काण्ड छानवीनमै छ, बदमासी भेटिए सीइओ नै हटाउन निर्देशन जान्छः राष्ट्र बैंक

सुन्दा पनि डर लाग्ने १० करोड २० लाखको कर्जा प्रभु बैंकले नक्कली भौचरको आधारमा दिएको जानकी मेडिकल कलेज काण्ड बारे आर्थिक बजार न्यूज डटकमले सार्वजनिक गरेपछि राष्ट्र बैंकले छानवीनकै क्रममा रहेको फाइल बन्द नगरेको प्रतिक्रिया दिएको छ ।

राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग टेलिफोनमा भन्योः– हो उजुरी आयो, हामीले छानविन ग¥यौ । अदालतमै मुद्दा भएका कारण ढिलाई चाहि भएकै हो । तर, छानवीन रोकिएको छैन । प्रभु बैंकलाई सफाई दिएको छैन । बैंक नेतृत्वकै संलग्नताको कुरा भेटिएको छ । राष्ट्र बैंक उच्च स्रोतले दाबी गर्दै भन्यो । यदि नियतबस बदमासी गरेको पुष्टि भए सीइओ हटाउन नै निर्देशन राष्ट्र बैंकले दिन्छ । कुनै डिपुटी गर्भनरले बचाउन सक्दैन । समाचारमा आएजस्तो बेखबर राष्ट्र बैंक छैन ।
घटना के हो ?

शिव प्रसाद बास्तोलाको नाममा रहेको जानकी मेडिकल कलेज बिक्री भएको भनी नक्कली भौचर पेश गरेको आधारमा प्रभु बैंकले १० करोड २० लाख कर्जा दियो । कर्जा दिनु ठिक होला । तर, त्यसको पछाडीको रहस्य फरक र रमाइलो छ ।

समाचार उच्च स्रोत भन्दछ । जानकी मेडिकल कलेजमा बैंककै केही सञ्चालक र सीइओको समेत शेयर राखी घुमाउरो पाराबाट किनबेच गरिएको छ । यतिसम्मकी नेकपाका बरिष्ठ नेता झलनाथ खनालका छोरालाई समेत शेयर दिएको फेला परेको छ । काठमाडौं मेडिकल कलेजका सञ्चलक ओम प्रकाश पाण्डे लगायत प्रभु समूह नजिक रहेका हरिमान लामा प्रभु बैंकका सीइओ शेरचनका दाजु र केही प्रभु समुहकै व्यक्तिहरुले उक्त जग्गा हड्प्ने कोशिस गरेपछि राष्ट्र बैंकमा परेको उजुरीमा उल्ल्ेख छ ।

उक्त कलेज किन्न रातारात बैंकमा पैसा जम्मा नभएको नक्कली भौचरको आधारमा प्रभु बैंकका सीइओ अशोक शेरचनले जनताको डिपोजिटबाट १० करोड २० लाख कर्जा दिएको देखिन्छ । यति सम्मकी पटक÷पटक ब्याज तिर्न फेरि पुनःमुल्याङ्कननै गराई प्रभु बैंकले अरु ५० लाख थप गरेको फेला परेको छ ।

भनिन्छ बैंकमा ३० प्रतिशत मात्रै प्रमोटरहरुको लगानी छ । ७० प्रतिशत हामी जस्ता गरिब जनताको शेयर छ । तर, पैसा माथी बसेर जे पनि गर्ने प्रभु बैंकका सीइओ शेरचन माथी चाहि किन कारवाही हुँदैन गर्भनर साब ?

सबैलाई थाहा छ मेडिकल कलेज माफियाहरुको चलखेल नेपालमा बढेको छ । यसमा बैंक नेतृत्वले साथ दिएपछि कलेजमा बैंकको पैसा कर्जानै दिएर घुमाउरो बाटोबाट शेयर लिएपछि कसको पो के लाग्दछ र ? राष्ट्र बैंक उच्च स्रोत भन्दछः– बैंकमा जनताको पैसा छ । त्यो सुरक्षा गर्ने दायित्व राष्ट्र बैंककै हो । व्यक्ति को आउँला ? को जाला ? तर, जनताको पैसा संरक्षण गर्ने दायित्व हाम्रो हो । हो उजुरी आयो छानवीन भए र अझै गहिरिएर छानविन हुँदैन ।

आर्थिक बजार न्यूज डटकमले दिएको समाचार प्रति बैंकले भने कुनै प्रतिक्रिया दिएको छैन । यसबारेमा सीइओ अशोक शेरचनसंग प्रतिक्रिया लिन खोज्दा उनीले फोन उठाएनन् । हाम्रो भनाई यति हो जनताको पैसा माथि आँखा गाड्न पाइदैन । बैंकमा हामी गरिब जनताको पनि शेयर छ । हेक्का होस् ।