जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा कोरोना कोषमा २५ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा कोरोना कोषमा २५ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख सहयोग गरेको छ ।उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरे।
उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनको तर्फबाट सुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्य सहित स्थापना भएको बैैंकको हाल अधिकृत पूँजी ४० अर्व, जारी पूँजी २० अर्व र चुक्ता पूँजी १२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्व पुग्नेछ ।

11160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका