जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालको दादागिरीले हद नाग्यो गर्भनर साब ?

कहिले नियमनकारी निकायका प्रमुख (गर्भनर)लाई गाली गर्ने कहिले बैंकका कर्मचारीको तलब भत्ता घटाउने कुरा गर्ने, कहिले ग्राहकले गर्ने, नगद कारोबारमा कर लगाउन सुझाव दिने, त कहिले २ प्रतिशत व्याज छुट दिन सकिदैन भन्दै नियमनकारी निकायको निर्देशनलाई उल्टाउने सानिमा बैंकका सीइओ एवं नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालको दादागिरीले हद नाघेको देखिन्छ ।

जिम्मेवार संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेको व्यक्तिले बोल्दा जनताको रगत र पसिनाबाट जम्मा भएको खर्बैको डिपोजिट रहेका बैंकहरुमा कस्तो असर पर्दछ । यसको हिसाब किताब कसले गर्ने ?
नियमनकारी निकाय राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सार्वजनिक ठाउँमा मनपरी बोल्ने, राष्ट्र बैंकको तलब बढि छ भन्ने अध्यक्ष भूवन दाहालको तलब कत्ति छ । उनीले वार्षिक रुपमा २ करोड ५० लाख १० हजार भन्दा बढि जनताको पैसाबाट तलब, भत्ता र बोनस सबै गरी लिएको खुलेको छ ।

तल्ला तहका सबै बैंकका कर्मचारीहरुले कोरोना भाईरसका कारण तलब बाहेक केही नपाउने व्यवस्था गर्ने संघका अध्यक्ष दाहालले अर्थ मन्त्रालय र राष्ट्र बैंक मार्फत लबिङ्ग गरेको खुलेको छ । यो कस्तो बैकिङ्ग हो । भोलि बैंक स्टाफलाई कोरोना भाईरसका कारण मृत्यु भए त्यसको जिम्मा लिँदै भूवन दाहाल जेल जान तयार छ कि छैन ? अब यो प्रश्नको उत्तर गर्भनर अधिकारीले नै दिने पो हो कि ?

एउटै गाडीमा बाख्रा झै खादेर बैंकमा कर्मचारी ओसार्ने र कर्मचारीहरुको कोरोना बीमा समेत गर्न नसक्ने बैंकर्स संघबाट अरु के आशा गर्न सकिन्छ ?

पछिल्लो पटक नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालले अच्चमको र बैंकका ग्राहकलाई लुट्ने खालका हेर्दा पनि घिन लाग्ने देख्दा त लाज लाग्ने कुराको सुझाव अर्थमन्त्रालय मार्फत अर्थमन्त्रीलाई दिएको अर्थमन्त्रालय उच्च स्रोतले आर्थिक बजारन्यूज डटकमलाई टेलिफोनमा भनेः– बैंकर्स संघबाट नोटमा आधारित वित्तिय कारोबार घटाउने बहानामा कोरोना कर लगाउन सुझाव पठाएको छ । उनीले थपे बजेटमै यो कुरा लगाउन संघको माग छ ।

नेपालमा २७ वाणिज्य बैंकहरु छन् । यी बैंकमा करोडौं जनताका खाता छन् । नगदबाटै धेरै जस्तो ग्राहकले कारोबार गर्ने गरेका छन् । १०÷१५ प्रतिशतले मात्र डिजिटल कारोबार गर्न सिकेका छन् । सबै बैंकका सीइओ सावहरु जस्तो पढेलेखेका छैनन् । तर, बैंकर्स संघका अध्यक्षले डिजिटल कारोबार बढाउने तर्क तेर्साउदै अर्थमन्त्रीलाई २ प्रतिशत भन्दा बढि कोरोना कर नगद कारोबारमा लगाउन प्रस्ताव नै पठाउनु ग्राहक लुट्नु बाहेक के हुन सक्दछन गर्भनर साब ?

बैंकर्स संघले नगद कारोबार २० प्रतिशत ५ वर्ष भित्र झार्ने लक्ष्य सहितको कोरोना करको प्रस्ताव गर्न आग्रह गरेको खुलेको छ । यत्तिसम्मको ५० हजारको चेकको कारोबार गर्दा समेत कोरोना कर लगाउन प्रस्ताव गर्ने सीइओ सावहरुले लाखौ लाखौ तलब भत्तामा चाहि ३०÷३५ प्रतिशत होइन राज्यले ५० प्रतिशत कर लगाउनु पर्ने माग उठेको छ ।
सधै जनताको पैसामा रजाई मच्चाउने अनि तिर्ने गरिब निमूखा जनतालाई कर लगाउन प्रस्ताव गर्ने अब बैंकरलाई टाई लगाएका गुण्डा नभने के भन्ने श्रीमान भन्ने गर्भनर साब ?

संघका अध्यक्ष भूवन दाहालकै कोरोना करको प्रस्ताव यदि बजेटमा आए अब जनताले पैसा झिक्न राख्न बैंक नगए हुन्छ । किनदिनभरी लाइन बस्ने ? अनि कर तिर्ने ? किन बैंकिङ्ग कारोबार गर्ने पैसा घरमै सिरानी बनाएर राख्ने दिन नआउला भन्न सकिदैन समयमै सोचौ ।

जनता जनार्दन हुन् । बैंक चलाउने पैसा जम्मा गर्ने जनता नै हुन सीइओलाई लाखौलाख तलब खुवाउने जनतानै हुन् । अनि जनता लुट्ने कर लगाउने प्रस्ताव गर्ने यो कस्तो बैकिङ्ग हो गर्भनर साब ? अर्को कुरा एउटा जिम्मेवार निकायको व्यक्तिलाई जे पनि बोल्न छुट छ ? उनीलाई राष्ट्र बैंकले अब सचेत बन्न लिखित रुपमै तत्कालै निर्देशन किन नदिने ? सबैकुरा भूवन दाहालले भनेको मान्ने हामी लाखौ लाख ग्राहकले ? को हो भुवन दाहाल ?
२ प्रतिशत छुट देउ यो निर्देशन ग्राहकको होइन नियमनकारी निकायको यो भूवन दाहालले अब चाहि बुझ्नु पर्दछ । आजलाई यत्ति ।

नेपाल बङ्गलादेश बैँकले कर्मचारीहरुको कोरोना बीमा गर्यो

नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा Polymerase Chain Reaction (PCR) टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । हाल बैकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।

नेपाल राष्ट्र बैंकले नोटहरुलाई कोरोना संक्रमण रहित बनाउनका लागि डिसइन्फेक्टेड स्प्रे गर्ने .?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थावाट आएका नोटहरुलाई कोरोना संक्रमण रहित बनाउनका लागि डिसइन्फेक्टेड स्प्रे गर्ने भएको छ ।

बैंक वित्तीय संस्थावाट केन्द्रीय बैंकले नगद दखिला बुझिलिने सम्बन्धमा शिलबन्दी बाक्सा नै बुझ्ने केहि दिन पछि भाइरस रहित स्प्रे गरेर गणना गरि बुझिलिने व्यवस्था गरेको हो ।

केही समय अघि नोटवाट पनि कोरोना संक्रमण फैलनसक्ने भन्दै उच्च स्तरीय समितिले समेत नोटलाई भाइरस रहित बनाउन सुझाव दिएको थियो । राष्ट्र बैंकले सोमबार कोरोना भाइरसको संक्रमण हुन नदिइ सेवा प्रदान गर्ने सम्बन्धमा कर्मचारीहरुलाइ मार्गदर्शन नै बनाएर लागु गरेको छ ।

सो मार्गदर्शन अनुसार न्यूनतम समाजिक दुरी कायम गर्ने, ह्याण्ड सेनिटाइजको प्रयोग, मास्क, पन्जा, १००.४ भन्दा तल कर्मचारीको सरीरको तापक्रम हुनुपर्ने लगायतका व्यवस्था अनिवर्या गरेर विभाग, शाखा तथा इकाइले कुल कर्मचारीको एक तिहाइले आलोपालो पद्धतीमा कार्यालय उपस्थित भएर सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।

यसरी अहिलेको संकटको समयमा पनि बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशिक कार्यालयहरुवाट गरीने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाइ निरन्तरता दिने व्यवस्था गरेको छ ।

कार्यालयमा उपस्थित कर्मचारीले मास्क, पन्जा प्रयोग गरे नगरेको तथा सामाजिक दुरी कायम गगरेर नगरेको सन्दर्भमा अनुगमन गर्ने व्यवस्था समेत मार्गदर्शनले गरेको छ ।

त्यसैगरी एक शाखा, विभाग तथा इकाइका लागि पास लिएर गएको सेवाग्राहीले अन्य विभाग, शाखा तथा इकाइमा प्रबेश पाउने छैनन् । त्यसका साथै आफुहरुले सेवा प्रदान गर्ने क्रममा आएका सेवाग्राहीको विस्तृत जानकारी टिपेर राख्नु पर्ने व्यवस्था समेत मार्गदर्शनले गरेको छ ।

त्यसका साथै कार्यालयमा प्रयोग भएको कम्प्यूटर, टेवल, किबोर्ड, टेलिफोन लगायतका कर्मचारी तथा सेवाग्राहीको प्रत्यक्ष सम्पर्कमा रहने समान तथा स्थानहरुमा समेत डिस इन्फेक्टेड स्प्रे देखिन रुपमा गर्ने समेत मार्गदर्शमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमण वढ्दो क्रममा रहेको हुनाले अत्यावश्यकीय सेवा प्रदान गर्नकालागि सुरक्षीत तबरवाट सेवा प्रदान गर्नका लागि केन्द्रीय बैंकले आफ्ना कर्मचारकिा लागि यस्तो मार्गदर्श लागु गरेको हो । त्यसका साथै बर्क फ्रम होमलाई स्विकृती दिने तथा प्रबाविधको प्रयोग उच्च गरेर सेवा प्रबाहलाइ निरन्तरता दिने मार्गदर्शनमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित  

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

उक्त नीति तथा कार्यक्रम माथि छलफलका क्रममा केही नेताहरुले संसोधन माग गरेका थिए । संसदमा भएको मतदानमा सबै संसोधन प्रस्ताव अस्वीकृत भए पछि सभामुख अग्नीप्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको घोषणा गरेका छन ।

देशको अर्थतन्त्र चलायमान बनाएर सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थकता दिन जीवन बीमा कम्पनीको धेरै ठूलो हात र साथ रहन्छ । त्यसका लागि उच्च स्तरीय संयन्त्र नै बनाएर दिर्घकालिन योजना ल्याउनु जरुरी छ ।

चीनको वुहानबाट कोभिड–१९ को महामारी फैलियो, त्यसयता अर्थतन्त्रका सबैक्षेत्रमा यसको असर देखिन थालेको छ । नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन सुरु भयो । तर त्यसभन्दा अघिनै मानिसहरुमा त्रास पैदा भएको थियो । यसको कुनै औषधि नभएको र संक्रमितको वरपर जाँदा पनि सर्ने भएकाले मानिसहरु सतर्क भएका थिए । सरकारले पनि सहि समयमा लकडाउन घोषणा गरेका कारण अहिलेसम्म ठूलो क्षति हुन पाएको छैन ।पहिले मानव जीवन त्यसपछि मात्र आर्थिक उपार्जन भन्ने जुन साेंचका साथ अघि बढिएको छ त्यसले धेरैहदसम्म कोरोना न्यूनीकरणमा सहयोग गरेको छ । नेपालमा एक अर्का व्यक्तिसँग भेटघाट गरेर गरिने व्यवसायहरु बढी छन् ।

यसले नेपालमा कोरोनाको असर धेरै क्षेत्रमा परेको छ । उदाहरणका लागि होटल व्यवसाय, ट्राभल, ट्रेकिङ, सार्वजनिक यातायातजस्ता क्षेत्र, जहाँ मासिनहरुको प्रत्यक्ष भेटघाट हुन्छ त्यस्ता क्षेत्र त ठप्प नै भएका छन् । यसैगरी डिजिटल प्रविधिबाट काम गर्न सकिने केही सेवा क्षेत्रहरु वर्क फ्रम होमबाट चलेका छन् । तर जीवन बीमा सेवा क्षेत्र भएपनि यसको व्यवसायको मोडालिटी फरक छ । कम्पनीले सेवा दिन्छ, तर उक्त सेवालाई विमितसम्म लिएर जाने काम अभिकर्ताले गर्छन । बीमा क्षेत्र अत्यावश्यकमा पर्यो तर बीमाको मुख्य भमिकामा रहेका अभिकर्ताहरु अत्यावश्यकमा परेनन् । यस्तो समयमा सेवाग्राही पनि होम क्वारेन्टीन वा आईसोलेसनमा बस्न रुचाउँछन् र यो बाध्यता पनि हो । एक घरबाट अर्को घरमा प्रवेश नै बन्द छ । पछिल्लो तथ्याङ्क अनुसार देशको २६ प्रतिशत जनसंख्या बीमामा आबद्ध छन् । तर त्यसमा पनि बचत प्रकृतिका बीमाको हिस्सा बढी छ । यस्ता बीमा पोलिसी बिक्री गर्न अभिकर्ताको भुमिका उच्च रहन्छ ।

ठूला बीमा पोलिसी बिक्री गर्न सम्बन्धित बिमितको स्वास्थ्य परीक्षण पनि गर्नुपर्ने हुन्छ । तर यस्ता कुराहरु डिजिटलमैत्री छैनन् । बीमा गरिरहेका बिमितहरुको समस्या एकातिर छ भने, नयाँ व्यक्तिलाई बीमा गराउन सकिने अवस्था छैन । अहिले स्वास्थ्य बीमा तथा अन्य क्षेत्रको बीमा गराउने क्रम बढेको छ । तर हामीले दिने सेवा प्रविधिमैत्री नहुँदा डिजिटल प्रविधिमा ल्याउन सकिएको छैन । यसले व्यवसायलाई निरन्तरता दिन समस्या भएको छ । यसैगरी बिमितको हकमा पनि कसैको पोलिसी परिपक्व भएको होला, उहाँहरुको पैसा निकाल्न समस्या परेको छ, कोही बिमितको आर्थिक समस्या परेको होला उहाँहरुले पनि पोलिसीबाट ऋण निकाल्न समस्या भएको छ । कसैलाई दाबी गर्न समेत समस्या भएको छ । यसैलाई सम्बोधन गर्न बीमा कम्पनीहरुले तत्कालका लागि नयाँ व्यवस्था गर्दै पोलिसी परिपक्व भएका व्यक्तिको भुक्तानी तथा दाबी डिजिटल माध्यमबाटै गर्न थालियो ।

मानिस सुरु देखिनै घरमै बसेर काम गर्दै आए उनीहरुलाई सहज भएको छ तर जसले लकडाउनमा मात्र घरमा बसेर काम गर्नु परेको छ, उनीहरुलाई अप्ठ्यारो भएको छ । अभिकर्ताको समस्या लकडाउन सुरु भएसँगै सबैभन्दा बढी प्रभावित अभिकर्ताहरु नै हुन । अभिकर्ताको आम्दानी हरेक दिनको व्यापारमा भर पर्छ । अहिले अभिकर्ता डिजिटल फ्रेन्ड्ली छैनन् भने बीमा गर्ने व्यक्ति पनि त्यसमा अभ्यस्त छैनन् । यसले सुरुवाती चरणमा ठूलो समस्या पैदा भएको छ । भनिन्छ, आवश्यकताले नै नयाँ सोच जन्माउँछ । यो अवस्थामा बीमा कम्पनीहरुले जूम वा भर्चुअल मिटिङबाट अभिकर्ताहरुसँग सम्पर्क राखे त्यसैगरी अभिकर्ताहरुले पनि बिमितहरुसँग सोही माध्यमबाट सम्पर्क बढाए ।अहिले जूम, फेसबुक, ह्वाट्सएप तथा भाइबरबाट अभिकर्ताहरुले बिमितहरुलाई सेवा दिँदै आएका छन् । यसैबाट आगामी दिनमा अभिकर्ताको कार्यशैली तथा विजनेश मोडल आफै परिवर्तन हुनेछ ।

मानिससँग प्रत्यक्षरुपमा भेट भएर काम गर्न एकदिनमा २४ घण्टा मात्र हुन्छ तर भर्चुअल तरिकाबाट काम गर्ने हो भने एकपटकमा ५० वा १ सयजना सँग सम्पर्क गर्न सकिन्छ । यसले अभिकर्ताको क्षमता बढाउँछ । अहिले सबैलाई समस्या ल्याए पनि भविष्यमा फलदायी हुने देखिएको छ । तत्कालका लागि उनीहरुको आम्दानी र व्यवसायमा ठूलो असर परेको छ । विश्वका धेरै देशको बीमाको अवस्था हेर्ने हो भने स्वास्थ्य बीमा वा प्रोटेक्सन खालको बीमा पोलिसी बढी विक्री भएको छ । आवश्यकताको आधारमा पोलिसी खरिद गर्छन । उदाहणका लागि भुईंचालो पश्चात आफ्नो सम्पत्तिको बीमा गराउने क्रम बढेको थियो ।

बीमा कम्पनी वा कर्मचारीले दुःख गरेर बचाएर जम्मा गरेको रकमको निक्षेपमा दिईने ब्याजदरमा छुट्टै नीतिगत व्यवस्था हुनुपर्छ या यसलाई व्यक्तिगत निक्षेपकर्ताको रुपमा लिईनुपर्छ । नेपालमा पेन्सन योजना र सेवा निवृत योजनाहरु नआउनुको मुख्य कारण नै यहिं हो। जसको भविष्यमा आफ्नो आम्दानीको यकिन गर्न सकिँदैन । बैंकहरुले मुद्दतीको निक्षेप कहिले ४ प्रतिशत कहिले १२ प्रतिशत त कहिले ८ प्रतिशत दिँदै आएका छन् ।

लगानीकर्ता र बिमितलाई असर अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको बैंकले निक्षेपमा दिने ब्याजदरमा देखिएको छ । जीवन बीमा कम्पनीसँग भएको पैसा भनेको सरप्लस रकम होइन, व्यवसाय हो । नेपालका बैंकहरुले सरप्लस पैसा जम्मा गर्ने, बचतको पैसा जम्मा गर्ने होस् वा मुख्य व्यवसायको पैसा जम्मा गर्ने सबै संस्थागत निक्षेपकर्तालाई एउटै टोकरीमा राख्ने गरेका छन् ।उदाहरणका लागि अहिलेनै बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेर संस्थागत निक्षेपकर्ताको मुद्दतीको ब्याजदर घटाईदिएको छ । बीमा कम्पनीहरुको मुख्य व्यवसाय भनेकै बैंकहरुमा राखेको मुद्दती निक्षेप नै हो । त्यसरी बीमा कम्पनीलाई संस्थागत निक्षेपकर्ताको टोकरीमा राखेर ब्याज घटाउँदा त्यसको सबैभन्दा ठूलो असर बिमितलाई पर्छ ।

किनकी कम्पनीको कमाईको ठूलो हिस्सा बिमितको बोनसमा जान्छ । अहिलेपनि नेपालको ९० देखि ९५ प्रतिशत बीमा पोलिसी बचत खालका छन्, जो नाफामा सरिक हुन चाहन्छन् । उदाहरणका लागि नेपालका टेलिकम र बीमालाई एउटै संस्थागत निक्षेपकर्तामा राखिन्छ । टेलिकमले आफ्नो आम्दानीको रकम बैंकमा मुद्दती निक्षेपमा राख्छन् भने बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले व्यवसायको पैसा । यस्ता कम्पनीले बैंकबाट आएको ब्याजले नै आफना ग्राहकलाई बोनस दिँदै आएका छन् । सबै संस्थागत निक्षेपकर्तालाई एउटै टोकरीमा राख्दा जीवन बीमा कम्पनीहरु मारमा पर्दै आएका छन् ।

जीवन बीमा कम्पनीहरुले देशका हरेक स्थानमा पुगेर सानो सानो रकमलाई संकलन गर्दै मानव सुरक्षा तथा देशको आर्थिक विकासका लागि फण्ड संकलन गर्दै आएका छन् तर राज्यले भने यसलाई आईडल मनीको रुपमा लिएको छ । बैंकहरुले निक्षेपको ब्याजदरमा परिवर्तन गर्ने बित्तिकै मारमा जीवन बीमा कम्पनी पर्दै आएका छन्, यो एकदमै गलत छ । बीमा कम्पनी वा कर्मचारीले दुःख गरेर बचाएर जम्मा गरेको रकमको निक्षेपमा दिईने ब्याजदरमा छुट्टै नीतिगत व्यवस्था हुनुपर्छ या यसलाई व्यक्तिगत निक्षेपकर्ताको रुपमा लिईनुपर्छ । नेपालमा पेन्सन योजना र सेवा निवृत योजनाहरु नआउनुको मुख्य कारण नै यहिं हो। जसको भविष्यमा आफ्नो आम्दानीको यकिन गर्न सकिँदैन । बैंकहरुले मुद्दतीको निक्षेप कहिले ४ प्रतिशत कहिले १२ प्रतिशत त कहिले ८ प्रतिशत दिँदै आएका छन् ।

यो कुनै खुला प्रतिस्पर्धा वा बजारले निर्धारण गरेको ब्याजदर होइन जबर्जस्त तय गरिँदै आएको छ । अर्को जीवन कम्पनीमा सम्पत्ति र दायित्वबीच ठूलो ग्याप छ । बचत बीमाको कुरा गर्दा १० देखि २० बर्षसम्मको दायित्व लिएर बसेका हुन्छन् । उदारहणकै लागि नेपाल लाईफ इन्स्योरेन्सको दायित्वको चक्र साढे १५ बर्षको छ । तर दिर्घकालिन रुपमा लगानीगर्ने क्षेत्र खोईन त ? दिर्घकालिन लगानी भन्नाले २/५ बर्षको होइन १५/२० बर्षको लगानी गर्ने वातावरण बनाईनिुपर्छ । नेपालको सन्दर्भमा हाम्रो बैंकहरुले १५/२० बर्षको दिर्घकालिन लगानी गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा सरकारी सेक्युरिटीज नै उपयुक्त माध्यम हो ।

अबका दिनमा सरकारले जीवन बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता दिर्घकालिन पूँजी सिर्जना गर्ने क्षेत्रलाई लक्षित गर्दै योजना बनाउनु जरुरी छ । त्यसमा जीवन बीमा कम्पनीले १५ बर्षभन्दा माथीका दिर्घकालिन लगानी गर्न तयार छन् । यसले बिमितको बोनसमा सकारात्मक प्रभाव पार्छ भने बीमा कम्पनीले पनि सोही अनुरुपका पोलिसीहरु बिक्री गर्न पाउनेछन् । लगानीको विविधिकरण अहिले सरकारले जनताको बीमालाई प्राथमिकता साथ अघि बढाएको छ तर बिमितको सुरक्षा खोइ त ?

