जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकसँग सरकारी डाक्टर्स एसोशोएसन आबद्ध

प्रभु बैंकसँग सरकारी डाक्टर्स एसोशोएसन आबद्ध

प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशन (गोडान) बिच बैंकिङ्ग कारोबार गर्ने सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गोडानका अध्यक्ष डा. रबिन खड्काले हस्ताक्षर गरेका छन्।

बैंकको ववरमहलस्थित केन्द्रिय कार्यालयमा भएको सम्झौता सम्बन्धि कार्यक्रममा बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र गोडानका बरिष्ठ उपाध्यक्ष डा. बिजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ति बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ्ग लामाको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार प्रभु बैंक अब गोडानको आधिकारिक बैंकको रुपमा रहने छ। सरकारी डक्टर्स एशोसियसनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमा गर्ने छ। गोडानको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट विना झण्झट विभिन्न खाता खोली बैंकिङ्ग कारोबार गर्न सक्नेछन्।

खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन्। यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्। यो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ।

8245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका