जोडिनुहोस
आइतवार, माघ २६, २०८२
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • यूनियन लाइफ इन्स्योरेन्सको जीवन दिप बीमा योजना सार्वजनिक

यूनियन लाइफ इन्स्योरेन्सको जीवन दिप बीमा योजना सार्वजनिक

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ ।

ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नबिनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ । न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका बर्गका मानिसहरुले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधी सम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको छ ।

ब्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ । उक्त बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

जीवन दिप बीमा योजना नबिन बिशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र ब्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गर्नु भएको छ । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको उनको भनाई छ ।

9735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?