बीमा कम्पनीको पैसा भनेको जनताको पैसा हो र यसलाई निश्चित समयपछि बोनससहित फिर्ता गर्नुपर्छ । यसको सुरक्षा महत्वपूर्ण भएकाले आम्दानीभन्दा पनि जोखिमलाई बढी महत्व दिईन्छ । विश्वको जुनसकै जीवन बीमा कम्पनीको वित्तीय विवरण वा लगानीको पोर्टफोलियो हेर्ने हो भने प्रिमियमको ६० देखि ७० प्रतिशत रकम १० बर्षदेखि माथिका सरकारी सेक्युरिटीजमा हुन्छन् । अहिले नेपालको सरकारी सेयक्युरिटीज भनेको राष्ट्र बैंकले निष्काशन गर्ने ट्रेजरी बिल ।

जहाँ बैंक तथा वित्तीय संस्थाको तरलमा गणना हुने पैसासँग प्रतिस्पर्धा गर्नुपर्छ । २/३ प्रतिशतको ब्याजदरको ट्रेजरी बिलमा पैसा राखेर राखेर बीमा कम्पनीले बिमितलाई ६५ रुपैयाँको बोनस कसरी दिने ? अबका दिनमा नीति निर्माताले यस्ता विषयमा ध्यान दिनु जरुरी छ । बीमा र उत्पादकत्व अहिले देशमा पूर्वाधारको कमि छ भने राज्यलाई दिर्घकालिन लगानीको आवश्यकता छ । कोभिड–१९ कै कारण वैदेशिक रोजगारीमा गएका युवाहरु ठूलो संख्यामा नेपाल फर्किदैछन् । उहाँहरुका लागि रोजगारी सिर्जना गर्नुछ । अहिले जीवन बीमा कम्पनीहरुसँग मात्रै ३ खर्ब रुपैयाँभन्दा बढी रकम छ । यो बैंकहरुको कुल निक्षेपको १० प्रतिशत हाराहारी हुन आउँछ । यो ठूलो स्रोत हो । नेपाली बीमा कम्पनीहरु अझै तल्लो तहसम्म पुग्न सकेका छैनन् ।

अहिले बीमाप्रति आकर्षण बढेको छ । सोही अनुरुप प्रिमियम संकलन गर्ने हो भने अझै बढ्नेछ । अबका दिनमा सरकारले जीवन बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता दिर्घकालिन पूँजी सिर्जना गर्ने क्षेत्रलाई लक्षित गर्दै योजना बनाउनु जरुरी छ । त्यसमा जीवन बीमा कम्पनीले १५ बर्षभन्दा माथीका दिर्घकालिन लगानी गर्न तयार छन् । यसले बिमितको बोनसमा सकारात्मक प्रभाव पार्छ भने बीमा कम्पनीले पनि सोही अनुरुपका पोलिसीहरु बिक्री गर्न पाउनेछन् । लगानीको विविधिकरण अहिले सरकारले जनताको बीमालाई प्राथमिकता साथ अघि बढाएको छ तर बिमितको सुरक्षा खोइ त ?

बीमा कम्पनीको सबै लगानी बैंकमा भैरहेको छ, तर त्यहाँ पनि उत्तिकै जोखिम छ । बैंकको पनि लगानी नउठेर आम्दानीमा गिरावट आएको छ भने खराब कर्जा बढेको छ। तसर्थ बीमा कम्पनीको फण्डको सुरक्षाको पनि निश्चिता हुनु पर्यो । यसका लागि किन सरकारको सेक्युरिटीजमा लगानी नगर्ने ? अबका दिनमा बीमा कम्पनीको लगानीको विविधिकरण गर्नु जरुरी छ । दुई बर्ष अघि सरकारले बीमा कम्पनीका लागि नयाँ क्षेत्रमा लगानी खुला गरिदिएको थियो । तर अहिलेसम्म मोडालिटी बनाउन सकिएको छैन । बीमा कम्पनीको रिटेल क्षेत्रमा ठूलो भुमिका हुन सक्छ । नेपाल लाइफको आफ्नै १० लाखभन्दा ग्राहक छन् ।

अहिले रिटेल हाउजिङमा ठूलो ग्याप छ । सबैका आफ्ना घर छैनन् । निश्चित वर्ग वा बढी आम्दानी हुनेले मात्र घर किन्न सक्ने अवस्था छ । कोरोनाकै कारण आगामी दिनमा मानिसको आम्दानी घट्दै छ । अबका दिनमा कम मूल्यका हाउजिङको पनि माग बढ्न सक्छ जुन मोडालिटी अन्य देशले पनि अपनाएका छन् र सफल पनि भएका छन् ।केही समय अघि बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत दिएका थिए भने अहिले घटाउँदै ८ प्रतिशतमा ल्याईसके । भोलिका दिनमा कतिमा झर्ने हो थाहा छैन । यसमा बीमा कम्पनीको कुनै भुमिका हुँदैन । बीमा कम्पनीको अवस्थामा एकदमै नाजुक र निरिह छ । समस्या कसलाई भन्ने कसलाई सुनाउने ? बैंकको ब्याजदरमा हुने गिरावटबाट बच्दै बिमितलाई बढी प्रतिफल दिन बीमा कम्पनीले पनि कनै प्रोडक्ट बनाएर लगानी गर्नुपर्छ ।

कुनै पनि देशमा नागरिकले बचत गर्ने बानीको विकास हुने राज्यका लागि फाइदा हो । यतिबेला सरकार आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणमा जुटेको छ । हरेक बर्ष सरकारले प्रिमियममा कर छुटका विषय उठान गर्दै आएको छ । नेपालमा व्यक्तिगत रुपमा ३६ प्रतिशतसम्म कर तिर्दै आएका छन् ।

यसका लागि सरकारले वातावरण बनाईदिनुपर्छ । उदाहरणका लागि बीमा कम्पनीले ७ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेपमा राखेको पैसा बैंकले स्प्रेडदर जोडेर ११/१२ प्रतिशतमा लगानी गर्दै आएका छन् । सरकारले दिर्घकालिन लगानीको योजना ल्याइदिने हो भने त्योभन्दा सस्तो ब्याजदरमै आफ्ना ग्राहकका लागि लगानी गर्नसक्छ र सोही अनुरुप बोनस पनि दिन सकिन्छ । जसले अहिले बचत खालको प्रोडक्ट बिक्री गर्दै आएका छन् यसले नै दिगो विकासका लागि सहयोग गर्नेछ । चलायमान अर्थतन्त्रका लागि बीमा कोरोनाका कारण देशमा आर्थिक क्रियाकलाप ठप्प छन् । सरकारलाई दिर्घकालिन पूँजीको आवश्यकता छ ।

बीमा कम्पनीको फण्डले देशको अर्थतन्त्र चलायमान बनाएर सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थकता दिन जीवन बीमा कम्पनीको धेरै ठूलो हात र साथ रहन्छ । त्यसका लागि उच्च स्तरीय संयन्त्र नै बनाएर दिर्घकालिन योजना ल्याउनु जरुरी छ । कुनै पनि व्यक्तिको बीमा गर्नु भनेको बचत गर्नु हो । कुनै पनि देशमा नागरिकले बचत गर्ने बानीको विकास हुने राज्यका लागि फाइदा हो । यतिबेला सरकार आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणमा जुटेको छ । हरेक बर्ष सरकारले प्रिमियममा कर छुटका विषय उठान गर्दै आएको छ । नेपालमा व्यक्तिगत रुपमा ३६ प्रतिशतसम्म कर तिर्दै आएका छन् । त्यसलाई घटाउँदा मानिसहरुको खर्च गर्ने क्षमतामा वृद्धि हुन्छ । बजेटले बीमाको प्रिमियममा कर छुट तथा अभिकर्तालाई लाग्ने करमा केही छुट दिन सकियो भने बीमा गर्ने क्रम बढ्नुका साथै खर्च गर्ने रकम हुन्छ । जसले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्नेछ ।

देशको अर्थतन्त्र चलायमान बनाएर सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थकता दिन जीवन बीमा कम्पनीको धेरै ठूलो हात र साथ रहन्छ । त्यसका लागि उच्च स्तरीय संयन्त्र नै बनाएर दिर्घकालिन योजना ल्याउनु जरुरी छ ।

(झा नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन)

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख २० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९१ हजार ९८१ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ९९, स्पेनमा ५९ र फ्रान्समा ७५३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार ८५३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७३५ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ४८,९४,२७८ १९,०९,२३६ ३,२०,१८९
१. युरोप १७,९७,५७३ ७,८२,७४८ १,६३,६२६
२. उत्तर अमेरिका १७,१३,७७५ ४,४७,७९१ १,०४,३०२
३. एसिया ८,२२,०८२ ४,७२,५७८ २५,१५५
४. दक्षिण अमेरिका ४,६१,३७२ १,६२,६३३ २४,१२०
५. अफ्रिका ९०,०८० ३४,८७ २,८५०
६. ओसेनिया(अस्ट्रेलिया) ८,६७५ ७,९५६ १२१

दक्षिण एसियाली मुलुकहरु

१. भारत १,०१,२६१ ३९,२३३ ३,१६४
२. पाकिस्तान ४३,९६६ १२,४८९ ९३९
३. बंगलादेश २३,८७० ४,५८५ ३४९
४. अफगानिस्तान ७,०७२ ८०१ १७३
५. श्रीलंका ९९२ ५५९
६. माल्दिभ्स  १,१०६ ८०
७. नेपाल ३७५ ३६
८. भुटान २१

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा कोरोना कोषमा २५ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख सहयोग गरेको छ ।उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरे।
उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको बैैंकको हाल अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्व पुग्नेछ ।

कोरोना बीमा निर्जीबन बीमा कम्पनीले मात्रै गर्नुपर्ने..?

