जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

अदृश्य शक्तिको लडाई जित्न अदृश्य शक्तिलाई प्रार्थना गरौं

शोभनदेव पन्त नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक भन्दा बढि विताएका पन्त मिडियामा देखा पर्न रुचादैनन् । साच्चै भन्नुपर्दा विओके मजबुद र अब्बल बैंक बनेको छ भन्दा अब चाहि फरक पर्दैन ।
नेपालको बैकिङ्ग इतिहासमा सबै भन्दा पूराना र अनुभवी बैंकर भित्र पन्तको नाम अग्रपंक्तिमा छ । २७ वटै वाणिज्य बैंकका सीइओहरुले अभिभावकको नाम लिँदा पन्तको नाम छुटाउनु हुँदैन ।

नेपालको दुईवटा वाणिज्य बैंक लुम्बिनी र विओके मिलेर बनेको धेरै शाखा, एटिएम र ग्राहक भएको बैंक अफ काठमाण्डूका सीइओ हुन शोभनदेव पन्त ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल अब पनि अछुतो रहेन । केही संकेटहरु देखा परेका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालका निजी क्षेत्रको अब्बल र सबल विओकेले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र राज्य कोषमा विओकेले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा पूराना बैंकर एवं बैंक अफ काठमाण्डू लिमिटेडका सीइओ शोभनदेव पन्तसंग आर्थिक बजार डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० यो संवेदनशील र कठिन अवस्थामा बैंकहरुले भटाभट डिपोजिटका व्याजदर घटाएका छन् । यो ग्राहकलाई अन्याय भएन र सीइओ साब ?
म पनि ब्याज घटाउने संस्थाको बैंकर हु । महामारीको मौका छेपी व्याजदर घटाएका भन्ने समाचार आए यसलाई फरक तरिकाबाट बुझ्नु जरुरी छ । अहिले तरलता सहज छ । कर्जा गएको छैन । उद्योग धन्दा बन्द छन् । पर्यटन, उद्योगका लागि उर्जा थपिने भएकै कारण व्याजदर घटाएका हौं । यसले बैंकहरुको फस्ट फण्ड घट्न छ र हामीले केही राहत हुन्छ । कर्जा प्रति पनि राहत हुनेछ । अर्को कुरा तरलता हुँदा व्याजदर घट्ने र नहुँदा बढ्ने परम्परा बैकिङ्ग इतिहासमा छ । त्यसकारण अन्यथा लिनु हुँदैन नि । तर यो समस्याको समाधान चाहि पक्कै होइन नि ।

० लकडाउनको यो अवस्थामा भनिन्छ ८ खर्बका प्रोजेक्टहरुको काम ठप्प छ । यसले कस्तो असर बैकिङ्ग क्षेत्रमा पर्ने देख्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । ठूलो असर पक्कै छ । सन् २००८/९ मा देखिएको आर्थिक मन्दी अमेरिका र युरोपमा मात्रै सीमित भएका बेलामा कोभिड १९ ले ल्याएको आर्थिक मन्दीले पूरैविश्वमै असर पारेको छ । र, त्योभन्दा अझ खराब अवस्था संकेत देखिएको छ ।
यो आर्थिक क्षेत्रका लागि फरक असर हो । जुन आधुनिक अर्थतन्त्रमा पहिले कहिल्यै पनि देखिएको थिएन । एक सातादेखि अर्को साता हुँदै यो अहिले हरेक क्षेत्रमा होटल रेष्टुराँदेखि विमान कम्पनीसम्म असर पारेको कारणले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ । यसको क्षति अब बैकिङ्ग प्रणालीमा देखिने प्रस्टै छ ।

मानवीय संकटसँगै कसरी रिकभरी हुन्छ भन्ने कसैले अनुमान गरेको छैन । अहिले विश्व नै अदृश्य शत्रुसँग लडिरहेको छ । यो सन् १९३० मा आएको विश्वव्यापी अर्थतन्त्रमा परको असर जस्तै भएको देखिन्छ ।

अब यो लम्बियो भने अर्थतन्त्र कहाँ पुग्ने हो । त्यो म अनुमान गर्न सक्दिन तर, यस्तो नहोस् । कर्जाका साँवा व्याज नउठेपछि त कर्जा खराब कर्जा हुने निश्चित छ । यस कोरोनाभारी गर्न बैंकले केह ीगर्न सक्ने अवस्था देखिदैन । यसले नाफा घट्ने त पककै छ ।

० दुईवटा वाणिज्य बैंक विओके र लुम्बिनी बैंक मर्जर भएर बनेको यस बैंकले लकडाउनको विषम परिस्थितिमा कस्तो सेवा दिएको छ त ?
अरु बैंकले जस्तै सेवा दिएका छौं । एटिएममा पहिलो ध्यान हाम्रो छ । त्यसपछि शाखा खोली सेवा दिएका छौं । बचतकर्तालाई औषधीमुलो र खाद्यान्न खाना पैसाको अभाव चाहि हुन दिएको अवस्था छैन । केही अत्यावश्यकका सामानको एलसी र बैंक ग्यारेन्टीको काम गरेका छौं नि ।

० यस्तो कोरोना भाईरसको महामारीका बीच पनि बैंक गएर काम गर्ने कर्मचारीको स्वास्थ्यबारे चाही कति चिन्तित रहनु भएको छ ?
कर्मचारी हाम्रो सम्पत्ती हुनु । उहाँहरुको चिन्ता सबै भन्दा बढि हामीलाई हुन्छ । तर, हाम्ीले सबै रोगथामका सामान दिएका छौं । अर्को कुरा के छ भने हाम्रो बैंकका कर्मचारीलाई पैसाको खाँचो नहोस भनेर हामीले लकडाउन हुनु भन्दा पहिला नै तलब दिएका छौं । दोस्रो कुरा भीडभाड छैन । बैंकमा कारोबार पनि कम नै छ नि ।

० कोरोना भाईरस बिरुद्ध राज्यले स्थापना गरेको राष्ट्रिय कोषमा चाही के कस्ता सहयोग छ । तपाई पहिलो बैंकर हो जसले १ महिनाको तलब दिने घोषणा गरिसक्न भएको पनि छ नि सीइओ साब ?
हाम्रो बैंकले १ करोड राज्य कोषलाई दिएको छ । मैले व्यक्तिगतरुपमा १ महिनाको तलब दिने निर्णय गरेको छु । हामी यही समाजका मान्छे हौं । समाज प्रति दायित्व बढेको महसुस गर्दै मैले सो निर्णय गरेको हु । बैंकरलाई समाजले हेर्ने छुट्टै परम्परा छ । केही बढि तलब खान्छन् र केही कमाएका छन् भन्ने पनि छ । त्यसकारण समाजिक सेवाबाट उत्प्रेरित भएर मैले दिएको छु । यो बेला हुनेले दिने हो । जनता बचाउनु पर्दछ । अनि अरु हुने हो ।

आजसम्म नेपालमा जम्मा ९ जनामा रोग लागेको पुष्टि भएको छ । जसमध्ये १ जना निको भईरहेको अवस्था छ भने बाँकीको अहिले उपचार भईरहेको छ । आशा र प्रार्थना गरौं कि यो अवस्था यहाँभन्दा खराब नहोस भन्नचाहान्छ ु ।

० विश्वव्यापी रुपमा अदृष्य शक्तिका रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई कति असर पार्ने देख्नु भएको छ ?
जे भए पनि आजका दिनसम्म यसले अर्थतन्त्रमा केही असर गरिसकेको देखिन्छ । अर्थतन्त्रमा भएको यो संकट समाधानमा केन्द्रीय बैंक एक्लैले केही गर्न सक्ने अवस्था अब रहेन । अहिले वित्तीय क्षेत्रसँगै प्रत्यक्षरुपमा पर्यटनजस्ता क्षेत्रमा ठूलो असर गरेको छ । यी क्षेत्रहरु रिकभर हुनका लागि पनि एकदेखि डेढ वर्षसम्म लाग्ने प्रस्टै देखिन्छ ।

किनभने पर्यटन क्षेत्र रातारात सम्हाल्न सकिने क्षेत्र होइन । र, कोरोना भाइरसको असर छिट्टै हट्ने संकेत देखिदैन । सबैभन्दा पहिले त पर्यटकहरुमा आत्मविश्वास जगाउनु महत्वपूर्ण हुन्छ । दोस्रो कुरा यस संकटले मारमा परेको क्षेत्रलाई फेरि पुर्नजन्म गराउनु पर्ने दायित्व बढेको छ । अन्य देशको संकटको तुलनामा नेपालको संकट अझ ठूलो हुन्छ । किनभने आत्मनिर्भर छैनौं । झण्डै ३० प्रतिशत जति जीडीपीमा रेमिट्यान्सको हिस्सा छ ।

साथै सरकारको कोषमा पनि आयातबाट आर्जन हुने राजस्वको हिस्सा ठूलो छ । साथै नेपालको वित्तीय क्षेत्रमा कर्जाको क्षेत्रमा पनि यसले ठूलो असर गर्नेछ । जसको प्रेसर बैंकिङ क्षेत्रमा पर्नेछ । खराब कर्जाको मात्रा बढ्नेछ । यो हाम्रो लागि चाही चुनौतिको पहाड हुने संकेत देखिन्छ । अर्को कुरा के चाही अहिले खाडी राष्ट्रमा पेट्रोलको मुल्य घटेको छ । यसको असर पर्ने देखिन्छ । यी राष्ट्रले हाम्रो कामदारलाई घर पठाउन सक्ने अवस्था नआउला भन्न सकिदैन । त्यसले रेमिटेन्समा ठूलो असर गर्ने पनि सक्दछ ।

आर्थिक संकटले गर्दा जीडीपी पनि ५ देखि ७ प्रतिशतले घट्ने आँकलन गरिएको छ । साथै बैंकको कर्जामा ठूलो असर पर्नुका साथै बढ्ने खराब कर्जाका कारण सेयरधनीहरुले पाउने लाभांशमा समेत असर गर्ने देखिन्छ ।

० राष्ट्र बैंकका बैंकको ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएके छ ?
यो पहिलो चरणको राहत हो । अन्तिम चाहि पक्कै होइन होला । यसले पुग्दैन । समस्या आउदैछ । त्यो केन्द्रीय बैंकले सल्टाउन सक्दैन । यसमा राज्य नै जमानी बस्नु पर्ला । राज्य नै अगाडी बढेर आउनु पर्ला ।

अहिले विश्वका शक्तिशाली र सम्पन्न राष्ट्रहरुले राज्यको जमानीमा कर्जा दिएको अवस्था पनि छ । नेपालमा हामी शुरुवाती अवस्थामै छौं । यो कति लम्बिीने हो यसमा पनि भरपर्दो कुरा छ । तर, यतिले चाही पुग्दैन नि ।

० सीइओ साब हामी नेपालीले नाकाबन्दी, भुकम्प, समाजका परिवर्तन कुरा धेरै कुरा देख्यौ र भोग्यो । तर, आज सुन्दै नसुनेको लकडाउन भोगिरहेको अवस्था छ । यसबाट कस्तो पाठ सिक्नु पर्ला ?
भूपेन्द्रजी अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । अहिले संसार अप्ठ्यारोमा छ । अति राम्रा मुलुकहरुले त यो अदृश्य रोगलाई थेग्न हम्मे÷हम्मे परेको देखिन्छ । हामी त भगवान भरोसामा नै छौं । (WHO)को भनाई अनुसार हाम्रो यो रोगको दोस्रो चरणमा छौं । यसपछि कस्तो संकेत आउने हो यसमा ठूलो कुरा छ । दोस्रो कुरा यसलाई रोगथाम गर्ने उपायहरुको चाडो खोजी गरिनु प¥यो । आजका मुख्य आर्मी भनेका डाक्टर, नर्स र अस्पतालका कर्मचारी हुन् । उहाँहरुको म स्वास्थ्य लाभको कामना र सम्मान प्रकट गर्दछु । अर्को पक्ष हामी ठूला दुई राष्ट्रको बीचमा छौं । यो विचार गर्नुप¥या । भारतमा महामारीका केही रुप आईसकेको छ । खुल्ला सीमानाबाट मान्छे नेपाल भित्रिएको अवस्था जगजायर नै छ । त्यसकारण टेष्ट चाडो हुनु प¥यो । सबै हामी बाँच्नु प¥यो र जनता बचाउनु प¥यो । यो दायित्व राज्यले मात्रै होइन अब हामी ३ करोड नेपालीको दायित्व पनि हो । यो मान्छेबाट मान्छेमा आउने रोग भएकोले हामी सचेत र सजक पक्कै हुनपर्दछ ।

० यो मौका मैले तपाईसंग गुमाउन चाहिन मलाई भनिदिनुहोस् नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । उहाँसंग तपाईहरु कति आशावादी रहनु भएको छ ?
राष्ट्र बैंकले चाहे जस्तै नेतृत्व पाएको छ । उहाँसंग मेरो लामो संगत भयो । मैले नयाँ गर्भनर महाप्रसाद अधिकारीज्यूलाई नजिकबाट चिनेको छु । त्यसकारण अनुभवी क्षमतावान र कुसल प्रशासक उहाँ हो भन्ने मेरो बुझाई छ । अर्को कुरा बैकिङ्ग क्षेत्रलाई ३० वर्ष नेपाल राष्ट्र बैंक भित्रै बसेर बुझेको अनुहार हामीले गर्भनर पाएका छौं । हामी सकारात्मक छौं । बैंकिङ्ग प्रणाली खुसी पनि छ ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अवस्था सबैका लागि सहज छैन । तर, हामीले लड्नु छ र जीत निकाल्नु पर्ने पनि छ । पहिलो कुरा यसरी बुझ्नु जरुरी छ । दोस्रो कुरा अदृश्य शक्तिसंग लडाई जित्न अदृश्य शक्तिसंग प्रार्थना गरौं र जीत हासील गरौं । विश्व रुवाएको यो अदृश्य रोगसंग त्रास नभई सामना गरौं । विश्व स्वास्थ्य संगठन (WHO) र राज्यले दिएको सबै निर्देशन घरमै बसी पालना गरौं । आफू बचौं र अरुलाई बचाउन भगवानसंग प्रार्थना गरौं ।

एनएमबी बैंकद्वारा १०० थान पिपिई सहयोग

एनएमबी बैंक शाखा सुर्खेतले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १०० थान कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत सामाजिक विकासमन्त्री दल रावललाई बैंकका शाखा प्रबन्धक मित्रराज प्याकुरेलले १०० थान गुणस्तरयुक्त पिपिई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्री ग्रहण गर्दै मुख्यमन्त्री शाहीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई ध्यानमा राखेर प्रदेश सरकारमार्फत यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सहयोग गरेको भन्दै सो बैैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सामाजिक विकासमन्त्री रावलले कर्णालीको स्वास्थ्य क्षेत्रका जनशक्तिलाई व्यक्ति सुरक्षा सामग्रीले काम गर्न उत्साह मिल्ने बताउनुभयो । बैंकका शाखा प्रबन्धक मित्रराज प्याकुरेलले सामाजिक उत्तरदायित्व वहन गर्दै ‘कोभिड–१९’ बाट बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुगोस् भन्ने ध्येयले सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँका अनुसार एनएमबी बैंक केन्द्रले यसअघि नै नेपाल सरकारलाई रु एक करोड ५१ लाख र प्रदेशअन्तर्गतका शाखा बैंकबाट पनि सातवटै प्रदेश सरकारलाई सहयोग गरिसकेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठलाई निरन्तरता

राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समिति सदस्यले प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई निरन्तरता दिने भएको छ।

सरकारी पूर्ण स्वामित्वको बैंकको सञ्चालकमा सरकारी प्रतिनिधिहरु छन्। श्रेष्ठलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो।

श्रेष्ठले बैंकको नेतृत्व लिएपछि खराब ऋण उठ्तिमा सुधार भएको छ। उनको नेतृत्वमा बैंक सबैभन्दा बढि नाफा कमाउन सफल भएको छ। बैंकले गत बर्षको नाफाबाट सरकारलाई लाभांससमेत दिएको थियो।

२०१३ सालमा चैनपुर नगरपालिका वडा नं १० संखुवासभामा जन्मी त्रिविविबाट जन प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका श्रेष्ठले यस अघि नेपालको अगुवा बैक नेपाल बैक लिमिटेडमा महाप्रवन्धकको जिम्मेवारी ( २०६९ देखि २०७१ ) सम्हालिसकेका छन्।

श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत थिए। यसअघि खुल्ला प्रतिष्पर्धाबाट कृष्णप्रसाद शर्मा नियुक्त भएका थिए ।

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निणर्य नभएको जनाउनुभएको हो ।

नागरिक प्रशासन असफल, सेना सफल !

उत्तरी छिमेकी मुलुक चीनबाट उत्पन्न भएको कोरोना भाइरस (कोभिड १९) नाम दिएको भाइरसको महामारी विश्वभरमै फैलिएको छ । विश्वका धनी र शक्तिशाली राष्ट्रहरु समेत अहिले उक्त भाइरसबाट आतंकित बनिरहेका छन् । विश्वमा भाइरसको आतंकले उपद्रो मच्चाइरहेका बेला नेपाल समेत उक्त आतंकबाट पिडित भएको छ । कोरोना भाइरस विश्वमा फैलिँदै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले उक्त भाइरसका विरुद्ध जति तयारी गनुपर्ने थियो त्यो तयारी गर्न नसकेको पछिल्लो समयमा प्रष्ट हुँदै गएको छ ।

विश्वका धेरै देशमा उक्त भाइरस फैलिएपछि विश्वका विभिन्न देशमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम सुरु भयो । विदेशबाट फर्किने व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा सरकारले बेलैमा ध्यान पु¥याउन सकेको भए अहिलेको जस्तो कठिन परिस्थिति उत्पन्न हुन सक्ने अवस्था नै आउन सक्दैन थियो । गएको माघ महिना देखि नै विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएको थियो । ठीक त्यसैबेलादेखि नेपालमा भने नेपाल भ्रमण वर्षको तामझाम भइरहेको थियो । त्यसैबेला हाम्रा पर्यटन तथा संस्कृति मन्त्री योगश भट्टराईले सार्वजनि रुपमै विदेशी पर्यटकहरुलाई नेपाल आउन आह्वान गरे । नेपाल कोरोना भाइरस मुक्त मुलुक भएकोले निर्धक्क साथ नेपाल भ्रमण गर्न मन्त्री भट्टराईको उक्त आग्रहपछि हजारौँ विदेशी पर्यटकहरु नेपाल भित्रिए ।

त्यसैबेला देखि विदेशमा रहेका नेपालीहरु समेत स्वदेश फर्किने क्रम जारी रह्यो । चैत्र १० गते सम्ममा लाखौँ नेपालीहरु स्वदेश फर्किएपछि मारमा नेपाली जनता परे । सरकारले त्यसैबेला विदेशबाट आएका व्यक्तिहरुलाई निगरानीमा राख्न सकेको भए अहिलेको जस्तो संकटपूर्ण अवस्था आउन सक्ने अवस्था नै रहँदैन थियो । ओली सरकार त्यही चुकेको छ ।

सरकारले जब नेपालमा कोरोना भाइरस नेपाल प्रवेश ग¥यो त्यसपछिमात्र अलिकति सक्रियता देखाउन थाल्यो । उक्त भाइरसलाई रोक्न र भाइरस देखिएका व्यक्तिहरुको उपचार गर्नका लागि आवश्यक पर्ने उपकरण र औषधी खरिद गर्ने प्रक्रियालाई अघि बढायो । तर मुलुक संकटमा पर्दै गएको बेलामा पनि कमिसनको खेलमा लागेर सरकारले सेटिङ्गका आधारमा ओम्नी ग्रुपलाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मेवारी सुम्पिएको थियो । उक्त ग्रुपले बजारमूल्यभन्दा धेरै महंगो मूल्यमा सामान ल्याउने जिम्मेवारी पायो ।

स्वास्थ्य सेवा विभागले निश्चित अवधि तोकेर स्वास्थ्य सामाग्री ल्याउने टेण्डर आह्वान गर्दा मेडिकल सामान सप्लाई गर्ने अन्य कम्पनीहरुले छोटो अवधि अर्थात ५ दिनभित्रमा कुनै हालतमा पनि सामान ल्याउन नसकिने बताइरहँदा ओम्नी ग्रुपले भने सामान ल्याउन सक्ने प्रतिवद्धता जनाउनु नै पहिला सेटिङ्ग भइसकेको भन्ने प्रष्ट हुन्छ । सरकारकै भनाईमा सेटिङ्ग भएको थिएन र बजारमूल्य भन्दा धेरै महंगोमा सामान ल्याउने जिम्मेवारी ओम्नी ग्रुपलाई दिएको थिएन भने किन उसले केही सामान ल्याएपनि अचानक सम्झौता रद्द गरियो त ? यो नै अहिलेको महत्वपूर्ण प्रश्न रहेको छ । आजसम्म उक्त प्रश्नको उत्तर कसैले दिएका छैनन् ।

मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्रीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको संयोजक बनाएको थियो । उक्त समितिमा ग्हमन्त्री, उद्योगमन्त्री, अर्थ तथा सञ्चारमन्त्री, कृषिमन्त्री, बनमन्त्री तथा स्वास्थ्यमन्त्री लगायतका ९ जना मन्त्रीलाई सदस्यमा राखिएको थियो । उक्त समितिले बेलैमा आवश्यक निर्णय किन गरेन ? स्वास्थ्य सेवा विभागले माघ मै स्वास्थ्य सामाग्रीको लागि टेण्डर आह्वान गरेपनि तीन महिनासम्म सरकार र पोखरेल संयोजक रहेको समिति के हेरेर बसेको थियो ? विश्वमा महामारीकै रुपमा कोरोना भाइरस फैलिँदै गएपछि आवश्यक निर्णय गर्नुपर्नेमा सेटिङ्ग नमिलेकै कारण निर्णय हुन सकेन र पछि सेटिङ्गको आधारमा हतार हतारमा निर्णय गरियो त्यो नै गलत रहेको थियो ।

कोरोना भाइरस फैलिँदै गएपछि सरकारले स्वास्थ्य सामाग्री र आवश्यक उपकरण खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ । त्यस्तो निर्णयको व्यापक आलोचना समेत भएको छ भने सरकारको निर्णय नै विवादको घेरामा तानिएको छ नेपाली सेनापनि सरकारको अङ्ग भएकाले उसले सरकारको निर्देशन मान्नुपर्ने बाध्यता उसलाई रहेको छ । नेपाली सेनाको काम भनेको देशको प्रतिरक्षा, राष्ट्रिय सुरक्षा र राष्ट्रहितको संरक्षण गर्नु हो । त्यही नै सेनाको अधिकार र कर्तव्य समेत हो ।

नेपाली सेनाले परम्परागत सुरक्षा चुनौतीहरु युद्ध आतंक, द्वन्द्व सैन्य हस्तक्षेप, आर्थिक नाकाबन्दी, सीमा अतिक्रमण मात्र होइन गैरपरम्परागत गरिबी, महामारी, खाद्य संकट, भोकमरी, विकास निर्माण वातावरणीय ह्रास जस्ता सुरक्षा चुनौतीहरुको सामाना गर्दै आएको छ । नेपालको संविधान अनुसार संविधानले दिएको अधिकार सेनाले प्रयोग गर्दै आएकोमा महामारीकै रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सेनाको भूमिका महत्वपूर्ण हुन्छ ।

अहिले अवस्थामा त्यो कार्यका लागि सेनाको भूमिका स्वाभाविक र जनताको चाहनानुसार मान्न सकिन्छ । सेनाले भूकम्प महामारी, बाढी, पहिरो जस्ता राष्ट्रिय विपत्को बेला देखाएको सक्रियता र उदारणीय कार्यलाई स्वाभाविक मानिएपनि सेनालाई आवश्यक पर्ने सबै सामानहरु खरिद गरी सेनालाई दिइनु सरकारको कर्तव्य र दायित्व समेत हो । सरकारले आफ्नो अधिकारलाई प्रत्यायोजन गरेर सेनालाई आवश्यक पर्ने सामान सरकार मार्फत जीटुजी अन्र्तगत खरिद गर्न सक्छ ।

तर अहिले स्वास्थ्य तथा उपकरण समेत सेनालाई खरिद गर्न दिइनु नागरिक प्रशासनका असफलता र नालायकीपन बाहेक अन्य केही हुन सक्दैन । सरकारले सामान खरिद गर्न नसक्ने ल्याउन नसक्ने अनि सेनाले ल्याउन सक्ने र खरिद गर्न सक्ने भने हुँदै हुँदैन । सरकारले चलाखीपूर्ण निर्णय गरेर सेनालाई विवादको घेरामा ल्याउने काम गरेको छ ।

नागरिक प्रशासनले खरिद गरेको सामानको मूल्य बजार मूल्यभन्दा बढी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भने अख्तियारले समेत छानविन अधिकृत नै तोकेर छानविन गर्न थालिसकेको अवस्थामा सरकारले सेनालाई ढाल बनाएर आफू चोखिने चलाखीपूर्ण निर्णय गरेको छ । त्यसको एउटै कारण हो सेनाले खरिद गर्ने र सेनाको काम कारबाहीका बारेमा अख्तियारले छानविन गर्न नपाउने सम्वैधानिक व्यवस्था रहेकोले सेनालाई देखाएर कुम्ल्याउने दाऊमा सरकारका मन्त्रीहरु रहेका छन् ।

यदि सेनाले ल्याउने सामान पनि बजारमूल्य भन्दा बढी भएमा पनि त्यसका विरुद्ध कुनै उजुरी लाग्दैन, त्यसैले सेनालाई विवादमा पारेर सरकारका मन्त्रीहरुले मोटो रकम कुम्ल्याउने दाउमा उनीहरु लागेका छन् । यस्तो कार्यले गर्दा सेना विवादको भूमरीमा फस्न सक्ने र सेनाको छवि नै ध्वस्त हुन सक्ने सम्भावना समेत रहेको छ ।

केही निजी क्षेत्रका व्यापारी र उद्योगपतिहरुले छोटो समयमै मेडिकल उपकरणहरु विदेशबाट खरिद गरी स्वदेशमा ल्याएर स्वास्थ्य प्रतिष्ठानहरुलाई वितरण गर्न सक्छन् भने नेपालको अहिलेसम्मकै शक्तिशाली सरकारले किन सक्दैन ? के ओली सरकारको निजी क्षेत्रका व्यापारी र उद्योपतिहरुको जत्तिको पनि प्रभावकारिता र विश्वसनियता छैन ?

सरकारले विपतको बेला स्वास्थ्य उपकरण र औषधीको आवश्यक परेको तर्क गरेको भएपनि गत डिसेम्वरबाट चीनको बुहानमा कोरोना भाइरस फैलिएको थियो । तर सरकार त्यस बेला के हेरेर बसेको थियो त ? त्यसबेला सामान खरिद गर्दा भनेजति कमिसन नपाइने भएकाले नै सरकारले त्यसबेला उपकरण र सामान खरिद गर्न चाहने सरकार रमिते बनिरह्यो । जब घरमा आगो लाग्यो अनि पानीको कुवा खन्न थाल्यो भन्ने उखानलाई सरकारले चरितार्थ गरेको छ ।

कमिसनका लागि नियमसम्वत् परेका टेण्डरहरुलाई रद्द गरेर सेटिङ्गको आधारमा गलैँचा व्यापारी र मोटरपूर्जा बेच्ने व्यापारीलाई मेडिकल उपकरण र औषधी खरिद गर्न दिने निर्णय गर्नु नै गलत थियो । पत्रपत्रिकाहरुले मेडिकल उपकरण र औषधी खरिद प्रकरणमा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिहरु र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारका छोरा र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलका छोराको प्रत्यक्ष संलग्नता भएका समाचारहरु प्रकाशित गरिरहेपनि आजसम्म त्यस विषयमा न त आरोप लाग्ने व्यक्तिहरु नै बोलेका छन्, नत स्वास्थ्यमन्त्री नै न त सरकार नै । यी सबै तथ्यहरुले गर्दा संकटको बेलामा पनि मुलुकलाई लुट्नेहरु सरकारमै सहभागि रहेका छन् भने के प्रमाणित हुँदैन र ?

लोकतान्त्रिक प्रणालीमा सैन्य निकायलाई भन्दा नागरिक प्रशासनलाई बलियो बनाउनुपर्ने हो । यस्को अर्थ सेनालाई कमजोर पार्नुपर्दछ भन्ने किमार्थ होइन । हरेक समस्याको समाधान सेनाले गर्ने भए नागरिक सरकारको आवश्यकता नै किन ? यदि सेनालाई हरेक समस्याको समाधान गर्ने अधिकार दिइने हो भने नागरिक सरकार असफल भएको सावित हुन्छ । त्यसबेला नागरिक सरकार सरकारमा बसिरहनुको कुनै औचित्य हुन सक्दैन । एउटा नागरिक सरकारको विकल्प अर्को नागरिक सरकार नै हो । सैन्य निकाय विकल्पका रुपमा त्यतिबेला मात्र आउन सक्छ जुनबेला नागरिक सरकारप्रति जनताको विश्वास टुट्छ ।

अहिले नै सरकारप्रति जनताको विशवास टुटेको छैन । अहिलेकै जस्तो गैरजिम्मेवारीपूर्ण कार्य भएको खण्डमा नागरिक सरकारप्रति जनताको विश्वास टुट्न सक्छ भन्ने हेक्का सरकारमा रहेका व्यक्ति र सत्ताधारी दललाई हुनुपर्ने होइन र ? सत्ताधारी दलले सरकारलाई आवश्यक सहयोग र समर्थन गर्नुको बदला सरकार असफल हुन्छ र आफ्नो पालो आउँछ भनेर सत्ताधारी दलका वरिष्ठ नेताहरु कुरेर बसिरहेका छन् । यदि ओली सरकार असफल सावित भएमा नेपाल कम्युनिष्ट पार्टी समेत असफल सावित हुन्छ । अहिलेसम्मको ओली सरकारको काम कारबाही हेर्दा ओली सरकार अरु कसैको कारणले नभएर आफ्नै पार्टीका कारणले असफल मार्गतर्फ उन्मुख हुँदै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसको विरुद्धका लागि आवश्यक पर्ने उपकरण र औषधी खरिद गर्दा जीटुजी अन्र्तगत गर्ने गरेपनि त्यसमा समेत कमिसनको खेल हुने गरेको छ । त्यसैले दुई देशबीचका सरकारहरु बीचमा उपकरण र औषधी खरिद सम्बन्धी सम्झौता गरेको खण्डमा तेस्रो पक्षको आवश्यकता नै पर्दैन । नेपाल सरकारको प्रतिनिधित्व प्रधानमन्त्री, मन्त्री, राजदूतले गर्ने कि सेनाले ? दुई देशबीच हुने गैरसैनिक खरिद प्रक्रियामा सेनाको संलग्नता किन ?

साँच्चिकै भन्ने हो भने नेपाल सरकारले स्वास्थ्यसम्बन्धी उपकरण र औषधी खरिद गर्न सरकारले प्रत्यन्न नै गरेको देखिएन । जुनबेला मुलुकलाई मित्रराष्ट्रहरुको सहयोगको आवश्यकता पर्दछ त्यसबेला चीन लगायत महत्वपूर्ण देशहरुमा राजदूत पद नै खाली राखिएको छ । राजदूतले कुटनीतिक माध्यमद्वारा आफूँ राजदूत रहेको मुलुकको सरकारसँग कुरा गर्न सक्छन् भने कर्मचारीतन्त्रबाट त्यो सम्भव नै हुँदैन । यी सबै कारणले गर्दा प्रष्ट हुन्छ कि ओली सरकार सेनालाई प्रयोग गरेर आफ्नो उदेश्य पूरा गर्न लागि परेको छ भनेर । यदि त्यसो होइन भने प्रधानमन्त्री ओलीले औषधी खरिद प्रकरणमा दोषी देखिएका चाहे मन्त्री हुन् चाहे आफ्ना सल्लाहकार सबैलाई बर्खास्त गरेर कानुनी दायरामा ल्याउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनु आवश्यक छ । यदि त्यसो हुँदैन भने भन्ने करै लाग्छ संकटका बेला पनि सरकार लुट्नमै व्यस्त छ भनेर ।

नेपाल एसबिआई बैंकद्वारा कोभिड १९ रोकथामको लागि सहयोग

नेपाल एसबिआई बैंक लिमिटेड कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग प्रदान गरेको छ ।

खजूरा गाउँपालिकाका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमूखको उपस्थितीमा बैंकले घ थान व्यक्तिगत सूरक्षा कवच (पीपीई), सेनिटाइजर, साबून, हेन्डास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब रु ८२ हजार बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रदेश छ प्रमूख डिकेन्द्र खडका, कोहलपूर शाखा प्रमूख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिती थियो ।

आपतको बेला दुःख भित्र लुकेको सुख खोज्न जरुरी छ

गणेश राज पोखरेल नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा २ दर्शक भन्दा बढि विताएका पोखरेल युवा बैंकर भित्र पर्ने नाम हो । साच्चै भन्नुपर्दा पोखरेलको नेतृत्वमा रहेको मजबुद र अब्बल बैंक बनेको छ सिटिजन्स इन्टरनेशनल बैंक । नेपालका धेरै बैंकहरु भित्र पनि टप दश भित्र पर्ने बैंक सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडका सीइओ हुन गणेश राज पोखरेल ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो अब रहेन । केही संकेतहरु देखिएका छन् । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले ४०÷४५ शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ ।

यिनै र यस्ता विषयमा युवा बैंकर एवं सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडका सीइओ गणेश राज पोखरेलसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० केही दिन अगाडी वाणिज्य बैंकहरुले कोरोनाको त्रास कै बीच मुद्दती निक्षेपको ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ७ प्रतिशत व्याजदर कायम गरेको सार्वजनिक भएको छ । यसले ग्राहकलाई राहत होइन आहत पर्ने देखिन्छ नि ?
यस्तो होइन पुरानो फिक्स डिपोजिट मेच्यौैटको अवस्थामा छन् । नयाँलाई केही फरक पर्ने मात्रै हो । अर्को कुरा अहिले बैंकहरुका डिभेञ्चर भटाभट बजारमा आएको अवस्था छ । यसले त्यहाँ लागानी गर्ने अवसर प्रदान गरेको छ । डिभेञ्चरमा १०÷११ प्रतिशत ब्याज पाउने अवस्था त जिवित नै छ नि । यसरी बुझ्नु जरुरी छ । महामारीको मौकामा व्याज हट्यो भन्नु गलत हो । अहिले सबै ठप्प छ । बैंकमा अत्यावश्यक केही कारोबार बाहेक सबै ठप्प नै छ । सबै बच्नु प¥यो । हामी हाम्रा ग्राहक देश जनता यसरी लिनु राम्रो होला ।

० मुलुक लकडाउनमा छ । कोरोना भाईरसका केही संकेत हाम्रो देशमा देखा परेको छ । त्रासकै अवस्थामा पनि छ । यस बीचमा सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले चाही कस्तो सेवा प्रदान गरेको अवस्था छ, सीइओ साब ?
बैंक आवश्यक बस्तु भित्र पर्ने भएकाले बैंक खोल्नु वाध्यता हो । यो बेला हामीले ४०÷४५ वटा शाखा खोली अरु बैंकको जस्तो सेवा दिएका छौं । ११ बजे देखि १ बजेसम्म मात्रै खोलेर कारोबार गरेका छौं । नेपालको करिब ६० प्रतिशत जनसंख्या मात्रै अहिले बैंकिङ्ग र वित्तिय प्रणालीमा आवद्ध हुनुहुन्छ । स्थानीय तहहरुमा एटिएम छैन । त्यहा शाखा खोलेर नै सेवा दिनुपर्ने अवस्था छ । औषधी मुलो, खाद्यान्न, तेल, तरकारी, दुध आदि बस्तु किन्न पैसा त ग्राहकहरुलाई दिनै प¥यो नि । त्यो हामीले गरेका छौं । अरु एलसी, बैंक ग्यारेन्टी, आवश्यक सामाग्रीहरुको लागि मात्रै गरेको अवस्थामा छ । समग्रमा यो विशम र कठिन घडिमा बैंक र वित्तिय क्षेत्रले राज्यलाई ठूलो योगदान दिएका छौं र दिनुपर्ने दायित्व बहन हामीमा छ ।

जहाँसम्म इन्सेन्टिभको कुरामा जसरी अहिले विशम अवस्थामा काम गर्नु भएको छ त्यसमा सम्मान पनि गरेका छौं । त्यसले पनि उहाँलाई मोटिभेट भइरहेको छ । फाइनान्सियल मोटिभेट कसरी गर्ने भन्ने विषयमा अहिले बहस चलिरहेको छ । निर्णय गरिसकेका छैनौं । तर, केही सुविधा चाही दिने सोचमा छौं ।

० यो विषम परिस्थितिमा बैकमा आएर कामगर्ने कर्मचारी साथीहरुको स्वास्थ्यबारे चाही तपाई कति चिन्तित रहनु भएको छ नि ?
यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ । अर्को कुरा कर्मचारी साथीहरुका बारे हामी सचेत र सजक छौं । रोगसंग लडन तत्कालका लागि चाहिने सबै प्रकारको स्वास्थ्य सामाग्री दिएका छौं ।
काठमाडौं बाहिरको हकमा कर्मचारीको उपस्थिति अलिक बढी हुनुपर्ने भएकाले स्थानीय प्रशासनसँगको समन्वयमा काम गरिरहेका छौं । यस्तो अवस्थामा पनि कामलाई प्राथमिकतामा राखेर उहाँहरुले काम गर्नु भएको छ । धन्यवादका पात्र पनि हुनुहुन्छ नि ।

० यस्तो विशम परिस्थिति र कोरोना भाईरसको महामारीका बीच पनि बैंक पुगेर काम गर्ने कर्मचारी साथीहरुलाई चाही के कस्ता बीमा र बोनसका कुरा ल्याउनु भएको छ ?
यही कर्मचारीहरु नै आउनु पर्छ भनेका छैनौं । कर्मचारीमा पनि शारीरिक र मानसिकरुपमा अलिक बलिया मानिएका कर्मचारी आउनु्होस् है भनेका छौं । जहाँसम्म इन्सेन्टिभको कुरामा जसरी अहिले विशम अवस्थामा काम गर्नु भएको छ त्यसमा सम्मान पनि गरेका छौं । त्यसले पनि उहाँलाई मोटिभेट भइरहेको छ । फाइनान्सियल मोटिभेट कसरी गर्ने भन्ने विषयमा अहिले बहस चलिरहेको छ । निर्णय गरिसकेका छैनौं । तर, केही सुविधा चाही दिने सोचमा छौं ।

यो नियमित नै काम भएकाले यसलाई कसरी हेर्ने भन्ने पनि छ । बैंकले भविष्यमा कसरी प्रमोसन गर्दा कसरी मूल्यांकन गर्ने भन्ने लगायतका प्रोत्साहन गर्ने कुरा पनि छ नि ।

० राष्ट्र बैंकले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको देखिन्छ । यसलाई कसरी लिनु भएको छ त ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो । यस्ता प्याकेज अरु पनि आउँछन भन्ने छ । प्रोभिजन टाइमिङ अवधि पनि बढाउन सकिन्छ । उद्योगीहरुलाई यसले फाईदा नै गर्छ । लोनलाई रिसेड्युल गर्ने रिस्ट्रक्वारिङ गर्ने कुराले पनि केही राहत पक्कै दिनेछ । यो बुझनु जरुरी छ ।

किनभने उद्योगहरु चल्न सकेका छैनन् । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन भन्ने लाग्छ । प्रधानमन्त्रीको सम्बोधनमा लकडाउन अझै २ साता लम्बिन सक्ने संकेत देखिन्छ ।

राष्ट्रिय कोषमा सीइओ मैले १ लाख डोनेसन गरेका छु । जम्मा ५० लाख दिएको अवस्था छ । अरु स्थानीय तहमा केही गाउँपालिकालाई सहयोग गरेका छौं । हामी पनि यही समाजका मान्छे हौं, समाजलाई सहयोग गर्ने दायित्व हाम्रो पनि छ । हिजो पनि भूकम्पको बेला हामी राज्यसंगै हिँडेका थियो । आज पनि संगै छौं नि ।

