जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एनआईसी बैंकको ‘भाइबर कम्युनिटी’मा जोडिएर जित्नुहोस् आकर्षक उपहार

एनआईसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एन आइसीएसीया क्वीज’ योजना सार्वजनिक गरेको छ ।

यस बैंकका ग्राहक तथा अन्य व्यक्तिहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्ने योजना बैंकले सार्वजनिक गरेको छ । यस मार्फत २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिइन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जजरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी प्याल्सोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुडाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिने बैंकले बताएको छ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

कसरी सहभागी हुने ? 
भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइवर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआइसी एसिया क्वीज योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।

हाल यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल हुन सफल भएको बैंकले जनाएको छ । त्यस्तै हाल बैंकका २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र ललितपुर महानगरपालिका वडा न ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ् सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जा अन्तर्गत कर्जावालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ । बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको जीवन दिप बीमा योजना सार्वजनिक

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ ।

ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नबिनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ । न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका बर्गका मानिसहरुले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधी सम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको छ ।

ब्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ । उक्त बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

जीवन दिप बीमा योजना नबिन बिशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र ब्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गर्नु भएको छ । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको उनको भनाई छ ।

आर्थिक बजार न्यूजडटकमको समाचार प्रति प्रभु बैंकको गम्भीर ध्यानाकर्षणः बैंकले पठाएको खण्डन जस्ताको तस्तै !

आर्थिक बजार न्यूजडटकममा छुट्टा छुट्टै मितिमा प्रकाशित दुई समाचार प्रति प्रभु बैंक लिमिटेडको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रभु बैंकका नायक प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले इमेल मार्फत पठाएको खण्डन हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौं । पत्रकारको दायित्व जनताको सम्पत्ती माथी खबरदारी गर्ने हो । हाम्रो उद्देश्य कसैको ‘चरित्र हत्या’ गर्ने होइन । मिडिया भनेको सार्वजनिक सम्पत्ती हो । जहाँ जनताको लगानी भएको छ । त्यहाँ मिडियाले खबरदारी गर्नु मिडियाको पहिलो धर्म हो ।

मिति २०७७/०५/२० गते प्रभु बैंकद्वारा नक्कली भौचरको आधारमा जानकी मेडिकल कलेजलाई करोडौ कर्जा प्रवाह, कर्मचारीद्वय अधिकारी र कोइरलालाई निलम्बन गरी घटना लुकाएको खुलासाः राष्ट्र बैंक बेखबर शीर्षकको समाचार सम्बन्धमा टेलिफोनमा प्रतिक्रिया दिँदै प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले भनेः– यो पुरानो कुरा हो । राष्ट्र बैंकले छानवीन गरिसकेको छ भाई । यसबाटै पुष्टि हुन्छ समाचार गलत हो कि सहि हो भनेर ।

अर्को मिति २०७७/०५/२१ गते प्रभु बैंकमा ९ सय भन्दा बढि पत्रकारहरुको खाता नै असुरक्षीतः कहिले रकम होल्ड त कहिले खाता नम्बर नै परिवर्तन कहिले रकम नै गायब शीर्षकको समाचार बारे मेरो आफ्नै राजतिलक साप्ताहिकको मलाई थाहा नै नदिई खाता नम्बर परिवर्तन गरिएको प्रमाण मसंग छ । अर्को मेरो १ हजारमा खोलीएको मुनाल मिडिया प्रा.लि.को खातामा १ महिनासम्म प्रभु बैंक बैंकले १० हजार होल्ड गरेको प्रमाण कमलादी शाखा प्रभु बैंकको कम्प्युटरमै होला । हेर्न सकिन्छ । अर्को कुरा बैंकका उच्च कर्मचारीले जागिर छाडेको कुरा प्रभु बैंकका तत्कालीन डिपुटी सीइओ तारा मानन्धरको राजीनामाबाटै पुष्टी हुन्छ । अर्को कुरा प्रभु बैंकको चाइनिज–पे भीषा कार्डको छ । त्यो बैंक कर्मचारीकै कार्ड नबिल र इन्भेष्टमेण्ट बैंकका एटिएममा अहिले राख्नु होस पैसा आउदैन । के यो झुट हो ? सुचना दिनु राम्रो पक्ष हो । केही आधार नभई समाचार बन्दैन ।

त्यसकारण समाचार स्रोत र प्रमाण सहित हामीले समाचार दिएका हौं । तर, पनि जनताको सम्पत्ती मात्रै होइन । मेरो पनि शेयर भएको बैंकले समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खण्डन पठाएकोले बैंकले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशन गर्ने दायित्व हाम्रो हो । यहि दायित्वका कारण हामीले बैंकले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशन गरिदिएका छौं । हेनुहोस्ः–

 

नौलो परिवेश सहकारीका प्रबन्धक पक्राउ

पछिल्लो समय सहकारी संस्थाहरुमा भएको ठगी डरलाग्दो छ । हालै नौलो परिवेश वचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार रहेको ब्याक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले ठगी गरेको अभियोगमा का.म.न.पा वडा नं ३१ घर भई ललितपुरको धापाखेल बस्ने ४४ बर्षिय राजकाजीश्र खड्गीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडमा का.म.न.पा वडा नं ३१ बस्ने राजकाजी खड्गी प्रबन्धक पदमा २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई पाँच करोड ६७ लाख नगद ठगी गरी फरार भएका थिए ।

सो पश्चात लुकीछिपी बसेको अवश्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह एक बजे ललितपुर म.न.पा वडा नं २३ धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत वाट यही भदौ २२ गते वाट लागु हुने गरी दिन ५ म्याद थप अनुमति भएको प्रहरीले जनाएको छ ।

अब स्थानीय तहले अस्पताल बनाउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका सबैजसो स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन जारी गरेको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आर्थिक बजार न्यूजडटकमलाई बताए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको उनीले दाबी गरे ।

अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गरेका थिए । ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् ।

मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु. ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको बुझिएको छ । यसबाट कोरोनाबाट पीडितहरुले थप राहत पाउने देखिन्छ ।

प्रभु बैंकको जानकी मेडिकल कलेज कर्जा काण्ड छानवीनमै छ, बदमासी भेटिए सीइओ नै हटाउन निर्देशन जान्छः राष्ट्र बैंक

सुन्दा पनि डर लाग्ने १० करोड २० लाखको कर्जा प्रभु बैंकले नक्कली भौचरको आधारमा दिएको जानकी मेडिकल कलेज काण्ड बारे आर्थिक बजार न्यूज डटकमले सार्वजनिक गरेपछि राष्ट्र बैंकले छानवीनकै क्रममा रहेको फाइल बन्द नगरेको प्रतिक्रिया दिएको छ ।

राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग टेलिफोनमा भन्योः– हो उजुरी आयो, हामीले छानविन ग¥यौ । अदालतमै मुद्दा भएका कारण ढिलाई चाहि भएकै हो । तर, छानवीन रोकिएको छैन । प्रभु बैंकलाई सफाई दिएको छैन । बैंक नेतृत्वकै संलग्नताको कुरा भेटिएको छ । राष्ट्र बैंक उच्च स्रोतले दाबी गर्दै भन्यो । यदि नियतबस बदमासी गरेको पुष्टि भए सीइओ हटाउन नै निर्देशन राष्ट्र बैंकले दिन्छ । कुनै डिपुटी गर्भनरले बचाउन सक्दैन । समाचारमा आएजस्तो बेखबर राष्ट्र बैंक छैन ।
घटना के हो ?

शिव प्रसाद बास्तोलाको नाममा रहेको जानकी मेडिकल कलेज बिक्री भएको भनी नक्कली भौचर पेश गरेको आधारमा प्रभु बैंकले १० करोड २० लाख कर्जा दियो । कर्जा दिनु ठिक होला । तर, त्यसको पछाडीको रहस्य फरक र रमाइलो छ ।

समाचार उच्च स्रोत भन्दछ । जानकी मेडिकल कलेजमा बैंककै केही सञ्चालक र सीइओको समेत शेयर राखी घुमाउरो पाराबाट किनबेच गरिएको छ । यतिसम्मकी नेकपाका बरिष्ठ नेता झलनाथ खनालका छोरालाई समेत शेयर दिएको फेला परेको छ । काठमाडौं मेडिकल कलेजका सञ्चलक ओम प्रकाश पाण्डे लगायत प्रभु समूह नजिक रहेका हरिमान लामा प्रभु बैंकका सीइओ शेरचनका दाजु र केही प्रभु समुहकै व्यक्तिहरुले उक्त जग्गा हड्प्ने कोशिस गरेपछि राष्ट्र बैंकमा परेको उजुरीमा उल्ल्ेख छ ।

उक्त कलेज किन्न रातारात बैंकमा पैसा जम्मा नभएको नक्कली भौचरको आधारमा प्रभु बैंकका सीइओ अशोक शेरचनले जनताको डिपोजिटबाट १० करोड २० लाख कर्जा दिएको देखिन्छ । यति सम्मकी पटक÷पटक ब्याज तिर्न फेरि पुनःमुल्याङ्कननै गराई प्रभु बैंकले अरु ५० लाख थप गरेको फेला परेको छ ।

भनिन्छ बैंकमा ३० प्रतिशत मात्रै प्रमोटरहरुको लगानी छ । ७० प्रतिशत हामी जस्ता गरिब जनताको शेयर छ । तर, पैसा माथी बसेर जे पनि गर्ने प्रभु बैंकका सीइओ शेरचन माथी चाहि किन कारवाही हुँदैन गर्भनर साब ?

सबैलाई थाहा छ मेडिकल कलेज माफियाहरुको चलखेल नेपालमा बढेको छ । यसमा बैंक नेतृत्वले साथ दिएपछि कलेजमा बैंकको पैसा कर्जानै दिएर घुमाउरो बाटोबाट शेयर लिएपछि कसको पो के लाग्दछ र ? राष्ट्र बैंक उच्च स्रोत भन्दछः– बैंकमा जनताको पैसा छ । त्यो सुरक्षा गर्ने दायित्व राष्ट्र बैंककै हो । व्यक्ति को आउँला ? को जाला ? तर, जनताको पैसा संरक्षण गर्ने दायित्व हाम्रो हो । हो उजुरी आयो छानवीन भए र अझै गहिरिएर छानविन हुँदैन ।

आर्थिक बजार न्यूज डटकमले दिएको समाचार प्रति बैंकले भने कुनै प्रतिक्रिया दिएको छैन । यसबारेमा सीइओ अशोक शेरचनसंग प्रतिक्रिया लिन खोज्दा उनीले फोन उठाएनन् । हाम्रो भनाई यति हो जनताको पैसा माथि आँखा गाड्न पाइदैन । बैंकमा हामी गरिब जनताको पनि शेयर छ । हेक्का होस् ।

बीमक संघको बैठक सम्पन्न, कोरोना बीमा सरलीकृत गर्ने

निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको बैठक केहीबेर अघि सम्पन्न भएको छ । कोरोना बीमा पोलिसीका विषयमा उत्पन्न विवादको विषयमा बैठक केन्द्रित भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

संघका अध्यक्ष दीप प्रकाश पाण्डेको अध्यक्षतामा आज बसेको पूर्ण बैठकमा कोरोना बीमा सम्बन्धी लामो छलफल भएको थियो । सो छलफलमा कोरोना बीमा पोलिसीमाथि उत्पन्न अन्योलता हटाउने, कोरोना बीमाको दावी भुक्तानी सरल बनाएर बीमाप्रति जनताको विश्वास टुट्न नदिने, दावी भुक्तानी छिटो र छरितो बनाउन सबै सदस्यहरु सहमत भएका छन् ।

आज बसेको बैठकको भाव अनुसार बीमा समितिको कार्यदलको बैठकमा सहभागी हुने सदस्यले आफ्ना धारणाहरु राख्नेछन् । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गर्ने सम्बन्धमा गठन गरेको कार्यदलमा नेपाल बीमक संघका एक जना प्रतिनिधि सहभागी छन् ।

बैंकमा लकर खोल्दा बुझाएको ‘ग्यारेन्टी’ रकममा पनि ब्याज पाइने

अब बैंकहरुले लकर खोल्दा लिएको ग्यारेन्टी वापतको रकममा पनि ब्याज तिनु पर्ने भएको छ। सेफ डिपोजीट भल्ट/लकरको सेवा उपलब्ध गराउँदा बैंकहरुले ग्राहकसँग सेक्युरिटी डिपोजिट भनेर निश्चित पैसा असुल्छन।

त्यो पैसामा पनि अब भने ब्याज तिर्नु पर्ने छ। ब्याज दर साधारण बचत खातामा दिइने बराबर हुन्छ।

अबदेखि बैंक तथा वित्तीय संस्थाले आफ्नो वेवसाइटमा विगत तीन बर्षको कर्जा र निक्षेपको ब्याज दर, आधार दर र ब्याज दर अन्तर राख्नु पर्ने छ।

यसैगरी लाभांस घोषणामा पनि केही सर्तहरु राखेको छ। बीचको कुनै अवधिमा तोकिएको पुँजी कोष अनुपात कायम गर्न नसके पनि आर्थिक बर्षको अन्त्यमा पुँजी कोष कायम गरेको रहेछ भने पनि नगद लाभांस वा बोनस सेयरको घोषणा गर्न पाइँदैन। यसअघि वितरण गर्न नपाउने ब्यवस्था थियो।

बैंक तथा वित्तिय सस्थाको २ प्रतिशत वा त्यसभन्दा बढि सेयर धारण गर्ने संस्थापक सेरधनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न सक्ने छन्। यसअघि यो ब्यवस्था थिएन। साथै राष्ट्र बैंकले संस्थापक सेयर धितो बन्धक राखी करजा प्रवाह गर्दा त्यस्तो करजाको नवीकरण अब गर्न पाइने छैन।

तर ०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भइ कर्जा नियमित रहेको अवस्थामा त्यसतो कर्जा नवीकरण गर्न पाउने छ।

कल डिपोजिटमा अबदेखि न्यूनतम बचतको ब्याजको आधा प्रतिशत मात्र दिन पाइने

नेपाल राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर थप घटाइ दिएको छ। मंगलबार एकीकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्ताको प्रमुख आम्दानीको स्रोतमध्येको कल डिपोजिटको ब्याज घटाइएको हो।

यसअघि बचत खाताको न्यूनतम ब्याज बराबर कल डिपोजिटको ब्याज कायम हुन्थ्यो। अब भने न्यूनतम ब्याजको पनि ५० प्रतिशत मात्र दिन पाइने छ।

बचत खाता बीचको ब्याज दर दुई प्रतिशत बिन्दुभन्दा बढी हुनु हुँदैन। उदाहरणका लागि न्यूनतम ४ प्रतिशत छ भने बढीमा ६ प्रतिशत ब्याज हुन्छ। अहिले कल डिपोजिटमा बचतमा कायम न्यूनतम ४ प्रतिशत ब्याज मात्र दिन पाइन्थ्यो। अब भने यसको पनि आधा अर्थात २ प्रतिशत मात्र दिन पाइन्छ।

तरलता अभावका बेला संस्थागत निक्षेपकर्ताले कल डिपोजिटमा पनि राम्रै वार्गेनिङ गरेका थिए। त्यसलाई कम गर्न पनि राष्ट्र बैंकले नयाँ ब्यवस्था तर्जुमा गरेको हो

ऋणमा घर र गाडी किनेका सर्वसाधारणलाई राष्ट्र बैंकको राहत: अबदेखि ब्याज कहिले परिवर्तन नहुने

ऋण लिँदाका बेला एउटा ब्याज दर हुन्छ किस्ता तिर्ने बेलामा अर्कै। यसले गर्दा निश्चित आम्दानी हुने सर्वसाधारण निकै मारमा परिरहेका थिए।

त्यो समस्याबाट अबदेखि नियमित इएमआइ तिर्नेहरुले मुक्ति पाएका छन्। नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीलाई प्रत्यक्ष फाइदा पुग्ने निर्देशन मंगलबार जारी गरेको छ।

एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका ब्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अब नयाँ ब्यवस्थाले ब्याज मनपरी बढाउने बैंकको प्रवृत्तिको अन्त्य भएको छ।

यदि कुनै ग्राहकले होइन मलाई तरलता अनुसार थपघट हुने ब्याज चाहिन्छ भन्यो भने उसलाई त्यो विकल्प पनि दिन भनिएको छ।

ब्यक्तिको नाममा प्रवाह भएको वा हुने घर,गाडीलगायत मासिक वा कुनै पनि आवधिक किस्ता भुक्तानी हुने गरी प्रवाह भएका कर्जाहरुमा लागू हुनेछ। यसअघि प्रवाह भएका ऋणहरुमा ग्रहकले स्थिर चाहिन्छ भनेमा बैंकले ब्याज स्थिर गरिदिनु पर्नेछ। स्थिर कर्जाको ब्याज दर ६/६ महिनामा प्रकाशित गर्नु पर्नेछ।

यस्तो कर्जामा आधार दरमा कतिसम्म प्रिमियम लिन पाइन्छ भन्ने खुलाइएको छैन। त्यसैले यस्तो ऋणको ब्याज प्रचलित भन्दा केही महँगो भने पर्न सक्छ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंका अस्पतालहरुमा बिशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंमा रहेका स्वास्थ्यसंग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् ।

साथै मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यसै गरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

काठमाडौें अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिदा २० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । त्यसै गरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थीतिलाई लक्षित गरी पिसिआर परिक्षणमा ४ सय रुपैयाँको को विशेष छुटको व्यवस्था गरेको छ ।
त्यसै गरी, कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसिआर परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।