जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको कोरोना कोषमा १ करोड १६ लाख

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कोरोना कोषमा १ करोड १६ लाख

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ले सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आइतबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सीईओ दास्तिदारले बैंकको सहयोगले नेपालमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा योगदान पुग्ने बताए । आगामी दिनमा पनि बैंकले सहयोग गर्दै जाने प्रतिबद्धता उनको थियो।
बैंकले हस्तान्तरण गरेको उक्त रकम बराबरको चेक ग्रहण गर्दै मन्त्री भट्टले कठीन परिस्थितिलाई दृष्टिगत गरी बैंकले प्रदान गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक (लण्डन) ले यसअघि कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फन्डलाई ५० मिलियन डलर सहयोग गरेको थियो।

10210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका