जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सनराइज बैंकले धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सन््राइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गर्दै आएको छ ।

यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म सन््राइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराई सकेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ ।

मेगा बैंकका ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ ।

मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो । मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् ।

इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरु ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरुले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन् ।

देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको हो ।

चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।

राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्ववजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाडै लिइने बताएका छन् ।

उनको वक्तव्यको पूर्ण पाठ गभर्नर कार्यालयले आइतबार सार्वजनिक गरेको छ । कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताएका छन् ।

यसैगरीसहज उनले ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशाधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताएका छन् ।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने, कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने तथा लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने गभर्नर नेपालले बताएका छन् ।

एन आई सी एशिया बैंकमा मुद्दती निक्षेप खाता घरबाटै अनलाईन निःशुल्क खोल्न सकिने

कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलनबाट कम गर्न सरकारले घोषणा गरेको लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ ।  लकडाउनका कारण घरभित्रै भए पनि एनआईसी एशिया बैंकले घरबाटै निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

“तपाईले आफ्नो बैंकिङ्ग कारोबारहरु कसरी व्यवस्थापन गरीरहनु भएको छ ? के लकडाउनका कारण बैंकमा थन्किएको तपाईको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न चुकिरहनु भएको त छैन ?,” बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “ग्राहकको यस्तै चाहानालाई मध्येनजर गर्दै एन आई सी एशिया बैंकले घरबाटै अनलाईन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । एन आई सी एशिया बैंकमा खोलिएको मुद्दती निक्षेप खातामा उच्च ब्याजका साथै इन्स्योरेन्स सुविधा पाइने छ ।”

बैंकका अनुसार ग्राहक महानुभावहरुले घरबाटै सरल रुपमा चार चरणमा मुद्दती निक्षेप खाता खोल्न सकिन्छ ।  मुद्दती खाता खोल्न कुनै पनि अतिरिक्त शुल्क नलाग्ने समेत बैंकले प्रस्ट पारेको छ ।  यसअघि एन आई सी एशिया बैंकमा बचत खाता रहेमा सोही खाता नम्बरको आधारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

तर, यस बैंकमा खाता नभएका ग्राहकहरुको लागि भने घरबाटै अनलाईन खाता खोल्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ । त्यसका लागि बैंकको वेबसाइट www.nicasiabank.com मा गई दायाँ भागमा रहेको Apply now मा क्लिक गरी आएका तीन विकल्पहरु मध्ये Online account opening (अनलाईन बचत खाता) छनोट गर्नुपर्छ ।

त्यसपछि विभिन्न बचत खाताको बारेमा जानकारी पाउन सकिने छ । त्यसको आधारमा आफूलाई आवश्यक र उपयुक्त खाता छनोट गरी घरबाटै एन आई सी एशिया बैंकमा खाता खोल्न सकिने बैंकको भनाइ छ ।  अनलाइन खाता खोलिसकेपछि निःशुल्क मोबाइल बैंकिङ्ग सेवा लिइ अन्य बैंकबाट सजिलै एन आई सी एशिया बैंकमा रहेको खातामा निःशुल्क रकम स्थानान्तरण समेत गर्न सकिन्छ ।

यसअघिनै एन आई सी एशिया बैंकमा खाता भएका वा अनलाईन खाता खोलिसकेपछि सोही खाताका आधारमा निम्न चरणहरुमा निःशुल्क अनलाईन मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

पहिलो चरण
एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइट www.nicasiabank.com बाट निःशुल्क अनलाईन मुद्दती खाता खोल्न सकिने छ । बैंकको वेबसाइट खुलिसकेपछि वेबसाइटको दायाँ कुनामा रहेको Apply Now मा क्लिक गर्नुपर्छ ।
त्यसपछि आएका तीन विकल्प मध्ये अनलाईन मुद्दती खाता खोल्नका लागि Online fixed deposit  छान्नुपर्छ ।

दोस्रो चरण
मुद्दती खाता छनौट गरिसकेपछि दोस्रो चरणमा ग्राहक महानुभावहरुले बैंकमा रहेको आफ्नो खाताको विवरण भर्नुपर्छ ।
जस्तो, ग्राहकको खाता नम्बर, मोबाइल नम्बर, इमेल ठेगाना, जम्मा गर्न लागेको रकम र मुद्दती खाता खोल्न चाहेको अवधी (माहिना) समेत उल्लेख गर्नुपर्छ । उल्लेखित विवरण भरिसकेपछि तल दायाँ कुनामा रहेको सबमिट (कगदmष्त) थिच्न बैंकले आग्रह गरेको छ ।

तेस्रो चरण
दोस्रो चरणमा सम्पूर्ण विवरण उल्लेख गरी सबमिट गरिसकेपछि तपाईँले उपलब्ध गराएको मोबाइल नम्बरमा ओटिपी कोर्ड एसएमएस आउँछ । एसएमएसको रुपमा आएको उक्त ओटिपी कोड भरी पुनः सबमिट गर्नुपर्छ । यदि मोबाइलमा कोर्ड नआएको खण्डमा पुनः प्राप्त गर्नको लागि रिसेन्ड कोर्डमा क्लिक गर्न सक्नुहुन्छ ।

अन्तिम चरण
यसरी तपाईले दिएको सूचनाको आधारमा सफलतापुर्वक मुद्दती खाता खोलिएको सन्देश आउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
त्यसपछि बैंकका प्रतिनिधिले फोन गरी वा एसएमएस मार्फत खाता खोलिएको सुचना दिनेछन् ।

एन आई सी एशिया बैंकमा मुद्दती खातामा सर्वाधिक उच्च ब्याजदर दिने बैंकले जनाएको छ । जसबाट ग्राहकले २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा पनि पाउन सक्नेछन् ।

ग्राहकले न्यूनतम १० लाख रुपैयाँको गोल्ड श्रेणीको मुद्दती खाता तथा न्यूनतम २५ लाख रुपैयाँ मौज्दातमा डायमण्ड श्रेणीको मुद्दती खाता खोल्दा २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उललेख छ । जसमा १० लाख रुपैयाँसम्मको १८ विभिन्न घातक रोग वापत, ग्राहकको दुर्घटनामा परि मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँ र औषधी उपचार बीमा वापत १ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

यो १ लाख मध्ये २० हजार रुपैयाँ बहिरंग सेवाको रुपमा औषधी, डाक्टरको शुल्क आदि सेवा लिन सकिन्छ ।  ग्राहकको अस्पतालमै भर्ना गरी उपचार गर्नु परेमा औषधी उपचार बीमा अन्तर्गतको बाँकी ८० हजार रुपैयाँको सुविधा लिन सकिने छ ।  यस्तै न्यूनतम १ लाख रुपैयाँ मौज्दातमा खोलिएको मुद्दती खातामा भने १२ लाख ५० हजार रुपैयाँ सम्म बीमा सुविधा लिन सकिने बैंकले जनाएको छ ।

जस अन्तर्गत १० लाख दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा, २ लाख रुपैयाँ १८ विभिन्न घातक रोग लागेमा र ५० हजार रुपैयाँ अस्पतालमै भर्ना भई उपचार गर्नु परेमा औषधी उपचार बीमाको रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  सोही बराबरको सुविधा लिनको लागि ग्रहाक महानुभावले १४ हजार रुपैयाँसम्म लाग्ने हुनाले एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा १४ हजार रुपैयाँ बराबरको रकम बचत गर्न सक्नुहुनेछ ।

यसबाहेक ग्राहकले डेबिट कार्ड, के्रडिट कार्डलगायत विभिन्न सुविधाहरु निःशुल्क लिन सक्नेछन् । त्यसबाहेक एन आई सी एशिया बैंकका ग्राहकको लागि घरमै बसीबसी मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्गको सुविधा समेत निःशुल्क लिन सकिने सुविधा दिएको जनाएको छ ।

सबै विद्युतीय बैंकिङ्ग माध्यमबाट हुने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको बैंकले जनाएको छ ।

युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान कार्यक्रम

राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लकडाउनको विषम परिस्थितिमा पनि उक्त रक्तदान कार्यक्रममा १ सय ७२ रक्तदाताले रक्तदान गरेका थिए । इमाडोलस्थित कृष्ण प्रणामी मुल मन्दीरमा भौतिक र सामाजिक दूरी कायम गरी कोरोना भाइरस संक्रमणबाट सतर्क रहन आवश्यक मापदण्ड कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदीले जानकारी दिए ।

यो विषम घडीमा ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापा र नविन तण्डुकार लगायत युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको विशेष योगदान गरेको समेत सुवेदीले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद कृष्णलाल महर्जन, विशेष अतिथिमा बागमती प्रदेस सभा सदस्य माधव पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ तथा नेकपा बागमती प्रदेश सहकारी विभाग प्रमुख शिव प्रसाद कट्टेल रहेको आयोजक सुवेदीले जानकारी दिए ।

बैंकिङ कर्जा र व्याज तिर्नुनपर्ने सहुलीयत

सरकारले चैत मसान्तसम्मको बैंकिङ कर्जा र व्याज तिर्नुनपर्ने सहुलीयत दिएको छ । अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जसअनुसार ैंकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको भाका सर्ने भएको हो । साथै साँवा तथा ब्याज चैत मसान्तसम्म तिर्नु नपर्ने भएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि यस्तो व्यबस्था गरिएको जनाइएको छ । हेरौ बैठकको निर्णय सहित ।

अजोड इन्स्योरेन्सद्धारा भाटभटेनी र महुली लघुवित्तका कर्मचारीहरुको कोरोना बीमा

अजोड इन्स्योरेन्सद्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका र महुली लघुवित्तका कर्मचारीहरुको कोरोना भाईरस (कोभिड१९) बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफना १ हजार २ सय ५७ जना कर्मचारीहरुका लागि एक लाख रुपैयाको बीमाड्ढको बीमालेख खरिद गरेको हो ।

सो बीमालेखले कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको भनि पिसीआर पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको १ लाख रुपैया बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भटभटेनी सुपरमार्केटले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय रुपैया बराबरको बीमाशुल्क भुक्तानी गरेको छ ।

त्यस्तै, महुली लघुवित्त वित्तिय संस्थाका २ सय १२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति १ लाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको छ

बैंक टाई लगाउने गुण्डा हो भन्ने आरोप चिर्न चाहान्छौंः सबै बैंकका बोर्ड बैठकबाट निर्णय गराई यो राहत प्याकेज लागु हुन्छ

पवन कुमार गोल्यान नेपालका अग्रज व्यवयासी हुन् । उनी जलविद्युत, रियल स्टेट, कृषि जस्ता क्षेत्रमा लगानी गर्ने कम नेपाली भित्रको नाम हो । उनी बैंक र वित्तिय क्षेत्रका संचालकहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पनि छन् । सरल व्यक्तित्व र निडर स्वभावका गोल्यान प्रष्ट वक्ताको सूचिमा पर्ने नाम पनि हो । बिमा, जलविद्युत, रियल स्टेट, कृषिजस्ता क्षेत्रमा लगानी भएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान स्वदेशमै उद्योग सञ्चालन गरेर अब्बल उद्योगी बन्न सफल व्यक्तित्व भित्र पर्दछन् ।

उनी अध्यक्ष रहेको गोल्यान समूहले अहिले ६÷७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अनौपचारिक रूपमा लाखौंले रोजगारी पाइरहेका छन् । नेपालमा आधारभूत क्षेत्र मानिने कृषि, जलविद्युत, बिमा, हस्पिटालिटी जस्ता क्षेत्रहरूमा लगानी गरेर उनले आफ्नो उद्योग व्यवसायलाई आममानिससँग जोड्ने प्रयास गर्दै आएको देखिन्छ ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड– १९ को रोकथामका लागि सरकारले घोषणा गरेको ‘लक–डाउन’ ले आम सर्वसाधारणको जीवनमा प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारिरहेको छ ।

यो अवस्थालाई चिर्नका लागि उद्योगी तथा व्यवसायीहरूले कस्तो भूमिका खेलिरहेका छन् ? यो संकटपछि निजी क्षेत्रको भूमिका के हुनुपर्छ ? अनि राज्यले चाहिँ के गर्नुपर्छ ? हालै बैंक तथा वित्तिय संस्था परिसंघ (सिविफिन)ले गरेको राहतका महत्वपूर्ण निर्णय नेपाल बैंकर्स एशोसियशनले लागु गर्न नसक्ने बताएको छ । यी र यस्ता विषयमा एनएमबी बैंकका अध्यक्ष एवं बैंक तथा वित्तिय संस्थाका संचालकहरुको छाता संठगन बैंक तथा वित्तिय संस्था परिसंघ (सिविफिन) परिसंघका अध्यक्ष पवन कुमार गोल्यानसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुरानाकानीः

० अध्यक्षज्यू तपाईको संगठन बैंक तथा वित्तिय संस्था परिसंघ (सिविफिन)ले गरेको निर्णय बैंकका सीइओहरुले धोती लगाईलिएका छन् नि हामी कार्यन्वयन गर्दैनौ भनि नेपाल बैंकर्स एशोसियनशनले निर्णय गरेका समाचार आएका छन् । त्यसलाई कसरी लिनु भएको छ ?
मैले पनि सुने र पढेको उहाँहरुले निर्णय नगरेको भए राम्रो हुने थियो । बैंकको बोर्डले सीइओहरुलाई निर्देशन दिने हो राष्ट्र बैंकले नीति निर्देशन जारी गर्ने हो । केही बैंक्ले हाम्रो निर्णय अगाडी नै केही राहतका कुरा ल्याउने थाहा पाएपछि हामीले सबै बैंकमा एकरुपता होस् भनेर नै निर्णय गरेका थियौ । सबै बैंकका अध्यक्षहरुको सहमतीमै यो निर्णय आएको हो । एनआईसी एशिया बैंकले त छुट नै दिईसक्यो । यो विशम अवस्थामा कर्जाका ग्राहक र महिला उद्यमीलाई राहत होस भनेर नै यो ल्याएको हो । यसमा दुख मनाउ गर्नु पर्ने र तर्सिनु पर्ने कुनै कुरा छैन । यो कोरोनाको राहतको प्याकेज हो नि ।

० अध्यक्षज्यू यो तपाईको संगठनले गरेको कोरोना राहतका लागि अत्यन्तै महत्वपूर्ण निर्णय व्यापारीलाई फाइदा हुने तर बैंक र वित्तिय संस्थालाई घाटा हुने बुझाई बैंकका सीइओ र राष्ट्र बैंकको नेतृत्वको छ नि ?
यस्तो होइन तपाईलाई थाहा छ । १ करोड लोन दिने ग्राहक अर्बपति त हुँदैन । एउटा सानो व्यवसाय गर्ने व्यक्ति र फर्म चलाउने मान्छे होला । हाम्रो फाइदाको कुरा यो विशम अप्ठ्यारो अवस्थामा गर्नु गलत मानसिकताको उपज मात्रै हो । सत्य होइन ।

हामी जस्ता व्यावसायीहरुको करोडको कर्जा छैन् । अर्बको होला । यो साना कर्जाका लागि हो १ करोड सम्मका लोन दिएका उद्योगहरुको राहतका लागि ल्याईएको कोरोना राहत प्याकेज हो । अर्को कुरा यो बेला नाफा कमाउने बेला होइन । बैंक ग्राहक भएन डिपोजिट कर्जा रहेन र कर्जा दिन आएनन भने कसरी चल्दछ । समग्र रुपमा सबै बैंकमा एक रुपमा ल्याउन यो निर्णय गरेका छौं । अर्को कुरा भूपेन्द्रजी हामी बैंकर र बैंकलाई टाई लगाउने बिनाको गुण्डाको आरोप लाग्दै आएको छ । यसलाई चिर्न पनि राहत प्याकेज ल्याउनु जरुरी थियो । तर, सीइओहरुले यो बुझ्न सक्नु भएन जस्तो लाग्यो नि ।

० यसरी हेर्दा त बैंकका अध्यक्षहरुको निर्णय सीइओ साबहरुले नमान्ने र चुनौती दिनाले बैकिङ्ग अराजकता बढेको भन्न सकिन्छ नि होइन र ?
अहिलेको समय कोरोना बिरुद्ध लड्ने समय हो । एउटाले अर्काको इगो लिने समय पटक्कै होइन । हामीले इगो लिएका छैनौ । नेपाल बैंकर्स एशोसियसनले यस्तो निर्णय लिएको जस्तो मलाई लाग्दैन । उहाँले गरेको निर्णय त बैंकको बोर्डमा पनि आउनु पर्ने होला नि । सजिलो बनाउन एकरुपता होस भनेर यो निर्णय गरिएको हो । मेरो बैंकको कुरा गर्ने हो भने हामीले १ करोडमा १ प्रतिशत छुट र अरु ब्याज छुटको निर्णय भैसकेको छ । हामी भोलिबाटै लागु गर्दैछौ नि । अर्को बुझ्नै पर्ने कुरा हामीले राहतको घोषणा गर्दा नेपाल बैकर्स एशोसियसन बिस्थापित हुने चाही होइन । यो सीइओ साबहरुले बुझ्नु भएन ।

० सञ्चालक र सीइओको बेला बखत हुने यस्तै विवादले बैंक र व्यवसायी छुटाउने कुरा पनि बेला बखत आउने गरेका छ नि ?
नेपालमा यी कुरा बेला बखत चलेका छन् । नेपालका बैंक सबैजस्तो घर घरानाका र व्यापारीकै छ नि । कालो धन सेतो पार्न यो निर्णय गरेको आरोप पनि हामीलाई लाग्ने गरेको छ । जे भने पनि हुने जे गरे पनि हुने ? म कृषिमा लागेको व्यक्ति पनि हुँ । तपाईलाई एउटा उदाहरण दिन्छु । गाउँ घरमा जग्गा बिक्री गर्दा कर लुकाउने व्यापारीले गरेका छन् ।

सरकारी रेटमा जग्गा पास हुन्छ । तर, किन्नेले महंगो रेटमा किन्छ । १७ लाखमा किन्यो भने ३ लाखको चेक र १० लाख नगद दिन्छ । अनि कर छुट लिन्छ । तर, त्यो बेच्ने मान्छेले बैंकमा पैसा राख्न जाँदा आय स्रोत खोज्ने गर्दछ र त्यो पैसा बैंकमा आउँदैन । यो नगद बैंकमा आओस भनेर नै हामीले महिला १५ लाखसम्मको निक्षेप जम्मा गर्दा सम्पत्ती सुद्धिकरणको व्यवस्था आवश्यक नहुने, कर चुक्ता र सम्पत्तीको स्रोत खोज्ने व्यवस्था हटाउन राज्यलाई सुझाव दिएका छौं । यसलाई यसरी हेरौ । यो पैसा उत्पादनशील क्षेत्रमा लगानी गर्दा यस्तो स्रोत खोजिनु हुँदैन भन्दा कालो भन सेतो बनाउन खोजीयो भन्ने आरोप लगाउनु कत्ति उचित होला । यो कुरा सीइओ साबहरुले बुझ्नु जरुरी छ नि । बैंकको डिपोजिटकर्ता र ग्राहकलाई आपत पर्दा नहेरे फेरि बैंक्लाई चाहिदा डिपोजिट कसले दिन्छ ।

० नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भूवन दाहालले त अध्यक्षज्यूहरुको निर्णयलाई श्रद्धा गर्दछ लागु गर्न अनिवार्य छैन उहाँहरु नियमक निकाय होइन भनेर अन्र्तवार्ता दिएका छन् नि ?
भूपेन्द्र मैले अगाडी नै भनिसके यो बेला इगो बोक्ने र तर्क गर्ने समय होइन देश कोरोना बिरुद्ध लडिरहेको छ । जनता घरमै लकडाउनका कारण थुनिएका छन् । यहि बेला १ करोड सम्म कर्जा लिनेलाई १ प्रतिशत राहत दिने भन्ने कुरा हो । उहाँले नगरे बोर्डले लागु गर्ने छ । ढुक्क भए हुन्छ ।

० के यो निर्णय अब बैंकहरुमा लागु हुँदैन त अध्यक्ष ज्यू?
कसले भन्यो लागू हुँदैन् भनेर हामीले सञ्चालक समितीबाटै निर्णय गराएर सीइओहरुलाई निर्देशन दिने हो । लागु गराउने हो । ढुक्क भए हुन्छ । जनता नै नरहे । देश रहदैन । अनि बैंक कसरी रहन्छ । आपतमा राहत दिने कर्तव्य हामी बैंकहरुको हो कि होइन ? हामीले समाजका लागि गरेका हौ । यसमा शंका र असहमती राख्नु, मान्दिन भन्नु यो विशम परिस्थितिमा रामो सन्देश पक्कै जादैन । यो बुझ्नु जरुरी छ ।

० मलाई भनिदिनुस् बैंकमा लगानी गर्ने संचालक माथी कि जागिर खाने सीइओ माथी ?
राष्ट्र बैंकले नीति बनाएर दिन्छ हामी बोर्डले निर्णय गरेर लागु गर्न सीइओ र बैंक व्यवस्थापन टिपलाई निर्देशन दिन्छौ । यसरी बैंक चलेका छन् ।
बोर्ड प्रोमोटर नै माथी हो । अर्को आउछ त्यसकारण ठूलो बोर्ड नै हो । तर, यो बेला विवाद गर्नु राम्रो पक्ष होइन । हामीले निर्णय गर्दा नेपाल बैंकर्स एसोशियसन ओझेलमा पर्दैन होला । घाटा हामी प्रोमोटर, शेयरधनी र सञ्चालकलाई होला सीइओलाई नहोला प्रस्टै छ त ।

० लकडाउनले अर्थतन्त्र संगै बैंकलाई कस्तो असर पर्ला त?
अहिले आयात कम छ । निर्यात त छैन आयात २ मिलियनको पनिछैन । पर्यटन र रेमिट्यान्स ठप्प झैछ । उद्योग धन्दा बन्द छन् । नेपाली घरमै बसी रोगसंग लडिरहेका छन् । कमाई छैन कमाई नभए पछि पैसा आउँदैन । पैसा नभएपछि सबै व्यवसायमा अराजकता बढ्ने छ । बैंकको किस्ता बढ्ने छ । व्यवहार विग्रिएको छ । त्यसको असर अर्थतन्त्र संगै बैंकमा पनि हुन्छ नि । त्यसकारण यो असर डरलाग्दो बन्दै गएको छ ।

० सरकारले नै सबै ठूला देखि साना व्यापारी, उद्योगी र गरिब जनतालाई राहत दिने बेला पनि त यो होला नि १ महिनाको लकडाउनमा हामी छौं यसलाई चाही कसरी लिनु भएको छ ?
सरकार पनि यही समाजले बनाएको हो । सरकार भगवान त होइन नि । हामी मध्यकै एउटा सरकार हो । सबैको सहयोग त चाहियो नि यो महामारीका बेला सरकारलाई पनि । सरकारले नै लकडाउन गरेको रहरले त होइन । मानव जीवन नरहे बैंक किन चाहियो । पैसा, इज्जत, प्रतिष्ठा किन चाहियो त्यसकारण राज्यले पनि गर्ला हामीले राहत हाम्रा ग्राहकलाई त दिनु प¥यो नि यसरी बुझौ हुन्न र ।

जीवनलाई हत्केलामा राखी अफिस खोलेर सेवा दिएका छौं

सरोजकाजी तुलाधर चिनाई राख्नु पर्ने नाम होइन । आर्थिक र वित्तिय प्रणालीलाई अत्यन्तै नजिकबाट बुझेका तुलाधर फाइनान्स कम्पनीहरुको छाता संस्था नेपाल वित्त कम्पनी संघका अधयक्ष छन् । करिब ३ दर्शक वित्तिय क्षेत्रमा विताएका तुलधार निडर स्वभाव र स्वच्छ छवि भएका अर्थ विज्ञहरुको सूचिमा पर्ने बैंकर भित्र पर्दछन् । उनीको नेतृत्वमा रहेको गुडवील फाइनान्स कम्पनी लिमिटेड नम्बर वान बनाउने नेतृत्व लिएका तुलाधर सालिन र सोचेर निर्णय गर्ने युवा बैंकरहरुको सूचि भित्र पर्ने नाम भन्न अब पछि पर्नु हुदैन ।

नेपाल अहिले पूर्ण रुपमा लकडाउन छ । नेपाली जनता घर भित्रै छन् । नेपालमा कोरोना भाईरसका केही संकेत देखा परेको अवस्था छ । यो महामारी वीच बैंक, विकास बैंक र वित्तिय संस्था अत्यावश्यक भित्र पर्ने वस्तु भएकै कारण सेवा प्रदान गरिरहेका छन् । नेपालका फाइनान्स कम्पनीहरुले कसरी सेवा दिएका छन् । चुनौती कस्ता छन् । कर्मचारीहरुको स्वास्थ्य अवस्था के छ ? कारोबार कस्तो भएको छ । लकडाउको असर वित्तिय संस्थामा कस्तो होला । लकडाउनबाट अब कस्तो पाठ सिकने यी र यस्तै विषयमा गुडवील फाइनान्स कम्पनी लिमिटेडका सीइओ एवं नेपाल वित्त कम्पनी संघका अधयक्ष सरोजकाजी तुलाधरसंग संम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० अध्यक्षज्यू यो विशम र अप्ठ्यारो अवस्थामा नेपालका फाइनान्स कम्पनीहरुले कस्तो सेवा दिएका छन् ?
हामीले समय अनुसारको सेवा दिएका छौं । सबै फाइनान्स कम्पनीहरुका अफिस खुलेका छन् । अत्यावश्यक सेवा भित्र पर्ने सेवा भएकाले सेवा दिने दायित्व हाम्रो हो । त्यो पूरा गरेका छौं ।

० सेवा दिएको बताउँनु भयो कर्मचरीहरुको स्वास्थ्य सुरक्षा बारे चाही के सोच्नु भएको छ त ?
यो विषम अवस्थामा सेवा दिने हामी सबैको दायित्व हो । त्यो पूरा गरेका छौं । अर्को कुरा स्वास्थ्य कुरा उठाउनु भयो । रोगथामका सबै उपाय अपनाएका छौं । माक्स सेनिटाईजर, पञ्जाको व्यवस्था सबैले गर्नु भएको छ ।

० लकडाउनको १ महिना पुगेका अवस्था छ यो बेला कस्तो कारोबार भएको छ त ?
२५ प्रतिशतको हाराहारीमा मात्रै कारोबार भएको अवस्था छ । हाम्रो गुडवील फाइनान्सले चाही घर पुगेर नै ग्राहकलाई सेवा दिएको छ ।
लकडाउनले घर बाहिर ननिस्केका हाम्रा ग्राहकलाई उहाँहरुको घरमा नै पुगेर गुडवील फाइनान्सले पैसा दिएको अवस्था छ । अरु फाइनान्स कम्पनीहरुले पनि यो विषम र अप्ठ्यारो अवस्थामा जीवनलाई हत्केलामा राखी अफिस खोलेर सेवादिनु भएको छ । यो विपतमा हामीले नगरे कसले गर्ने । भूपेन्द्रजी हामी पनि यहि समाजका मान्छे यहि समाजलाई हामीले केही गर्नु पर्दछ भन्ने भावना हामीलाई छ ।

० यस्तो कठिन र विशम अवस्थामा डिपोजिटका व्याजदर किन घटाउनु प¥यो त अध्यक्षज्यू ?
हो बैंक विकास बैंकले ब्याजदर घटाएको अवस्थामा हाम्ीले पनि घटाएको छौं । हाम्ीले फिक्स डिपोजिटको व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागत तर्फ ८.५ प्रतिशत घटाएका छौं । किन भने कस्ट फण्ड घटेपछि कर्जाको व्याजदर घट्ने छ । अब हामी कर्जाका व्याजदर पनि घटाउने पक्षमा छौं ।

० मलाई प्रस्टै भनिदिनुहोस् राष्ट्र बैंकले ग्राहकका लागि ल्याएको १९ बुद रहातले पुग्दछ कि अर्को राहत आउन जरुरी छ ?
यो पहिलो चरणमा आएको राहत प्याकेज हो । लकडाउन लम्बिएपछि फेरि अरु केही गर्नुपर्ने आवस्था देखा परेको चाहि छ । राष्ट्र बैंकले यसबारेमा एउटा कमिटी नै बनाएको सुनेको छु । यसले सबै पक्षसंग छलफल गरि थप राहतका कार्यक्रम ल्याउनु जरुरी छ । यसले पुग्दैन, यो प्रस्टै छ । अर्को कुरा लकडाउन कति समय लम्बिने हो । यसमा भर पर्ने देखिन्छ ।

० गुडवील फाइनान्स कम्पनी लिमिटेडले राज्य कोषमा चाहि कस्तो सहयोग गरेको छ नि ?
हामीले निर्णय गरिसकेका छैनौ । कुनै पनि फाइनान्स कम्पनीहरुले अहिले निर्णय गरेको अवस्था चाहि छैन । यो लकडाउन कति लम्बिने हो । यो अदृश्य शक्तिबाट आएको रोगले कस्तो रुप लिने हो । यसको अध्ययन गरि हामी निर्णय लिने नै छौं । प्रस्टै भन्दा हामी पर्ख र हेर कै अवस्थामा छौं ।

 

० यो लकडाउनले वित्तिय क्षेत्रमा चाहि कस्तो असर गर्ला त अध्यक्षज्यू ?
यसले सबै पक्षलाई असर गर्ने देखिन्छ । पर्यटन, होटल, रेष्टुरेण्ट, एयरलाइन्समा लकडाउनले सबैभन्दा बढि क्षती पु¥याएको छ । यीबाट आश्रित परिवारलाई ठूलो असर देखिन्छ । उद्योगधन्दा बन्द छन् । त्यसकारण राज्यले चाडो रोग फैलिएको ठाउँमा ¥यापिट टेष्ट गरी अगाडी बढ्नुपर्दछ र रोगथाममा ध्यान दिनु पर्दछ नि ।

० लकडाउनबाट अब के पाठ सिक्न सकिन्छ ?
पहिलोकुरा त यो अदृश्य शक्तिबाट आएको रोग चाँडो अन्त्य होस् । जसले जहाँ काम गरेको छन् । त्यहाँ चाँडो काम गर्ने वातावरण बनोस् । र अर्थतन्त्रलाई फेरि फलाउने फूलाउने काम होस् ।

० अध्यक्ष ज्यू नेपाल आएका लाखौ जनशक्ति र गाउँ पुगेका जनशक्तिलाई के भन्नु हुन्छ ?
पहिलो कुरा हामी सबैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएका सबै निर्देशन पालना गरौं, घर भित्रै बसौ । अर्को कुरा परिवासंग रहनु भएको होला । यो खेतीपातीको सिजन भएका कारण सोसल डिस्टेन्स कायम गरौं । कृषिका काम गरौं । बालीनाली लगाऔं । पोकेका बाली भित्र्याउ, परिवारसंगै रमाएर बसौ ।

० यसले अर्थतन्त्रमा कस्तो असर गर्ला त ?
असर सबै पक्षमा भएपछि सिधै अर्थतन्त्रमा पर्ने त निश्चित छ । सबै भन्दा ठूलो कुरा सरकारले ¥यापिट टेष्ट चाँडो गर्नु प¥यो र चाडो काममा फर्कर्ने वातावरण बनाई दिनु प¥यो नि ।
अर्को पक्ष केछ भने अहिले भनेको अर्थतन्त्र भन्दा पनि स्वास्थ्यको कुरा ठूलो छ । त्यसकारण रेडजोन क्षेत्रलाई सिज गरि चाडो ¥यापिट टेष्ट गरी नतिजा ल्याउनु प¥यो । अरु कुरा त मान्छेले गर्ने गर्ने हो । त्यो गर्न सकिन्छ । नाफा कमाउला, व्यापार गरौला । अरु के हो सबै गरौला तर, मानव जीवन बचाउनु हामी सबै लाग्नु पर्दछ । मानव नै नरहे अरु किन चाहियो र भूपेन्द्रजी ।

० अध्यक्षज्यू यो बेला घरमा बसेमा लाखौं ग्राहकले के गर्दा उचित होला ?
मैले अगाडी भनिसके राज्य र विश्व स्वास्थ्य संगठनले दिएको सबै निर्देशन पालना गरौं । अर्को कुरा डिजिटल बैकिङ्गका कुरा सिकौं । डिजिटलले फड्को मारेका अवस्था भए पनि ठूलो जनसख्या यो छैन्, पु¥याउने प्रयास गरौं र नयाँ नयाँ कुरा सिकौं र जीवनलाई सहज बनाउँदै लकडाउन पालना गरौ ं।

रोगथामको प्रयास सरकारले मात्रै गर्न सक्दैन । त्यसकारण तपाई हामी सबैले एकजुट भएर यसबाट बच्ने र परिवार, समाज र देश बचाउने काम गरौं । अरु आर्थिक पक्ष तपाई हामी रहे फेरि गर्न सकिन्छ । म आशावादी छु । मानव रहे अरु चीजको त फेरि अवसर आउने नै छन् । भूकम्प पछि पनि हामीले प्रगति गरेका उदाहरण छन् नि ।

कम्तिमा १० लाख बेरोजगारहरुका लागि रोजगारी सिर्जना गर्नुपर्ने आवश्यक देखिन्छ

शिखर गोल्छा । कोभिड १९ ले विश्वकै अर्थ–सामाजिक व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले विभिन्न राष्ट्र, क्षेत्रीय र विश्व अर्थतन्त्रमा आउने संकुचनका सन्दर्भमा गरेको पूर्वानुमान निराशाजनक छ।

अमेरिकी स्टक मार्केटमा झिनो सुधार देखिएको भए पनि विश्वभरका सेयर बजारलाई यसले असर गरेको छ । तेलको मूल्य त्यसरी नै ऐतिहासिक गतिमा ओरालो लागेको छ ।

विश्व अर्थतन्त्रका अन्य संयन्त्रहरु पनि नराम्ररी थलिएकाले दशौं लाख मानिसले रोजगारी गुमाउने अनुमान गरिएको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका नेपालीहरुमध्ये पाँच लाख बेरोजगार भएर नेपाल फर्किने आँकलन भइरहेको छ। उनीहरु फर्किएर आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जटिल प्रश्न हामीसामु उभिँदै छ।

त्यसबाहेक हरेक वर्ष रोजगार बजारमा पाँच लाखकै हाराहारीमा श्रमशक्ति भित्रिने गरेका छन्। यो दुवै मिलाएर कम्तिमा १० लाख बेरोजगारहरुका लागि रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ। यो चुनौतिलाई कसरी सम्बोधन गर्ने ?

यस्तै, कोभिड–१९ बाट पर्यटन क्षेत्रमा सबैभन्दा नराम्रो असर परेको छ। नेपाली पर्यटन उद्योगले पनि यसको परिणाम भोग्ने निश्चित छ। होम–स्टेसमेत मिलाउँदा नेपाली पर्यटन क्षेत्रबाट करीब १० लाखले रोजगारी पाइरहेका छन्। तर कोरोनाले पर्यटनमा दिएको धक्कापछि त्यहाँबाट पनि बेरोजगारको संंख्या थपिन सक्नेछ।

हुन त हाम्रो निर्यात आकार त्यति ठूलो नभए पनि कोभिड–१९ ले यसलाई पनि प्रभावित गरिसकेको छ। यसबाट भुक्तानी सन्तुलनमा पनि असर गर्नेछ। जस्तैः अहिले चिया टिप्ने सबैभन्दा राम्रो सिजनमा नै लकडाउन भएकाले बगानहरुमा भएको टिप्न तयार अवस्थाको चिया खेर जाँदा यसबाट पनि नेपाललाई नोक्सानी पुग्नेछ।

यो संकटले निर्माणाधीन विकास परियोजनामा श्रमिक र वित्तीय व्यवस्थापनको पनि समस्या हुने देखिन्छ। यसको प्रभावस्वरूप निर्माणसँग अन्तर-सम्बन्धित सिमेन्ट, डन्डी जस्ता विभिन्न सामग्री उत्पादक उद्योगहरुलाई पनि असर पुग्नेछ।

अहिले सेवा क्षेत्र झन् नराम्रोसँग प्रभावित भएकाले सिनेमा हल, मल, रेस्टुरेन्ट लगायत लामो समय संचालनमा नआउने अवस्था देखिएको छ। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले कम्तिमा ६ महिना यस्ता व्यवसाय ठप्प रहने देखिन्छ।

निजीक्षेत्रबाट संचालित अन्य साना, मझौला, ठूला सबै प्रकारका विभिन्न उद्योग व्यवसायहरु यो महामारीबाट ज्यादै नराम्ररी प्रभावित भएका छन्। यस्तोमा उद्योग व्यवसाय कसरी टिकाउने भन्नेबाटै सरकारले सोच्न आवश्यक छ।

निजीक्षेत्र ‘सर्भाइभ’ भएन भने बेरोजगारी संख्या झन् बढ्नेछ, सरकारको राजस्व घट्नेछ । यसबाट पर्ने अरु बहुआयामिक आर्थिक–सामाजिक प्रभाव गहिरो छ। यसैले निजी क्षेत्रलाई कसरी बचाउने भन्नेमा सबैले सोच्न आवश्यक छ।

निजीक्षेत्र र अर्थतन्त्र दुवै ‘रिभाइभ’ गर्नका लागि केके गर्न सकिन्छ वा गर्नुपर्ने हुन्छ भन्ने विषयमा हामी निजीक्षेत्रका तीनवटै छाता संगठनहरुले सघन छलफल गरिरहेका छौं। त्यसका आधारमा चारवटा पाटोमा सरकारले ध्यान दिनुपर्ने हाम्रो निष्कर्ष बनेको छ। त्यही आधारमा चाँडै नै प्रधानमन्त्री सामु यस विषयमा हाम्रा सुझावहरु प्रस्तुत गर्न खोज्दैछौं।

हामीले विस्तृत अध्ययन नै गरेर मुख्यगरि वित्तीय, श्रमिक, विद्युत् र नीति गरि चारवटा विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने देखेका छौं।

पहिलो, वित्तीय सहुलियत। यो अहिले निजीक्षेत्रका सबै प्रकारका व्यवसायलाई आवश्यक छ। यसमा हामीले ब्याजदरको कुरा गरेका छौं। अहिलेलाई बैंक ब्याजदर घट्नुपर्छ भनेका छौं। सरकारसँग अहिले पनि यो सुविधा रहेकाले विभिन्न वित्तीय उपकरणहरु प्रयोग गरेर वास्तवमै भ्यालु एड गरिरहेका उद्योग व्यवसायहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनु पर्छ।

ब्याजदर ५ प्रतिशतसम्म घटाउन सक्ने हामीले देखेका छौं। र, यो ब्याजदर कम्तिमा तीन–चार वर्षसम्म बढ्नु हुँदैन। यस्तै, सरकारले सहुलियत दरमा अहिले पनि एक खर्ब रुपैयाँ पुनर्कर्जा दिन सक्छ, र दिनुपर्छ। कमसेकम २ वर्षसम्मका लागि ‘डेब्ट–इक्विटी’ रेसियो सहज बनाउनुपर्ने हाम्रो सुझाव छ। यस्तै, दुई वर्षका लागि कर्जा पुनर्संरचना गरेर सहज बनाउनुपर्छ। यी व्यवस्थाले निजीक्षेत्रलाई अहिलेको अवस्थामा बचाउन सहयोग पुग्नेछ।

यस्तै, श्रमिकको सन्दर्भमा चैत महिनाका केही दिन उद्योग व्यवसायहरु संचालन पनि भएकाले उक्त महिनाको पूरै तलब दिने हामीले भनिसकेका छौं। तर वैशाखबाट लकडाउन जारी रहुन्जेलसम्मका लागि पाउँदै आएको रकमको ५० प्रतिशतभन्दा बढी दिनसक्ने अवस्थामा छैनौं। व्यवसाय बचाउन यसलाई पनि सम्बोधन गरिनु आवश्यक छ। किनकि, हामी आधाभन्दा बढी तलब तिर्न सक्ने अवस्थामा छैनौं।

चार–पाँच सय जनाभन्दा धेरै संख्यामा कामदार भएका उद्योग व्यवसायहरु पनि छन् जसलाई काम ठप्प भएको अहिलेको अवस्थामा तलब खुवाउन असाध्यै गाह्रो छ। यो असाधारण अवस्था भएकाले सबै आकारका उद्योग व्यवसायलाई आवश्यकताअनुसार श्रमिकको संख्या पनि ‘डाउन साइज’ गर्न सहज बनाइदिनु पर्छ। यस्तै, श्रम क्षेत्रमा रहेको ‘कलेक्टिभ बार्गेनिङ’ कम्तिमा अबको एक वर्ष गरिनु हुँदैन हामीले भनेका छौं।

अहिले उद्योगहरु बन्द रहेकाले उनीहरुले विद्युत् प्रयोग गरिरहेका छैनन्। यसैले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज नलिदियोस् भन्ने हाम्रो भनाइ हो। यस्तै, बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्छ र त्यो अवधिका लागि जरिवाना पनि पनि नलिइयोस्। र, यो जटिल परिस्थिति भएकाले उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युतमा २० छुट हुनुपर्छ भनेका छौं।

यस्तै, अर्थतन्त्रलाई रिभाइभ गर्नका लागि जीडीपीको पाँच प्रतिशत बराबर फिस्कल स्टिमुलसका रुपमा प्रयोग गर्नुपर्छ भन्ने सरकारलाई हामीले सल्लाह दिएका छौं ।

निजीक्षेत्रले अदालतमा जितेका मुद्दाहरुको पैसा पनि तत्काल फिर्ता दिए उद्योग व्यवसायहरुलाई नगद प्रवाहमा केही सहज हुनेछ। यसलाई पनि यथासक्य चाँडो सम्बोधन गर्नुपर्ने हाम्रो सुझाव हो।

यी मागहरु हामीले कुनै लाभका लागि नभएर निजीक्षेत्र बचाएर अर्थतन्त्रलाई संकटबाट बाहिर ल्याउनका लागि भनेका हौं। यसअघि हामीले यस्तो माग कहिल्यै गरेका थिएनौं। तर अहिले निजीक्षेत्रका कुरा सुनिएन, समस्या सम्बोधन गरिएन भने धेरै उद्योग व्यवसायहरु बन्द हुने स्थिती आउनेछ। हाम्रो चिन्ता यो हो।

संसारका सम्पन्न मुलुकहरु मात्र नभएर साना देशहरुले समेत निजीक्षेत्रलाई बचाउनका लागि यस्ता विभिन्न उपायहरु वा राहत प्याकेजहरु अघि सारिसकेका छन्। तर हामीकहाँ यस्तो राहत आउन सकेको छैन जसले आम निजी क्षेत्रलाई यो महामारीका कारण निम्तिएको संकटबाट बाहिर ल्याएर अर्थतन्त्र रिभाइभ गर्न सकियोस् ।

यससँगै हामीले अब सोच्नुपर्ने विषय अर्थव्यवस्था कसरी पुनः चलायमान बनाउने भन्ने हो। अहिलेकै अवस्थामा लामो समय त्रासमा मात्र बस्यौं भने यसले हामीलाई कहीँ पनि पु-याउँदैन।

सरकारले पक्कै पनि यस विषयमा सोचिरहेकै छ। धेरै ढिला नगरी आर्थिक गतिविधि खुला गर्नैपर्छ। तर यस विषयमा संवेदनशील भएर विस्तारै अघि बढ्नु पर्छ।

श्रम ऐनले यस्तो संक्रमणका बेला कुनै श्रमिकको मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेवारी उद्योगले लिनुपर्छ भनेको छ। यस्तै, व्यवसायीले अहिले उद्योग व्यवसाय संचालन गर्छु भन्यो भने पनि स्थानीयले संक्रमणको त्रासका कारण अवरोध गरिरहेको अवस्था छ।

यसका बाबजुद अब कसरी उद्योगहरु खुला गर्ने भन्ने छलफल गर्न केही दिनअघि उद्योग मन्त्रालयमा हामी निजीक्षेत्रका प्रतिनिधीलाई पनि बोलाइएको थियो। अर्थतन्त्र फेरि खुला गरिएन भने, चलायमान भएन भने झन् समस्या हुने भएकाले भारतीय मोडलका साथै अन्य मुलुकहरुले पनि कसरी खोल्न खोजिरहेका छन् भन्नेमा समेत केही छलफल भएका छन्। यद्यपि, निष्कर्ष बनिसकेको छैन ।

(नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले एक कार्याक्रममा राखेको विचार)

रेमिट्यान्स घटेको छः आएको पैसा प्रभु मनी ट्रान्सफरले ग्राहकहरुको हातमा पु¥याउने काम गरेको छ

रामेश्वर सापकोटा चिनाई राख्नु पर्ने नाम होइन । प्रभु समूहको लगानी रहेको प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेडका नायब महाप्रबन्धक हुन रामेश्वर सापकोटा । सादा जीवन उच्च बिचार बोक्ने सापकोटा सोच विचार गरेर निर्णय लिने नाम भित्र पर्ने एउटा नाम हो । विगत लामो समयदेखि प्रभु मनी ट्रान्सफरलाई नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी बनाउने दायित्व बोकेका सापकोटालाई शालीन स्वाभाव र भद्र भलादमी व्यक्तित्वका रुपमा पनि लिने गरिन्छ ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो देखिएन । अझ रेमिट्यान्समा निर्भर रहेको हाम्रो देशमा झन् बढी असर गर्ने निश्चित छ ।  रेमिट्यान्सको मुख्य स्रोत रहेका देशहरुमा पनि कोरोनाले असर गरेका कारण ठूलो संख्यामा रोजगारी कटौती हुने निश्चित दखिन्छ ।

प्रभु मनी ट्रान्सफरले कस्तो सेवा दिएको छ । रेमिट्यान्स कति घटेको छ । अर्थतन्त्रमा यसको असर कस्तो होला । यी र यस्तै विषयमा आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेडका नायव महाप्रबन्धक रामेश्वर सापकोटासंग गरेको कुराकानी ।

० प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेड नेपालकै ठूलो समूह प्रभु गु्रपद्वारा संचालित कम्पनी हो । यो लकडाउनको बेला कोरोना भाईरसका कारण रेमिट्यान्समा कस्तो असर पारेको देख्नु भएको छ ।
अहिलेको अवस्था कठिन बन्दै गएको छ । विश्वका अधिकाशं देश कोरोना भाईरसका कारण लकडाउनमै छन् । त्यहाँ रहेका नेपाली घर भित्रै छन्। कम पैसा आएको छ । परिवारलाई खर्च गर्ने पैसा पठाएका छन् ।

रेमिट्यान्स नेपालको मात्रै समस्याले नभए अन्तर्र्राष्ट्रिय समस्याले पनि सिर्जना हुने चीज हो । अहिले मध्यपूर्वको तुलनामा जापान र दक्षिण कोरियामा कोरोना भाइरसको असर कम छ । ती देशबाट आउने रेमिट्यान्सको हकमा ६० प्रतिशत रेमिट्यान्स आइरहेको छ । साथै अन्य देशको हकमा २५ प्रतिशतभन्दा बढी रेमिट्यान्स आएको छैन । यो लकडाउन कति लम्बिने हो । विश्वभरी देखिएको कोरोनाको महामारी कहिले अन्त्य हुने हो । यसमा भरपर्ने कुरा चाही छ ।

० चैत्र महिना र बैशाखा महिनाको यो लकडाउनमा चाहि कस्तो कारोबार भएको छ । प्रभु मनी ट्रान्सफरको ?
कारोबार कम नै छ । चैत्रमा केही बढि आएको थियो । वैशाखमा त धेरै कम मात्र रेमिट्यान्स आएको अवस्था चाहि छ ।
५० प्रतिशतसम्म कम छ । चैतमा त केही समय त राम्रै थियो । बैशाखबाट भने लकडाउन अवधिमा ७० प्रतिशतसम्म व्यवसाय घट्छ । अनलाइनमार्फत पैसा पठाउने बढेका छन् । खाडी मुलुकहरुमा भने घटेको देखिन्छ ।

० प्रभु मनी ट्रान्सफर कम्पनीले चाही कस्तो सेवा यो विशम अवस्थामा दिएको छ ?
हामीले डिजिटल प्रविधीको उपभोगबाटै ग्राहकहरुलाई सेवा दिएका छौं । प्राय सबै कर्मचारी साथीहरुले घरबाटै काम गर्नु भएको अवस्था छ । रेमिट्यान्स पक्कै घटेको छ । खाता भएका ग्राहकलाई बैंक खाताबाटै भुक्तानी दिएका छौं । देश विदेशनै लकडाउनमा रहेको बेला सुरक्षीत तरिकाले सेवा दिने बेला यो हो । त्यसकारण सदाभन्दा फरक र पृथक तरिकारले सेवा दिएको अवस्था चाही छ नि ।