साथै तरलता पनि अलिकति सहज बनाईदिने हो भने फाइदा हुन्छ भन्ने मलाई लाग्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ ।

अर्को कुरा के छ भने भूपेन्द्रजी यो बेला सुरक्षित मापदण्ड हामी सबैले अपनाउनु पर्दछ । अबसरकोरुपमा लिदै मोबाइल बैकिङ्ग इन्टरनेट बैकिङ्ग चलाउन सकिन्छ । यो सिक्ने अवसर पनि भन्न चाहान्छु । यो आपतको बेला दुःख भित्र लुकेको सुख खोज्ने बेला हो । एटिएमबाट भन्दा पनि घरबाटै कारोबार गर्नु उचित छ । एटिएममा प्रसस्त पैसा छ । ढुक्क भए हुन्छ ।

० तपाईको बैंकले राज्यले कोरोना भाईरस बिरुद्ध लड्न बनाएको कोषमा कस्तो योगदान दिनु भएको छ त ?
हामीले ७ वटै प्रदेशमा ७÷७ लाख दिएका छौं । राष्ट्रिय कोषमा सीइओ मैले १ लाख डोनेसन गरेका छु । जम्मा ५० लाख दिएको अवस्था छ । अरु स्थानीय तहमा केही गाउँपालिकालाई सहयोग गरेका छौं । हामी पनि यही समाजका मान्छे हौं, समाजलाई सहयोग गर्ने दायित्व हाम्रो पनि छ । हिजो पनि भूकम्पको बेला हामी राज्यसंगै हिँडेका थियो । आज पनि संगै छौं नि ।

० बैंक र वित्तिय संस्थाहरुको चैत्त महिनामा वित्तिय विवरण आउँदैछ, यसलाई लकडाउनले कस्तो असर पर्ला त ?
वित्तिय क्षेत्रमा कोरोना संकटले बैंकको खुद नाफामा घाटा नहोला । तर अहिले दोहोरो टाईपको वित्तिय विवरण पनि आउने देखिन्छ । वितरणयोग्य नाफाको पनि कुरा छ । कतिपय बैंकहरु लाभाशं बाँड्न नसक्ने अवस्थामा अब चाहि पुग्न नसक्ने अनुमान गर्न थलिएको छ ।
केही समय पछि नै सबैचित्र देखिन्छ । राष्ट्र बैंकले १० प्रतिशतसम्म ब्याज तिर्दा छुट दिने असारसम्म जरिवाना छुट दिने विषयमा गरेको नीतिगत निर्णयले गर्दा नाफामामा केही असर गर्छ ।

आर्थिक रुपमा पनि निकै ठूलो असर गरेको छ र यी कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ ।

डिपोजिटको क्षेत्रमा भोलिका दिनमा रेट झर्दैछ । साढे ५ प्रतिशत सेभिङ्गमा जान्छ । २७ वटै वाणिज्य बैंकको निर्णय भएको छ । एफडीको हकमा १ प्रतिशत थपिन्छ । यसले पनि अलिकति अफ फन्ड घटाउछ । यसले गर्दा उद्योगीहरुलाई राहत पनि मिल्ने संकेत छ ।
राष्ट्र बैंकले जारी सीएसआर घटाएर ३ प्रतिशतमा ल्याएको छ । यसले पनि ठूलो राहत हुने देखिएको छ । तर, यसको ओभरअल असर फिगरमा कति होला भन्न केही समय लाग्ला भुपेन्द्र जी ।

० कोरोना भाईरसले विश्वअर्थतन्त्र हल्लाएको छ । नेपालको अर्थतन्त्रलाई पनि असर देखा परिरहेका बेला यसले बैकिङ्ग प्रणालीलाई चाही कति असर देखा पर्ला त सीइओ साब ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो । यो बुझनु जरुरी छ ।
अर्कोतिर आर्थिक रुपमा पनि निकै ठूलो असर गरेको छ र यी कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ ।

नेपालका बैंकहरु अहिले समन्वयमा काम गरिरहेका छन् । नेपाल बैंकर्स एशोसियसन र नियमनकारी निकायसंगको समन्वयमा काम भईरहेकोले गर्दा समस्यामा केही कम छन् । तर, देशमै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै केही गरौं भन्ने भावनाको विकास चाहि यो बेला पक्कै भएको देखिन्छ ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट तपाईहरुको आशा चाहि के छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं नि ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । अति आवश्यक सामान किन्न मात्रै एटिएम जाऔं । परिवारसंगै बसौं । नयाँ नयाँ कुरा सिकैं । त्रसित नबनौ । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउने कर्तव्य तपाईकै हातमा छ नि ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सि.सं. ५८ अधिकृत क्याडेट तालिमका १४ जना महिला, ११४ जना पुरुष, ४ जना विदेशी, सि.सं. ४८ पदिक/हुद्धा अधिकृत क्याडेट तालिमका १८ जना पदिकरहुद्धा अधिकृत क्याडेट र मित्रराष्ट्र श्रीलंकामा तालिम पुरा गरि स्वदेश फिर्ता भएका सि.सं. 55 का २ जना अधिकृत क्याडेटहरु गरी जम्मा १५२ जना अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा प्रधानसेनापति महारथी थापाले सि.सं. ५८ अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट सुरेन्द्र बहादुर बोहरा तथा सि.सं. ४८ पदिक/हुद्धा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट सन्तमान श्रेष्ठलाई  “Sword of Honour” सि.सं. ५८ अधिकृत क्याडेट तालिममा महिलातर्फ प्रथम हुने महिला अधिकृत क्याडेट कृपा अधिकारीलाई “Cane of Honour” र “Best in Academic Award” प्रदान गर्नु भएको थियो ।

साथै उहाँले मित्रराष्ट्र केन्याबाट सहभागी भएका अधिकृत क्याडेट Kipkirui Rutto Benard लाई “The Best International Officer Cadet” प्रदान गर्नु भएको थियो ।

प्रधानसेनापति महारथी थापाले नवआयुक्त अधिकृतहरुलाई सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले पठाउनु भएको सम्बोधन वाचन गरेर सुनाउनु भएको थियो । उक्त सम्बोधनमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुभएकोमा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान क्याडेटहरुले देखाउनु भएको सहनशीलता, कठिन परिश्रम र दृढताको प्रशंसा गर्नु भएको थियो ।

सन्देशमा उहाँले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको र नेपाली सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफुलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको बताउनु भएको थियो ।

उहाँले आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनतासंग काँधमा काँध मिलाउदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न सक्षम एक बहुआयामिक संगठनको रुपमा विकसित भएको बताउनु भएको थियो ।

सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले पठाउनु भएको उक्त सन्देशमा कोरोना भाईरस (कोभिड-19) को संक्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको स्वागत गर्नुहुँदै मित्रराष्ट्र चीनबाट नेपालीहरुलाई उद्धार गरी ल्याउन, भक्तपुर खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई क्वारेन्टिन गरी राख्‍नको लागि बासस्थानको निर्माण गर्न एवम् क्वारेन्टिन अवधिभर उनीहरुको स्वास्थ्य, सरसफाई तथा खानपीनको उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्नु भएको थियो ।

भविष्यमा उत्पन्‍न हुन सक्ने विविध सुरक्षा खतराहरुको साथै विभिन्‍न किसिमका महामारीहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकायहरु समेत सदैव सजग र सतर्क एवम् आपसी समन्वयमा रहन नितान्त जरुरी रहेको समेत उक्त सन्देशमा उल्लेख गरिएको थियो ।

सोही समारोहमा प्रधानसेनापति थापाले नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनु हुँदै आफू र मातहतका जवानहरुको सुरक्षा सुनिश्‍चित गर्दै राष्ट्र र राष्ट्रवासीहरुको विश्‍वास र भरोसा माथी खरो रुपमा उत्रिनु हुनेमा पूर्ण विश्‍वास व्यक्त गर्नुभएको थियो ।

हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-19) को संभावित संक्रमणलाई मध्यनजर गरि अत्यावश्यक सिमित व्यक्तिहरुको उपस्थितीमा आवश्यक सुरक्षात्मक उपाय अपनाई उक्त समारोहको आयोजना गरिएको थियो ।

मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।

६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

एन आई सी एशिया बैंकको World Remit र Orbit Remit सँग रेमिट्यान्सको सहकार्य

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा रहेको बेला एन आई सी एशिया बैंकले World Remit र Orbit Remit सँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहनुभएका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने रेमिट्यान्सको व्यवस्था गरेको छ ।

World Remit र Orbit Remit मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहनुभएका नेपाली महानुभावहरूले समयको बचतसँग अब बिना झन्झट घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्नुहुने भएको छ । यसबाट ग्राहक महानुभावहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सकिने बैंकले विश्वास लिएको छ ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट World Remit र Orbit Remit मार्फत घरमै बसी एन आई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिने छः-

World Remit बाट रकम पठाउनको लागि ।
१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले ध्यचमि च्झष्त बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सक्नुहुनेछ ।
४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नुहुनेछ भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
५. World Remit बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

Orbit Remit बाट रकम पठाउनको लागि ।
१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।
३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।
४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको छ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै बसेर निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

उद्योग ब्यवसायको हितको लागि सुझाव

रमेश कुमार भट्टराई | कोरोना महामारिमा lockdown को कारण उद्योग ब्यवसाय तहस नहस  नहोस भनेर अन्य देशका सरकारले राज्यकोषबाट नागरिक र उद्योगि ब्यवसायीलाई नगद राहत र छुट दिरहेका छन। म पनि १५ बर्ष बैकं बित्त कंपनिको ceo भएकोले नव नियुक्त गभर्नर ज्युको भनाई सगं असहमत हुदै उद्योग ब्यवसायको हितको लागि  सुझाव दिन चाहन्छु।

 उद्योगी ब्यबसाईलाई चैत्रको बैकं ऋृणको सावा ब्याज किस्ता अासाढ मसान्तमा तिर्ने ब्यवस्था राहत नभै डुबाउने खेल हो।लकडाउनको चेन असर अाषाढ पछि सम्म जान्छ।कारोबार नियमित र राम्रो हुदैन।क्यास फ्लो नभएको अवस्थामा ३ महिनाको तिर्न नसक्नेले ६ महिनाको कसरी सक्छ ?

उद्योग ब्यवसाय चलेमा बैकं नि चल्ने र सरकारले नि कर पाउने  तथा रोजगारि बृद्धि लगायत समग्र अर्थतन्त्र चलायमा हुन्छ।तेसैले उद्योग ब्यवसायको संरक्षण र बिकास नै प्रमुख कुरा रहेक‍ो बुझ्नु जरुरि छ।

बैकंहरु नाफा कमाउने संस्था हुन।सधै कमाएका पनि छन।तर अहिले बाच्ने र बचाउने बेला हो।बाचे भने फेरि कमाउन पाईन्छ।तेसैले बैकंका ऋणिहरु(अौषधि ग्रौसरि जस्ता बाहेक)लाई ३ महिनाको ब्याज अाषाढक‍‍ो balancesheet नेगेटिभ नहुने गरि पुर्णतः मिन्हा गर्नु पर्छ।नेगेटिभ हुनेको हकमा बैलेन्सिट पोजेटिभ बनाउने जति रकम सरकारले बैकंलाई राज्यकोषबाट सब्सिडि दिनु पर्छ।
 महामारिमा एक बर्ष लाभान्स नपाउदा कुनै शेयरधनिले बिरोध गर्दैनन।मेरो नि बैकं बिमामा शेयर छ,मलाई कुनै अापत्ति छैन।उद्योग ब्यवसाय चलेमा तथा बैकं र हामी रहेमा न नाफा खाने कुरा अाउछ।
सरकारले पनि नाफाखोरि सोच हटाई बैकंहरुलाई ३०% को सट्टा २०% र उद्योग ब्यवसायअाई २५% को सट्टा १५% कर मात्र लिने घोषणा गरि महासंकटको बेला उदार मन देखाई राहत दिनु पर्छ।
उद्योग ब्यवसायले खपत गर्ने बिध्युतमा बिध्युत प्राधिकरणको बासलात नेगेटिभ नहुने गरि सके जति छुट दिनु पर्छ।कर्मचारिको रोजगारि बचाउन पारिश्रमिक करमा छुट दिएर तेति रकम तलबमा घटाउन पाउने गरि उद्योगकलाई खर्च कम गर्न सहयोग गर्नु पर्छ।
नागरिक रहेमा उद्योग ब्यवसाय चल्ने ह‍ो, उद्योग ब्यवसाय रहेमा बैकं चल्ने ह‍ो र बैकं चलेमा अर्थतन्त्र राम्रो भई देश रहने हो।यो कुरा बुझि उदारता देखाउ।अाफु नि बाचौ ,अरु सबैलाई नि बचाउँ। (लेखक: सीईओ महालक्ष्मी लाइफ इन्स्योरेन्स)

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनमा पनि सेवा दिने

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनको अवधिमा पनि सेवा सुचारु राख्ने भएको छ ।

वैशाख ३ गते सम्मको विभिन्न शाखा कार्यालय खुला राख्ने तय भएको छ । बैंकका अनुसार विहान ११ बजे देखि दिउँसो १ वजेसम्म खुला हुने शाखाहरुबाट सेवा पाइनेछ ।0