जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशन बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र ललितपुर महानगरपालिका वडा न ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ् सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जा अन्तर्गत कर्जावालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ । बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

7900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका