जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सनराइज बैंकले धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

सनराइज बैंकले धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सन््राइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गर्दै आएको छ ।

यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म सन््राइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराई सकेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ ।

12260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्