० अब विदेश जाने अवस्था देखिदैन । ४० लाख भन्दा बढि जनशक्ति विदेशमा रहेको तथ्याङ्क छ । भोली यो जनशक्ति नेपाल भए यसको व्यवस्था कसरी गर्न सकिन्छ त ?
अत्यन्तै सान्र्दभिक प्रश्न उठाउनु भयो भूपेन्द्रजी तपाईलाई थाहा छ । ठूलो नेपाली जनशक्ति विदेशमा विभिन्न पेशा र व्यवसायमा हुनुहुन्छ । पढ्नकै लागि पनि ठूलो जनशक्ति बाहिर गएको छ ।

खाडी मुलुकमा रोजगारका लागि गएका छन् । यि जनशक्ति भोली नेपाल आए वा रोजगारदाताले रोजगारी दिएन भने नेपालमा अर्को समस्या थपिने चाही सत्य हो तर, यो दक्ष र अनुभवी जनशक्तिलाई कृषि उत्पादन देखि लिएर साना ठूलो उद्योग व्यवसाय गर्न प्रेरित गरिनु पर्दछ । हामी आफै कृषिमा आत्मनिर्भर अहिलेको प्रमुख आवश्यकता हो ।
खेतबारी बाँझा छन् । अब ती बाँझा खेतबारीलाई आधुनिक प्रविधि प्रयोग गरी कृषिमा लगाउन सकिन्छ । सरकारले पनि त्यसमा ध्यान दिनुपर्छ नि ।

० अहिले विदेशबाट आएको पैसा निकाल्न कति जोखिम छ त ?
अहिले हामीले कसैले विदेशबाट पैसा पठाएको छ भने त्यो रकम निकाल्नका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराएका छौं । उहाँले फोन गर्दा उठेन भने पनि आफै कल ब्याक गरेर सेवा दिइरहेका छौं । कार्यालय पनि केही समयका लागि खुलेकै छन् । अर्को कुरा के पनि छ भने लकडाउनको यो अवस्थामा धेरै जस्तो पैसा बैंक खातामा नै डिपोजिट भएको छ । एजेन्ट अफिस प्रायः बन्द नै छन् । तर पनि आएको पैसा यो विपतमा ग्राहकलाई दिने व्यवस्था प्रभु मनी ट्रान्सफरले गर्ने नै छ ।

० कोरोना भाईरसका कारण रेमिट्यान्स घटेको तपाईले बताईरहँदा यसले नेपालको अर्थतन्त्रमा चाहि कस्तो असर गर्ला त ?
असरको कुरा सोच्न पनि सकिदैन तपाई हामी भनिरहेका छौं । हाम्रो देश रेमिट्यान्सबाट चलायमान छ भनेर । त्यसकारण यो महामारी अन्त्य चाडो हुने आशा गरौं । सकारात्मक सोच राखौ । सबै चीज विग्रेको पक्कै छैन । मान्छेको खुट्टा भाचिएको होला तर हात त छन् । नि त्यसकारण आत्तिहाल्नु पर्ने अवस्था छैन । भूकम्प, नाकाबन्दी जस्ता कुरा भोगेर यो अवस्थामा हामी आयौं । अर्को कुरा के छ भने केही वर्ष कम भए पनि सँधै घट्ने भन्ने हुँदैन । केही समय मात्रै समस्या हुने हो । विदेशी मुद्रा ल्याउनका लागि हाम्रो जस्तो देशका लागि रेमिट्यान्स र पर्यटन नै हो । यी क्षेत्रमा धक्का लागेसँगै समस्या त हुन्छ नै । व्यापार घाटा पनि हुन्छ । अरु धेरै पक्ष छन् । तर, यो कति लम्बिने हो र जीवन कति सुरक्षित हुने हो यसमा नै निर्भर पर्ने प्रस्टै देखिन्छ ।

० यो बेला राज्यले विदेशमा रहेका लाखौं नेपालीलाई ल्याउनु जरुरी देख्नुहुन्छ ?
अहिले त नियमित काम गरि रहेका सबै मानिसहरु घरपरिवारका सदस्यसँग भेट गर्न पनि आत्तिएको अवस्था छ । हाम्रो नेपालमा लकडाउन पनि छ र कोरोना भाइरस भित्रने शंका पनि उत्तिकै छ ।

त्यसकारण राज्यले समयमै विदेशमा रहेका लाखौं । आफ्ना नागरिकका बारे सोच्नु जरुरी देखिन्छ । केही नेपालीहरुको दुखद निधन भएका घटना पनि आएका छन् । यो दुखद पक्ष हो । नेपालीलाई बचाउने र घर भित्र्याउन राज्य सधै सचेत रहनु पर्दछ ।

० यो महामारी बिरुद्ध राज्यले स्थापना गरेको कोषमा प्रभु समूहको यत्रो ठूलो रेमिट्यान्स कम्पनीले चाही कस्तो सहयोग गरेको छ त ?
महात्वपूर्ण पक्ष के छ भने सबैले आ–आफ्नो ठाउँबाट सेवा दिनु नै पहिलो कुरा राहत हो । अर्को कुरा हामीले लिने शुल्क दिएको अवस्था छैन । हाम्रो प्रभु समूहकै बैंक प्रभु बैंकले राज्य कोषमा ठूलो धनराशी दिएको अवस्था चाही छ । हामी पनि यही समाजका मान्छे हामीले पनि यहि समाजलाई केही गर्नुपर्छ । त्यसकारण यो कत्ति लम्बिने हो । त्यसमा भर पर्दछ । हामी पर्ख र हेरकै बाटोमा चाही अहिले छौं नि ।

० ग्राहक, कर्मचारी लगायत नेपाली जनतालाई केही भन्नु छ ?
अब यो बेला सुरक्षीत रहनु पर्दछ । नेपाल सरकार र WHO ले दिएका सबै निर्देशन पालना गरौं । जीवन रहे संसार देख्न पाइन्छ । त्यसकारण डिजिटल प्रविधि सिक्दै डिजिटलबाट व्यवसाय गरौं । गाउँ पुगेका लाखौ जनशक्तिहरुले सोसल डिस्टेन्स अपनाउँदै कृषिमा काम गरौं । यो बेला खेतीपातीको सिजन पनि हो । बाँझा खेतलाई हरियाली बनाऔं । देश र जनता बचाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।

प्रधानमन्त्रीले देउवालाई बोलाए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न लागेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन्।‘उहाँहरूबीच तीन बजे बालुवाटारमा भेट हुने तय भएको छ,’ स्रोतले भन्यो। भेटमा कांग्रेसका तर्फबाट अरू नेताहरू सहभागी हुने/नहुने खुलाइएको छैन।

चर्को आलोचनापछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको केही घन्टापछि प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतालाई भेट्न लागेका हुन्।