बीमा समितिले जीवन बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई कोरोना बीमा नगर्न निर्देशन दिएको छ ।
जीवन बीमा तथा केही संस्थाहरुले निःशुल्क कोरोना बीमा गर्न लागेको भन्दै भन्दै यसमा समितिले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।
बीमा समितिले सोमबार निर्देशन जारी गर्दै कोरोना बीमा निर्जीबन बीमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने जनाएको छ ।
समितिबाट सबै निर्जीबन बीमा कम्पनीहरुले कोरोना बीमा गर्ने गरी स्वीकृत गरिएको कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिन थालेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
समितिको निर्देशनमा आगामी दिनमा निर्जीबन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुले कोरोना बीमासँग जोडेर आफ्ना सेवा व्यवसाय तथा विज्ञापन नगर्न निर्देशन दिएको छ ।

सेलपेबाट कोरोना बीमा गर्न सकिने

राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस (कोभिड १९) विरुद्धको बिमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने छन्।
हाल विश्वभरी कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बिमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स कम्पनीसंँगको सहकार्यमा कोरोना भाइरस विरुद्ध बिमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरेको छ, जसको मुख्य उद्देश्य कोरोनाभाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको छ। ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन्।
सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड९१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन्।
यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिनेछ। यस बिमाको समय अवधि कोरोना भाइरस विरुद्ध बीमा भुक्तानी गरेको १२ महिनासम्म कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिनेछ। ग्राहकहरुले १ लाख सम्मको कोरोना भाइरस बिरुद्ध बीमा गराउन सक्नेछन्।
सेलपेद्धारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन९पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सकिनेछ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कोरोना कोषमा १ करोड १६ लाख

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ले सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आइतबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सीईओ दास्तिदारले बैंकको सहयोगले नेपालमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा योगदान पुग्ने बताए । आगामी दिनमा पनि बैंकले सहयोग गर्दै जाने प्रतिबद्धता उनको थियो।
बैंकले हस्तान्तरण गरेको उक्त रकम बराबरको चेक ग्रहण गर्दै मन्त्री भट्टले कठीन परिस्थितिलाई दृष्टिगत गरी बैंकले प्रदान गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक (लण्डन) ले यसअघि कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फन्डलाई ५० मिलियन डलर सहयोग गरेको थियो।

प्रोग्रेशिभ फाइनान्स को दुई करोड ९१ लाख ९० हजार रुपैयाँ खुद नाफा

प्रोग्रेशिभ फाइनान्स चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा २० लाख ८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ। खराब कर्जा र खर्चले थिचिएपछि फाइनान्स नोक्सानीमा पुगेको हो।
गत आर्थिक वर्षको चैतसम्म फाइनान्सले दुई करोड ९१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ०.३३ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ १०५.४४ रुपैयाँ रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात ३०५.८४ गुणा रहेको छ।
चैतसम्ममा १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी फाइनान्सले एक अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट ७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यहि फाइनान्सले ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
खराब कर्जा नोक्साी ब्यवस्थापनमा तीन करोड ५६ लाख रुपैयाँ र कर्मचारी र सञ्चालन खर्च दुबै २ करोड बढी हुँदा फाइनान्सले २० लाख ८ हजार रुपैयाँ सञ्चालन घाटा खाएको छ।

हिमानी कोषद्धारा नेपाल मेडिकल एशोसियसनलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

हिमानी कोषले देशका विभिन्न अस्पतालमा कोरोना विरुद्ध कार्यरत डाक्टरकालागि नेपाल मेडिकल एशोसियसन (एनएमए) मार्फत आज मास्क, स्यानीटाईजर र लेजर थर्मोमिटर सहयोग गरेको छ । हिमानी कोष र एनएमएले आज आपसि संझौता पत्रमा हस्ताक्षर गर्दै उक्त सामग्रीहरु कोभिड १९ बाट अत्याधिक प्रभावित स्थानका अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रदान गर्ने सहमति गरेका छन् । उक्त सम्झौता पत्रमा हिमानी कोषका तर्फबाट महासचिव रेश्मा राणा र नेपाल मेडिकल एशोसिएसनका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

कोषको कार्यालयमा आज सम्पन्न कार्यक्रममा हिमानी कोषले ५ हजार थान केएन ९५ मास्क, २४०० थान स्यानीटाईजर र ४८ थान लेजर थर्मोमिटर एनएमएका अध्यक्ष डा. लोचन कार्कीलाई हस्तान्तरण गरेको छ । सामग्री बुझ्दै एनएमएका अध्यक्ष डा. कार्कीले उक्त सामग्री आजैबाट वितरण गर्न थालिने बताउनु भयो । संस्थाकी अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाह नेपालमा नरहनु भएका कारण अन्य पदाधिकारीले उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

साथै, हिमानी कोष र नेपाल मेडिकल एशोसियसन बिच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्ने समेत तयारी भएको छ । सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् ।