जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एन आई सी एशिया बैंकमा मुद्दती निक्षेप खाता घरबाटै अनलाईन निःशुल्क खोल्न सकिने

एन आई सी एशिया बैंकमा मुद्दती निक्षेप खाता घरबाटै अनलाईन निःशुल्क खोल्न सकिने

कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलनबाट कम गर्न सरकारले घोषणा गरेको लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ ।  लकडाउनका कारण घरभित्रै भए पनि एनआईसी एशिया बैंकले घरबाटै निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

“तपाईले आफ्नो बैंकिङ्ग कारोबारहरु कसरी व्यवस्थापन गरीरहनु भएको छ ? के लकडाउनका कारण बैंकमा थन्किएको तपाईको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न चुकिरहनु भएको त छैन ?,” बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “ग्राहकको यस्तै चाहानालाई मध्येनजर गर्दै एन आई सी एशिया बैंकले घरबाटै अनलाईन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । एन आई सी एशिया बैंकमा खोलिएको मुद्दती निक्षेप खातामा उच्च ब्याजका साथै इन्स्योरेन्स सुविधा पाइने छ ।”

बैंकका अनुसार ग्राहक महानुभावहरुले घरबाटै सरल रुपमा चार चरणमा मुद्दती निक्षेप खाता खोल्न सकिन्छ ।  मुद्दती खाता खोल्न कुनै पनि अतिरिक्त शुल्क नलाग्ने समेत बैंकले प्रस्ट पारेको छ ।  यसअघि एन आई सी एशिया बैंकमा बचत खाता रहेमा सोही खाता नम्बरको आधारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

तर, यस बैंकमा खाता नभएका ग्राहकहरुको लागि भने घरबाटै अनलाईन खाता खोल्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ । त्यसका लागि बैंकको वेबसाइट www.nicasiabank.com मा गई दायाँ भागमा रहेको Apply now मा क्लिक गरी आएका तीन विकल्पहरु मध्ये Online account opening (अनलाईन बचत खाता) छनोट गर्नुपर्छ ।

त्यसपछि विभिन्न बचत खाताको बारेमा जानकारी पाउन सकिने छ । त्यसको आधारमा आफूलाई आवश्यक र उपयुक्त खाता छनोट गरी घरबाटै एन आई सी एशिया बैंकमा खाता खोल्न सकिने बैंकको भनाइ छ ।  अनलाइन खाता खोलिसकेपछि निःशुल्क मोबाइल बैंकिङ्ग सेवा लिइ अन्य बैंकबाट सजिलै एन आई सी एशिया बैंकमा रहेको खातामा निःशुल्क रकम स्थानान्तरण समेत गर्न सकिन्छ ।

यसअघिनै एन आई सी एशिया बैंकमा खाता भएका वा अनलाईन खाता खोलिसकेपछि सोही खाताका आधारमा निम्न चरणहरुमा निःशुल्क अनलाईन मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

पहिलो चरण
एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइट www.nicasiabank.com बाट निःशुल्क अनलाईन मुद्दती खाता खोल्न सकिने छ । बैंकको वेबसाइट खुलिसकेपछि वेबसाइटको दायाँ कुनामा रहेको Apply Now मा क्लिक गर्नुपर्छ ।
त्यसपछि आएका तीन विकल्प मध्ये अनलाईन मुद्दती खाता खोल्नका लागि Online fixed deposit  छान्नुपर्छ ।

दोस्रो चरण
मुद्दती खाता छनौट गरिसकेपछि दोस्रो चरणमा ग्राहक महानुभावहरुले बैंकमा रहेको आफ्नो खाताको विवरण भर्नुपर्छ ।
जस्तो, ग्राहकको खाता नम्बर, मोबाइल नम्बर, इमेल ठेगाना, जम्मा गर्न लागेको रकम र मुद्दती खाता खोल्न चाहेको अवधी (माहिना) समेत उल्लेख गर्नुपर्छ । उल्लेखित विवरण भरिसकेपछि तल दायाँ कुनामा रहेको सबमिट (कगदmष्त) थिच्न बैंकले आग्रह गरेको छ ।

तेस्रो चरण
दोस्रो चरणमा सम्पूर्ण विवरण उल्लेख गरी सबमिट गरिसकेपछि तपाईँले उपलब्ध गराएको मोबाइल नम्बरमा ओटिपी कोर्ड एसएमएस आउँछ । एसएमएसको रुपमा आएको उक्त ओटिपी कोड भरी पुनः सबमिट गर्नुपर्छ । यदि मोबाइलमा कोर्ड नआएको खण्डमा पुनः प्राप्त गर्नको लागि रिसेन्ड कोर्डमा क्लिक गर्न सक्नुहुन्छ ।

अन्तिम चरण
यसरी तपाईले दिएको सूचनाको आधारमा सफलतापुर्वक मुद्दती खाता खोलिएको सन्देश आउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
त्यसपछि बैंकका प्रतिनिधिले फोन गरी वा एसएमएस मार्फत खाता खोलिएको सुचना दिनेछन् ।

एन आई सी एशिया बैंकमा मुद्दती खातामा सर्वाधिक उच्च ब्याजदर दिने बैंकले जनाएको छ । जसबाट ग्राहकले २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा पनि पाउन सक्नेछन् ।

ग्राहकले न्यूनतम १० लाख रुपैयाँको गोल्ड श्रेणीको मुद्दती खाता तथा न्यूनतम २५ लाख रुपैयाँ मौज्दातमा डायमण्ड श्रेणीको मुद्दती खाता खोल्दा २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उललेख छ । जसमा १० लाख रुपैयाँसम्मको १८ विभिन्न घातक रोग वापत, ग्राहकको दुर्घटनामा परि मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँ र औषधी उपचार बीमा वापत १ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

यो १ लाख मध्ये २० हजार रुपैयाँ बहिरंग सेवाको रुपमा औषधी, डाक्टरको शुल्क आदि सेवा लिन सकिन्छ ।  ग्राहकको अस्पतालमै भर्ना गरी उपचार गर्नु परेमा औषधी उपचार बीमा अन्तर्गतको बाँकी ८० हजार रुपैयाँको सुविधा लिन सकिने छ ।  यस्तै न्यूनतम १ लाख रुपैयाँ मौज्दातमा खोलिएको मुद्दती खातामा भने १२ लाख ५० हजार रुपैयाँ सम्म बीमा सुविधा लिन सकिने बैंकले जनाएको छ ।

जस अन्तर्गत १० लाख दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा, २ लाख रुपैयाँ १८ विभिन्न घातक रोग लागेमा र ५० हजार रुपैयाँ अस्पतालमै भर्ना भई उपचार गर्नु परेमा औषधी उपचार बीमाको रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  सोही बराबरको सुविधा लिनको लागि ग्रहाक महानुभावले १४ हजार रुपैयाँसम्म लाग्ने हुनाले एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा १४ हजार रुपैयाँ बराबरको रकम बचत गर्न सक्नुहुनेछ ।

यसबाहेक ग्राहकले डेबिट कार्ड, के्रडिट कार्डलगायत विभिन्न सुविधाहरु निःशुल्क लिन सक्नेछन् । त्यसबाहेक एन आई सी एशिया बैंकका ग्राहकको लागि घरमै बसीबसी मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्गको सुविधा समेत निःशुल्क लिन सकिने सुविधा दिएको जनाएको छ ।

सबै विद्युतीय बैंकिङ्ग माध्यमबाट हुने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको बैंकले जनाएको छ ।

6990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका